म *जी मर्द

अब शिर्षकमा नै तारो राखेर लेखेर शुरु गरेपछि अब लेख कस्तो होला भनेर त सोच्नै पर्दैन होला नि है। लेख नि के भन्नु, आलेख नि के भन्नु, टिप्पणी नि के भन्नु, खासमा यसलाई मेरो आफ्नै मर्दाङ्गीको महिमा गान भनेर भन्दा हुन्छ। हजुरहरुले यस्तो मुजी नि मर्द हुन्छन भन्नुभयो भने मेरालागि हजुर जति नजाति अरु कोही हुन्न। उस्तै परे मैले हजुरलाई उ गर्दिन बेर लाउदिनँ। सबैभन्दा पहिला म कसरी मर्द हुँ भनेर भन्न चाहन्छु।

म बिहान माइक्रो चढेर अफिस जान्छु। माइक्रो चढ्ने बेला त्यो माइक्रोमा युवती, महिला छन् कि छैनन् हेर्छु; छन् भने चढ्छु, छैनन् भने चढ्दिनँ। माइक्रोमा चढेपछि सबैभन्दा पहिला त्यहाँ भएकी पोटिली खोज्छु र उस्को नजिकमा पुग्छु। अनि बाँकी काम माईक्रोले गर्दिहाल्छ। मेरो मर्दाङ्गी उस्को शरीरमा टाँसिने गरी उभिन्छु, हल्लाउने घर्षण गराउने काम त माइक्रोले गर्दिहाल्छ। यसमा मलाई कुनै युवती वा महिलाले आँखा तरे ‘ए भाइ, बाटो हेरेर चलाउन’ भनेर उस्तै परे माइक्रो चालकलाई गाली गर्न पनि भ्याउँछु तर मनमनै भनिरहेको हुन्छु, ‘खाल्डो खाल्डो खोजेर माइक्रो कुदा मुला।’ बेलाबेला यसो झक्काल झुक्कलमा हात कहिले नितम्ब तिर त कहिले छाती तिर लम्काउँछु। बाटोलाई दोष दिदै मेरो मर्दाङ्गीको दुनो सोझ्याउँछु। यस्तो खुबिवान मान्छे भएसी म मर्द भइनँ त?

Continue Reading “म *जी मर्द”

हनुमाने, अनुमाने र जजमाने पत्रकार

पाठकवृन्द, तपाइँहरु हाम्रो नियमित पाठक हनुहुन्छ भने हल्का नाक खुम्च्याइसक्नुभो होला । किनकि थरिथरी पत्रकारबारे हामीले यसअघि नै पनि लेखिसकेका छौं। नपढ्नुभएको भए यी यता छ हजुर लिंक 👉🏼 १२सत्ताइसपत्रकार । “पहिले नै बङगारा झारीसकेका पत्रकारका थोते गिंजामा फेरी किन मुक्का प्रहार त?” भनेर सोध्नुहोला। तर मूल कुरो के हो भने – धाकै सही, पत्रकार भनेका विशेषज्ञ हुन् । तीन त्रिलोक, चौध भुवनका यी ज्ञाता हुन, यिनका बारे जत्ति लेखे नि कमै हुन्छ। अझ भर्खरै सम्पन्न चुनावको बेला सामाजिक सञ्जालमा पत्रकारहरु कट्टु खोलेर नाङ्गै उफ्रिएको देखेपछि यो लेख नलेखिरहन सकिएन। आफ्नो आस्थाको पक्षमा माहोल बनाउन कोही चामल बोकेर निस्किए त कोही कनिका च्यापेर । अब कसको के कति बिक्यो भनेर त हजुरहरुले पनि बिश्लेषण गर्नु भाकै होला। तर पनि एक अर्कालाई सम्मानका साथ खिसिटिउरी गर्न, लठैत भन्न, ख्वामित-सेवक सम्बन्ध पुष्टि गर्न स्वतन्त्र, कटप्पा, हनुमान, रामसेवक, पबनपुत्र जस्ता उपनामहरुको रचना गरियो। यो छिनाझम्टी कस्तो छ भने लँगुरे बाँदर राता बाँदरको झुन्डमा पुग्यो भने राताले सातो खाने, रातो बाँदर एक्लै दुक्लै लँगुरेको बथानमा पुग्यो भने लँगुरेले हियो खस्काउने र दुबैको ग्याङ बराबर भयो भने सामाजिक संजाल कुरुक्षेत्र बन्ने ! यस्ता पत्रकार जसका प्रकार गुलाबका पत्रभन्दा पनि बेसी हुन्छन्, जसका गुणस्तर पनि कारका झै फरारी देखि अल्टोसम्मका हुन्छन, जसको वर्णन गर्न हजार जिब्रो भएका शेषनागलाई पनि हम्मे हुन्छ, यो अकिंचन आज त्यस्ता अलौकिक चौथो अंगका अवयवको बारेमा केही चर्चा गरिँदैछ।

लौ , अब फूलपाति लिनुस्। Continue Reading “हनुमाने, अनुमाने र जजमाने पत्रकार”

बिद्यानास्… यसरी सुन्दर हुनेछ रानीपोखरी

यतिबेला रानीपोखरीको पुनर्निर्माणलाई लिएर ठुलो बहश छेडिएको छ काठमाडौं खाल्डोमा। सिमेन्टको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्नु  मौलिक संस्कृतिमाथि धावाको हो भनि दाबी गरिरहेका छन् केही मान्छेहरु। उता काठमाडौंका मेयर बिद्यासुन्दर शाक्य भने रानीपोखरीलाई आधुनिक पोखरी बनाएर कफी बेच्ने योजना सुनाइरहनुभको छ। यस्तोमा १२ थरीजस्तो जिम्मेवार हावा छेकुवा ब्लग चुपचाप बस्न सुहाउने कुरै भएन। त्यसैले रानीपोखरी पुनर्निर्माण सम्बन्धमा हाम्रो धारणा र योजना के छ भन्नेबारे हामी आज स्पष्ट पार्न चाहान्छौं। अत: आदरणीय पाठकवृन्दलाई कार्यक्रम शुरु गर्नुअघि आआफ्नो स्थानमा सीट बेल्ट वा कम्बर बेल्ट बाँधेर आसनग्रहण गर्नुहुन अनुरोध गर्दछौं। Continue Reading “बिद्यानास्… यसरी सुन्दर हुनेछ रानीपोखरी”

बुढो रुखको बिलौना

हाम्रा श्रद्धेय पाठकहरुमा जदौ, म  बिचरो बुढो रुखको तर्फबाट!

हो, म बिचरो बुढो रुख- १०४ बर्षे जहानियाँ राणा शासनसँग पौँठेजोरी र सिंगौरी खेल्दै, कहिले हाँगा काटिँदै, कहिले ढाड नै गिँडिँदै फेरि उठ्दै, हावा, हुरी र चट्टान खेप्दै आएको म बुढो रुख। बिपी, किसुनजी, गणेशमान, सुवर्णशमसेरहरुले रोपेर उमारेको म रुख। पानी पाएर हल्का पालुवा लाग्न नपाउँदै जरा खनिनुपर्ने नियति भोगेर पनि ठिंग उभिएरहेको म रुख। कहिले महाराजा त कहिले महाराणा, कहिले महाआतंकमा पनि ठिंग उभिएको, हो म बिचरो त्यही बुढो रुख। यस्तो रुखमा अहिले कस्ता कस्ता किराको बास छ भनेर अब चर्चा गरौं है त।

Continue Reading “बुढो रुखको बिलौना”

अनुहार हँसिला मनमा कृष्णलीला

नमस्कार है मुखिया मुखिनीज्यूहरु ! चुनाव सकियो, रोपाइँ सकियो, नेपाली पोल्टिसमा खासै कुरा काट्न लायक कुरा पनि केही भैराको छैन; त्यसैले हामी पनि आफ्नो करिअर गोडमेल गर्दा गर्दै सुस्ताएछौं। तैपनि यो साउनमा कति नौलापौला जोडीका जोइहरु साउन बार्न माइत गाका होलान्, कति नत्थी लाका साँढेहरु बुढी तिजमा माइत जाने मौका कुरेर बसेका होलान्। तेसैले खडेरीले धाँजा फाटाका पाठकका मनमा हल्का रमाइलोले सिंचाइ गर्न यो बर्खे भेल छोप्ने जमर्को हामीले गरेका छौं ।

शिर्षक पढेरै कति जनाले जिब्रो काटिसक्नु भयो होला, यो १२ थरी पनि सस्तोमस्तो मसलादार पोस्ट हालेर पेजको भ्यू बढाउने चक्करमा लाग्यो भनेर। तेसो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । हामीलाई यो पेजबाट केही कमाउनु पनि छैन, गुमाउनु पनि छैन। तेसैले सस्तो यौन बेच्ने छक्कापन्जामा हामीलाई लाग्नु पनि छैन। तर मनमा लाका कुरा लेख्नलाई नै यो ब्लग बनाइएको हो भने कसैसँग संकोच मान्न पर्ने बाध्यता हामीलाई छैन। धेरै भुमिका नबाँधि कन यो लेखको शिर्षकको औचित्य पुष्टि गर्नतिर लागौं ।

Continue Reading “अनुहार हँसिला मनमा कृष्णलीला”

घर न घाट, पलायनवादी झाँट

जेठको पहिलो हप्तादेखि नै रातो सारी लाएर बुरुक बुरुक उफ्रेका नेपाली चेलीहरुलाई ठुलो स्मार्ट टिभी स्क्रिनमा हेर्दै, यसपाली तीजमा कुन सारी लगाउने, कस्तो डिजाइनको ब्लाउज लगाउने भनेर पुरै गम्भीर मुद्रामा छलफलमा ब्यस्त महिलाजनहरुलाई सबैभन्दा पहिला यसो बर्गर र पिज्जाले पलाएको बोसोमा ब्लाउज नछिर्‍या भए यसरी एक दुई घर उदारेर मिल्छ कि मिलाउनु हुन यो टिप्पणीकार सादर अनुरोध गर्दछ।

यो फोटो हामीले खिचेको हैन। हामी यो फोटोका मान्छे नि चिन्दैनम्। यो फोटो नेपाल मदर डट कमबाट तानिएको हो।

अनि घरका चेलीबेटीलाई लागेको तीजमा आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्नु हुने भद्र भलादमी पुरुषहरुलाई पनि हार्दिक समवेदना छ। भकारी जत्रो ज्यान हुदाँ पनि “हैन हैन त्यति मोटाकी छैनौ, त्यो ब्लाउज सिलाउनेले सानो सिलाइदेको हो” भनेर जहानको मुहारमा थोरै भए पनि खुसी छर्नलाई मरिमेट्नु सानोतिनो त्याग पक्कै पनि हैन। यति लेखिसक्दा यहाँहरुले अनुमान गर्नुभयो होला आजको बिषय के हो भनेर। हो, आजको हाम्रो विषय छ- घरका न घाटका पलायनवादी झाँटहरुको प्रवृत्तिको चर्चा गर्ने। यीनलाई किन घरको न घाटको भनियो भन्ने चाहिँ यो लेख पढिसक्दा थाहा हुन्छ, थाहा पाउनुभएन भने भुत्रैसित्ति। लौ त फूलपाती लिनुस्- Continue Reading “घर न घाट, पलायनवादी झाँट”

एक नाथे नारीवाद, दुई नाथे नारीवाद

फोटो सौजन्य: द टेलिग्राफ

पाठकवृन्द, नमस्कार ! हेर्नुस् न चुनावमा भोट माग्न आइपछि हराको हराइ भइयो। प्योर नेता इस्टाइल, भोट माग्यो अनि गायब। क्यारुम् त नि, फुर्सतै भएन दिमागलाई। कुरो के भन्देखुन्लाई, अलि अघि (एक हप्ता भयो?) एउटा अनलाइनमा एउटा ब्लग छापिएको थियो ‘एक नाथे सरला, दुई नाथे वन्दना’ शीर्षकमा। मेरी आमोई नि, त्यो ब्लग छापिएपछि कतिका लंकामा आगो लागेजस्तै भओ। पछि अनलाइनका सम्पादकले माफी मागेर लेखको पत्ता काटे। तर अनेक काण्ड झेलेका, लामो समयदेखि सामाजिक सञ्जालमा आर्टी खेतीमा उच्चतम सफलता हासिल गरेका सम्पादक नारीवादको नाथमा च्यापिए। हाम्रो मुद्दा हो त्यो ब्लगले बजारमा छताछुल्ल पारिदिएको एक नाथे नारीवाद र दुई नाथे लगायत १२ सत्ताइस् नाथे नारीवादको। यसपाली देखिएको नारीवादले के स्पष्ट पार्‍यो भने जति पढे पनि, जति शिक्षित भए पनि पँधेरे गफ र जगल्टा लुछालुछबाट नारीहरु बाहिर निस्किन गाह्रै रहेछ। आखिरमा त्यही पँधेरे बाझाबाझ नै गर्न त किन दु:ख गरेर पढ्न पर्थो र बाबै। लौ त आउनुस् हाम्रो छलफललाई त्यता केन्द्रित गरौं। हातमा फूलपाती लिनुस्।

Continue Reading “एक नाथे नारीवाद, दुई नाथे नारीवाद”

नबनौं हनुमान, जिताऔं ‘गुड’ म्यान

जम्ला हात गरें है हजुर ! परे त धनुष्टंकारै पनि पर्न सक्छु। चुनावको माहोल जो छ, भोट जो माग्नु छ । सुरुमा काठमाडौं अनि देश जो बनाउनुछ। हेर्नुस् मुलधारका मेडिया र हेभिवेट पत्रकारहरुले एक एक पार्टी बोक्या छन्। हामीले के महशुस गर्यौं भने जसको कोही छैन, उसको बाह्रथरी छ भन्ने बनाउनुछ। निर्धोले बोल्न सकेन भने त्यसको आवाज १२ थरी बनिदिनुपर्छ। परिवर्तनको संवाहक बनिदिनुपर्छ। हुनत यसअघि १२ थरीले कांग्रेस र एमालेलाई भोट मागेको पनि हो। तर हामी यसपालीको यो लेखमा अलि गम्भीर भएर साँच्चै नै राजधानीको हितको लागि र हामी सबैले गर्व गर्नसक्ने राजधानीको परिकल्पनाको लागि भोट मागिरहेका छौं। हुन पनि कस्तो परो भने बिबिसीमा काम गरेका घाघडन पत्रकार रविन्द्र मिश्रको साझा पार्टीको चर्चा सामाजिक संजालमै मात्र सिमित हुने हो कि भन्ने लागिरा’छ। त्यत्रो लाखौंको जागिर छाडेर देश बनाउँछु भनेर लागेका मान्छेको पार्टीले सुरुमै पानी समेत खान पाएनन् भने सबै नेपालीलाई गौहत्याको भन्दा बढ्ता पाप लाग्छ। त्योभन्दा पनि बढी काठमाडौं र ललितपुरका मेयर उपमेयरका उमेदवारको तुलनात्मक रुपमा अध्ययन गर्ने हो भने पनि साझा पार्टीका उमेदवार अग्रपंक्तिमा आउँछन्।  आजको लेखमा हामी साझा पार्टीका उम्मेदवारलाई किन जिताउने भन्ने तर्कनामा केन्द्रित रहनेछौं। Continue Reading “नबनौं हनुमान, जिताऔं ‘गुड’ म्यान”

भोट चैं रुखमा, नत्र भेटलाऊ मुखमा 🌳

जय नेपाल साथीहरु !  फेरी घुम्दै फिर्दै हाम्रो टोल समाजमा चुनाव आइपुगेको छ। १२ थरीमा यसअघि एमालेलाई भोट किन दिने भन्नेबारे हाम्रा प्राविधिक प्रमुखले स्पष्ट कारण दिएका थिए। चुनावका मुखाँ यसरी एउटा मात्र पार्टीलाई भोट माग्नु ठीक नभएको निष्कर्ष सहित हामीले नेपाली कांग्रेसलाई पनि भोट माग्ने विचार गरेका छौं। हुनत यसअघि पनि भोट केमा दिने भनेर एउटा लामो लेख ठोकेकै हो। तैपनि २० वर्षपछि हुन लागेको चुनावमा चुपो लागेर बस्न नि त भएन नि हैन? नेपालको सबैभन्दा पुरानो, ऐतिहासिक (माने संग्रहालयमा राख्ने बेला भएको) पार्टीलाई भोट किन दिने भन्ने बारे व्याख्या गरौं- Continue Reading “भोट चैं रुखमा, नत्र भेटलाऊ मुखमा 🌳”

भोट चैं… सुर्जेमै है ☀️☀️☀️

लालसलाम है सबैलाई। आSS कति नमस्कारको लठारो गर्नु ! यसै पनि चुनाव लाएर जोश आको बेलामा करक्क मुट्ठी पारेर जुरुक्क हात उचाल्नुको मजा नै बेग्लै छ। त्यसैले जोर से भनौं- अभिवादन कमरेड।  अस्ति ‘भोट के मा?’ भनेर चुनाव चिन्हको चर्चा गरिसकेपछि कुन पार्टिलाई भोट दिने भनेर १२ सत्ताइस् मतदातालाई सहजीकरण गरिदिनुपर्छ भन्ने यस टिप्पणीकारको भन्ने मान्यता हो । त्यसको निम्ति १२ थरीको न्युज रुपमा यसबारे घनिभुत छलफल भो। तर अहँ मत मिलेन। कोही टिप्पणीकार काला कांग्रेसी  निस्के भने कोही चैं माओवादीप्रति साहानुभूति राख्ने। कसैले मधेशलाई काखी च्याप्न थाले भने कोही जनजातिका हिमायति। अरु त अरु प्राविधिक साहायक र प्राविधिक प्रमुखको पनि एउटै चिन्हमा छाप नखस्ने भो। केपी ओली बिरामी भएर भारतको मेदान्त अस्पतालमा छटपटाई रहदाँ धारेहात लगाएर सराप्ने प्राविधिक प्रमुख एकाएक केपी ओलीको ठुलो पंखा बनेछन्। भोलि अन्य टिप्पणीकारले भोट किन कांगेस वा माओवादीलाई दिने भनेर लेख्लान् नलेख्लान् तर प्राविधिक प्रमुख चैं भोट चाँहि सुर्यमै हाल्न पर्च भनेर लागिपरेका छन्। प्रस्तुत छ प्राविधिक प्रमुखको केपी ओली मनोलग –

Continue Reading “भोट चैं… सुर्जेमै है ☀️☀️☀️”