हनुमाने, अनुमाने र जजमाने पत्रकार

पाठकवृन्द, तपाइँहरु हाम्रो नियमित पाठक हनुहुन्छ भने हल्का नाक खुम्च्याइसक्नुभो होला । किनकि थरिथरी पत्रकारबारे हामीले यसअघि नै पनि लेखिसकेका छौं। नपढ्नुभएको भए यी यता छ हजुर लिंक 👉🏼 १२सत्ताइसपत्रकार । “पहिले नै बङगारा झारीसकेका पत्रकारका थोते गिंजामा फेरी किन मुक्का प्रहार त?” भनेर सोध्नुहोला। तर मूल कुरो के हो भने – धाकै सही, पत्रकार भनेका विशेषज्ञ हुन् । तीन त्रिलोक, चौध भुवनका यी ज्ञाता हुन, यिनका बारे जत्ति लेखे नि कमै हुन्छ। अझ भर्खरै सम्पन्न चुनावको बेला सामाजिक सञ्जालमा पत्रकारहरु कट्टु खोलेर नाङ्गै उफ्रिएको देखेपछि यो लेख नलेखिरहन सकिएन। आफ्नो आस्थाको पक्षमा माहोल बनाउन कोही चामल बोकेर निस्किए त कोही कनिका च्यापेर । अब कसको के कति बिक्यो भनेर त हजुरहरुले पनि बिश्लेषण गर्नु भाकै होला। तर पनि एक अर्कालाई सम्मानका साथ खिसिटिउरी गर्न, लठैत भन्न, ख्वामित-सेवक सम्बन्ध पुष्टि गर्न स्वतन्त्र, कटप्पा, हनुमान, रामसेवक, पबनपुत्र जस्ता उपनामहरुको रचना गरियो। यो छिनाझम्टी कस्तो छ भने लँगुरे बाँदर राता बाँदरको झुन्डमा पुग्यो भने राताले सातो खाने, रातो बाँदर एक्लै दुक्लै लँगुरेको बथानमा पुग्यो भने लँगुरेले हियो खस्काउने र दुबैको ग्याङ बराबर भयो भने सामाजिक संजाल कुरुक्षेत्र बन्ने ! यस्ता पत्रकार जसका प्रकार गुलाबका पत्रभन्दा पनि बेसी हुन्छन्, जसका गुणस्तर पनि कारका झै फरारी देखि अल्टोसम्मका हुन्छन, जसको वर्णन गर्न हजार जिब्रो भएका शेषनागलाई पनि हम्मे हुन्छ, यो अकिंचन आज त्यस्ता अलौकिक चौथो अंगका अवयवको बारेमा केही चर्चा गरिँदैछ।

लौ , अब फूलपाति लिनुस्। Continue Reading “हनुमाने, अनुमाने र जजमाने पत्रकार”

अनुहार हँसिला मनमा कृष्णलीला

नमस्कार है मुखिया मुखिनीज्यूहरु ! चुनाव सकियो, रोपाइँ सकियो, नेपाली पोल्टिसमा खासै कुरा काट्न लायक कुरा पनि केही भैराको छैन; त्यसैले हामी पनि आफ्नो करिअर गोडमेल गर्दा गर्दै सुस्ताएछौं। तैपनि यो साउनमा कति नौलापौला जोडीका जोइहरु साउन बार्न माइत गाका होलान्, कति नत्थी लाका साँढेहरु बुढी तिजमा माइत जाने मौका कुरेर बसेका होलान्। तेसैले खडेरीले धाँजा फाटाका पाठकका मनमा हल्का रमाइलोले सिंचाइ गर्न यो बर्खे भेल छोप्ने जमर्को हामीले गरेका छौं ।

शिर्षक पढेरै कति जनाले जिब्रो काटिसक्नु भयो होला, यो १२ थरी पनि सस्तोमस्तो मसलादार पोस्ट हालेर पेजको भ्यू बढाउने चक्करमा लाग्यो भनेर। तेसो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । हामीलाई यो पेजबाट केही कमाउनु पनि छैन, गुमाउनु पनि छैन। तेसैले सस्तो यौन बेच्ने छक्कापन्जामा हामीलाई लाग्नु पनि छैन। तर मनमा लाका कुरा लेख्नलाई नै यो ब्लग बनाइएको हो भने कसैसँग संकोच मान्न पर्ने बाध्यता हामीलाई छैन। धेरै भुमिका नबाँधि कन यो लेखको शिर्षकको औचित्य पुष्टि गर्नतिर लागौं ।

Continue Reading “अनुहार हँसिला मनमा कृष्णलीला”

घर न घाट, पलायनवादी झाँट

जेठको पहिलो हप्तादेखि नै रातो सारी लाएर बुरुक बुरुक उफ्रेका नेपाली चेलीहरुलाई ठुलो स्मार्ट टिभी स्क्रिनमा हेर्दै, यसपाली तीजमा कुन सारी लगाउने, कस्तो डिजाइनको ब्लाउज लगाउने भनेर पुरै गम्भीर मुद्रामा छलफलमा ब्यस्त महिलाजनहरुलाई सबैभन्दा पहिला यसो बर्गर र पिज्जाले पलाएको बोसोमा ब्लाउज नछिर्‍या भए यसरी एक दुई घर उदारेर मिल्छ कि मिलाउनु हुन यो टिप्पणीकार सादर अनुरोध गर्दछ।

यो फोटो हामीले खिचेको हैन। हामी यो फोटोका मान्छे नि चिन्दैनम्। यो फोटो नेपाल मदर डट कमबाट तानिएको हो।

अनि घरका चेलीबेटीलाई लागेको तीजमा आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्नु हुने भद्र भलादमी पुरुषहरुलाई पनि हार्दिक समवेदना छ। भकारी जत्रो ज्यान हुदाँ पनि “हैन हैन त्यति मोटाकी छैनौ, त्यो ब्लाउज सिलाउनेले सानो सिलाइदेको हो” भनेर जहानको मुहारमा थोरै भए पनि खुसी छर्नलाई मरिमेट्नु सानोतिनो त्याग पक्कै पनि हैन। यति लेखिसक्दा यहाँहरुले अनुमान गर्नुभयो होला आजको बिषय के हो भनेर। हो, आजको हाम्रो विषय छ- घरका न घाटका पलायनवादी झाँटहरुको प्रवृत्तिको चर्चा गर्ने। यीनलाई किन घरको न घाटको भनियो भन्ने चाहिँ यो लेख पढिसक्दा थाहा हुन्छ, थाहा पाउनुभएन भने भुत्रैसित्ति। लौ त फूलपाती लिनुस्- Continue Reading “घर न घाट, पलायनवादी झाँट”

एक नाथे नारीवाद, दुई नाथे नारीवाद

फोटो सौजन्य: द टेलिग्राफ

पाठकवृन्द, नमस्कार ! हेर्नुस् न चुनावमा भोट माग्न आइपछि हराको हराइ भइयो। प्योर नेता इस्टाइल, भोट माग्यो अनि गायब। क्यारुम् त नि, फुर्सतै भएन दिमागलाई। कुरो के भन्देखुन्लाई, अलि अघि (एक हप्ता भयो?) एउटा अनलाइनमा एउटा ब्लग छापिएको थियो ‘एक नाथे सरला, दुई नाथे वन्दना’ शीर्षकमा। मेरी आमोई नि, त्यो ब्लग छापिएपछि कतिका लंकामा आगो लागेजस्तै भओ। पछि अनलाइनका सम्पादकले माफी मागेर लेखको पत्ता काटे। तर अनेक काण्ड झेलेका, लामो समयदेखि सामाजिक सञ्जालमा आर्टी खेतीमा उच्चतम सफलता हासिल गरेका सम्पादक नारीवादको नाथमा च्यापिए। हाम्रो मुद्दा हो त्यो ब्लगले बजारमा छताछुल्ल पारिदिएको एक नाथे नारीवाद र दुई नाथे लगायत १२ सत्ताइस् नाथे नारीवादको। यसपाली देखिएको नारीवादले के स्पष्ट पार्‍यो भने जति पढे पनि, जति शिक्षित भए पनि पँधेरे गफ र जगल्टा लुछालुछबाट नारीहरु बाहिर निस्किन गाह्रै रहेछ। आखिरमा त्यही पँधेरे बाझाबाझ नै गर्न त किन दु:ख गरेर पढ्न पर्थो र बाबै। लौ त आउनुस् हाम्रो छलफललाई त्यता केन्द्रित गरौं। हातमा फूलपाती लिनुस्।

Continue Reading “एक नाथे नारीवाद, दुई नाथे नारीवाद”

नबनौं हनुमान, जिताऔं ‘गुड’ म्यान

जम्ला हात गरें है हजुर ! परे त धनुष्टंकारै पनि पर्न सक्छु। चुनावको माहोल जो छ, भोट जो माग्नु छ । सुरुमा काठमाडौं अनि देश जो बनाउनुछ। हेर्नुस् मुलधारका मेडिया र हेभिवेट पत्रकारहरुले एक एक पार्टी बोक्या छन्। हामीले के महशुस गर्यौं भने जसको कोही छैन, उसको बाह्रथरी छ भन्ने बनाउनुछ। निर्धोले बोल्न सकेन भने त्यसको आवाज १२ थरी बनिदिनुपर्छ। परिवर्तनको संवाहक बनिदिनुपर्छ। हुनत यसअघि १२ थरीले कांग्रेस र एमालेलाई भोट मागेको पनि हो। तर हामी यसपालीको यो लेखमा अलि गम्भीर भएर साँच्चै नै राजधानीको हितको लागि र हामी सबैले गर्व गर्नसक्ने राजधानीको परिकल्पनाको लागि भोट मागिरहेका छौं। हुन पनि कस्तो परो भने बिबिसीमा काम गरेका घाघडन पत्रकार रविन्द्र मिश्रको साझा पार्टीको चर्चा सामाजिक संजालमै मात्र सिमित हुने हो कि भन्ने लागिरा’छ। त्यत्रो लाखौंको जागिर छाडेर देश बनाउँछु भनेर लागेका मान्छेको पार्टीले सुरुमै पानी समेत खान पाएनन् भने सबै नेपालीलाई गौहत्याको भन्दा बढ्ता पाप लाग्छ। त्योभन्दा पनि बढी काठमाडौं र ललितपुरका मेयर उपमेयरका उमेदवारको तुलनात्मक रुपमा अध्ययन गर्ने हो भने पनि साझा पार्टीका उमेदवार अग्रपंक्तिमा आउँछन्।  आजको लेखमा हामी साझा पार्टीका उम्मेदवारलाई किन जिताउने भन्ने तर्कनामा केन्द्रित रहनेछौं। Continue Reading “नबनौं हनुमान, जिताऔं ‘गुड’ म्यान”

१२ सत्ताइस् मतदाता

बैशाखको यो गर्मीले मौसम जति तताएको छ, त्योभन्दा बढी चुनावी सरगर्मी सुरु भैसकेको छ। उसो त चुनाव हुने नहुने/कैले हुने/कति चरणमा हुने भन्ने विवादको “बदली” नभैदेको भए ऐलेसम्म अर्कै रौनक थपिइसकेको हुन्त्यो, तर पनि येनतेन मुलुक चुनावतिर लतारिइ नै रहेको छ। सामाजिक सञ्जालमा त विभिन्न पार्टीका हनुमानहरुबीचमा तँ ठुलो कि म ठूलो हनुमान, तेरो लंका म ध्वस्त पार्दिन्छु भनेर पुच्छरमा आगो लाएर दौडिरहेको देख्न थालिसकियो। चुनावको चहलपहल शहर बजारमा भन्दा गाउँघरका चियापसलमा आको छ। टोल छिमेकका भित्ताभन्दा सामाजिक संजालका भित्ता रंगिन थालेका छन्। कुनै पत्रिकाले आफ्नो बारेमा लेखिदिएन भने पत्रकारलाई यसो दान दक्षीणा दिएर भएपनि उसको ब्लगमा आफ्नो बारेमा लेख्न लाएरै भए पनि उम्मेदवारले आत्मरति लिइरहेका छन्। यी चुनावका उमेदवारका कुरा अहिलेलाई चैं हनुमानहरुले नै गरुन्। हामी चाहिँ आउनुस् १२ सत्ताईस् मतदाताको बारे चर्चा गरौं।  Continue Reading “१२ सत्ताइस् मतदाता”

फ्लाइ दुबईलाई धारेहात, तर आफ्ना आङ्का जुम्रा नि ?

यो हप्ता फ्लाई दुबईले नेपाली हवाइयात्रुमाथि गरेको भेदभावका बारेमा प्रकाशित ब्लगले धेरै नेपालीले हेपिएको महसुस गरे। एउटा एअरलाइन्सले एउटै जहाजमा लाग्दो पैसा तिरेर यात्रा गर्दा यात्रुको देशकै आधारमा भेदभाव गरिनु निश्चय पनि राम्रो हैन। यो सरासर हेपेको हो भन्नलाई कुनै आइतबार कुर्नुपर्दैन। तर यसै मेसोमा हामीले हाम्रा नियति, हाम्रा व्यवहार, हाम्रो देशको आर्थिकदेखि राजनैतिक हैसियत, हाम्रा आनिबानीका बारे पनि चर्चा गर्नु आवश्यक छ। अर्को एअरलाइन्सले भेदभाव गर्‍यो भनिरहँदा हाम्रो अध्यागमन, एअरपोर्ट, हाम्रो एअरपोर्टमा रहेका कर्मचारी, सुरक्षाकर्मीका बारे पनि चर्चा गर्नुपर्ला। यो लेख १२ थरीको सँधैकोभन्दा फरक किसिमको पर्न गएमा १२ थरी परिवार माफी चाहान्छ 😋 Continue Reading “फ्लाइ दुबईलाई धारेहात, तर आफ्ना आङ्का जुम्रा नि ?”

आधुनिक जमानाका १२/२७ हनुमान

लामो पुच्छर भएको, रामभक्त हुँ भनेर छाती चिरेरै देखाउन सक्ने, श्रीरामको लागि आफ्नै पुच्छरमा आगो सल्काएर लङ्का जलाउन हिँड्ने बजरङ्गबली हनुमानको कथा त सबैले सुन्नुभएकै होला भानुभक्तिय रामायणमा। आफ्ना प्रात: पुज्यनीय भगवानकालागि ज्यान हत्केलामा राखेर हिँड्ने पुरातनवादी हनुमान। भगवानले भनेपछि भन्नुभयो, त्यो कुनैपनि हालतमा सत्य र पुरा हुनुपर्छ भन्ने ठान्ने त्यस्ता अटल, बहादुर हनुमान- पुराना। तर त्यस्ता बजरंगबली हनुमानलाई पनि पछि पार्दै दिलमा भगवानको निशानी बोकेका आधुनिक हनुमानहरुको जन्म भएको छ यतिबेला। त्यस्ता आधुनिक हनुमानहरुको चर्चा गर्ने जमर्को गर्दैछौं हामी।  हामीले चर्चा गरेका हनुमानहरुमा सबै नसमेटिएका हुनसक्छन्। तपाइँहरुका वरिपरी रहेका अन्य प्रकारका हनुमानहरु भए कमेन्टमा ठोक्दिनुहोला।
Continue Reading “आधुनिक जमानाका १२/२७ हनुमान”

बाह्र सत्ताईस नातो

उसो त म लेखनीमा त्यति  ढंग पुग्नी मान्छे हैन । हैन मात्रै नभनम्, हुँदै होइन । परिक्षामा तीन घण्टा लेख्न पर्दा आत्तिएर ६ पटक पिसाब फेर्न निस्कन पर्ने प्राणी मै हुँ। यति लेखिसकेपछि मलाई त चिन्नु भयो होला क्यारे। नचिने बालै फरर।

अब मुख्य मुद्धामा आम्। चुरो कुरो के त भन्दा भुईफुट्टा नेपालीले अमेरिकाको चुनाव गरेर पनि भ्याए, जीतको मुखैमा पुगेकी बिचरी हिलारीलाई पनौति लगाइदिएर भए पनि ट्रम्प दा’ आँच्या डोनाल्ड ट्रम्पलाई जिताई छोडे।

-ओई के बकवास सुनाईरा’ ? यहि हो मुख्य कुरा ?

-पख्नुस् न पख्नुस् । कति हतारो हो ? त्यति हतारो नै भएका भए तपाँईले १२ थरी खोल्नु नै हुन्थेन होला, कि कसो ?

– ह्या यस्ता मुलाको कुरा कसले सुनोस् ?

– ल ल म चुरो कुरो मा आएँ के बन्द नगर्नुस् न ।

सुन्नोस्….. कुरो के त भन्दा टट्टु नेपालीको एउटा नराम्रो बानी – नाता नलाई नहुनी ! र, अर्को त्यस्तै पाकेको फर्सी कुहिए जस्तो बानी – “नाता नलाई बोल्न आउन्न कि के  हो? ” भन्नी । आम्नोस् नेपालीले लगाउनी १२-२७ नातोको चर्चा गरौँ । Continue Reading “बाह्र सत्ताईस नातो”

हिलारी, ट्रम्प र भुइँफूट्टा नेपालीहरु

नमस्कार पाठकवृन्द ! धेरै भयो किबोर्डमा नेपाली अक्षर नकोरेको, त्यसैले आज अमेरिकी राष्ट्रपति चुनावको पुर्वसन्ध्यामा कनिकुथी टाइप गर्दैछु। कार्यव्यस्तताले यस्तरी छोप्यो कि कुरै नगर्नुस्, दिमागका कामको बाहेक अरुको कुराले ठाँउनै पाएनन्। आज यसै फुर्सद मिलाएर आफ्नै पुराना टिप्पणीहरु पढेँ र एकचोटी सोचेँ, यत्रो लेख्ने साहस कताबाट आएछ भनेर। अनि पछि बल्ल याद आयो, हजुरहरुकै माया र हौसलाले गर्दा नै यो सम्भव भएको हो। खासमा मलाइ यो विषयमा कलम चलाउने कुनै सोच नै थिएन, तर खै किन किन हात यस्तरी लुतो आए झैँ चिलायो कि नलेखी धरै पाइनँ। सत्य कुरो के हो भने नि अधिकांश नेपालीहरु जसले अमेरिकी चुनावमा चासो दिएका छन् ती मध्य अलि कमैलाई मात्र थाहा होला अमेरिकी निर्वाचन प्रणालीको बारेमा। त्यसैले उम्मेदवारको बारेमा कुरा गर्नु अघि आउनुस् पहिला अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको बारेमा केहि शब्द पढौँ।

usa Continue Reading “हिलारी, ट्रम्प र भुइँफूट्टा नेपालीहरु”