फेसबुकका १२/२७ कुरा

fb

मनमा पुर्वाग्रह राखेर यो वेबसाइट हेर्दै हुनुहुन्छ भने म आफ्नै बारेमा चैं एउटा कुरा भनिहालुँ – मलाई फेसबुकमा जाँगर मरेको छ, अनि यो पोष्ट लेखिसकेर म फेसबुक डिएक्टिभेट गर्छु।  मेरो कुरा यत्ति नेै हो। तपाइँलाई झनक्क रिस उठ्न सक्छ, ‘कौन सा पहाड फुट्ने भो र? गर्नुहोस्। तपाइँले फेसबुक चलाउन छोडे थोडा मार्क जुकरबर्ग कङ्गाल हुने हो र?’  ए  ए ए, मैले थोडा जुकरबर्गको सम्पत्तिको कुरा गर्या छु र !  खुल्केको कुरा गर्न पर्छ? बरु पढ्नुस्, मलाई किन फेसबुकमा मन मरेको छ?

देखावटी संसार

फेसबुकमा मेरा कैयौं यस्ता साथीहरुसँग जम्काभेट भएको छ जोसँग वास्तविक जीवनमा एकपटक पनि दोहोरो कुरा भएको छैन।  एउटै भोजमा सँगै भेटियो र मलाई गला लागेर हिक हिक हुदाँ पनि उसले मलाई पानी दिँदैन तर पनि उसले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएको हुन्छ।  अब भन्नोस्, म किन उसलाई मेरो साथीभाइ इस्टमित्र भएको फेसबुकमा भित्र्याउने ? मलाई कसले के भन्छ (कस्तो सम्बोधन गर्छ ), म कहाँ जान्छु (कहाँ गएको फोटो अपलोड गर्छु ), कोसित हिँड्छु (मेरो फोटोमा कसलाई ट्याग गर्छु ) यो सब खोजीनीति उसलाई किन दिने? तपाइँलाई दिन मन लाग्छ त दिनोस्। परिवार भित्र पनि के कुरो अमिल्दो लाग्छ भने- बाले फ्रेन्ड रिक्वेस्ट पठाम्चन्  । बा, ससुरा वा मामा साथी कसरी बनुँ म ? Continue Reading “फेसबुकका १२/२७ कुरा”

क्यानकी गणेश थापा : भावना घिमिरे

Bhawana Ghimire
भावना घिमिरे

१२ सत्ताइस बिशेष ब्युरो / नेपालका मिडियालाई त बाल छैन तर १२ थरीको खेलकूद ब्युरोले नेपाली क्रिकेटका बारे गरेको तथ्य विश्लेषणले क्यानकी चकलेटी सुन्दरी सिइओ भावना घिमिरे एन्फाका पुर्व अध्यक्ष गणेश थापा बन्ने खतरा बढ्दै गरेको देखिएको छ । १२ थरीको राजधानी काठमाडौंस्थित खेलकूद ब्युरोले नेपालको खेलकूद पत्रकारितामा कलम चलाइरहेका केही पत्रकार, क्रिकेट प्रशंसक र क्यानका पदाधिकारीहरुसँग गरेको कुराकानीबाट भावना घिमिरे गणेश थापा बन्ने खतरा देखिएको पुष्टि भएको छ।

चर्चा गरौं नेपाली क्रिकेटको सबैभन्दा पछिल्लो घटनाक्रमबाट। क्रिकेट फ्यानका लागि पछिल्लो समयको सबैभन्दा दु:ख दिएको समाचार हो, क्रिकेटको सर्वोच्च संस्था आइसीसीले नेपाल क्रिकेटलाई निलम्बनसम्म गर्न सक्ने गरि दिएको चेतावनी। र, त्यसको कारण- क्यानकी सुन्दरी सिईओ भावना घिमिरे। ठ्याक्कै एकजमानाका एन्फाका एकाधिकार अध्यक्ष गणेश थापाको दादागिरी अहिले यी क्रिकेटकी सिइओतिर सरेको छ। गणेश थापा फुटबलको सर्वोच्च संस्था फिफासँगको निकटताले फुटबलका तानशाह बने र नेपाली फुटबल कहाँ पुग्यो सबैलाई थाहा छ। अहिले क्रिकेटमा सिइओ घिमिरेले ठ्याक्कै थापाकै शैलीमा आइसीसीसँग निकट रहेर क्यानलाई घुमाउन थालेकी छिन्। Continue Reading “क्यानकी गणेश थापा : भावना घिमिरे”

शिवरात्रीको महिमा (फोटो फिचरसहित)

babaNo1 शिवरात्री किन मनाउने हो ? शिवजीको बड्डे, मरण डे के हो खास ? अथवा उनको विवाहको एन्निभर्सरी हो?

यसको जवाफ हामीसँग छैन, किनकी १२ थरीमा पौराणिक ब्यूरो छैन। कसैलाई १२ सत्ताइस धार्मिक/पौराणिक ब्यूरो चलाउन मन भए आफ्नो योग्यता र क्षमताको प्रशंसा गर्दै १२ थरीको इमेलमा तपाइँको गन्थन पठाउनुस्, टीमले सदर गरेमा तपाइँ ब्यूरो प्रमुख।

अब कुरा गरौं शिवरात्रीको। शिवरात्री भनेपछि सबैभन्दा पहिला कुरा आउँछ गाँजाको, त्यसपछि धुनीको अनि त्यसपछि बाबाजीहरुको। गाँजाको कुरा गर्ने हाम्रो मूड छैन, किनकी १२ थरीको कुनैपनि ब्यूरोका साथीहरु अहिलेसम्म पशुपति परिसर पुगिसकेका छैनन्, मतलब कसैले गाँजा पिउन पाएका छैनन्। गाँजाको कुरा गरेर हामी ‘सिक’ बन्न चाहन्नौँ।

दोस्रो नम्बरमा आयो धुनी, त्यो दाउरा पाइए भरे जगाउँला नत्र गाँजा खाएर ढलौंला। बाँकी रहे बाबाजी। आउनुस् बाबजीका १२ सत्ताइस कुरा गरौं।

खासमा शिवरात्रीमा काठमाडौंको पाशुपत क्षेत्रमा आउने बाबाहरुको पनि कुरा त गर्न नहुने हो, त्यस्ता नागाहरुको के कुरा गर्नु? भनौं भने यो ब्लगै नहुने भो। अनि केही त लेख्न परो नि भनेर ठसठस कन्दै, गाँजा सम्झिँदै १२ थरी टीम जुटेको हो यो लेखका लागि। Continue Reading “शिवरात्रीको महिमा (फोटो फिचरसहित)”

फिरफिरेका १२ सत्ताइस बिंगा

बुद्धिसागरको फिरफिरेमा हराउदाँ

गाँउ ठाँऊको फिरफिरे
गाँउ ठाँऊको फिरफिरे

फिरफिरे भन्ने शब्द देख्नै नहुने कि त रिट्विट कि त फेब। हुनत उहिले एउटा स्पस्टिकरण अनलाइनमा एउटा पलायणवादीसँग कुरा गर्दा बुद्धिसागरले रिट्विट त गरिरन्छु भनेका थिए क्यार। बोलीमा पक्का र’छन्, ठोकेका ठोकै छन्।नाकाबन्दीले गर्दा लामोसमयसम्म एउटा प्रति आफैले बोकेको फोटोबाहेक पाठकको हात पर्न महिनौँ कुर्न पर्‍यो, यस्मा त लेखकलाई दोष दिन मिल्दैन। परिस्थिती र राजनितीले नै उनीमाथि ठुलै मजाक गर्‍यो। त्यसमा त हामीलाई बहुतै दु:ख लागेको छ। एकदमै आक्रामक शैलीमा गरिएको प्रचारले गर्दा यसका नराम्रा पाटाहरुलाई ढाक्न बढी नै मिहिनेत पो गरेको हो कि भन्ने छनक हामीलाई शुरुमै परेको थियो, त्यसमाथि केही सिन्डिकेटे लेखक र मपाइँ समीक्षकहरु किताबको डिफेन्डमा उत्रिएको देख्दा दाल मैँ कुछ काला है भन्ने नि पर्न गएको थियो। लामै प्रतिक्षा पछि पढ्नै पर्‍यो भनेर पढियो। अब उपन्यास पढेपछि हल्का समिक्षा नगरे त सोसाइटीमा नै नपर्ने चलन चलिसकेको छ, त्यसैले हामीले नि पढ्यौँ। १२ थरी साहित्यिक ब्युरोको समीक्षक समाजले फिरिफिरेका केही पत्ता उधिन्ने जमर्को गरेको छ। Continue Reading “फिरफिरेका १२ सत्ताइस बिंगा”

सुशीलको १२ सत्ताइस चिन्तन

चित्रगुप्तको आँगनमा सुशीलको १२ सत्ताइस चिन्तन

जय नेपाल साथीहरु !

चिन्नुभएन? म त्यही माघ २५ गते उ  भएको (मरेको)  पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति, आजीवन कुमार, ३ वटा मोबाइलका धनी श्री सुशील कोइराला ।  मरेपछि था पाएँ, यो चित्रगुप्त भन्ने मान्छे सारै उ (लोसे) र’छ। मर्नै पर्ने मान्छे पनि किन उ भइरा’छन् भन्ने बल्ल थाहा भयो। धेरैपछि सान्दाजु, गिर्जाउ, किसुनजीसंग भेट हुने भो भनेर उ भा’को (खुसी), यता यी बाजेले उ गरेकै (हिसाब) छैनन्। Continue Reading “सुशीलको १२ सत्ताइस चिन्तन”

१२ सत्ताइस डाक्टर

१२ सत्ताइस व्यहोरा भएका पात्रहरुको बङ्गारा झार्ने क्रममा १२ थरीले बोका, बाख्री, अलपत्रकार र पलायनवादीहरुलाई मात्र पेल्यो, समाजमा ठालु कहलिने वर्गलाई केही गरेन भन्ने पाठकहरुलाई लागेको हुनसक्छ। तर हामी कसैलाई छोड्नेवाला छैनौं। हो, हामी केही ढिला भएका छौं, किनकी हामी हरेक विषयका ज्ञाता होइनौं, हाम्रो टीमले विषयमा अध्ययन गर्नुपर्ने हुन्छ, त्यसैले हाम्रा पोस्टहरु केही ढिला हुन्छन्। हाम्रो प्रयास हाम्रा मायालु पाठकको मनमा बस्ने नै रहनेछ।

१२ थरीको टोलीले यसपाली नेपाली समाजमा भगवानै मानिने वा पब्लिकले नमाने पनि आफैं अर्कै वर्गको प्राणी हुँ भनेर ठान्ने डाक्टरहरुको १२ थरी व्यक्तित्वको चर्चा गरिदैँछ । यो लेखको लागि १२ थरी सम्पादक मण्डल हाम्रो मेडिकल ब्युरोको आभारी छ। Continue Reading “१२ सत्ताइस डाक्टर”

१२ सत्ताइस पलायनवादी

यो पोस्टसम्म आइपुग्दा आदरणिय पाठकहरु ढुक्क भइसकेको हुनुपर्छ, कि हामीले जे प्रतिबद्धता गरेका थियौं त्यसमा हामी डटेर लागेका छौं। हामीले प्रतिबद्धता गरेका थियौँ- हामी समाजमा रहेका विभिन्न प्रवृत्तिका कुरा गर्छौं, आदर्शको खोल ओढेर बेइमानी गर्नेहरुका बंगारा झार्छौं। हाम्रो भाषा अलि टर्रो पनि लाग्ला। केही पाठकहरुले गाली चाहिँ गर्ने तर साखुल्ले पल्टिन नामचाहिँ नलिने प्रवृत्ति देखियो भनेर गुनासो पनि गर्नुभएको छ। तर हामी के भन्छौं भने, समाजमा देखिने ती चरित्रहरुको विषेशता नै यति सरल लेखिदिउँ कि मान्छेको नाम नलिए पनि ठ्याक्क चिनियोस्।

बंगारा झार्ने हाम्रो विशुद्ध उद्देश्यमा हामी टसमस नभई लागिपर्नेछौं, चाहे रुकोस् निलो आकाश, १२ थरी रुक्दैन, चाहे झुकोस् सगरमाथा १२ थरी झुक्दैन: आडम्बरीका बंगारा झार्दै इन्टरनेटमा चम्किन्छ। त्यही अगाडि लम्किने क्रममा यसपाली १२ थरी ब्युरोले देशबाट पलायन भएका र आफू पलायन भएको समेत पत्तो नपाएकाहरुको कुरा गर्ने जमर्को गरेको छ। यस पोस्टले बिशेषत: विश्वको त्यो देशमा पुगेका बकलण्ठु नेपालीको बारेमा जानकारी दिने जमर्को गर्नेछ, जुन देशमा पुगेसी कम्तिमा कुनै बहानामा किन नहोस् त्यहीँको अङ्गिकृत नागरिकता लिन लित्ती कस्ने गर्छन्। साथै भाग्यले ठग्नु ठगेर कुनै हालतमा नि ति विदेश पुग्न नसकेर पलायनवादी हुन नपाएका  नेपालीलाई सानो स्थान दिने जमर्को गरिएको छ। १२ सत्ताइस पलायन ब्युरोको पलायन शाखाले गरेको सुक्ष्म अनुसन्धानले पत्ता लागेका ताल तालका पलायनवादीहरुलाई सम्पादक मण्डलले यहाँ प्रस्तुत गरेको छ। Continue Reading “१२ सत्ताइस पलायनवादी”

१२ सत्ताइस समाचार पोर्टल

प्रविधिको विकाससँगै नेपालमा अहिले फस्टाउँदै गएको व्यवसाय हो अनलाइन समाचार पोर्टल। यसको विकास पनि गज्जपै छ- दिनमा १८ घण्टा लोडसेडिङ् हुँदा पनि यसको विकास पछाडि हैन अगाडि नै बढेको छ, गुणस्तरको कुरा नगरौं संख्यात्मक बढोत्तरीको कुरा गरौं। दिन दुगुणा, रात चौगुणा अनलाइन पोर्टल जन्मिने क्रम जारी छ। अनि टाउके, भुरे, टाकुरे सबैले आफूलाई सत्य, तथ्य र छिटो समाचार पस्किने भनेर आफूलाई अगाडि सारिरहेका छन्।

संख्यात्मक विकास कतिसम्म भइसक्यो भने एक घर एक अनलाइन, हरेक परिवार हरेक पत्रकार हुने अवस्था छ। यी अनलाइनले कहाँबाट पैसा ल्याउँछन्, कति कमाउँछन्, तलब कति खान्छन् भन्ने चर्चा बिस्तारमा गर्दै गरौंला। अहिलेलाई भने नेपालमा चलिरहेका अनलाइन समाचार पोर्टलका थर खोज्नतिर लागौं। Continue Reading “१२ सत्ताइस समाचार पोर्टल”

१२ सत्ताईस पत्रकार

पत्रकार भनेका देशको चौथो अङग हुन, हो हामीलाइ थाहा छ। यिनको बारेमा हामीले सबैभन्दा पहिला लेखेर नै यो १२थरीलाइ सार्वजनिक गर्नु पर्ने थियो, त्यो थाहा हुँदाहुँदै पनि उनीहरुको बारेमा गरिने १२ सत्ताइस कुरामा कमी नआओस्, कोही नछुटुन् कोही नदोहोरिउन् भन्ने संकल्पलाई अङगिकार गर्न खोजेको कारणले गर्दा यो सन्दर्भ अलि पछि पर्न गयो। यसलाई सम्पुर्ण पत्रकार जगतले अन्यथा नलिइदिनु होला, हजुरहरुलाई नजरअन्दाज गर्नु हाम्रो उद्धेश्य कदापि होइन र यसबाट प्रेस स्वतन्त्रताको हनन हुँदैन भन्ने हाम्रो विश्वास छ। Continue Reading “१२ सत्ताईस पत्रकार”

फूटबलको स्वर्ण पदकको मात्र चर्चा भयो भन्नेका १२ सत्ताईस कुरा

नेपालले धेरै पछि फूटबलमा विजय हासिल गर्‍यो। भारतमा भएको सागमा फूटबलको स्वर्ण पदक नै जित्यो। महिला फुटबलमा चेलीहरुले पनि दोस्रो स्थान हासिल गरे। भारतीय भूमिमा भारतलाई नै फाइनलमा हराउँदा फूटबल समर्थकहरुको उत्साह स्वभाविक रुपमा बढ्ने नै भयो। फूटबल खेलाडीहरु स्वदेश फर्किँदा काठमाडौंमा मात्र हैन काकडभिट्टामा पनि भव्य स्वागत भयो। तर केही दु:खी आत्माहरुले त्यो पनि देखिसहेनन्। अनि तर्क निकाले, उसुमा पनि एक महिलाले स्वर्ण जितिन्, अर्को केमा पनि स्वर्ण जितियो तर चर्चा र सम्मान किन फूटबलको मात्र?

१२ थरीसँग यसको जवाफ पनि छ। आखिर १२ सत्ताईस विशेषज्ञको टोली न पर्‍यो। यो बिषयमा पनि आफ्नो धारणा बजारमा ल्याउँ भन्ने लागेर १२ सत्ताईस ब्युरोले फूटबलको स्वर्ण पदक विजेता खेलाडीको भव्य स्वागत र सम्मानको आलोचना गर्नेहरुलाई जवाफ दिने निर्णय गर्‍यो। आउनुस् अब जवाफमा जाऊँ। Continue Reading “फूटबलको स्वर्ण पदकको मात्र चर्चा भयो भन्नेका १२ सत्ताईस कुरा”