आइमाई

‘के पाराको लुगा लाको हो ? बरू नाङ्गै हिँड् न, नकचरी !’ कलेज जानलाइ निस्कँदै गरेकी भदैको लवाई देखेर फुपुले झाँको झारिन्। उत्पातै लुगा लगाएकी त हैन आफु। खुकुलो सर्ट र हाप प्यान्ट त हो। एकाबिहानै बेफ्वाँकमा फुपुको कर्कशले कान घोचे जस्तो भो उसलाई । बाउकी दिदीलाई मुख फर्काओस् भने फेरि ‘फुपूसँग मुख मुखै लाग्छे, सोमत नभएकी उरन्ठेउली’ भनेर अर्को वचन सुन्न पर्छ। रिसले मन अमारिएपनि उ भुनभुनिँदै स्कुटीमा टाप कसी।

यसै त काठमाण्डौको पत्रु साँघुरो बाटो त्यसमाथी अफिस ट्याम । जामको त के कुरा गराइ भो र ? जाममा सँगै परेको मोटरसाइकलवालाले ट्याँट ट्याँट हर्न बजायो । ‘नो हर्न’ त भन्ने कुरा न परो । जामले दिक्क लाको मुडलाई त्यो उच्चेटलाग्दो हर्नले झन गिजोल्यो । उ तेता फर्किन नपाउँदै हेर्दै ट्यापे जस्तो केटाले मास्क खोल्यो । ‘आम्मा नी तिघ्रा, प्याट्प्याट पिट्दै चिमोटु जस्ता छन त सोल्टिनी” भनी जिब्रो फड्कार्दै जात जनायो ।साला लोदर लाको दिन !! रिस थाम्न नसकेर उस्ले । अनायासै मुखबाट निस्क्यो – “मा-साला फुटेको कण्डमको नतिजा, धर्तीको बोझ मुजी” । सँगैको माइक्रोमा बसेको, ढाका टोपी लगाएको, चिटिक्क पारेर जुगाँ मुठारेको भलाद्मीको स्वर फुट्यो “राम राम के बोलेकी, कस्तो छाडा हुन थाले गाँठे अचेलका केटाकेटी?” Continue Reading “आइमाई”

सामाजिक सञ्जालको गुलियो: अटेन्सनमा भुलियो

यतिबेला सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी ट्विटरमा चर्चाको शिखरमा पुगेको शब्द एउटा छ – ‘अटेन्सन’। यो अंग्रेजी शब्दको ठ्याक्क नेपाली शब्द के हो त थाहा छैन तर, अटेन्सन सिक (Attention Seek) गर्नु भनेको मैले जानेको अर्थमा कसैको ध्यान आफूतिर आकृष्ट गर्नु हो। भीडमा रमाउने, भीडले आफूलाई यथेष्ट ध्यान देओस्, आफ्ना कुरामा प्रतिक्रिया जनाइरहोस्, आफ्ना ट्विटहरु सकेसम्म बढी रिट्विट होउन्, कमेन्ट र मेन्सनले डोरो लामो होस् र उस्तै परे आफ्ना ट्विट कुनै पत्रिकामा छापियून भन्ने चाह नै अटेन्सन सिकिङ (Attention Seeking) प्रवृत्ति हो। तर जुग पर्‍यो कली! आफ्नो आङको ट्रक नदेख्नेहरु अर्काको आङको भने अल्टो कार देखाएर खिज्याइरहेका भेटिन्छन्। आफू दिन रात ‘अटेन्सन’ खोजिरहेकाहरुले नै अरुलाई तथानाम ‘अटेन्सन’ भन्दै बसिरहेको देख्दा चाहिँ हाँसो रोक्न मुस्किल नै पर्ने रहेछ। कसैले केही लेख्यो ‘अटेन्सन सिकर’, कसैले फोटो राख्यो ‘अटेन्सन सिकर’।

ए ! बाबा !! सोसल मिडिया चलाउने नै ‘अटेन्सन सिक’ गर्न न हो। हो, यसका आफ्नै हैसियत अनि स्तरचाहिँ होलान्, ती आफ्ना ठाउँमा छन्। त्यता अहिले नजाऊँ। सोसल मिडिया महात्म्य अपरम्पार छ, छिचोली नसक्नु छ, त्यसैले छिचोल्ने दुष्प्रयास नगरेकै बेस।  टुइटरमा  “अटेन्सन” शब्द खोज्दा थेगिनसक्नु टुइट आउँदा रचन्। नेपाली मात्र होइन हिन्दी भाषामा पनि चर्चित शब्द र’छ अटेन्सन। सोचेको त सबै टुइट पढेर लेख्छु भनेर तर सबै टुइट पढ्न सकिएन, पढ्न मन लागेन भन्दापनि हुन्छ। पढ्नु त हुदै भएन त्यसैले नपढी धारणा बनाइहालेँ र लेख्न थालिहालेँ, जस्तोसुकै होस्। तपाईंहरूलाई मन परे परोस् नपरे मलाई बाल।  उसैपनि १२ थरी आफ्नो लेखलाई कसले अटेन्सन दियो भनेर हेरेर बस्दैन।

Continue Reading “सामाजिक सञ्जालको गुलियो: अटेन्सनमा भुलियो”

१२-२७ टुइटेनी

हेल्लो साथीहरू। हेल्लो भन्नलाई हात लगेर कानमा जोडनुस्, फोन उठाएको एक्टिङ् गरे झैं। हो! ल ठिक छ। अब मुल मुद्दातिर लागम् है त। मुद्दातिर लाग्नु पहिला हल्का पृष्ठभूमि बनाउँ है त।

tweet

१२ थरी आएदेखि हजारौं किसिमका त नभनौं, तर बाइस-चौबीस थरीका बाह्रसत्ताइस कुराहरू मैदानमा आइसके। धेरै जसो टुइटर जगतको सेरोफेरोमा। कुनै इन्जिनियरको उछित्तो काढेर, कुनै डाक्टरको पर्दाफाश गरेर, लोग्नेस्वास्नीका गनगन, टुइटेको गन्थन- शायदै केही छुटेको होला १२ थरीले पेश गर्न बाँकी। तर होइन, एउटा शिर्षक अझै गोधुलीतिरै छ। कसैले छुन नसकेको टपिक यो हो। हतपत्त कसैले आँट गर्न नसक्ने टपिक (तब त म जस्तो साहसी मान्छेले आँट्या, तर छद्मनाममा)। कसैले लेखिहाले पनि ‘विषयवस्तु’ ले थाहा पाउलान् कि भन्ने डरले पन्ना च्यातेर चपाउँछन्, कि त ल्यापटप नै पानीमा फ्याल्छन्। हो, सही ठम्याउनु भयो- आजको शीर्षक हो बाह्र सत्ताइस टुइटेनी! नठम्याउनु पनि कसोरी, शीर्षक नै त्यही भएपछि, हैन त?

ल मिलेर बस्नुस्, अलि पछाडि सर्नुस्, आँखा च्यातेर पढ्नुस्।
Continue Reading “१२-२७ टुइटेनी”

दिपेन्द्र झा vs १२थरी पाठक

सेतोपाटीमा प्रकाशित दिपेन्द्र झाको लेखमा असहमती जनाउदै लेखीएको १२थरिका एक पाठकको लेख जस्ताको तस्तै प्रकाशित गरेका छौ ।  यस लेखमा ब्यक्त दुबै लेखको भावना प्रति १२थरी परिवारलाई  चासो छैन।  हामीलाइलाइ इमेलमा प्राप्त प्रश्नोत्तर शैलीको यो टिप्पणीलाइ साजसज्जा गर्ने काम हाम्रा प्रावीधिकले गरेका हुन। यो लेखलाइ हामीले कुनै पनि हिसाबले सम्पादन गरेका छैनौ। अक्षरस जस्ताको तस्तै प्रकाशित गरेका छौ।

हाकिम साहेबहरु, आफ्ना म्याडमलाई सूचित गरिदिनु होला – मधेशका चौधरी र यादव भाइहरुले अबदेखि बासमती चामल र माछा नपठाउने भए। त्यसैले, काठमाडौँमै पाइने भाटभटेनीको चामल र बानेश्वरको जिउँदो माछा खाने बानी बसाल्नु होला। बानी बेलैमा सुधारेको राम्रो, नत्र पछि गाह्रो हुन्छ। अब सरुवा-बढुवाका लागि मधेसी कर्मचारीले काठमाडौलाई कुत नर्तिने भए रे!

प्रिय झाजी , हजुरले काठमाण्डौ छोडन् नसके पनि मधेसीको नाममा “दम्भ ” त ठुलै छ  है ? अब हजुरले पहाडियाहरुले  “चाईना बाट ल्यार खाँउला” भन्लान भन्ने सोच्नु भए कम्तीमा म त्यो चाँही  त्यसो भन्दीन। बरु यो पाली काठमान्डौ को दानापानी बन्द गर्ने बेलामा नाका पुरै बन्द गर्दिनुहोला । राजमार्ग मुनीका घर घर मा पेट्रोल पम्प नहोस । त्यही ब्यपारले नयाँ नयाँ नेताहरू जन्मेर मधेसले पनि दुख पायो । यो पाली काठमाण्डौका शोषक सामन्ती पाहाडे बाहुनहरुको घुच्चुकमै हान्नुहोला । ताकी दुनियाले दूध र पानी छुट्याउन सकोस । धमिलो पानीमा बल्छी हान्ने काम धेरै भो ।

 

timthumb

Continue Reading “दिपेन्द्र झा vs १२थरी पाठक”

Robert Penner: Journey of online trolling to deportation

There’s a lot of noise online making Robert Penner a hero, when he was nothing but an online troll. Foreign journalists and media that remained silent on the blockade and humanitarian crisis in Nepal have quickly responded to and made big headlines out of this one Canadian person in Nepal. Nepali immigration authorities say his visa has been cancelled because he was found to be in breach of several immigration provisions. Robert PennerHis visa allowed him to work for a company that no longer exists and he was working in some other company.  Ignoring that even banana republics like Nepal have laws that should be respected when you visit them, foreign newspapers and elite Nepalis are painting Penner like a martyr. They’re making it a case of freedom-of-expression, which it is not. Let’s get the facts straight about that too. Continue Reading “Robert Penner: Journey of online trolling to deportation”

बडे इन्जिनेरहरु

हामीले यसअघि छोटे इन्जिनियर्स बारे चर्चा गरेका थियौं। खासगरी इन्जियरिङ पढ्दै गरेकाहरुको बारे चर्चा थियो त्यो। देशमा इन्जिनेरको संख्या नै यति धेरै छ कि हामीले यसका लागि दुईटा लेख नै लेख्न परो। आउनुस् अब अहिलेको पोस्टमा इन्जिनियर बनिसकेकाहरुको चर्चा गरौं।

वरिष्टे इन्जिनियर्स

यो वर्गका इन्जिनियर आफूले आफूलाई टाठाबाठा र वरिष्ठ वर्गमा राख्छन्। यसको खास कारण चाहिँ यिनीहरु जागिर खान कसैको पछि लागेका हुँदैनन्। लोकसेवा अथवा अरु कुनै संस्थानमा लिखित माैखिक दिएर Teamwork-for-business-peopleप्रतिस्पर्धा गरेर कुर्सीमा बसेका हुन्छन्। त्यसैले यिनीहरुले आफूलाई टाठाबाठा ठान्छन्। आफु नियुक्त सरकारी कार्यालय त के, समग्र देशकै कायापलट गराउने जोश लिएर जागिर खान पुग्या हुन्छन्। तर उसै त नेपाली पारा, त्यसमाथि सरकारी ! ‘कुन्ताका बुहारी, भँटास खाकी’ भने जस्तै क्या ! दशै बजे अफिस पुगेर ४ बजेसम्म बस्ने यिनीहरुको कामप्रतिको इमान्दारिता बिस्तारै त्यही कार्यालयको टेबुलमा लागेको धुलोको चाङ् जस्तै फुँग्ग उँड्न थाल्छ । १० बजे  अफिस पुग्दा कहिले  पिउन नआइसकेको भएर आफैले ताला खोल्नु पर्ने देखि सानातिना काममा पनि कसैले टेर पुच्छर नलाएपछि यी बिस्तारै मणी हराएको नाग जस्तै बन्न थाल्छन्। अनि सरकारी पारा बुझ्न थालेपछि आफू पनि त्यै पारामा ढल्दै कताबाट कमाइ हुन्छ भन्दै चियाउँदै हिँड्न थाल्छन्।  २४ घन्टामा मिल्ने भए यिनीहरु २६ घन्टा जति त कताबाट बजेट कुम्ल्याउने, कोसँग मिल्ने, कस्लाई फसाउने भन्ने खुराफाती सोचेर नै बिताउँछन्।
Continue Reading “बडे इन्जिनेरहरु”

छोटे इन्जिनियर्स

जदौ है सा’बहरु ।

हामी त सामान्य पाठकहरु हुम्, हाम्लाई किन सा’ब भन्यो भनेर बिलखबन्दमा नपर्नुस् । कुरो के भने नि नेपालमा एकसेएक सा’बहरुको बाहुल्यता भैसक्यो । बाउसाब, माड्साब, डाक्साब, इन्जिनेरसाब आदि । आज हजुरहरु पनि आआफ्नो पेशामा साब् लाएर ठूलो मान्छे बन्दिनुस् न त। सम्झदैंमा पैसो पर्ने होइन क्यारे !! 😂

engineerमाड्साब, डाक्साबहरुको बंगारा झारिसकेको अवस्थामा इन्जिनेरहरुलाई मात्र किन चड्काएका छैनन यिनोरुले?’ भन्ने कुरा हजुरहरुलाई लाग्या हुनसक्छ। यो त हाम्ले पनि जायज मानेका छौं । कतिले त  डेढ अक्कल पनि लाइसक्नु भो होला – ‘आफ्नै खेदो के खन्थे ? चलाउने लेख्ने सबै इन्जिनेर हुन जस्ता छन् ! ‘ त्यो पनि नाजायज चैं होइन है । 😂!  हुन पनि आजकल काठमाण्डुको आकाशेपुलबाट १० वटा ढुङ्गा आँखा चिम्म गरेर फाल्यो भने (१० चोटि थुके पनि हुन्छ) ८ ओटा चाहिँ इन्जिनियरको टाउकोमा लाग्छ रे अनि बाँकी २ वटा चाहिँ चाइनिज डाक्टरको टाउकोमा ! अब यतिका धेरै इन्जिनियर भाको देशको विकासको हालत कस्तो छ सवैलाई थाहा नै छ । काम गर्ने बेला ठसठस कन्छन् । गुगल नहुने भए अन्धो जस्तै हुन्छन्। नाम इन्जिनियर, काम गुगल सर्चर !!

देशले इन्जिनेर उत्पादन गर्दा र उत्पादन गरिसके पछि कस्ता विचित्रका चरित्रहरु पैदा गरिरहेको छ त? आउनुस् यसो चिन्तन मनन गरौँ। यदि कोही इन्जिनेरहरु पढ्दै हुनोन्छ भने, म:म भन्नुहोला, इन्जिनेर बन्न चाहेर पनि बन्न नसकेकाहरु हुनुहुन्छ भने काखी बजाउनु होला। इन्जिनेरका डिग्री गरेका साथीहरुले चैं हातमा फुलपाती लिएर पढ्नु भए बेस। Continue Reading “छोटे इन्जिनियर्स”

मन्नपका होली टोली

– निक वर्डस्मीथ
सामाजिक समाजको उदयसँगसँगै आत्मिय तरिकाले चाडवाड मनाउने चलनको अस्त हुँदै गइरहेको छ। फोटो खिच्नैका लागि चाडबाड मनाएजस्तो गर्ने, दुइ चार ग्रुप फोटा र केहि थान सेल्फि खिचेर एक दुइ प्रोफाइल फोटोको जुगाड गर्ने संस्कृतिको बारेमा फेसबुक बारेको यो लेखमा चर्चा गरिएकै हो ।

यसपटक पनि शिबरात्रीको ह्याङ्ग नउत्रदैं धेरै मानिसहरु होलीको योजना बुन्न थालिसकेका थिए । त्यो मध्धे पनि आफुलाई अलि धेरै नै सामाजिक र “स्मार्ट” ठान्ने टुइटेहरुको त कुरै छाँडौं ।

यिनीहरुको हगाई भन्दा पदाई ठूलो हुन्छ भन्ने कुरो त सर्वविदितै छ । यसपालीको होलीको पनि हल्ला धेरै गरे, महिनौं लामो खडेरी पछि पहिलो बर्खा हुँदा भ्यागुताले रमाउँदै ट्वाटट्वार गरे जस्तै । अचेलका किताबको प्रचार झैं हप्तौं अघि देखि प्रोमो बजाए,  लन्चप्याक भनेर चन्दा उठाए, होली विथ फेसन भन्दै टिसर्ट बनाए । खै अरु पनि के के गरे होलान्, त्यो सबै कुरो बाहिर आएन ।

तेसैले त विविध अभिष्ट राखेर काठमाडौंका प्रसस्तै ट्विटे भेला भए, १२ वर्षमा एक खेप हुने कुम्भ मेलाकै झल्को दिने गरि। र यो होलीमा टुइटेहरुले जति रङ्ग अनुहारमा दले, त्योभन्दा बढी रङ्ग मण्डपमा देखाए । टुइटेहरुको अघोषित केन्द्रीय कार्यालय, भृकुटीमण्डप (जसलाई अचेल मन्नप पनि भनिन्छ) मा आयोजित हुल्याहा होलीमा टुइटेहरुले यि र यस्ता १२ थरि रङ्ग देखाए।

americandream

यो लेखमा वर्णन गरिएको “मन्नप” एक नमुना स्थल मात्र हो, र वर्णन गरिएक ट्विटे कुनै पनि समारोहमा हुने सहभागीका प्रतिनिधी पात्र । यस्ता पात्रहरु प्राय सबै जमघटमा हुने गर्छन । त्यसैले आआफ्नो परिवेश र भेला अनुसार तत् तत् रुपमा बुझी यो लेखको दायरालाई स्वादानुसार “मोडिफाइ” गर्नुहोला भन्ने आशा हामीले लिएका छौं ।
Continue Reading “मन्नपका होली टोली”

नेपालीका लागि अत्यावश्यक १२ सत्ताइस एप

तस्बिर साभार : octalsoftware.co.uk
तस्बिर साभार : octalsoftware.co.uk

नेपालमा लोडसेडिङ एपको सफलताको कहानी त धेरैले सुनेकै छौँ। बत्ती कतिबेला आउँछ? भने जस्तै राहत, भूकम्प, तलब, बिहेको लगन, फोनमा नेटवर्क, गर्लफ्रेन्ड्को रिप्लाई आदि इत्यादि कतिबेला आउँछ भनेर देखाउने एप पनि हुने हो भने आम मानिसको जीवन पनि सजिलो हुँदो हो ?, अनि हाम्रा संघर्षरत नेपाली डेभलपरहरुले पनि मनग्य आम्दानी गर्न सक्थे होलान्। अझ शरीरमै इन्स्टल गर्न मिल्ने एप बनाउन मिले झन् कति जाति हुँदो हो। हाम्रो नेपालीको लागि उखानै छ ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’, माने हामीलाई काम गर्न अल्छी लाग्छ तर खान भने मीठो मीठो चाहिन्छ। यही मेसोमा १२ थरीका शुभचिन्तक पाठकले त्यही हाम्रो अल्छे स्वभावलाई मध्यनजर गर्दै नेपाली शरीरका लागि अत्यावश्यक १२ थरी एपको सुची पठाउनुभएको छ। हामी १२थरी परिवारलाई स्वास्नी छोराछोरी पाल्न धौ धौ छ त्यसैले घण्टा हान्नै परो । धैरै काम गर्न भ्याउदैनौ । यही एउटा साइट चलाएका छौ । यो १२ सत्ताइस खालको एप बनाउने काम चाही तपाईहरु नै गर्नुहोला । 😀 Continue Reading “नेपालीका लागि अत्यावश्यक १२ सत्ताइस एप”

होटलका १२ सत्ताइस पाहुना

यहाँ पाहुना भन्नाले घर घरमा बास माग्न आउने पाहुना हुन् भन्ने नसोच्नु होला। घरमै आउने पाहुनाका बारे अलि पछि चर्चा गरौंला। अहिले भने  होटल (भट्टीदेखि फाइभ स्टारसम्म) का पाहुनालाई  सम्झिनुस् ।१२ थरीका बिशेष प्रतिनिधिले विभिन्न होटलका साहु, मेनेजर र अन्य स्टाफहरुलाई सोधेर यो खोजमुलक रिपोर्ट तयार गर्नुभएको हो। १२ थरी परिवार यस्ता विशेष प्रतिनिधिप्रति आभार व्यक्त गर्दछ। यो विषय झट्ट हेर्दा कमै ध्यान जाने तर गहिरिएर हेर्दा यसभित्र अनेकानेक प्रवृत्ति भेटिन्छन्। आउनुस् अब पाहुनालाई स्वागत गरौं। 

Continue Reading “होटलका १२ सत्ताइस पाहुना”