विशेष सम्पादकीय: असुहाउँदो टिप्पणि

१२ थरी रुन्चे कथामा विश्वास गर्दैन। हामीले पटकपटक भनेका छौं, हामी समाजमा रहेका आडम्बरी प्रवृत्ति र त्यस्ता प्रवृत्तिका मतियारहरुको बंगारा झार्नकै लागि स्थापित भएका हौँ। हामीले सकेसम्म व्यक्तिभन्दा प्रवृत्तिमा जोड दिँदै पनि आइरहेका छौं। यो पोस्ट १२ थरीका बारेमा रहेका केही भ्रम चिर्न र केही मुद्दाहरुमा आफ्ना धारणा राख्नका लागि लेखिएको हो। १२ थरी पाठकहरुलाई हाम्रा लेखहरुमा हाँस्य र व्यंग्यको समिश्रण पस्किन चाहन्छ र त्यो व्यंग्य आडम्बरीहरुको मुटुमा बिझोस् भन्ने पनि चाहन्छ। तर यो लेख केही गम्भीर प्रकृतिको हुन गएमा हामीलाई क्षमा गरिदिनुहोला।यो लेखको शीर्षक ‘असुहाउँदो टिप्पणि’ राख्नुको कारण पनि त्यही हो।

यो लेख लेख्नुका केही निश्चित कारणहरु छन्। ती कुराहरु बुँदागत रुपमा लेख्न चाहन्छौं।

भारतीय नेता लालुप्रसाद यादवसँग मधेशी मोर्चाका नेताहरु। तस्विर सौजन्य: राम सर्राफ
भारतीय नेता लालुप्रसाद यादवसँग मधेशी मोर्चाका नेताहरु। तस्विर सौजन्य: राम सर्राफ

१२ थरी पत्रिका हैन

प्रथमत: हामी के स्पस्ट पार्न चाहन्छौं भने १२ थरी कुनै समाचार पोर्टल होइन र यसले पत्रकारिता गर्दैन। समाजमा भएका विभिन्न प्रवृत्तिको पटाक्षेप गर्नुलाई पत्रकारिता नबुझिदिए राम्रो। तैपनि कसैले हामीलाई प्रतिस्पर्धी मिडियाकै रुपमा मान्छ भने उनीहरुलाई हामी राम राम भन्न सक्छौं। तर न त हामी पत्रकार हौं, न त हामीलाई १२ थरीमा लेख्ने लेखक भनेर पत्रकारको कार्ड पाउनु छ, न त हामीलाई यहाँ लेखेर स्तम्भकारको पगरी नै गुथ्नु छ। अझ थपौँ, १२ थरीलाई समाज परिवर्तकको वाहक भएको दाबी पनि गर्नुछैन।

व्यक्ति तोकेर टिप्पणि गरिएको बारे

१२ थरी टीम व्यक्तिगत गाली गलौजमा विश्वास गर्दैन। हाम्रो उद्देश्य व्यक्तिको भन्दा प्रवृत्तिको उछितो काढ्नु नै हो। तर हामी के कुरामा विश्वास गर्छौं भने सार्वजनिक पद ओगटेका व्यक्तिहरु वा सरकारको निकायको प्रमुख पदमा भएका व्यक्तिहरु व्यक्ति मात्र रहँदैनन्। उनीहरु सार्वजनिक चासोका विषय हुन्। तर हामी त्यस्ता व्यक्तिहरुको पनि नीजि जिवनको गोपनियताको कदर गर्छौं।

र, महत्वपूर्ण कुरा- हाम्रो ट्विटर हेन्डलबाट केही व्यक्तिहरुको नाम तोकेर गरिएको टिप्पणिको बारेमा पनि केही प्रश्न उठेका छन्। त्यसलाई हामीले प्राविधिक त्रुटी मानेका छौं। हामी तत्काल त्यो ट्विट डिलिट गर्न पनि सक्थ्यौं तर हामीले त्यसो गरेका छैनौं। काम गर्दैजाँदा कहिलेकाहीं त्रुटीहरु हुन्छन्। त्यसलाई सच्याउँदै जाने र सिक्दै जाने न हो सबैले। अब त्यही कुरालाई कसैले ‘इगो’ कै रुपमा लिन्छन् भने वा हामीलाई पत्रु वा तन्नम नै भन्छन् भने १२ थरी बाल मतलब गर्दछ। तर हामी पाठकलाई सर्वेसर्वा मानिरहने छौं।

केही हेभिवेटको मधेश दौडाहाबारे

१२ थरी मधेश, मधेश आन्दोलन, यसका मसिहा र यसका प्रवर्तकको बारेमा टिप्पणि नगर्ने सोचमा थियो सुरुवातदेखि नै। त्यसकै एउटा कडीका रुपमा मधेश आन्दोलनको केन्द्र ठानिएको विरगन्जका बारे छापिएको पुस्तकको समेत १२ थरी समीक्षा नगरी बसेको थियो। तर एउटा टिप्पणिको स्पष्टिकरणका रुपमा यसको बारे १२ थरीले आफ्नो धारणा राख्नुपर्ने महशुस गरियो।

केही दिनदेखि केही अनलाइन वा अझ भनौं एउटा हेभिवेट अनलाइन मधेश दौडाहामा छ। आन्दोलन अवधिभर काठमाडौंबाटै रिपोर्टिङ धानेको अनलाइन मधेश आन्दोलन सेलाइरहेको बेला मधेश दौडाहामा निस्किनु शंकास्पद हो वा होइन पाठकले छुट्याउने कुरा हो, त्यो पनि मधेशी मोर्चाले बैशाखदेखि पुन: आन्दोलन गर्ने तयारी गरिरहेको अवस्थामा। केहीले यसलाई अस्तित्व रक्षाका लागि भन्लान् कसैले जनताको अधिकारको लागि जागरुक। तर मधेश र पहाडको बीचमा बढिरहेको दुरीलाई अझ फराकिलो पार्ने किसिमका रिपोर्टिङले यो अनलाइन कतैबाट परिचालित त छैन भन्ने प्रश्न पनि उब्जेको छ। परिचालित यस अर्थमा कि आर्थिक लाभ अझ इज्जतिलो शब्दमा भन्नुपर्दा डोनेसनमा।

अहिले मधेश दौडाहाबाट जुन किसिमका रिपोर्टिङहरु आएका छन् ती हेर्दा शंका गर्नुपर्ने प्रशस्त आधारहरु देखिन्छन्। कति तल्लो स्तरसम्म झरिएको छ भने ‘नक्कली डाक्टरलाई कारबाही गर्दा पनि विभेद गरियो, मधेशीलाई मात्र छानिछानी गरियो’ भन्ने सम्मका समाचार लेखिएका छन्। माओवादीले १२ वर्षसम्म अधिकारका लागि भनेर गरेको आन्दोलनलाई आपराधिक भन्नेहरुकै मुखारविन्दबाट ‘नाकाबन्दी’लाई ‘ग्लोरिफाइ’ गरिनुको अर्थ के होला? यदि नाकाबन्दीलाई ‘अमानविय’ नठानी त्यसलाई ‘गौरवपूर्ण आन्दोलन’ ठान्नेहरुले कुन नैतिकताका आधारमा अन्य आन्दोलनलाई अपराध भन्न सक्छन्? घरमा आफ्नी श्रीमतीलाई मरणासन्न पिटेर छिमेकीलाई श्रीमतीलाई हातपात गरिस् भने प्रहरी लगाएर जेल कोच्छु भन्न मिल्छ?

एउटा अपराधलाई अपराध भनिसकेपछि सोही प्रकृत्तिको अर्को अपराधलाई ‘गौरवान्वित’ चित्रण गर्नुको अर्थ के लगाउने? या त हामी जता मल्खु त्यतै ढल्कु हौं भन्नुपर्‍यो। गोली हानेर मान्छे मार्नु र औषधी बन्द गरेर तडपाइ तडपाइ मार्नुको सजाय कम बेसी हुने हो र मान्यवर? महिनौंसम्म अत्यावश्यक सामग्री बन्द गरेर गरिएको आन्दोलन कसरी गौरवान्वित हुन्छ?

जाँदाजाँदै एउटा पुरानो ठट्टा पढ्नुस्

एकादेशमा एउटा लठेब्रो थियो रे। (कृपया लठेब्रो लेख्यो भनेर फेरि यतै सुरु नगर्नुहोला) एकदिन त्यसको बिहे भएछ रे। तर उसलाई यौन सम्पर्क गर्ने आउँदैनथ्यो रे। बिहे गरेर आएकी केटी यता बुढो केही गर्दैन। केटीले आजित भएर आमालाई सुनाइछ, ‘आमा तिम्रो ज्वाइँ त मसँग केही गर्दैनन्।’ आमाले सिकाइछिन्, ‘छोरी, बेलुकी चोलो खोलेर बस्नु त्यसपछि उ उत्तेजित हुन्छ र यौनसम्पर्क गर्छ।’ छोरीले त्यसै गरिछे रे। तर बेलुकी लठेब्रो आएर भन्यो रे, ‘ओहो, तिम्रो त कत्रो पिलो आ’को रै’छ। भोलि डाक्टरकोमा जानू, चिरेर फाल्दिन्छ। मेरो पिलो नी चिरेर निको पारेको थियो।’ भोलिपल्ट छोरीले आमालाई सबै घट्ना सुनाइन्। अनि आमाले अर्को उपाय सुझाइन्। ‘ल छोरी, आज गुन्यु नलगाई बस, त्यसपछि त उम्किनै सक्दैनन् ज्वाइँ।’ भान्साको काम हतार हतार सकाएर बुढोभन्दा पहिला ओछ्यानमा पुगेर बुढी गुन्यो खोलेर खुट्टा फारेर बसिछे रे।  उता लठेब्रो आएर भन्यो रे, ‘कस्ती घामट आइमाइ र’छे यो, माथि चिरेर पिलो फाल भनेको त  तल पो चिरेर आइछ।’

यो मधेश आन्दोलनका मसिहाहरु हेर्दा र उनीहरुले गरेका तर्क हेर्दा यही लठेब्रोको याद आएर यो ठट्टा प्रस्तुत गरिएको हो। जदौ।

One thought on “विशेष सम्पादकीय: असुहाउँदो टिप्पणि

  1. यी मौसमी राष्ट्रबादी लेखकलाई के थाहा मधेस आन्दोलनमा ४५ जना शहिद भएपछि मात्र नाकाबन्दी भको थियो!

Comments are closed.

Boston