बिद्यानास्… यसरी सुन्दर हुनेछ रानीपोखरी

यतिबेला रानीपोखरीको पुनर्निर्माणलाई लिएर ठुलो बहश छेडिएको छ काठमाडौं खाल्डोमा। सिमेन्टको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्नु  मौलिक संस्कृतिमाथि धावाको हो भनि दाबी गरिरहेका छन् केही मान्छेहरु। उता काठमाडौंका मेयर बिद्यासुन्दर शाक्य भने रानीपोखरीलाई आधुनिक पोखरी बनाएर कफी बेच्ने योजना सुनाइरहनुभको छ। यस्तोमा १२ थरीजस्तो जिम्मेवार हावा छेकुवा ब्लग चुपचाप बस्न सुहाउने कुरै भएन। त्यसैले रानीपोखरी पुनर्निर्माण सम्बन्धमा हाम्रो धारणा र योजना के छ भन्नेबारे हामी आज स्पष्ट पार्न चाहान्छौं। अत: आदरणीय पाठकवृन्दलाई कार्यक्रम शुरु गर्नुअघि आआफ्नो स्थानमा सीट बेल्ट वा कम्बर बेल्ट बाँधेर आसनग्रहण गर्नुहुन अनुरोध गर्दछौं। Continue Reading “बिद्यानास्… यसरी सुन्दर हुनेछ रानीपोखरी”

फ्लाइ दुबईलाई धारेहात, तर आफ्ना आङ्का जुम्रा नि ?

यो हप्ता फ्लाई दुबईले नेपाली हवाइयात्रुमाथि गरेको भेदभावका बारेमा प्रकाशित ब्लगले धेरै नेपालीले हेपिएको महसुस गरे। एउटा एअरलाइन्सले एउटै जहाजमा लाग्दो पैसा तिरेर यात्रा गर्दा यात्रुको देशकै आधारमा भेदभाव गरिनु निश्चय पनि राम्रो हैन। यो सरासर हेपेको हो भन्नलाई कुनै आइतबार कुर्नुपर्दैन। तर यसै मेसोमा हामीले हाम्रा नियति, हाम्रा व्यवहार, हाम्रो देशको आर्थिकदेखि राजनैतिक हैसियत, हाम्रा आनिबानीका बारे पनि चर्चा गर्नु आवश्यक छ। अर्को एअरलाइन्सले भेदभाव गर्‍यो भनिरहँदा हाम्रो अध्यागमन, एअरपोर्ट, हाम्रो एअरपोर्टमा रहेका कर्मचारी, सुरक्षाकर्मीका बारे पनि चर्चा गर्नुपर्ला। यो लेख १२ थरीको सँधैकोभन्दा फरक किसिमको पर्न गएमा १२ थरी परिवार माफी चाहान्छ 😋 Continue Reading “फ्लाइ दुबईलाई धारेहात, तर आफ्ना आङ्का जुम्रा नि ?”

अनुहार हेर्‍यो मरिच, तै नि फोटो हाल्न परिच

फर्मालिटी पुरा गरौं, नमस्कार ! सञ्चै हुनोला केरे ? धेरै बिषय उपर १२ थरी झटारोहरु त पढिनैरहनु भएको छ। कतिको बङगारा खुस्कने प्रहार आउने गरेकाले (हाम्रो सोचाइ हो है त्यो) क्वैक्वै “१२ थरी” भन्ने बित्तिकै झसंग झस्किने गरेका छन् भन्दारान् मार्केटाँ। खैर जे होस्, आफ्नै बयान अहिलेलाई नगरम् होला। १२ थरीमा आज अलि फरक त के भन्ने उही बंगारा ताक्ने जमर्को गरिरहेको छु। ठ्याक्कै मेरै बारेमा लेखेर मरेछ भनेर त भन्नुहोला, तैपनि रमाइलो मानेर पढिदिनु होला। मेरो बारेमा लेख्यो भनेर रिसाउनु भयो भने तपाइकै अनुहार कालो हुन्छ,  हाम्लाई त बालै फरर हो। अझ लेखक स्वयंको बङगारा खुस्केला कि भनेर दाँत टम्म पारेर मुख बन्द गरेर लेखिरहेको स्थिति हो। शीर्षकमै प्रष्ट छ, के बारेमा लेख्न लाग्या हो भन्ने। Continue Reading “अनुहार हेर्‍यो मरिच, तै नि फोटो हाल्न परिच”

डिजिटल डिक्सनेरी, परियो तिरिमिरी

आधुनिकता सँगसँगै धेरै कुरा साना र छोटा हुँदै गइरहेका छन् । चाहे त्यो युवतीहरूले लगाउने पहिरन होस् , चाहे आजकालको युवापुस्ताले प्रयोग गर्ने संवाद। आमालाई ममी हुँदै मम्, बुवालाई ड्याडी हुँदै ड्याड र दाजु/भाइलाई ब्रोदर हुँदै ब्रो !

१२ थरी टिमका एक जना टिप्पणीकार एकदिन मर्निङ वाकमा जाँदा एक जना साथीले वहाँलाई कुनै युवतीले मोबाइलमा लेखेको संवाद देखाएछन् । TTYL लेखेको कुरो नबुझेर उनी बिलखबन्दमा परेका रहेछन् । अधबैंसे उनी फेसबुकमा छिरेर क्याम्पस् पढ्ने षोडशीहरुलाई घाँस हाल्न माहिर रहेछन् । तर कुरा गर्दा गर्दै अचानक केटीले Talk To You Later को सर्ट फर्म TTYL लेख्दा Tero Tauko You Liar लेखेकी हो कि,  पातकी बुढो पो भन्या हो कि, वा ‘पख मेडमलाई भन्दिन्छु’ पो भनि कि भनेर अधैर्य पो भएका रहेछन्। टिप्पणीकार जर्जले त्यति कुरो बुझाउँदा उनलाई बुद्धत्व प्राप्त भए झैं भएछ, टाउकोबाट पहाडै हटाए झैं आनन्द आएछ। त्यही मर्निङ वाक गुरुपमा यो कुरा चर्चा हुँदा त प्राय: सबैलाई यही समस्या रेहको बुझियो। र, १२ थरीको सोसियल रेपस्पोन्सिबिलिटी अभियान अन्तर्गत हाल सामाजिक सञ्जालमा प्रयोग हुने स्ल्याङ, एक्रोनिम (सटकट् क्या ! ) र नानाभाँति इमोजीको बारेमा यहाँ चर्चा गरिँदैछ ।

people-using-cellphones

Continue Reading “डिजिटल डिक्सनेरी, परियो तिरिमिरी”

ओलीको कुरा सुन्दा मेक्सिमबडी

नेपालका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएपछि एकपछि अर्को घोषणा गरिरहेका छन्। प्रधानमन्त्री नहुँदै पनि आफ्ना भाषणमा उखान टुक्का जोडेर कमेडी गर्ने ओलीले प्रधानमन्त्री भएपछि त एकपछि अर्को धमाका दिइरहेका छन्। उता भिडियो साइट युट्युबका पश्चिम अमेरिकाका तर युकेमा बसोबास गरिरहेका एकजना १९ वर्षिय युवक छन्- मेक्सिम बडी नामबाट युट्युबमा च्यानल चलाउँछन्। उनलाई वयश्क कमेडियन भनिन्छ। इन्टरनेटमा भेटिने रमाइला, अनौठा, वाहियात यस्तै यस्तै अनेक भिडियोमा उनले कमेन्ट गर्छन्। उनको अंग्रेजी लवज र उनको अनुहारको हाउभाउका लागि उनी प्रख्यात मानिन्छन्। १२ थरीको अडियो भिडियो ब्युरोले प्रधानमन्त्री केपी ओलीका घोषणामा उनै चर्चित मेक्सिम बडीको प्रतिक्रिया मिलाएर एउटा भिडियो बनाएको छ। Continue Reading “ओलीको कुरा सुन्दा मेक्सिमबडी”

Robert Penner: Journey of online trolling to deportation

There’s a lot of noise online making Robert Penner a hero, when he was nothing but an online troll. Foreign journalists and media that remained silent on the blockade and humanitarian crisis in Nepal have quickly responded to and made big headlines out of this one Canadian person in Nepal. Nepali immigration authorities say his visa has been cancelled because he was found to be in breach of several immigration provisions. Robert PennerHis visa allowed him to work for a company that no longer exists and he was working in some other company.  Ignoring that even banana republics like Nepal have laws that should be respected when you visit them, foreign newspapers and elite Nepalis are painting Penner like a martyr. They’re making it a case of freedom-of-expression, which it is not. Let’s get the facts straight about that too. Continue Reading “Robert Penner: Journey of online trolling to deportation”

मन्त्री रोएपछि १२ सत्ताइसका पिप्ली लाइभ

पत्रकारमा समाचारको भोक हुन्छ रे। अनि ‘इन्फर्मेसन’को भोक कडा भएको पत्रकार चाहिँ सफल हुन्छ रे भन्दार’छन्। घरीघरी त हो कि हो कि झैं पनि पो लाग्छ। आजकाल त अनलाइनहरु नै यति धेरै भए कि यीसँग केही समाचारै हुँदैन। राम्रा समाचार उत्पादन गर्न पैसो लाग्छ, अनुसन्धान गर, फिल्ड जाऊ, मान्छे भेट, कुरा गर। लगानी गर्ने पैसो मट्ठ, काँट आओस् राम्रो समाचार। अनि सुरु हुन्छ १२ सत्ताइस समाचार। उसो त मिडियामा त्यस्ता १२ सत्ताइस समाचार कति आउँछन् आउँछन्। त्यस्तै एउटा समाचार आयो आज- ‘फिलिममा गाइ मरेको देखेपछि मन्त्री रोए।’

आउनुस् यो समाचारको १२ सत्ताइस विश्लेषण गरौं।

Continue Reading “मन्त्री रोएपछि १२ सत्ताइसका पिप्ली लाइभ”

नेपालीका लागि अत्यावश्यक १२ सत्ताइस एप

तस्बिर साभार : octalsoftware.co.uk
तस्बिर साभार : octalsoftware.co.uk

नेपालमा लोडसेडिङ एपको सफलताको कहानी त धेरैले सुनेकै छौँ। बत्ती कतिबेला आउँछ? भने जस्तै राहत, भूकम्प, तलब, बिहेको लगन, फोनमा नेटवर्क, गर्लफ्रेन्ड्को रिप्लाई आदि इत्यादि कतिबेला आउँछ भनेर देखाउने एप पनि हुने हो भने आम मानिसको जीवन पनि सजिलो हुँदो हो ?, अनि हाम्रा संघर्षरत नेपाली डेभलपरहरुले पनि मनग्य आम्दानी गर्न सक्थे होलान्। अझ शरीरमै इन्स्टल गर्न मिल्ने एप बनाउन मिले झन् कति जाति हुँदो हो। हाम्रो नेपालीको लागि उखानै छ ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’, माने हामीलाई काम गर्न अल्छी लाग्छ तर खान भने मीठो मीठो चाहिन्छ। यही मेसोमा १२ थरीका शुभचिन्तक पाठकले त्यही हाम्रो अल्छे स्वभावलाई मध्यनजर गर्दै नेपाली शरीरका लागि अत्यावश्यक १२ थरी एपको सुची पठाउनुभएको छ। हामी १२थरी परिवारलाई स्वास्नी छोराछोरी पाल्न धौ धौ छ त्यसैले घण्टा हान्नै परो । धैरै काम गर्न भ्याउदैनौ । यही एउटा साइट चलाएका छौ । यो १२ सत्ताइस खालको एप बनाउने काम चाही तपाईहरु नै गर्नुहोला । 😀 Continue Reading “नेपालीका लागि अत्यावश्यक १२ सत्ताइस एप”