गुरुदेवो: महेश्वर:

62_1437962230भनिन्छ नि, पढ्न जति गाह्रो हुन्छ त्यो भन्दा १० गुणा ज्यादा गाह्रो हुन्छ पढाउन। एउटा शिक्षकले कक्षा अगाडि उभिएर ज्ञान बाँड्नु, नबुझ्नेलाई फरक-फरक विधि अपनाएर बुझाउन प्रयास गर्नु सजिलो काम पक्कै होइन। यिनीहरूले विद्यालयका परीक्षादेखि जिन्दगीका विभिन्न परिक्षाहरु सजिलै उत्तीर्ण गर्न आफ्ना चेला चेलीहरुलाई तयार गर्छन्। हाम्रो उद्देश्य जुन गुरुले अक्षर चिन्न सिकाए, यत्तिको लेख्न बोल्न सिकाए, उहाँहरूको प्रतिष्ठामा धावा बोल्नु कदापि होइन। हामीले त शिक्षकहरूमा देखिने प्रवृत्तिको मात्र कुरा गर्न खोजेको हो। हामी समस्त गुरु/गुरुआमासँग यहीँबाट माफी माग्दछौं। यो शिक्षकको वर्गीकरण गाउँको सेरोफेरोमा गरिएको हो, शहरका बोर्डिङ शिक्षकमा पनि यो लागु हुन सक्छ। अनि कतै कतै उच्च शिक्षाका गुरुहरू मिसिएका हुन सक्छन्।  Continue Reading “गुरुदेवो: महेश्वर:”

होटलका १२ सत्ताइस पाहुना

यहाँ पाहुना भन्नाले घर घरमा बास माग्न आउने पाहुना हुन् भन्ने नसोच्नु होला। घरमै आउने पाहुनाका बारे अलि पछि चर्चा गरौंला। अहिले भने  होटल (भट्टीदेखि फाइभ स्टारसम्म) का पाहुनालाई  सम्झिनुस् ।१२ थरीका बिशेष प्रतिनिधिले विभिन्न होटलका साहु, मेनेजर र अन्य स्टाफहरुलाई सोधेर यो खोजमुलक रिपोर्ट तयार गर्नुभएको हो। १२ थरी परिवार यस्ता विशेष प्रतिनिधिप्रति आभार व्यक्त गर्दछ। यो विषय झट्ट हेर्दा कमै ध्यान जाने तर गहिरिएर हेर्दा यसभित्र अनेकानेक प्रवृत्ति भेटिन्छन्। आउनुस् अब पाहुनालाई स्वागत गरौं। 

Continue Reading “होटलका १२ सत्ताइस पाहुना”

१२ सत्ताइस जँड्याहाहरु

IMG_7750जँड्याहा भन्ने बित्तिकै जाँड धोक्नेलाई बुझिन्छ भनेर हामीले तपाइँलाई भन्नुपर्ने हो भने यो पोस्ट नपढ्नुस्। १ थोपा पिओस् या १ ग्यालेन, जाँड भन्या जाँड हो, खाए’सी खायो खायो। म अरु जस्तो जँड्याहा हैन भन्ने मान्छे र म अरु जस्तो हैन भन्ने केटीमा हाम्रो १२ थरी ब्युरोले केही फरक देख्दैन। हाम्रो समाजका हामीले विभिन्न खाले जाँड खाने मान्छे देखेका छौँ। यहाँ हामीले जाँडको प्रभावले ब्यक्तिहरुमा कस्तो चरित्र विकाश गर्छ त भन्ने बारेमा छलफल गर्न चाहन्छौँ।

यो जाँड भन्ने पदार्थ कस्तो छ भन्नुन्छ भन्दा थोरै खाएर लाग्दैन, धेरै खायो.. भोलिसम्म छाड्दैन। 😂

बिहान फ्रेस उठ्दा त दारु कहिल्यै खान्न भन्ने जस्तो हुन्छ नि…. खै के हुन्छ कुन्नि, साँझ परेपछि घाँटी खस्खसाउँछ र पो !! यसको मतलब हामीले यो लेख्दा जाँड खाएका थियौं भन्ने चाहिँ पटक्कै हैन। Continue Reading “१२ सत्ताइस जँड्याहाहरु”

क्यानकी गणेश थापा : भावना घिमिरे

Bhawana Ghimire
भावना घिमिरे

१२ सत्ताइस बिशेष ब्युरो / नेपालका मिडियालाई त बाल छैन तर १२ थरीको खेलकूद ब्युरोले नेपाली क्रिकेटका बारे गरेको तथ्य विश्लेषणले क्यानकी चकलेटी सुन्दरी सिइओ भावना घिमिरे एन्फाका पुर्व अध्यक्ष गणेश थापा बन्ने खतरा बढ्दै गरेको देखिएको छ । १२ थरीको राजधानी काठमाडौंस्थित खेलकूद ब्युरोले नेपालको खेलकूद पत्रकारितामा कलम चलाइरहेका केही पत्रकार, क्रिकेट प्रशंसक र क्यानका पदाधिकारीहरुसँग गरेको कुराकानीबाट भावना घिमिरे गणेश थापा बन्ने खतरा देखिएको पुष्टि भएको छ।

चर्चा गरौं नेपाली क्रिकेटको सबैभन्दा पछिल्लो घटनाक्रमबाट। क्रिकेट फ्यानका लागि पछिल्लो समयको सबैभन्दा दु:ख दिएको समाचार हो, क्रिकेटको सर्वोच्च संस्था आइसीसीले नेपाल क्रिकेटलाई निलम्बनसम्म गर्न सक्ने गरि दिएको चेतावनी। र, त्यसको कारण- क्यानकी सुन्दरी सिईओ भावना घिमिरे। ठ्याक्कै एकजमानाका एन्फाका एकाधिकार अध्यक्ष गणेश थापाको दादागिरी अहिले यी क्रिकेटकी सिइओतिर सरेको छ। गणेश थापा फुटबलको सर्वोच्च संस्था फिफासँगको निकटताले फुटबलका तानशाह बने र नेपाली फुटबल कहाँ पुग्यो सबैलाई थाहा छ। अहिले क्रिकेटमा सिइओ घिमिरेले ठ्याक्कै थापाकै शैलीमा आइसीसीसँग निकट रहेर क्यानलाई घुमाउन थालेकी छिन्। Continue Reading “क्यानकी गणेश थापा : भावना घिमिरे”

शिवरात्रीको महिमा (फोटो फिचरसहित)

babaNo1 शिवरात्री किन मनाउने हो ? शिवजीको बड्डे, मरण डे के हो खास ? अथवा उनको विवाहको एन्निभर्सरी हो?

यसको जवाफ हामीसँग छैन, किनकी १२ थरीमा पौराणिक ब्यूरो छैन। कसैलाई १२ सत्ताइस धार्मिक/पौराणिक ब्यूरो चलाउन मन भए आफ्नो योग्यता र क्षमताको प्रशंसा गर्दै १२ थरीको इमेलमा तपाइँको गन्थन पठाउनुस्, टीमले सदर गरेमा तपाइँ ब्यूरो प्रमुख।

अब कुरा गरौं शिवरात्रीको। शिवरात्री भनेपछि सबैभन्दा पहिला कुरा आउँछ गाँजाको, त्यसपछि धुनीको अनि त्यसपछि बाबाजीहरुको। गाँजाको कुरा गर्ने हाम्रो मूड छैन, किनकी १२ थरीको कुनैपनि ब्यूरोका साथीहरु अहिलेसम्म पशुपति परिसर पुगिसकेका छैनन्, मतलब कसैले गाँजा पिउन पाएका छैनन्। गाँजाको कुरा गरेर हामी ‘सिक’ बन्न चाहन्नौँ।

दोस्रो नम्बरमा आयो धुनी, त्यो दाउरा पाइए भरे जगाउँला नत्र गाँजा खाएर ढलौंला। बाँकी रहे बाबाजी। आउनुस् बाबजीका १२ सत्ताइस कुरा गरौं।

खासमा शिवरात्रीमा काठमाडौंको पाशुपत क्षेत्रमा आउने बाबाहरुको पनि कुरा त गर्न नहुने हो, त्यस्ता नागाहरुको के कुरा गर्नु? भनौं भने यो ब्लगै नहुने भो। अनि केही त लेख्न परो नि भनेर ठसठस कन्दै, गाँजा सम्झिँदै १२ थरी टीम जुटेको हो यो लेखका लागि। Continue Reading “शिवरात्रीको महिमा (फोटो फिचरसहित)”

फिरफिरेका १२ सत्ताइस बिंगा

बुद्धिसागरको फिरफिरेमा हराउदाँ

गाँउ ठाँऊको फिरफिरे
गाँउ ठाँऊको फिरफिरे

फिरफिरे भन्ने शब्द देख्नै नहुने कि त रिट्विट कि त फेब। हुनत उहिले एउटा स्पस्टिकरण अनलाइनमा एउटा पलायणवादीसँग कुरा गर्दा बुद्धिसागरले रिट्विट त गरिरन्छु भनेका थिए क्यार। बोलीमा पक्का र’छन्, ठोकेका ठोकै छन्।नाकाबन्दीले गर्दा लामोसमयसम्म एउटा प्रति आफैले बोकेको फोटोबाहेक पाठकको हात पर्न महिनौँ कुर्न पर्‍यो, यस्मा त लेखकलाई दोष दिन मिल्दैन। परिस्थिती र राजनितीले नै उनीमाथि ठुलै मजाक गर्‍यो। त्यसमा त हामीलाई बहुतै दु:ख लागेको छ। एकदमै आक्रामक शैलीमा गरिएको प्रचारले गर्दा यसका नराम्रा पाटाहरुलाई ढाक्न बढी नै मिहिनेत पो गरेको हो कि भन्ने छनक हामीलाई शुरुमै परेको थियो, त्यसमाथि केही सिन्डिकेटे लेखक र मपाइँ समीक्षकहरु किताबको डिफेन्डमा उत्रिएको देख्दा दाल मैँ कुछ काला है भन्ने नि पर्न गएको थियो। लामै प्रतिक्षा पछि पढ्नै पर्‍यो भनेर पढियो। अब उपन्यास पढेपछि हल्का समिक्षा नगरे त सोसाइटीमा नै नपर्ने चलन चलिसकेको छ, त्यसैले हामीले नि पढ्यौँ। १२ थरी साहित्यिक ब्युरोको समीक्षक समाजले फिरिफिरेका केही पत्ता उधिन्ने जमर्को गरेको छ। Continue Reading “फिरफिरेका १२ सत्ताइस बिंगा”

१२ सत्ताइस डाक्टर

१२ सत्ताइस व्यहोरा भएका पात्रहरुको बङ्गारा झार्ने क्रममा १२ थरीले बोका, बाख्री, अलपत्रकार र पलायनवादीहरुलाई मात्र पेल्यो, समाजमा ठालु कहलिने वर्गलाई केही गरेन भन्ने पाठकहरुलाई लागेको हुनसक्छ। तर हामी कसैलाई छोड्नेवाला छैनौं। हो, हामी केही ढिला भएका छौं, किनकी हामी हरेक विषयका ज्ञाता होइनौं, हाम्रो टीमले विषयमा अध्ययन गर्नुपर्ने हुन्छ, त्यसैले हाम्रा पोस्टहरु केही ढिला हुन्छन्। हाम्रो प्रयास हाम्रा मायालु पाठकको मनमा बस्ने नै रहनेछ।

१२ थरीको टोलीले यसपाली नेपाली समाजमा भगवानै मानिने वा पब्लिकले नमाने पनि आफैं अर्कै वर्गको प्राणी हुँ भनेर ठान्ने डाक्टरहरुको १२ थरी व्यक्तित्वको चर्चा गरिदैँछ । यो लेखको लागि १२ थरी सम्पादक मण्डल हाम्रो मेडिकल ब्युरोको आभारी छ। Continue Reading “१२ सत्ताइस डाक्टर”