जहाँ पुग्दैनन कवि, त्यहाँ पुग्छन् रवी

नमस्कार पाठकवृन्दहरु ..!

आजभोलि जताततै रबीको चर्चा छाएको छ। रबीको नामको बर्षा भएको छ । घनघोर बर्षा भएपछि हामी नाथेलाइ पनि त्यसका बाछिटोले नछुने त कुरै भएन। हो, हामी कुरा गर्दैछौं नयाँ नेपालका जिता जागता भगवान श्री श्री १००८ रवी लामिछानेज्यूको बारेमा।

सिधै विषय प्रवेश गर्न खोज्दा हामी कता ओझेल परेका थियौं  भनेर त भन्नै बिर्सेको। त्यही त हो नि सरहरु म्याडेमहरु, १२ थरीमा न विज्ञापन छ न त क्लिकबेट नै। पापी पेट पाल्नै परो, त्यसको लागि घण्टा हान्नै परो । झन बर्सौंते पारामा परिवारमा सदस्य थप्दैमा फुर्सद छैन। केटकेटी भएसी तिनको गु-मुत पनि स्याहार्नै परो, धरालो पनि लाग्नै परो। बेलाबेलामा चारो पनि खुवाउनै पर्‍यो।  बहुतै गाह्रो छ सरहरु म्याडेमहरु बहुतै गाह्रो छ। कुन बेला हग्छन र सफा गर्ने भनेर कुरेर बस्दैमा दिन बितेको पत्तै हुदैन। यता छिर्ने मौका नै नमिल्ने। यति लेखिसकेपछि यो लेखक पनि घण्टै नै र’छ भन्ने त अनुमान लाइसक्नु भो होला केरे ।

Continue Reading “जहाँ पुग्दैनन कवि, त्यहाँ पुग्छन् रवी”

हामी महापुरुष !!

नमस्कार।

यो लेख केही पहिले लेखिएको म मर्दको सेरोफेरोमा नै रहेर लेखिएको हो। यसमा नयाँ कुरा केहीपनि छैन। त्यही हाम्रो सेरोफेरोमा रहेका मर्दहरु कसरी महापुरुष बन्दछन् भनेर व्याख्या गरिएको छ। म मर्दमा एउटा मर्दको दिनचर्या बर्णन गरिएको थियो भने यो लेखमा त्यही मर्द कसरी महापुरुष बनेको छ भनेर लेखिएको छ। अनि यो क्रम नरोकिएमा त्यो महापुरुष भोलि गएर युगपुरुष बन्ने ल्याकत राख्दछ भनेर पनि भन्न खोजिएको छ।

धेरै भयो केही लेखौँलेखौँ जस्तो लागेको। तर कहिले समय नमिल्ने, कहिले आफैँले समातेको बिषय उति टेसिलो नलाग्ने। ती यावत कारणहरुले गर्दा मैले लेख्न शुरु गरेका कैयौँ लेखहरु गर्भमा नै तुहिएर गए। मैले लेख्न छोडेदेखि कैँयौँ बिषयहरु सतहमा आए, तर कुनै पनि बिषयको गहिराइमा पुग्न आँट आएन। आज एकाबिहानै एउटा भिडियो हेर्न पुगेँ, जहाँ एउटी महिलाले कसरी पाइला पाइलामा प्रताडित हुनु परेको छ भन्ने बिषयमा बोलिएको रहेछ। त्यो भिडियो हेरिसक्दा आँखाहरु नरसाइ रहन सकेनन्। म आफूलाई नै केही हदसम्मको ढोँगी हुँ भन्न चाहन्छु। तर मैले लेख्न छोड्नुमा मभन्दा ४ कदम अगाडिका ढोँगी हात छ भनेर भन्न कत्तिपनि हिच्किचाउन्न्। हेर्नुस्, म लिङ्गले पुरुष भएपनि मलाइ यो पुरुष जात फिटिक्कै मन पर्दैन। हामी पुरुषको एउटा शैलीले त मलाइ घुटन नै हुन्छ। हामी पुरुष कस्ता छौँ भने नि, मुक्त कण्ठले खुल्लामन्चमा महिलालाई इज्जत गर्छौँ, अनि बन्द कोठामा तिनै महिलाको इज्जतलाई कुल्चिन्छौँ, कोपर्छौँ, लुछर्छौं, चिथोर्छौँ।

आउनुस् आज त्यस्तै महापुरुषहरुको नालीबेली बिस्तारमा सुनौँ।

Continue Reading “हामी महापुरुष !!”

म *जी मर्द

अब शिर्षकमा नै तारो राखेर लेखेर शुरु गरेपछि अब लेख कस्तो होला भनेर त सोच्नै पर्दैन होला नि है। लेख नि के भन्नु, आलेख नि के भन्नु, टिप्पणी नि के भन्नु, खासमा यसलाई मेरो आफ्नै मर्दाङ्गीको महिमा गान भनेर भन्दा हुन्छ। हजुरहरुले यस्तो मुजी नि मर्द हुन्छन भन्नुभयो भने मेरालागि हजुर जति नजाति अरु कोही हुन्न। उस्तै परे मैले हजुरलाई उ गर्दिन बेर लाउदिनँ। सबैभन्दा पहिला म कसरी मर्द हुँ भनेर भन्न चाहन्छु।

म बिहान माइक्रो चढेर अफिस जान्छु। माइक्रो चढ्ने बेला त्यो माइक्रोमा युवती, महिला छन् कि छैनन् हेर्छु; छन् भने चढ्छु, छैनन् भने चढ्दिनँ। माइक्रोमा चढेपछि सबैभन्दा पहिला त्यहाँ भएकी पोटिली खोज्छु र उस्को नजिकमा पुग्छु। अनि बाँकी काम माईक्रोले गर्दिहाल्छ। मेरो मर्दाङ्गी उस्को शरीरमा टाँसिने गरी उभिन्छु, हल्लाउने घर्षण गराउने काम त माइक्रोले गर्दिहाल्छ। यसमा मलाई कुनै युवती वा महिलाले आँखा तरे ‘ए भाइ, बाटो हेरेर चलाउन’ भनेर उस्तै परे माइक्रो चालकलाई गाली गर्न पनि भ्याउँछु तर मनमनै भनिरहेको हुन्छु, ‘खाल्डो खाल्डो खोजेर माइक्रो कुदा मुला।’ बेलाबेला यसो झक्काल झुक्कलमा हात कहिले नितम्ब तिर त कहिले छाती तिर लम्काउँछु। बाटोलाई दोष दिदै मेरो मर्दाङ्गीको दुनो सोझ्याउँछु। यस्तो खुबिवान मान्छे भएसी म मर्द भइनँ त?

Continue Reading “म *जी मर्द”

भोट चैं रुखमा, नत्र भेटलाऊ मुखमा 🌳

जय नेपाल साथीहरु !  फेरी घुम्दै फिर्दै हाम्रो टोल समाजमा चुनाव आइपुगेको छ। १२ थरीमा यसअघि एमालेलाई भोट किन दिने भन्नेबारे हाम्रा प्राविधिक प्रमुखले स्पष्ट कारण दिएका थिए। चुनावका मुखाँ यसरी एउटा मात्र पार्टीलाई भोट माग्नु ठीक नभएको निष्कर्ष सहित हामीले नेपाली कांग्रेसलाई पनि भोट माग्ने विचार गरेका छौं। हुनत यसअघि पनि भोट केमा दिने भनेर एउटा लामो लेख ठोकेकै हो। तैपनि २० वर्षपछि हुन लागेको चुनावमा चुपो लागेर बस्न नि त भएन नि हैन? नेपालको सबैभन्दा पुरानो, ऐतिहासिक (माने संग्रहालयमा राख्ने बेला भएको) पार्टीलाई भोट किन दिने भन्ने बारे व्याख्या गरौं- Continue Reading “भोट चैं रुखमा, नत्र भेटलाऊ मुखमा 🌳”

भोट के मा?

नमस्कार पाठकज्युहरु ! आजभोलि जे लेखे नि सबैभन्दा पहिला पाठकलाई दश औंला नजोडी लेख्ने आँटै आम्दैन। पाठक नै हाम्रा भगवान हुन्, पाठक नै हाम्रा सम्पति हुन्। अनि यिनै पाठक नै हाम्रा हनुमान हुन्, जे लेखे नि जय राम जी कि गर्दिन्छन्। सल्लाह सुझाव त भुत्राले नि दिन्नन्, लेख्यो कि वाह वाह ! गर्न थाल्छन्। रचनात्मक प्रतिक्रिया त सुरुवाती बखतदेखि नै पाइएको छैन। मन परे नि ताली, मन नपरे नि ताली, यस्ता हनुमान त तित्रा बिश्वराज ध्वजे जस्ता पार्टीका हनुमान नि छैनन् जस्तो लाउँच बेलाबेला त। चुनाउ आम्न लाग्या भएर भोट के मा हाल्ने भनेर लेख्न थाल्या, आफ्नै पाठकको खेदो खन्न थालिएछ। क्या बाटो बिराइएछ भन्देखुन्। सप्पैलाई था’ह छ बरु मुकुन्देले केटी पाएर ब्या गर्ला तर यो देशाँ चुनाउ हुन बहुतै गाह्रो छ। त्यही नि सबैले चर्चा गरेको चुनाउको बारेमा नलेखि बस्दा प्रजातन्त्र र लोकतन्त्र नमान्नेहरु रचन् यी १२थरीवाला भन्नोला भनेर कनी कनी कुन चिन्हमा भोट हाल्ने भनेर ब्याख्या गर्ने जमर्को गरेका छौं। १२ हात लामो मत पत्रमा डेढ दुइसय थरी चिन्ह छन्। सबैको बारेमा नि लेखेर सकिन्न हेर्नुस्। यसो माथिल्ला केही हरपाँ अटाएका चिन्हको बारेमा लेख्न पर्ला।
Continue Reading “भोट के मा?”

सुन साइलीऽऽ, निधारमा नाम्लो बरियो, ट्रम्पको सनकमा परियो ..

नमस्कार सरहरु, म्याडेमहरु, नसर नम्याडेमहरु, ह्यानहरु, त्यानहरु, फलानाहरु, ढिस्कानाहरु ..!
खासमा मलाइ नमस्कार दाजुभाइ तथा दिदीबहिनीहरु भनेर सम्बोधन गर्न मन लागेको थियो तर त्यसरी गरिने सम्बोधनले सबैलाई लपेट्न सकिँदैन भन्ने महसुस भएकोले यो लम्बेतान सम्बोधन गर्न मने बाध्य भएको छु। खासमा १२थरी शुरु हुदाँको बखत एउटाले मात्र नलेखेर सबैले योगदान गर्ने, एउटाको मात्र ट्रेडमार्क भाषामा नलेखेर सबैको मिसाएर कुन लेख कसले लेखेको हो गेस नै गर्न नमिल्ने बनाउने भन्ने सहमति भाको थ्यो । तर तेस्ता छुसी सहमति । कसले कति मेलो खन्या छ भन्ने कुरो त “अथर” हेरेर हजुरहरु जस्ता अजासु पाठकहरुले थाहा नपाउने कुरै भएन । यो चार्ली बहुलाउन त बहुलाएन, किन आफ्नो डम्फु बजाउँछ भनेर सोच्नु भो होला हैन ? के गर्नु नेपाली परियो…. पाएको ठाममा हल्का मपाइँ नगरी  खाको पच्दैन हेर्नुस्  ।

खैर !!! केही समय पहिले ट्रम्प हिलारी र भुँइफुट्टा नेपाली भनेर हामीले वा मैले जस्ले लेखे पनि यहाँ छापिसकेका छौँ। हिलारीको पक्षमा पाखुरा सुर्केर लागेका नेपालीको हालत त रुझेको बिरालो जस्तो भाको तथ्य घाम झैं छर्लङ्ग छँदैछ । कसैलाई नलाको राजनीति नेपालीलाई लाग्ने हेर्नुस न । उहि क्या त…. केहि थान नेपाली र अमेरिकी-नेपाली पत्रकारहरुले चुनाव अघि नै ‘आगामी राष्ट्रपति हिलारी बस्ने घर’ भनेर ह्राइटहाउस अघि फोटो खिचाएर तहल्का मच्चाएको बिर्सनु भो ? त्यो फोटो हालेको एक साता नबित्दै हो कि क्या हो हिलारीको के के भो भन्ने त जगजाहेरै छ। भनेसी बुझ्नु भो भो नि…. नेपालीको जातले कतिसम्म पनौती लगाउन सक्ने रहेछन भनेर। अब तिनै पत्रकारहरु ट्रम्पलाई हटाउन मरिहत्ते गरेर लागेको देख्दा अर्को कार्यकाल नि ट्रम्पले नै लैजान्छन् कि जास्तो लाग्ने के 😂 Continue Reading “सुन साइलीऽऽ, निधारमा नाम्लो बरियो, ट्रम्पको सनकमा परियो ..”

हिलारी, ट्रम्प र भुइँफूट्टा नेपालीहरु

नमस्कार पाठकवृन्द ! धेरै भयो किबोर्डमा नेपाली अक्षर नकोरेको, त्यसैले आज अमेरिकी राष्ट्रपति चुनावको पुर्वसन्ध्यामा कनिकुथी टाइप गर्दैछु। कार्यव्यस्तताले यस्तरी छोप्यो कि कुरै नगर्नुस्, दिमागका कामको बाहेक अरुको कुराले ठाँउनै पाएनन्। आज यसै फुर्सद मिलाएर आफ्नै पुराना टिप्पणीहरु पढेँ र एकचोटी सोचेँ, यत्रो लेख्ने साहस कताबाट आएछ भनेर। अनि पछि बल्ल याद आयो, हजुरहरुकै माया र हौसलाले गर्दा नै यो सम्भव भएको हो। खासमा मलाइ यो विषयमा कलम चलाउने कुनै सोच नै थिएन, तर खै किन किन हात यस्तरी लुतो आए झैँ चिलायो कि नलेखी धरै पाइनँ। सत्य कुरो के हो भने नि अधिकांश नेपालीहरु जसले अमेरिकी चुनावमा चासो दिएका छन् ती मध्य अलि कमैलाई मात्र थाहा होला अमेरिकी निर्वाचन प्रणालीको बारेमा। त्यसैले उम्मेदवारको बारेमा कुरा गर्नु अघि आउनुस् पहिला अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको बारेमा केहि शब्द पढौँ।

usa Continue Reading “हिलारी, ट्रम्प र भुइँफूट्टा नेपालीहरु”

डा. साप – सटिफिकेट देखाउनुस् न !!

बूढापाकाले यसै त भनेका होइनन् “भताभुङ्ग घरको लथालिङ्ग चाला” !

हेर्नुस् यो देशमा मास्टर नक्कली, पाइलट नक्कली, परीक्षार्थी नक्कली…. र हुँदा हुँदा डाक्टर पनि नक्कली अरे । हुन त, ह्याँ दिक्क लाग्यो मर्छु बरु भनेर विष खान खोज्दा नि विषै नक्कली, डोरीले पासो लाउन खोजे डोरी नै नक्कली पाइन्छ होला देशमा। यस्तै नक्कली सर्टिफिकेटको भरमा मुन्नाभाइ स्टाइलमा डाक्टर बनेकाहरूलाई कुन्नि कुन चाहिँ सरकारी निकायले अनुसन्धान गरेर पक्राउ के गरेको थियो, नेपाल प्रहरीको यो कदमले तलाउमा ढुंगा हाने जस्तै तरङ्ग ल्याइदिएको छ ; ठुलै उथलपुथल नै ल्याइदियो नि ठामका ठाम्। डाउटर भनेका भगवान हैनन् मानिस नै हुन् , तिनीबाट पनि गल्ती हुन्छ, तर पनि एउटा प्रतिष्ठित पेशामा बसेकाहरुबाट हुने यस्तो किसिमको बेइमानीले सारा मानव समाज नै लज्जित हुन पर्ने हुन्छ। यहाँ ति डाउटर मात्र दोषी छैनन् , हाम्रो सम्पूर्ण प्रणाली नै दोषी हो। कतिपय शहरमा डाउटरलाई यसरी समातेर पुरै पेशाको बेइज्जत गर्न पाइँदैन भनेर केही डाउटरहरुले नारा जुलुस नै निकालेको समाचार पनि हामीले पढिसक्यौं। अलि अघि डाउटरले चिट चोरेको कुरा पनि सार्वजनिक भएकै हो।

imageअब हजुरहरुलाई एउटा कुरा के स्मरण गराउँ भने –  जहाँ अरु सबै पेशाकाले “काम गर्न” जान्छन् त्यहाँ डाउटरहरुले भने प्राक्टिस गर्न जान्छन् । उनीहरुले अझै पनि आफ्नो कामलाई काम भन्न सकेका छैनन्, कारण के हो उनीहरु नै जानुन् । हामी बल्ल बल्ल अक्षर कोर्न जान्नेले ति भगवानरुपी डाउटरले किन काम भनेनन् भनेर उम्लो ठडाउन सक्दैनौं किन भने त्यो औंला दुख्यो भने जाने फेरि त्यही डाउटर कैँ हो ।

अनि ति समातिएका डाउटर प्रति सहानुभूति राख्नेहरूले अहिले सामाजिक सञ्जालमा गर्ने गरेका आलुपाँडे तर्कहरु पढौँ आउनुस्। Continue Reading “डा. साप – सटिफिकेट देखाउनुस् न !!”

हगाइ भन्दा पदाइ ठूलो !

नमस्कार पाठकवृन्द !

तपाईँको आफ्नै, आँडेपाँडे जे भनेनी कत्ति नरिसाउने,  छुद्र थुतुनो भएको टिप्पणीकार चार्ली,  नयाँ वर्ष २०७३ को शुभकामना टक्र्याउँछु। हेर्नुस्, जीवनमा कैयन् नयाँ वर्ष देखियो । अझ नेपाली भएको हुनाले एउटै क्यालेन्डर एयरमा दर्जनभन्दा बेसी नयाँ वर्ष मनाउने अवसर पाइया’छ । त्यसैले ३ करोड भाग्यमानी नेपाली मध्य एक आफू पनि हुनुमा मलाई सदैव गर्व महसुस हुन्छ। आउनुस्, नयाँ वर्षको अवसर पारेर आफैले आफैंलाई दिने झुठा आश्वासनका ठेली एकचोटी पल्टाएर हेरौँ।

newYearResolution Continue Reading “हगाइ भन्दा पदाइ ठूलो !”

अम्रिकाका रुन्चे झ्याँस नेपाली

americandreamहामीले आजभोलि केही नाम चलेका अनलाइन पोर्टलमा अझ विशेषगरी बेरोजगार अनलाइनमा अमेरिकी पलायनवादीको रुवाइ पढ्ने गरेका छौँ। त्यो पढ्दा लाग्छ, उनीहरुलाई फसाएर अमेरिका ल्याइयो, उनीहरुको इच्छा गाँउमै हलो जोतेर बाँझो खनेर बस्ने थियो। अमेरिकाले गर्दा उनीहरुले कुकुरले नपाएको दु:ख पाए। कतिले अकालमा ज्यान गुमाए। कसैले श्रीमती गुमाए। कतिका श्रीमान श्रीमती पारपाचुके गरे, सँस्कृति र परम्पराको खिल्ली उँडायो अमेरिकाले।

स्वर्ग भनेर आएको अमेरिकामा नर्कको आभाष भयो। कतिले अमेरिकालाई मृत्युपथ नि भन्न भ्याए भने कतिले यो ग्रिनकार्ड च्यातेर नेपाल फर्किन्छुसम्मका बोक्रे राष्ट्रवाद अलापे। तर फर्किन चाहिँ कोही फर्केनन्। यहीं बसिरहे, डलर छापिरहे, अनि निरन्तर गोहीका आँशु झारिरहे। गुनासाहरुले थिच्चिएर निस्साइएका यावत कुराहरु मध्य केही बुदाँलाइ हामीले केलाउने जमर्को गरेका छौँ। हामीले यहाँ सबै गुनासा समेट्न नसकौँला। तपाइँहरुले सुनेका र हामीले छुटाएका गुनासाहरुलाई कमेन्टमा लेख्न कत्ति पनि नहिच्किचाउनु होला।
Continue Reading “अम्रिकाका रुन्चे झ्याँस नेपाली”