हिलारी, ट्रम्प र भुइँफूट्टा नेपालीहरु

नमस्कार पाठकवृन्द ! धेरै भयो किबोर्डमा नेपाली अक्षर नकोरेको, त्यसैले आज अमेरिकी राष्ट्रपति चुनावको पुर्वसन्ध्यामा कनिकुथी टाइप गर्दैछु। कार्यव्यस्तताले यस्तरी छोप्यो कि कुरै नगर्नुस्, दिमागका कामको बाहेक अरुको कुराले ठाँउनै पाएनन्। आज यसै फुर्सद मिलाएर आफ्नै पुराना टिप्पणीहरु पढेँ र एकचोटी सोचेँ, यत्रो लेख्ने साहस कताबाट आएछ भनेर। अनि पछि बल्ल याद आयो, हजुरहरुकै माया र हौसलाले गर्दा नै यो सम्भव भएको हो। खासमा मलाइ यो विषयमा कलम चलाउने कुनै सोच नै थिएन, तर खै किन किन हात यस्तरी लुतो आए झैँ चिलायो कि नलेखी धरै पाइनँ। सत्य कुरो के हो भने नि अधिकांश नेपालीहरु जसले अमेरिकी चुनावमा चासो दिएका छन् ती मध्य अलि कमैलाई मात्र थाहा होला अमेरिकी निर्वाचन प्रणालीको बारेमा। त्यसैले उम्मेदवारको बारेमा कुरा गर्नु अघि आउनुस् पहिला अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको बारेमा केहि शब्द पढौँ।

usa

एउटा चुनाव सकिएर जब राष्ट्रपति सपथको लागि पुग्छ नि ठ्याक्कै त्यही बेलादेखि नै अब आउने ४ बर्षमा त्यसको ठाँउमा म कसरी पुग्न सक्छु भनेर राष्ट्रपतिका भावी आकाङ्क्षीहरु  रणनिती बनाउन थाल्छन् भन्ने किम्बद्धन्ती अमेरिकी राजनिती वृत्तमा व्याप्त छ। अन्य देशमा झैँ यहाँ पनि राष्ट्रपति हुने बित्तिकै के के न लछारपाटो लगाउने भने चाँहि पक्कै पनि हैन। यस्ता गन्थन जति गरे पनि सकिँदैन। दुई प्यारा सक्की सक्यो अझै बिषयवस्तुमा प्रवेश गर्न सकेको छैन, यसरी नै बेतुकका कुरा गरियो भने त नेपाली डोनाल्ड ट्रम्प भनेर पाठकले पगरी गुताउँछन् कि झैँ लाग्यो। खैर यति लेख्दालेख्दै बेसिनमा भाँडा थुप्रियो भनेर साउ करायो, माझ्न जाँदा के लेख्न लाग्या थेँ भनेर दिमागबाट हरायो।

भाँडा ब्रेकपछि पुन: स्वागत छ पाठकहरुलाई। आउनुस् अमेरिकी राष्ट्रपतिको चुनावमा मिलेर अघि बढौं।

अमेरिकामा राष्ट्रपति चुनाव दुई चरणमा हुन्छ हेर्नुस्। पहिलो चरणलाई प्रारम्भिक भनिन्छ भने दोस्रो चरणलाई अन्तिम पनि भनिन्छ। पहिलो चरणको चुनावमा पार्टी पार्टीका मुन्छे लड्छन्। अमेरिकामा मतदाता दर्ता गर्दा आफु कुन पार्टीको भनेर दर्ता गर्न पाइन्छ तर गर्नै पर्ने वाध्यकारी नियम भने छैन। पहिलो चरणको चुनावमा त्यसरी म यो पार्टीको भनेर दर्ता गरेका मतदाताले मात्र आफ्नो पार्टीबाट कस्लाई राष्ट्रपतिमा उठाउने भनेर भोट हाल्छन्। यो प्रारम्भिक चुनावमा आफ्नो पार्टीभित्रबाट जितेर जुलाइ महिनाताका हुने महाधिवेशनमा पार्टीबाट त्यो जितलाई आधिकारितामा बदलेपछि बल्ल ती राष्ट्रपतिका ओर्जिनल उम्मेदवार हुन्छन्। हो, हिलारीले त्यसरी नै डेमोक्राटहरुबाट जितेर आएकी हुन् भने डोनाल्डले पनि त्यसरी नै जितेर आएका हुन् रिपब्लिक पार्टीका तर्फबाट।

अँ, अनि अर्को कुरा यो प्रारम्भिक चुनावमा मतदाता नामावली दर्ता गर्दा पार्टी नरोजेकाले भोट हाल्न पाउँदैनन्, तर त्यसरी छानिएर आएका हिलारी र डोनाल्डबिच हुने अन्तिम युद्दमा भने भोट हाल्न पाउँछन्। अनि हिलारी र डोनाल्ड छान्नेवाला पार्टीभित्रको चुनावमा सहभागी भएकाहरुले अन्तिम युद्दमा आफ्नो पार्टी छोडेर अर्कोलाई मत दिन पनि पाँउछन्। फलानो पार्टीको मतदाता भनेर सोही पार्टीको उम्मेदवारलाई नै भोट दिन पर्छ भन्ने हुँदैन अन्तिम चुनावमा। यसरी आफ्नो दर्ता गरेको पार्टीमा भोट नदिएर स्वतन्त्र मतदाता जस्तो स्वभाव देखाएर आफ्नो स्टेटलाई नै रातो वा निलो रङ्ग हुन नदिइ स्विङ्ग स्टेट बनाएर राख्नेमा ओहायो, फ्लोरिडा, जर्जिया, आइवा जस्ता स्टेट अग्रणी स्थानमा आउँछ्, नेपाली भाषामा भन्नुपर्दा पिपलपाते स्टेट। यो पाली अलि धेरै नै स्टेट पिपलपाते भएका छन भनेर रिसेन्ट पोलले जनाएको छ।

र अर्को एउटा कुरा नि छ, त्यो के भन्नुन्छ भने इलेक्ट्रोल भोट र पपुलर भोट। त्यो भन्या के भने देश भरिको मतदानबाट धेरै मत ल्याएर मात्रै पनि बिजयी भइन्छ भन्ने नहुदोँ र’छ। कुन स्टेटमा कति इलेक्ट्रोल भोट हुन्छ त्यो यो लिङ्कमा गएर हेर्नुस। बहुतै कम्प्लिकेटेड छ हेर्नुस अमेरिकी चुनाव प्रणाली, अहिले त्यो बारेमा ब्याख्या गर्दिन हेर्नुस, पछी मेसो मिलो भने चुनावको आसपासमा लेख्ने जमर्को गरौँला। तर यत्ती बुझ्नुस, सोझो पाराको चुनाव हुदैन यो अमेरिकामा, बहुतै बाङ्गो टिङ्गो पाराको हुन्छ। जती बुझ्दै गयो उती कठीन लाग्छ। बरु बिज्ञान अर्थशास्त्र सजिलै बुझिएला, अमेरिकी चुनावका पाटा केलाउन टुप्पी कसेर पढ्न पर्छ। हजुरहरुलाइ साच्चै चासो लाग्या छ र बुझ्न मन छ भने यो लिङ्कमा गएर हेर्नुस, मलाइ लेख लामो बनाउन मन लागेन।

यसो भनि रहदाँ यहाँहरुलाइ लाग्ला अमेरिकामा त दुईटा मात्र राजनैतिक पार्टी हुदाँ रचन् भनेर, तर त्यसो हैन। अमेरिकामा पनि चुरे भावर खाले पार्टीहरु छ्न्, नभएका हैनन्। यो लिङ्कमा गएर हेर्नुस अमेरिका राष्ट्रपतीका आकाङक्षीहरु कति र’छन्। तपाइँहरु तोबा तोबा गर्नुहुन्छ। नाम सुनिएका र हल्ला गरिएका मात्र हुन् हिलारी र डोनाल्डहरु, उम्मेदवार त फालाफाल छन्। अमेरिका जस्तो शक्तिशाली राष्ट्र, यो देशको राष्ट्रपतिका आकाङ्क्षी भनेसी पक्का नै पाका हुन्छन्, बुझ्झक्की हुन्छन् भन्ने तपाइँहरुलाई लागेको हुनुपर्छ। तर तपाइँहरु गलत हुनुहुन्छ, कारण किनभने अमेरिका राष्ट्रपतिको चुनावको इतिहासमा योपाली जस्तो घटिया चुतिया र काम नलाग्ने उम्मेदवार कहिल्यै परेका थिएनन् भन्नेहरु टन्नै भेटिन्छन्। आँउदा चार बर्ष अमेरिकी जनताको आकाशमा निराशाको कालो बादल मडारिने भने प्रस्ट देखिन्छ। पहिला पहिला त को कति राम्रो भनेर चुन्ने गर्थे रे, योपाली को कम खराब भनेर चुन्न पर्ने बेला आएको छ भन्छन् अमेरिकी जनताहरु।

यत्ति लेखिसकेपछि दिमागमा आएको भएर पंक्तिबद्ध गरिदिएँ, यत्रैसित्ती भनेर। सम्पादकलाई त्यो हटाइस् भने मर्छस् मुजी भनेर थर्काउने हो। एक्कासी किन ‘मुजी’ भन्यो भनेर हैरान हुनु भयो होला। खासमा यो शब्द अमेरिकाको राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई परिभाषित गर्न हालिएको हो। डोनाल्ड ट्रम्प भनेका केपी ओली हुन् भने नि हुन्छ एक हिसाबले। टर्रो बोली भएको। डोनाल्ड ट्रम्पले २००५ ताका यसै आफ्नो पुरुषार्थको धाक लगाउने गरी “grab her by the pussy” भनेर भनो भनी अमेरिका मिडियाले बिना सेन्सर छापेका छन्। यतिसम्म कि त्यो pussy भन्ने शब्दलाई झनै ग्राहयता दिएर प्रकासित गर्दैछन् र भन्दैछन्, सभ्यता खै? यस्ताले कसरी महिलाको रक्षा गर्न सक्छ? भन्दै उचालेका छन्। अनि हिलारी पनि अँ त्यस्ले त्यसो भनो भनेर झनै झम्टेकी छिन्। तर हिलारीले बिर्सेकी छिन् कि उनले आफ्नो पति राष्ट्रपति हुँदा निजी सचिवसंगको सम्बन्धमा कस्ता कस्ता टिप्पणि गरेकी थिइन् भनेर।

उनी कस्ती भने उनका श्रीमानले ह्वाइटहाउसमा नै परस्त्रीलाई मुख मैथुन गराउँदा ति महिलाले मेरो पोइलाई फसाएको हो भन्दै हिँड्थिन्। अहिले एक्कासी उनलाई महिलाको हक अधिकार र उनीहरुमाथि हुने यौन दुर्व्यवहारले मन पोलेको छ। उनले नि त्योबेला महिलाहरुमाथि नै उल्टो गाली बर्साएकी थिइन्। अहिले उनै महिलाको रक्षक भएर निस्केकी छिन्। अहिलेको अमेरिकी राष्ट्रपतिको चुनाव कम्मरमुनी घुमेको छ भने पनि फरक पर्दैन।

हिलारी कस्ती महिला भने शक्तिको लागि जे पनि गर्न सक्ने महिला। उनी शक्तिमुखी हुन्। आफु शक्ति केन्द्रमा रहन मन पराउँछिन्। त्यसकालागि जुनसुकै सम्झौता गर्न पनि हिचकिचाउदिनन्। उनले आफ्नो व्यक्तिगत इमेल सर्भर सिलित्त पारेर मेट्नु र आइपर्ने जेसुकै कुराको पनि सामना गर्नु नै उनको निडर स्वभावको परिणाम हो। राष्ट्रपतिको चुनावको दोस्रो टेलिभिजन बहशमा हिलारीका प्रतिद्वन्द्वी ट्रम्पले खुलेरै हिलारीको यो स्वभावको प्रशंसा पनि गरे- लडाकु, कहिल्यै हार नमान्ने लडाकु भनेर। तीन दशक लामो राजनैतिक यात्रा गरेर पनि केही माखो नमार्नु, तर मैले माखो मार्नु छ भनेर त्यही माखोको पछि भौंतारिंदै भोट हासिल गर्नु उनको खुबी हो। हेर्दै जानुहोला, उनले जितेमा त्यो चार बर्ष पनि माखो नमारी बिताउँछिन् र भन्ने छिन्, संसदले गर्न दिएन। उनी मुखले ठीक्क पारेर बोल्ने तर केही नगर्ने मिठो बोली भएकी महिला हुन्।

अर्कातिर डोनाल्ड कस्ता पुरुष भने नि, यी साँच्चिकै पुरुष हुन्। प्वाकपुक बोल्ने, मनमा तुष नराख्ने किसिमका छन्। मान्छे अलि झोंक्की छन्, फ्याट्ट रिसाउँछन्। मेक्सिकोको सिमामा पर्खाल लगाउँछु र मेक्सिकोलाई पैसा तिर्न लगाउँछु भन्छन्। नहाँसौं पनि कसरी? यस्ता कुरा गर्छन्। माथि नै भनियो नि, यी ओली मार्काका मुन्छे हुन्। ताली खान जे पनि बोल्दिने। महिलालाई खेलौना ठान्छन्, तर खेलाएका छन् कि छैनन् त्यो तिनैले जानुन्। त्यस्तो बोल्न हुन्थेन बोले, तर मैले त्यस्तो गर्दिनँ र गरेको पनि छैन भनेर भनेका छन्। भोलिका दिनमा कुनै महिला अघि सरेर हो “he grabbed me by the pussy” नभनेसम्म ‘धाक भन्दा धक्कु ठुलो हिँड्न लाए खूट्टा लुलो रछन्’ भनेर चाँहि भने हुन्छ। हुनत उनका रिपब्लिक प्रतिस्पर्धीले उनको बुढी औंला छोटो छ भनेर जिस्काउँछन्। यो के भन्न खोजेका हुन् भनेर मेसो पाउन सकिएको छैन, तपाइँहरुले मेसो पाउनु भएको भए कमेन्टमा लेख्नुहोला।

र, आए लास्टमा भुँइफुट्टा नेपालीहरु ….

अमेरिकी जनतालाई त के चुनाव लागेको होला र हजुर,  जो नयाँ जोगीखाले नेपाली अमेरिकनलाई लागेको छ। देश विदेशमा बस्ने नेपालीहरु हिलारीको पछि लागेका छन्। यिनीहरुलाई लागेको होला हिलारीले पेन्ट खोलेर यिनीहरुलाई देखाइदिन्छिन् फर्लक्क। अलिअलिले ट्रम्पको समर्थन  पनि देखिएको छ, तर तिनलाई काँचै खाएका छन् हिलारीवाला नेपालीले। सत्य कुरा के हो भने न त हिलारीले जितेर नेपालीले सुख पाउँछन् न त ट्रम्पले जितेर दु:ख नै। जस्ले जिते पनि यहाँ हुने नेपाली अमेरिकनको जीवनस्तरमा केही परिवर्तन आउँदैन। घन्टा नहानी यिनको चुलो बल्दैन, कर नछली यिनले फुडस्ट्याम्प पाउने हैनन्। त्यही पनि खै किन हो, बाह्र बित्ता उचालिँदै चुनावमा लागेको देखिन्छ।

चुनावमा लाग्नुसम्म त ठिकै होला, तर फेसबुक ट्विटरमा समेत यिनीहरु हिलारी काकी जिन्दावाद भन्दै अनेकानेक मनगणन्ते विश्लेषण ठेलेर आफ्नो औकात देखाउँछन्। हिलारीलाइ किन भोट हाल्ने भनेर तर्क गरेको सुन्ने हो? किन रे भने नी, हिलारीका बावु सगरमाथा चढेका एडमन्ड हिलारीका फ्यान भएको र त्यसै नामबाट छोरीको नाम राखेको रे, अनि हिलारीले नेपाल र नेपालीलाइ माया गर्छिन रे। गोरु बेचेको साइनोलाइ काँचै जित्ने यस्ता तर्कले गर्दा लास्टै हाँसो उठ्छ। अमेरिकन नेपाली त उफ्रिए उफ्रिए तर नेपालमै बस्ने नेपाली पनि बुरुक्क बुरुक्क उफ्रेको देख्दा त झन् ताज्जुब लाग्छ। लात्ताले हानुम् जस्तो लाग्छ, फेरि यता हात हाल्दा कानुनी रुपमा सजाय भोग्न पर्ने भएर यो लेख लेखेर रिस मारेको हुँ।

3 thoughts on “हिलारी, ट्रम्प र भुइँफूट्टा नेपालीहरु

  1. रमाइलो लेख लेख्नु भाको रैछ खुसि भएर पढियो. एउटा दुइटा सानो तथ्य प्रस्थई हलूम है त .
    १. यो प्रारम्भिक चुनावमा मतदाता नामावली दर्ता गर्दा पार्टी नरोजेकाले भोट हाल्न पाउँदैनन्,
    यो भनाइ आम्सिक सत्य हो. प्रारम्भिक चुनाब को प्रक्रिया स्टेट पिच्छे र पार्टी पिच्छे फरक हुन्छा. कैलिफोर्निया मा डेमोक्रेट पार्टी को प्रारम्भिक चुनाब मा जो कसैले भोट हाल्न पौंछा तर रिपुब्लिकन को म वोट हाल्न रेपुब्लिकन नै हुनु पर्छ. jo kasai le bhot halna paune lai open primary bhancha.
    २. रिपब्लिक प्रतिस्पर्धीले उनको बुढी औंला छोटो छ भनेर जिस्काउँछन्। यो के भन्न खोजेका हुन् भनेर मेसो पाउन सकिएको छैन,
    औंला छोटो हुने मान्छे को “तुरी” पनि सानो हुन्छ भनेर जिस्कको होला. अम्रिकाने लै जे पनि ठुलो हुनु पर्ने

Comments are closed.

Charlie