डेल्टा किचकिच

यो लेखलाई डेल्टा (Δ) किचकिचको नाम दिइएको छ। इन्टर/प्लस टु मा गणित पढ्नुभाका’लाई थाहै होला,  सुरुमा  “Δx बि स्मल इन्क्रिमेंट इन  x”  भनेर मानिन्छ पछि    Δx→ 0 भनेर यसको काम तमाम गरिन्छ । रियल जिन्दगीमा नि यस्तै हुन्छ। यस प्रसंगमा चैं x  लाई बुढाबुढी बिचको किचकिच भनेर मान्नुस्। डेरिभेटिभ जस्तै यसलाई पनि  पछि जिरोको नजिकै मानिन्छ र जिन्दगी अगाडि बढिरहन्छ। Δx कहिलेकाहीँ सजिलै हट्छ,  हिसाब मिलिहाल्छ।  कहिलेकाहीँ नहटेर तनाव दिन्छ – समय खान्छ।  कहिलेकाहीँ त हिसाबै मिल्दैन।

husbad-wife-quarrel

भनिन्छ नि, लोग्नेस्वास्नीको झगडा परालको आगो ! जति नै लडे नि लास्टमा मिलिहालिन्छ।मिल्नु त के भन्नु, पुरुषले आत्मसमर्पण गर्छन्  र  जीत त सधै उग्रचण्डी महाकालीको स्वरुप धारण गरेका श्रीमतीको नै हुन्छ । श्रीमान पनि – हारे नि आखिर अङ्गालोमा आउन त आइ मेरो भनेर, “हार कर जित्ने वाला बाजिगर होता है” भन्ने फिलिङ्गस लिएर मुस्कुराउँछ। अन्ततागोत्वा, आगो बाल्न पनि मुढा/दाउरा ठाकठुक पार्न पर्छ भने जस्तै जोइपोइको सम्बन्धमा झन “बोन्ड” बढ्छ । १२ थरी टिममा महिला सहकर्मी नभएकाले यो लेख एक पक्षीय हुन गएमा क्षमा चाहन्छौं। अब यो लेख पढेर कोही नारी अधिकारवादीलाई औडाहा भएमा तल कमेन्टमा गएर फरिया  उचाल्दै धारे हात लाएर सराप्नुहोला !!

Continue Reading “डेल्टा किचकिच”

क्यानकी गणेश थापा : भावना घिमिरे

Bhawana Ghimire
भावना घिमिरे

१२ सत्ताइस बिशेष ब्युरो / नेपालका मिडियालाई त बाल छैन तर १२ थरीको खेलकूद ब्युरोले नेपाली क्रिकेटका बारे गरेको तथ्य विश्लेषणले क्यानकी चकलेटी सुन्दरी सिइओ भावना घिमिरे एन्फाका पुर्व अध्यक्ष गणेश थापा बन्ने खतरा बढ्दै गरेको देखिएको छ । १२ थरीको राजधानी काठमाडौंस्थित खेलकूद ब्युरोले नेपालको खेलकूद पत्रकारितामा कलम चलाइरहेका केही पत्रकार, क्रिकेट प्रशंसक र क्यानका पदाधिकारीहरुसँग गरेको कुराकानीबाट भावना घिमिरे गणेश थापा बन्ने खतरा देखिएको पुष्टि भएको छ।

चर्चा गरौं नेपाली क्रिकेटको सबैभन्दा पछिल्लो घटनाक्रमबाट। क्रिकेट फ्यानका लागि पछिल्लो समयको सबैभन्दा दु:ख दिएको समाचार हो, क्रिकेटको सर्वोच्च संस्था आइसीसीले नेपाल क्रिकेटलाई निलम्बनसम्म गर्न सक्ने गरि दिएको चेतावनी। र, त्यसको कारण- क्यानकी सुन्दरी सिईओ भावना घिमिरे। ठ्याक्कै एकजमानाका एन्फाका एकाधिकार अध्यक्ष गणेश थापाको दादागिरी अहिले यी क्रिकेटकी सिइओतिर सरेको छ। गणेश थापा फुटबलको सर्वोच्च संस्था फिफासँगको निकटताले फुटबलका तानशाह बने र नेपाली फुटबल कहाँ पुग्यो सबैलाई थाहा छ। अहिले क्रिकेटमा सिइओ घिमिरेले ठ्याक्कै थापाकै शैलीमा आइसीसीसँग निकट रहेर क्यानलाई घुमाउन थालेकी छिन्। Continue Reading “क्यानकी गणेश थापा : भावना घिमिरे”

फूटबलको स्वर्ण पदकको मात्र चर्चा भयो भन्नेका १२ सत्ताईस कुरा

नेपालले धेरै पछि फूटबलमा विजय हासिल गर्‍यो। भारतमा भएको सागमा फूटबलको स्वर्ण पदक नै जित्यो। महिला फुटबलमा चेलीहरुले पनि दोस्रो स्थान हासिल गरे। भारतीय भूमिमा भारतलाई नै फाइनलमा हराउँदा फूटबल समर्थकहरुको उत्साह स्वभाविक रुपमा बढ्ने नै भयो। फूटबल खेलाडीहरु स्वदेश फर्किँदा काठमाडौंमा मात्र हैन काकडभिट्टामा पनि भव्य स्वागत भयो। तर केही दु:खी आत्माहरुले त्यो पनि देखिसहेनन्। अनि तर्क निकाले, उसुमा पनि एक महिलाले स्वर्ण जितिन्, अर्को केमा पनि स्वर्ण जितियो तर चर्चा र सम्मान किन फूटबलको मात्र?

१२ थरीसँग यसको जवाफ पनि छ। आखिर १२ सत्ताईस विशेषज्ञको टोली न पर्‍यो। यो बिषयमा पनि आफ्नो धारणा बजारमा ल्याउँ भन्ने लागेर १२ सत्ताईस ब्युरोले फूटबलको स्वर्ण पदक विजेता खेलाडीको भव्य स्वागत र सम्मानको आलोचना गर्नेहरुलाई जवाफ दिने निर्णय गर्‍यो। आउनुस् अब जवाफमा जाऊँ। Continue Reading “फूटबलको स्वर्ण पदकको मात्र चर्चा भयो भन्नेका १२ सत्ताईस कुरा”