आइमाई

‘के पाराको लुगा लाको हो ? बरू नाङ्गै हिँड् न, नकचरी !’ कलेज जानलाइ निस्कँदै गरेकी भदैको लवाई देखेर फुपुले झाँको झारिन्। उत्पातै लुगा लगाएकी त हैन आफु। खुकुलो सर्ट र हाप प्यान्ट त हो। एकाबिहानै बेफ्वाँकमा फुपुको कर्कशले कान घोचे जस्तो भो उसलाई । बाउकी दिदीलाई मुख फर्काओस् भने फेरि ‘फुपूसँग मुख मुखै लाग्छे, सोमत नभएकी उरन्ठेउली’ भनेर अर्को वचन सुन्न पर्छ। रिसले मन अमारिएपनि उ भुनभुनिँदै स्कुटीमा टाप कसी।

यसै त काठमाण्डौको पत्रु साँघुरो बाटो त्यसमाथी अफिस ट्याम । जामको त के कुरा गराइ भो र ? जाममा सँगै परेको मोटरसाइकलवालाले ट्याँट ट्याँट हर्न बजायो । ‘नो हर्न’ त भन्ने कुरा न परो । जामले दिक्क लाको मुडलाई त्यो उच्चेटलाग्दो हर्नले झन गिजोल्यो । उ तेता फर्किन नपाउँदै हेर्दै ट्यापे जस्तो केटाले मास्क खोल्यो । ‘आम्मा नी तिघ्रा, प्याट्प्याट पिट्दै चिमोटु जस्ता छन त सोल्टिनी” भनी जिब्रो फड्कार्दै जात जनायो ।साला लोदर लाको दिन !! रिस थाम्न नसकेर उस्ले । अनायासै मुखबाट निस्क्यो – “मा-साला फुटेको कण्डमको नतिजा, धर्तीको बोझ मुजी” । सँगैको माइक्रोमा बसेको, ढाका टोपी लगाएको, चिटिक्क पारेर जुगाँ मुठारेको भलाद्मीको स्वर फुट्यो “राम राम के बोलेकी, कस्तो छाडा हुन थाले गाँठे अचेलका केटाकेटी?” Continue Reading “आइमाई”

साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो

यतिखेर किताब बिकेन भनेर रोइलो मच्चिएको छ प्रकाशकहरुबीच। वर्षौँ बेस्ट सेलर बेच्ने पुरानो रत्न पुस्तक भण्डारलाई जिल खुवाउँदै आफूलाई नम्बर वान प्रकाशक संस्थाको सुचीमा उकालेको (बिक्रीको हिसाब किताब त हामीलाई थाहा छैन, तर उनीहरुको दाबी त्यस्तो छ) दाबी गर्ने फाइन प्रिन्टका अजित बरालले ट्विटरमा सार्वजनिक रुपमा दुखेसो नै पोखे- लौ न हाम्रा किताबहरु बिकेनन्, मदन पुरस्कारको सूची निस्कँदा पनि कसैले किनिदिएन। 

मदन पुरस्कारमा ‘सर्ट लिस्टेट’ हुने बित्तिकै किनोस् पनि कसले? यसले पुरस्कार दिएका किताबको सूची हेर्‍यो भने पाठकले मन नै नपराएकाको संख्या धैरै हुन थालिसक्यो। आजकाल साहित्य तथा पाठक बजारमा नयाँ हल्ला जन्मेको छ, ‘मदन पुरस्कारको पनि ‘द’ हराइसक्यो। अब मनमा जसलाई लाग्यो उसलाई दिने ‘मन पुरस्कार’ हुन लागिसक्यो।’ पाठकहरुलाई थाहै होला, केही वर्ष पहिले एउटा जाँड खाएर वाकेको बयान गरेको किताबले मदन पुरस्कार पायो। जाँडकै सुरमा त होला नि, पुरस्कार जित्ने किताबमा लेखकले नारायण गोपाल आफ्नो बिहेको भोजमा आएको लेखेका थिए। तर वास्तविकतामा भने उनको बिहेको बेला नारायण गोपाल परमधाम पुगिसकेका थिए। अनि यस्ता किताबले पुरस्कार पाउने भएसि मदनको द हराउने नै भयो।

Continue Reading “साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो”

तर्क, वितर्क र कूतर्क

आजकाल धेरैजसो बहसहरू हेर्दा, सुन्दा, पढ्दा के महशुस हुन्छ भने केही बहसकर्ताहरू स्पष्ट रुपमा कूतर्कहरूलाई आधार बनाएर बहस गर्छन। चाहे ति ट्विटरका हुन् वा टेलिभिजनका हुन वा छापाका नै किन नहुन्। यो कस्तो कुरा हो? के आधारमा यो मानिसले यस्तो कुरा गरिरहेको छ? के यो सत्यकुरा हो? के यो मानिसले बिषयबस्तुको महत्वपूर्ण पाटाहरूलाई समेटेको छ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा केही मानिसहरू सरासर कूतर्क गर्दैछन् भन्ने भान पर्न थालेको छ। मलाइ परेको यो भानका बारे यो लेखमा उल्लेख गर्ने जमर्को गरेको छु। यो लेखले समसामयिक कुरामाथि चर्चा गर्दै तर्क र कूतर्कको बारेमा बताउनेछ। आउनुहोस् केही सामान्य कूतर्कहरूका बारेमा केहि चर्चा गरौं:

व्यक्तिगत कटाक्ष

यसले प्रमाण वा तर्कको वैधताको सट्टा तर्कलाई अगाडि बढाउने व्यक्ति प्रति गरिने कुनै पनि आक्रमणलाई बुझाउँछ। उदाहरणहरू: “मलाई गगन फिटिक्कै मन पर्दैन, त्यसको कुराहरू आलु हुन्” भन्छ भने बहसकर्ता कूतर्क गरिरहेको छ। “त्यो अर्को पार्टीको हनुमान्  वा कट्प्पा  हो, जहिले मुर्ख कुरा गर्छ!,” भन्नु पनि त्यस्तै कूतर्क हो। चित्रमा अर्को उदाहरण:

यसमा लेखकले तिमी जस्तो मानिसले यस्तो प्रश्न उठाउने भन्दै प्रश्न सोध्ने महिला व्यक्तिगत लान्छना लगाएका छन्।

आत्मकेन्द्रित दम्भ

सामाजिक संजाल तथा टिभीका अन्तर्वार्ताहरूमा हुने अधिकांश बुध्दिबिलासी बहसहरू हुन् वा पत्रपत्रिकामा पढ्न पाइने लामा-लामा लेखहरू, आजकाल यस्तो लाग्छ कि, कतिपय बहसकर्ता वा बिचारकहरू “मैले जे वाक्दे पनि हुन्छ, पत्याईदिने जमात छदैछ! म नै यो संसारको मियो हुँ, यदि म नै हुन्थिन भने कसरी यो संसार चल्थ्यो होला र?” भन्ने किसिमको दम्भ बोकेका हुन्छन् ।यस्तै स्वनामधन्य बौद्धिकहरु हाम्रा समाज तथा सामाजिक संजालमा ‘अपिनियन मेकर’ बन्न खोज्छन्, जसलाई तार्किक हिसाबमा राम्रो मान्न सकिदैन। “मेरा धारणाहरू नै तथ्य हुन्, मेरा विश्लेषणहरू यस्ता त्रिकालदर्शी हुन्छन् कि बिदुरले धृतराष्ट्रलाई गरेको महाभारतको बयान त के हो र!” जस्तो मानसिकता बोकेर आफ्नै वा चिनजानको मित्रको मिडिया कारखानामा छापिएर आएका लेखहरू हुन् वा “हामीलाई पनि प्रश्न सोध्ने हो? कहीँ नभका छुच्चाहरू!!” जस्ता लेखहरूले यस्तो “म” केन्द्रित दम्भलाई उजागर गर्छ। तलको भिडियोमा एउटा उदाहरण हेर्नुहोस् ।

Continue Reading “तर्क, वितर्क र कूतर्क”

ओच्छयान मुतुवाको आत्मकथा

जदौ टक्र्याएँ है पाठकहरु। यो १२ थरीले आफ्नो पहिलाको फ्लेबर नै बिर्सियो भन्ने गुनासो धेरै देखेपछि १२ थरी सम्पादक टीममा गहन छलफल भएको छ। यो छलफलबाट निस्केको निष्कर्ष अनुसार यो नयाँ लेख लेखिएको हो। यसमा तपाइँहरुले आफुलाई कतै भेट्नुभयो भने म म भन्दै आफैलाई ट्याग गर्नुहोला, नत्र टोल छिमेकमा आफुले चिनेका कोही मुतुवा भए उनीहरूलाई तँ तँ भन्दै ट्याग गर्नुहोला। हुनत अहिले डाइपर पुस्ता पनि आइसकेको छ, त्यसैले कतिलाई यो कथा गफजस्तो पनि लाग्ला। अझ शहरियाहरुका लागि त यो लेख लेख्ने असभ्य नै लाग्ला। तर गाउँमा हुर्केका धेरैका लागि यो आफ्नै कथा हो। ल आउनुस् अब सुनौं ओच्छयान मुतुवाको आत्मकथा।

Continue Reading “ओच्छयान मुतुवाको आत्मकथा”

सेक्सुअल ह्यारेस्मेन्ट – अपराधी व्यक्ति कि पेशाकर्मी सबै?

पन्ध्र बर्षमा हिँड्दै गरेको उमेर थियो। ८ कक्षा पास गरेर ९ मा भर्खरै गएको। स्वर धोद्रो हुन सुरु गरेको, गोप्य ठाउँमा दुइचार वटा रौँ पनि आइसकेका थिए। उही उमेरको बुधे स्कूल जाँदैन’थ्यो। स्कूल नै नगएपनि उ मेरो घर टोलको दौँतरी थियो अर्थात् हरेक उल्याइमा साथ र नेतृत्व प्रदान गर्ने सहकर्मी।

म कुवामा पानी लिन जान्थेँ। एकदिन कुवामा पानी लिन जाँदा त्यही ‘जिग्री’ बुधे र छिमेककी १० कक्षामा पढ्ने एउटी युवती थिए। साँझ साँझ पर्न लागेको समय ‘थ्यो। युवती कुवामा पानी भर्दै थिई। बुधे पनि पानी भर्ने निहुँले नजिकै बसेको रहेछ। म पनि पानी उभाउने भाँडो लिएर नजिकै गएँ र गाग्रीमा पानी भर्न थालेँ।

Continue Reading “सेक्सुअल ह्यारेस्मेन्ट – अपराधी व्यक्ति कि पेशाकर्मी सबै?”

रेलका १२ थरी ‘रेलाकार’

मुन्छे भैसकेपछि आफ्नो समाज अनि देशमा हुने घटना र समसामयिक बहसले नछुने, असर नगर्ने भन्ने कुरो नहुने रच हेर्नुस। उसो त यो स्तम्भकार आफ्नो बिषयगत क्षेत्रभन्दा बाहिरका बहसमा खासै जान्ने पल्टेर टाङ्ग घुसाउन जाँदैनथ्यो, तर बहसहरु अलि सघन हुन थालेपछि यसो टपर्टुँइया विज्ञता नझारी मनले मान्दो रैनच। जस्तो, अघिल्लोपटक मेकअपको बहसले छोयो अनि तुच्छ बौद्धिकहरु प्रति लक्षित एक किसिमको भडाँस पोखियो। आज चैं चाइनाबाट आउँछ भनेर सपना बाँडिएको चुच्चे रेलको बारेको बहसमा कति थरी ठूटे विज्ञ सक्रिय छन् भनेर विभिन्न संचार माध्यम र समाजिक सञ्जालको अवलोकनको निष्कर्ष लिएर आएको छु। उपयुक्त ठाउँमा त्यस सम्बन्धमा आफ्नो धारणा पनि छुस्स सुनाउने नै छु।

हामी नेपालीको न गोजीमा कुस्त दाम छ न टाउकोमा अलि गतिलो गिदी नै । आधा गाग्रो धेरै छचल्के झैं समाजमा कुनै विषयको उठान के हुन्छ सबले आआफ्नो ‘हाइपो’ दे दनादनको शैलीमा दिन थालिहाल्छन्। नेपालको सुपर जिल्ला लगायत धरान, इटहरी अनि सिक्किम-दार्जिलिङ तिर एउटा थेगो हिट छ ।’ यार रेला नगर’ न भन्ने । जसलाई यता चल्ने ‘ल्याङ्’ कै कोटीमा राख्न सकिन्छ । अचेल चलिरहेको रेलको बहस पनि रेला नै गरे झैं भैरहेको छ भन्ने पंक्तिकारको ठम्याइ हो । यो रेलामा कस्ताकस्ता वर्ग छन् र तिनका ‘लाइन’ के हो भन्ने बारेमा मेरा दुइ पैसा विचार तल पस्किदै छु । कला देखाउनेलाई कलाकार, गीत लेख्नेलाई गीतकार, स्तम्भ लेख्नेलाई स्तम्भकार भने झैं रेलका बारेमा मेरा गोरुको बाह्रै टक्का शैलीमा रेला गर्नेलाई ‘रेलाकार’ भनिएको हो । लौ त धेरै गन्थन के गर्नु । अब फुलपाती लिनुस् ।

Continue Reading “रेलका १२ थरी ‘रेलाकार’”

तीज : १२थरी मन्थन

तिजको लहर आयो बरी लै….

तिजको लहर आयो बरी लै….

हेर्नुस हरेक चाडवाड भन्ने बित्तिकै केहि परिचयात्मक गीत/संगीत र धुन हुन्छन् । जस्तो दशैंमा मालश्रीको धुन, तिहारमा देउसी भैलो, होलीको जोगिरा सरर अनि तिजमा माथि उल्लेखित गीत। हुन त अचेल बर्षभरीमा नेपाली सांगितिक क्षेत्रमा निस्किने गीत भन्दा तीजमा निस्किने गीतको संख्या बेसी हुन्छ, तैपनि करीब ३० बर्ष पैले यादव खरेलले कन्यादान फिलिममा समावेश गरेको यहि गीत नै तीजको “अथेन्टिक” गीत हुन पुगेको छ। भनिन्छ होली मनाएर मैजारो गरिने हिन्दु चाडवाडहरु साउने संक्रान्तिसँग फेरी सुरु हुन्छन्। साउन सुरु भएपछि त के छ र ? तीज पनि सुरु भै त गो !!! Continue Reading “तीज : १२थरी मन्थन”

श्रीमानको थर लिनेलाई ‘दासी’ देख्ने ‘हिप्पोक्रेट’ हरु !

‘बिहेपछि श्रीमानको थर राख्ने महिला ‘दासी’ हुन्।’ आइतबार सामाजिक सन्जाल ट्विटर र फेसबुकमा एउटा यस्तो महानवाणी प्रसारित भयो। यो भनाइमा अनेकन प्रतिक्रिया आए र सबैजसोले ‘लेखक’लाई सकेजति गाली बके। यो बहशका पक्ष विपक्षमा खासै दमदार तर्क आएनन् तर बहश जारी नै रह्यो। हुनत १२ थरीले यो बिषयमा कलम नचलाएको भए पनि हुन्थ्यो तर १२ थरीको उदेश्य नै १२ सत्ताइस कुरा गर्नेहरुका बंगारामा ताक्नु भएकोले चुप लाग्ने कुरै भएन। बहश अलि सेलाएपछि कलम चलेकोमा क्षमा।

देखे/भोगेकै कुरा हो: केही मान्छेहरु सोसल प्लेटफर्ममा मेरा वरिपरी रहेर बहश होस्, बहशको केन्द्रमा म रहुँ भन्ने रोगबाट ग्रसित छन्। सायद अंग्रेजीमा यसलाई ‘नार्सिसिस्ट’ भन्छन् क्यार। यो रोग यति डरलाग्दो हुन्छ कि यसले त्यो नार्सिस्ट व्यक्ति कति पाखण्डी (हिप्पोक्रेट) छ भन्ने पनि छर्लङ्गै देखाइदिन्छ। ‘दासी’ उपमालाई हामी पाखण्डपनको ज्वलन्त उदाहरणका रुपमा लिन सक्छौं। किन? यसबारेमा नै १२ थरीको यो लेख केन्द्रित रहने छ।

Continue Reading “श्रीमानको थर लिनेलाई ‘दासी’ देख्ने ‘हिप्पोक्रेट’ हरु !”

पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !

१२ सत्ताइस चेतावनी: यो लेख धेरै किताब नपढ्न र किताब पढ्नु रोग हो भन्ने प्रमाणित गर्न लेखिएको हो। तपाइँलाई पढ्नु र किताब मात्र संसार हो भन्ने लाग्छ भने ‘गेट आउट फ्रम हेयर।’ यति भनिसकेपछि पनि कथम् कदाचित यो लेख पुरै पढेर तपाइँले पढ्न छोड्नु भने त्यसको जिम्मेवार हामी हुने छैनौं। Continue Reading “पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !”

म *जी मर्द

अब शिर्षकमा नै तारो राखेर लेखेर शुरु गरेपछि अब लेख कस्तो होला भनेर त सोच्नै पर्दैन होला नि है। लेख नि के भन्नु, आलेख नि के भन्नु, टिप्पणी नि के भन्नु, खासमा यसलाई मेरो आफ्नै मर्दाङ्गीको महिमा गान भनेर भन्दा हुन्छ। हजुरहरुले यस्तो मुजी नि मर्द हुन्छन भन्नुभयो भने मेरालागि हजुर जति नजाति अरु कोही हुन्न। उस्तै परे मैले हजुरलाई उ गर्दिन बेर लाउदिनँ। सबैभन्दा पहिला म कसरी मर्द हुँ भनेर भन्न चाहन्छु।

म बिहान माइक्रो चढेर अफिस जान्छु। माइक्रो चढ्ने बेला त्यो माइक्रोमा युवती, महिला छन् कि छैनन् हेर्छु; छन् भने चढ्छु, छैनन् भने चढ्दिनँ। माइक्रोमा चढेपछि सबैभन्दा पहिला त्यहाँ भएकी पोटिली खोज्छु र उस्को नजिकमा पुग्छु। अनि बाँकी काम माईक्रोले गर्दिहाल्छ। मेरो मर्दाङ्गी उस्को शरीरमा टाँसिने गरी उभिन्छु, हल्लाउने घर्षण गराउने काम त माइक्रोले गर्दिहाल्छ। यसमा मलाई कुनै युवती वा महिलाले आँखा तरे ‘ए भाइ, बाटो हेरेर चलाउन’ भनेर उस्तै परे माइक्रो चालकलाई गाली गर्न पनि भ्याउँछु तर मनमनै भनिरहेको हुन्छु, ‘खाल्डो खाल्डो खोजेर माइक्रो कुदा मुला।’ बेलाबेला यसो झक्काल झुक्कलमा हात कहिले नितम्ब तिर त कहिले छाती तिर लम्काउँछु। बाटोलाई दोष दिदै मेरो मर्दाङ्गीको दुनो सोझ्याउँछु। यस्तो खुबिवान मान्छे भएसी म मर्द भइनँ त?

Continue Reading “म *जी मर्द”