भोट चैं… सुर्जेमै है ☀️☀️☀️

लालसलाम है सबैलाई। आSS कति नमस्कारको लठारो गर्नु ! यसै पनि चुनाव लाएर जोश आको बेलामा करक्क मुट्ठी पारेर जुरुक्क हात उचाल्नुको मजा नै बेग्लै छ। त्यसैले जोर से भनौं- अभिवादन कमरेड।  अस्ति ‘भोट के मा?’ भनेर चुनाव चिन्हको चर्चा गरिसकेपछि कुन पार्टिलाई भोट दिने भनेर १२ सत्ताइस् मतदातालाई सहजीकरण गरिदिनुपर्छ भन्ने यस टिप्पणीकारको भन्ने मान्यता हो । त्यसको निम्ति १२ थरीको न्युज रुपमा यसबारे घनिभुत छलफल भो। तर अहँ मत मिलेन। कोही टिप्पणीकार काला कांग्रेसी  निस्के भने कोही चैं माओवादीप्रति साहानुभूति राख्ने। कसैले मधेशलाई काखी च्याप्न थाले भने कोही जनजातिका हिमायति। अरु त अरु प्राविधिक साहायक र प्राविधिक प्रमुखको पनि एउटै चिन्हमा छाप नखस्ने भो। केपी ओली बिरामी भएर भारतको मेदान्त अस्पतालमा छटपटाई रहदाँ धारेहात लगाएर सराप्ने प्राविधिक प्रमुख एकाएक केपी ओलीको ठुलो पंखा बनेछन्। भोलि अन्य टिप्पणीकारले भोट किन कांगेस वा माओवादीलाई दिने भनेर लेख्लान् नलेख्लान् तर प्राविधिक प्रमुख चैं भोट चाँहि सुर्यमै हाल्न पर्च भनेर लागिपरेका छन्। प्रस्तुत छ प्राविधिक प्रमुखको केपी ओली मनोलग –

Continue Reading “भोट चैं… सुर्जेमै है ☀️☀️☀️”

फेसबुकका १२/२७ कुरा

fb

मनमा पुर्वाग्रह राखेर यो वेबसाइट हेर्दै हुनुहुन्छ भने म आफ्नै बारेमा चैं एउटा कुरा भनिहालुँ – मलाई फेसबुकमा जाँगर मरेको छ, अनि यो पोष्ट लेखिसकेर म फेसबुक डिएक्टिभेट गर्छु।  मेरो कुरा यत्ति नेै हो। तपाइँलाई झनक्क रिस उठ्न सक्छ, ‘कौन सा पहाड फुट्ने भो र? गर्नुहोस्। तपाइँले फेसबुक चलाउन छोडे थोडा मार्क जुकरबर्ग कङ्गाल हुने हो र?’  ए  ए ए, मैले थोडा जुकरबर्गको सम्पत्तिको कुरा गर्या छु र !  खुल्केको कुरा गर्न पर्छ? बरु पढ्नुस्, मलाई किन फेसबुकमा मन मरेको छ?

देखावटी संसार

फेसबुकमा मेरा कैयौं यस्ता साथीहरुसँग जम्काभेट भएको छ जोसँग वास्तविक जीवनमा एकपटक पनि दोहोरो कुरा भएको छैन।  एउटै भोजमा सँगै भेटियो र मलाई गला लागेर हिक हिक हुदाँ पनि उसले मलाई पानी दिँदैन तर पनि उसले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएको हुन्छ।  अब भन्नोस्, म किन उसलाई मेरो साथीभाइ इस्टमित्र भएको फेसबुकमा भित्र्याउने ? मलाई कसले के भन्छ (कस्तो सम्बोधन गर्छ ), म कहाँ जान्छु (कहाँ गएको फोटो अपलोड गर्छु ), कोसित हिँड्छु (मेरो फोटोमा कसलाई ट्याग गर्छु ) यो सब खोजीनीति उसलाई किन दिने? तपाइँलाई दिन मन लाग्छ त दिनोस्। परिवार भित्र पनि के कुरो अमिल्दो लाग्छ भने- बाले फ्रेन्ड रिक्वेस्ट पठाम्चन्  । बा, ससुरा वा मामा साथी कसरी बनुँ म ? Continue Reading “फेसबुकका १२/२७ कुरा”

ओलीका १२ सत्ताइस कुरा

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सरकारमा जानु अघि गोली जस्तै थियो। उखान तुक्कासहित भाषण गर्न उनी सिपालु थिए। तर प्रधानमन्त्री भएपछि ओलीको बोली बेलुनमा भरेको हावा जस्तै देखियो। ओलीको बोलीको बेलुन उँडिरहेको थियो, प्रधानमन्त्री भएपछि बेलुन फुट्यो। हामीले यहाँ ओलीका केही १२ सत्ताइस गफहरु संकलन गरेका छौं।

सबैभन्दा पहिले उनले धेरै उपप्रधानमन्त्री बनाएकोमा आलोचना भएपछि एमालेका कार्यकर्तासँग भनेको कुरोबाट सुरु गरौं- ‘हाम्रो ध्यान कतिजना उपप्रधानमन्त्री भए भन्नेमा छ । उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो र? मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको मात्र त हो। सांसद नभइकन मन्त्री हुन पाइँदैन, सांसदको भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो नि।’

Continue Reading “ओलीका १२ सत्ताइस कुरा”

बाह्र सत्ताइस् प्रतिबद्धता

हामी को हौँ ? त्यो चर्चा र चासोको बिषय हुनु हुँदैन भन्ने ठान्छौं हामी। हामी के गर्छौँ? त्यो चाहिँ शुरुमै भन्छौं।

हुनत हाम्रो बानी कसैले के कुरा गर्‌यो भन्दा पनि कसले त्यो कुरा गर्‌यो भन्नेमा बढी बहश गर्छौं। त्यसैले हामी को हौं? भन्ने चर्चा चल्दैजाला, अझ बढी त हामीले पस्कने सामग्रीहरु पढेपछि त्यसको बहश बढ्ने नै छ। तर हाम्रो सरोकारको बिषय यो होइन। अब हामी के गर्छौं? अनि यो साइट किन? भन्ने प्रश्नको जवाफतिर लागौं।

हुनत यो साइटको नामले नै धेरै कुरा बोल्छ जस्तो लाग्छ। हामी के कुरामा प्रतिबद्धता जाहेर गर्दछौं भने यो साइटमा तपाइँले अश्लील सामग्री पढ्न पाउनुहुन्नँ। अर्थात् हामी सेक्स वा सेक्सी फोटो राखेर पाठक तान्नतिर लाग्ने छैनौं, किनकी हामीलाई पाठक तान्नु नै छैन। Continue Reading “बाह्र सत्ताइस् प्रतिबद्धता”