बडे इन्जिनेरहरु

हामीले यसअघि छोटे इन्जिनियर्स बारे चर्चा गरेका थियौं। खासगरी इन्जियरिङ पढ्दै गरेकाहरुको बारे चर्चा थियो त्यो। देशमा इन्जिनेरको संख्या नै यति धेरै छ कि हामीले यसका लागि दुईटा लेख नै लेख्न परो। आउनुस् अब अहिलेको पोस्टमा इन्जिनियर बनिसकेकाहरुको चर्चा गरौं।

वरिष्टे इन्जिनियर्स

यो वर्गका इन्जिनियर आफूले आफूलाई टाठाबाठा र वरिष्ठ वर्गमा राख्छन्। यसको खास कारण चाहिँ यिनीहरु जागिर खान कसैको पछि लागेका हुँदैनन्। लोकसेवा अथवा अरु कुनै संस्थानमा लिखित माैखिक दिएर Teamwork-for-business-peopleप्रतिस्पर्धा गरेर कुर्सीमा बसेका हुन्छन्। त्यसैले यिनीहरुले आफूलाई टाठाबाठा ठान्छन्। आफु नियुक्त सरकारी कार्यालय त के, समग्र देशकै कायापलट गराउने जोश लिएर जागिर खान पुग्या हुन्छन्। तर उसै त नेपाली पारा, त्यसमाथि सरकारी ! ‘कुन्ताका बुहारी, भँटास खाकी’ भने जस्तै क्या ! दशै बजे अफिस पुगेर ४ बजेसम्म बस्ने यिनीहरुको कामप्रतिको इमान्दारिता बिस्तारै त्यही कार्यालयको टेबुलमा लागेको धुलोको चाङ् जस्तै फुँग्ग उँड्न थाल्छ । १० बजे  अफिस पुग्दा कहिले  पिउन नआइसकेको भएर आफैले ताला खोल्नु पर्ने देखि सानातिना काममा पनि कसैले टेर पुच्छर नलाएपछि यी बिस्तारै मणी हराएको नाग जस्तै बन्न थाल्छन्। अनि सरकारी पारा बुझ्न थालेपछि आफू पनि त्यै पारामा ढल्दै कताबाट कमाइ हुन्छ भन्दै चियाउँदै हिँड्न थाल्छन्।  २४ घन्टामा मिल्ने भए यिनीहरु २६ घन्टा जति त कताबाट बजेट कुम्ल्याउने, कोसँग मिल्ने, कस्लाई फसाउने भन्ने खुराफाती सोचेर नै बिताउँछन्।

सम्भाव्यता अध्ययनदेखि डिजाइनसम्म कन्सल्टेन्टले गर्ने, केही कुरा बनाउनै परो भने ठेकेदार छँदैछन्, अनि सुपरभिजनको लागि पनि छुट्टै कन्सल्टेन्ट। यिनीहरुको काम भनेको टेन्डरका कागजमा हस्ताक्षर गर्ने अनि ठेकेदारको क्लेम भेरीफाइ गर्ने बाहेक अरु खासै नहुने देखिए पनि कैलेकाँही साथीभाइ भेटिए “अफिसको कामले यस्तो व्यस्त भइया छ कि…. ” भनेर ठूला कुरा गरेर थाक्दैनन् । कैलेकाँही अफिसमा बस्दा बस्दा दिक्क लाग्यो भने यी सेतो प्लेटको हाइलक्स हुँइक्याउँदै ‘फिल्ड’ तिर लाग्छन् । फिल्डमा पनि उही त हो । ठेकेदारको ज्वाँइ मेजमानी, कुखुराको साँप्रा र उपलब्धता अनुसारको बिजुली पानी ! अनि यी सापहरु फिल्डबाटै अविवाहित भए गलफ्रेन भेट्न र विवाहित भए जा’न परिवार भेट्न काठमाडौं लाग्छन्। बडो आरिसलाग्दो पो छ त बाबै यिनीहरुको जिन्दगानी पनि।

कागताली इन्जिनियर

यो वर्गका इन्जिनियरहरुको जिन्दगीमा ठूलै कागताली लागेर मात्र यिनीहरु यो ग्रुपमा पर्न सफल भएका हुन्छन्। जिन्दगीमा इन्जिनियर त बनुँम्ला भन्नेसम्म सोचेका त हुन्थे होलान् तर यो स्थानमा पुगुँम्ला, यति पैसा कमाउँला भन्ने कुरा त यिनीहरुले सपनामा पनि देख्थेनन्। कहिलेकाहीँ आफ्नै जिन्दगी सपना हो कि भनेर चिमोट्या पनि हुन्छन् होला। देशमा छ्यालछ्यालती रहेका एनजिओ आइएनजिओमा छिरेर सोझै ६ डिजिटको तलब थाप्न पाए पछि यिनीहरुको खुट्टा भुइँमा न भाडामा हुन्छ। थुप्रै आइएनजिओको डोनरले ‘विकास गर’ भनेर देको पैसा जति सबै तलब खाएर काम चाहिँ फोटो खिच्नको लागिमात्र गरेको जस्तो गर्ने  संस्थामा छिर्न सफल अनि एकाध विदेशी व्यवस्थापन भा’को नीजि कम्पनीमा कागतालीले छिरेर वार्षिक २०-२५ लाखसम्म बोनस कुम्ल्याउन पाउने कागताली लागेका यी इन्जिनियरहरु जो पायो त्यसलाई मान्छे गन्दैनन्। यी वर्गका इन्जिनियरहरु लाष्टै टुप्पेका हुन्छन्। हिजो इन्जिनियरिङ पढ्दामा सोलमारीमा गएर एक कप च्याको पैसा तिर्दा घुटुक्क थुक निल्थे,  दारु पार्टिमा झन्डै एक फुल सिनित्तै पार्थे तर पैसा तिर्दा १००-५० को नोट झ्याप्प टेबलमा पछारेर साइड लाग्थे। तर आजकल तिनीहरुको फुर्ती-फार्ती ह्वात्तै बढेको हुन्छ। चिया होइन कफी नै पिउनु पर्छ। सामान्य च्या’ पसलमा हत्त पत्त पस्न मान्दैनन् पसिहाले पनि बस्न मान्दैनन्। कम मेहनतमा नसोचेको आर्थिक स्तर बनेको हुन्छ। आफैले सपनामा पनि नचिताएको आर्थिक हैसियत कागताली लागेर बनाउन सफल भाकोले यिनीहरू कागताली इन्जिनियर हुन्।

भन्नै लाज लाग्ने इन्जिनियर्स

यो वर्गका इन्जिनियरहरुको मुखबाट कम्तीमा पनि दिनको २पटक जति ‘इन्जिनियर भन्न पनि लाज लाग्छ यार’ भन्ने शब्द निस्केको हुन्छ। इन्जिनियर बनेपछि सबै सेवा सुविधासहितको जागिर घरमा नै आउँछ भन्ने जस्तो सोच्या हुन्छन्। तर पास भएको १-२ बर्ष बित्दा पनि जागिर नपाएर फ्रष्टु भा’ हुन्छन्। बल्लबल्ल पाको जागिर पनि नाम मात्रको हुन्छ। ८-१० हजार तलब भए पनि दुनियाँलाई जागिरे छु भन्ने देखाउन अफिस जान्छन्। इन्जिनियर बनेपछि थुप्रै काम गर्छु भनेर सपना बुनेका हुन्छन्। तर एउटा सपना पनि पूरा गर्न पाउँदैनन्। ४-५ बर्षसम्म लगातार एउटै ठाउँमा झुन्डिरहँदा पनि तलब ३०-३५ हजार पुगेको हुन्न। घरमा बिहेको लागि दबाब आइरहेको हुन्छ। तलब सम्झेर बिहे गर्ने  आँट आ’कै हुन्न। तलब कम भाकोले सृष्टिको नियम नै  नमान्ने कुरा त भएन त्यसैले घरको दबाब साथीभाइको लाजले पनि छिप्पेपछि बिहेको लागि तयार हुन्छन्। इन्जिनियर भन्ने टाईटल यिनीहरुको लागि माकुराको जालो सरह हो। माकुराले आफ्नो जालो आहारा पार्न प्रयोग गर्छ यिनीहरुले इन्जिनियर टाइटल अर्काकी छोरीलाई जालमा पार्न प्रयोग गर्छन्। अनि श्रीमती ल्याइसकेपछि फेरि ‘खै के भन्ने यार, इन्जिनियर भन्न नि लाज लाउँछ’ भन्न थालिहाल्छन्।

अरपे  इन्जिनियर्स

ऋण काढेर वा घडेरी बेचेर इन्जिनियरिङ त पढे तर लगानी उठाउने पो कसरी? न त लोकसेवामा नाम निकाल्न सक्छन्, न त डलरे एनजिओ आइएनजिओमा जागिर पाउन यिनको कुनै सोर्स वा तागत नै छ। कलेज पढाएर अथवा पुतलीसडकका कन्सल्टेन्सीमा काम गरेर कहिले उँभो लाग्नु, कहिले लगानी उठाउनु? युरोप, अम्रिका, अष्ट्रेलिया ताकौँ भने “ताप्केबाट उम्केको माछो  भुंग्रोमा” पो परिने हो कि भन्ने पीर। यी सबै कुरा सोच्दा त सबैभन्दा सजिलो र नजिकको लगानी उठाउने ठाउँ अरप !! अनि उतै छिर्छन्।

अरपमा पनि तिनलाई स्वागत गर्न पन्चकन्या (फाईभ भर्जिन) ले माला लिएर त कहाँ बसेका हुन्छन र बरै। नेपालबाटै जागिर मिलाएर जानेलाई त केही सजिलै होला तर भिजिट भिषामा गएर जागिर खोज्नेलाई चाहिँ आफ्नो पेशा र आशा गरेको जस्तो जागिर पाउनु फलामकै चिउरा चपाए जस्तो हुने भै’गो। इन्जिनियर पो त भन्दै १-२ महिनाको भिजिट भिषा लिएर अरप छिर्छन्। यता भिषाको म्याद सकिन लागेको हुन्छ। तर भने जस्तो जागिर पाइँदैन, न त नेपाल फर्कने विकल्प नै रहन्छ। भिजिट भिषामा अरप छिर्दा यिनीहरुलाई संसारको सबैभन्दा सक्षम म नै हुँ, अरपीले त इन्जिनियर देख्यो कि साँतेर काम दिन्छन् भन्ने सोचेर गएका हुन्छन्। तर कौन पुछे खेसडीका दाल। अनि त जस्तो काम हात लाग्यो त्यस्तै सुरु गर्न वाध्य हुन्छन्। अरपमा अरु देशकालाई त देखाउन सक्नु त्यस्तै हो क्यारे, उही नेपालीलाई धाक लगाउँछन्। नेपाली धेरै हुने भनेको अनस्किल्ड अथवा सेमि स्किल्ड नै हो। तिनका अगाडि यिनीहरूको रवाफ बेग्लै हुन्छ, चाहे काम जे सुकै गरेको होस्, हिङ नभए पनि हिङ बाधेको टालो त हो नि, इन्जिनियर पो हो त!

देखाउनै पर्ने

यी ग्रुपका इन्जिनियरहरु कहीँ कतै नबिकेपछि अरुलाई व्यस्त भएको जस्तो देखाउन पनि आफै कम्पनी खोल्छन्। खासमा यिनीहरुमा  हल्का व्यापारिक दम्भ हुन्छ। इन्जिनियरिङ पढ्दा नसकिएको बाउको पैसोलाई पुतलीसडक वा बानेश्वरमा कन्सल्ट्यान्ट/ आइटी कम्पनि खोल्न खर्चेका हुन्छन्। खासमा अरुको कम्पनीमा जान नसकेपछि आफ्नै कम्पनी खोल्या हुन्छन् तर बाहिर चाहिँ इन्जिनियर भएर जागिर खोज्ने होइन जागिर दिने हो भनेर गफ हानिरा’ हुन्छन्। भित्रभित्र चाहिँ पत्रिकामा निस्केका सबै भ्याकेन्सीमा एप्लाई गरीरा’ हुन्छन्। यिनीहरुको अवस्था कस्तो हुन्छ भने आफूले पढेको इन्जिनियरिङको भन्दा बढी ज्ञान त यीनीहरुलाई जागिरको लागि एप्लिकेसन लेख्ने नै हुन्छ। एउटा कम्पनीमा नाम ननिस्केपछि अर्को कम्पनीमा एप्लिकेसन दिनु अगाडि गुगलमा भेटिएका सबसे बेस्ट एप्लिकेसन छान्छन्। अरु  कम्पनीमा जागीर पाए भने फेरि खोक्छन्, ‘मेरो कम्पनी केटाहरुले चला’का छन्, म चाहिँ हप्तामा एकपटक मात्र समय दिएर व्यवस्थापन हेरिरा’छु। बाहिरको काम त देखाउनका लागि हो नि, प्रोफाइल बनाउनु परो क्या प्रोफाइल।’

नाम मात्रका इन्जिनियर

यो वर्गका इन्जिनियरहरु आफुलाई इन्जिनियर हुँ भनेर कहिल्यै भन्दैनन् । न त यिनीहरूमा इन्जिनियरिङ काम गर्ने आँट हुन्छ न त ज्ञान नै। पुर्वान्चल र पोखरा युनिभर्सिटीका केही प्रोडक्टहरु यो बर्गमा पर्छन्। खै के पो पढाउछन् त्यहाँ? जाँच पनि कसरी लिँदा हुन् ? ग्रेड त हेर्नुहुने नै हुन्छ । चोर्छन कि के हो 😉  यो बर्गका इन्जिनियरहरु बिदेश जान्छन् पढ्ने निँहुमा। अनि ठुलोसानो नहुने काम गर्छन् र जसोतसो उतै सेटल हुन्छन्। इन्जिनियरिङका बारेमा केही सोधेमा अहिले फूर्सद छैन, भरे भन्छु है भन्छन् र धुइँपत्ताल फेरि गुगलको सरणमा पर्छन्।

नक्से इन्जिनियर

यिनको बारेमा चर्चा नगरौं कि के हो? यिनीहरु र कलंकीमा घडी बेच्नेहरुको दलाल गराइबाटै वाक्क परिसकिएको छ। घरको नक्सा बनाउने, कस्ट इस्टिमेट गर्ने बेला यिनीहरुले गर्ने दलालीको के कुरा गरिसाध्य छ र हजुर। यिनले गर्ने भनेको सयको पचास सयको पचास खाल्को ब्यवसाय हो, कसैले सयमा बनाउछु भन्या नक्सा पचासाँ बनाम्छु भन्छन्। अनि नक्सा त पचासाँ नै बनाइदिन्छन्, तर त्यो बेला अन्य तरिकाले ५०० चुना लगाइदिसक्या हुन्छ, त्यही क्या खाजा नास्ता ऐजन ऐजन।

हामीले देखे भोगेका इन्जिनियरहरु यी र यस्तै छन्। हामीले केही छुटाएका पनि हौंला। तपाइँले चिनेका इन्जिनियर वा तपाइँ आफै कुन वर्गमा पर्नु भयो आफै छुट्याउनु होला। यीबाहेक अन्य कुनै वर्गका इन्जिनियरहरु पनि छन् भने कमेन्टमा लेख्नुहोला।

बिसिए गरेका,  एक दोटा सर्टिफिकेशन गरेकाले पनि आफुलाई इन्जिनियर हुँ भनेर भन्दारैछन् । प्रसस्त म्याथ र फिजिक्सका कोर्सहरु नभएको कुनै पनि डिग्री इन्जिनियरिङ डिग्री हैन/हुनसक्दैन भन्ने हाम्रो मान्यता छ। जतिसुकै दबाब आए पनि हामी यो मान्यताबाट पछि हट्ने छैनौं । उसो त  सबओभरसियर, ओभरसियर (उपरस्याँठ) पनि गाँउतिर आफु इन्जिनियर नै हुँ भनेर चिनाउछन् रे। हुन पनि हो नि बरै, उबेला जिरी प्राविधिक शिक्षालय पढेका मान्छेहरु उपरस्याँठ (ओबरसियर) बनेर गाउँ गाउँ घुम्थे। गाउँमा तिनको हाइ हाइ देखेर कति स्कूले विद्यार्थीहरुलाई के बन्छस् भनेर सोधे, ‘उपरस्याँठ’ भन्थे।

5 thoughts on “बडे इन्जिनेरहरु

  1. यस्ता लेखले कुनै पनि ब्यक्तीको आफ्नो पेशा प्रतिको आत्म सम्मानमा ठेस पुर्याउछ । यो लेखमा लेखेको हिसाबले त अब समाजमा ईन्जिनियर हुँ पनि भन्न नमिल्ने भो ।

  2. PU ka प्रोडक्टहरु sabai khatam hunchan vanera vanne yi 12 thari chalaune Gufadi Engineer haru ko kura chitta bujena.
    PU ma padera tetro f1 soft (esewa ) company chalaune Biswas Dhakal ko competition ma aile samma IOE ka koi aauna sakeko chaina. BAAT Karte ho.

  3. र , इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन वाला ।
    सुरुमा अटो ग्लोबलाइजेसन ,टेलिभिजन , एनसेल , एनटिसी , अटोमेसन को सपना देखाएर यिनलाई प्राइभेट कलेजले भर्ना गर्छन् । कती त ब्याक लागेरै थला पर्छन् । पास भए पनि नभए पनि यी मध्ये अधिकांशको काम जमलतिर पिएचपि लगायत प्रोग्रामिङ सिकेर जागिर खोज्नु हो । प्रोग्रामर बन्नु थियो त किन इलेक्ट्रोनिक्स पढे यिनले ? बाँकी अरु पहाडमा डोकोमा BTS का आवश्यक ब्याट्री अनि सामान बोकेर मासिक बढिमा १८००० सम्म कमाउछन् । प्राइभेट टिभीमा लागेकाको त भो कुरा नगरौं । भन्न पनि लाज !

  4. frustration daro nikalexa…… kaam garna najanera tw hoina ni……. sika vai ali ali….. kaam garna…. jaau halo jotna…. baa ama lai sajilo hunxa….. aruko pragati vayo … kaaam garna janya xa vanera sarcastic bebahar nadekhau…

  5. frustration daro nikalexa…… kaam garna najanera tw hoina ni……. sika vai ali ali….. kaam garna…. jaau halo jotna…. baa ama lai sajilo hunxa….. aruko pragati vayo … kaaam garna janya xa vanera sarcastic bebahar nadekhau…

Comments are closed.

Charlie