म *जी मर्द

अब शिर्षकमा नै तारो राखेर लेखेर शुरु गरेपछि अब लेख कस्तो होला भनेर त सोच्नै पर्दैन होला नि है। लेख नि के भन्नु, आलेख नि के भन्नु, टिप्पणी नि के भन्नु, खासमा यसलाई मेरो आफ्नै मर्दाङ्गीको महिमा गान भनेर भन्दा हुन्छ। हजुरहरुले यस्तो मुजी नि मर्द हुन्छन भन्नुभयो भने मेरालागि हजुर जति नजाति अरु कोही हुन्न। उस्तै परे मैले हजुरलाई उ गर्दिन बेर लाउदिनँ। सबैभन्दा पहिला म कसरी मर्द हुँ भनेर भन्न चाहन्छु।

म बिहान माइक्रो चढेर अफिस जान्छु। माइक्रो चढ्ने बेला त्यो माइक्रोमा युवती, महिला छन् कि छैनन् हेर्छु; छन् भने चढ्छु, छैनन् भने चढ्दिनँ। माइक्रोमा चढेपछि सबैभन्दा पहिला त्यहाँ भएकी पोटिली खोज्छु र उस्को नजिकमा पुग्छु। अनि बाँकी काम माईक्रोले गर्दिहाल्छ। मेरो मर्दाङ्गी उस्को शरीरमा टाँसिने गरी उभिन्छु, हल्लाउने घर्षण गराउने काम त माइक्रोले गर्दिहाल्छ। यसमा मलाई कुनै युवती वा महिलाले आँखा तरे ‘ए भाइ, बाटो हेरेर चलाउन’ भनेर उस्तै परे माइक्रो चालकलाई गाली गर्न पनि भ्याउँछु तर मनमनै भनिरहेको हुन्छु, ‘खाल्डो खाल्डो खोजेर माइक्रो कुदा मुला।’ बेलाबेला यसो झक्काल झुक्कलमा हात कहिले नितम्ब तिर त कहिले छाती तिर लम्काउँछु। बाटोलाई दोष दिदै मेरो मर्दाङ्गीको दुनो सोझ्याउँछु। यस्तो खुबिवान मान्छे भएसी म मर्द भइनँ त?

टक्क माइक्रो रोकिन्छ। अन्तिमतिर बसेको म, अगाडि ढोकामा पुगिन्जेल भेटिएका महिला सबैलाई छुनै नपरे नि छुँदै, धकेल्नै नपरे पनि धकेल्दै आफ्नो गन्तब्यमा उत्रन्छु। म त मर्द पो हो त, माइक्रो स्टपको छेउमा भएको हजामको पसलमा छिरेर आफ्नो जुल्फी कपाल कोर्छु। अनि १०-१५ मिनेट हिँडेर पुगिने भित्र गल्लीमा भएको अफिसतिर लम्कन्छु।

यो फोटो टेल्सालिकबाट लिइएको हो। बंगलादेशको यो फोटोसहितको स्टोरी पढ्न मन लागेमा यहाँ जानुस्।

फुटपाथमा हिँड्दा अर्को छेउबाट आएका केटी हुन् कि महिलालाई, ठाँउ चाक्लै भए पनि कुमले ठेल्दै हिँड्छु। एकै दिशामा हिडिरहेका कन्याहरु देखे, “हैन मैयाँ कति हतार हो, अलि बिस्तारै हिँड न म पनि त्यतै जाने हो” भन्दै जिब्रो पनि पड्काइ हाल्छु।

अफिसको नजिकै चिया पसल छ, त्यहाँ की साउनीलाइ मर्दाङ्गी नदेखाई काममा छिर्न मन लाग्दैन। त्यसैले चिया पसल छिरेर आफ्नो तिघ्रा पड्काउदै चिया मगाउँछु। साउनीले चिया ल्याएर झुकेर दिदाँ आँखा नै निकालेर छातीमा हालौं झैं गरी उनको वक्षस्थलमा नजर गाड्छु, अनि कर्के आँखाले उनीलाइ हेर्दै इसारा गर्छु। म त मर्द पो हो त, मन लाग्या ठाममा गाडेर आँखाले हेर्न मलाई कस्ले रोक्छ? साउनी फर्केर जाँदा काउन्टरले नछोपिइन्जेल उनका नितम्बमा आँखा गाड्छु, थुक घुटुक्क निल्छु, अनि घुटुक्क निल्न खोज्दा अड्किएको थुकलाई भित्रसम्म पुराउन त्यही साउनीले दिएको चियाको सहारा लिन्छु।

अफिसमा पुग्छु्। रिसेप्सनिस्टमा बसेकी मैयाँलाई जिस्काउँछु। हैन आज त के विधि चम्केकी हौ भन्छु। त्यसले नाक खुम्चाएर हेर्छे। मेरो मर्दाङ्गीलाई ठेस पुग्छ। मलाई उल्का रिस उठ्छ, तर त्यहाँ केही गर्न सकिँदैन, मनमनै मुर्मुरिन्छु। आफ्नो अफिसमा छिर्छु, अनि काम भएको बाहना पारेर रिसेप्सनिस्टलाई अफिसमा बोलाउँछु। त्यो आउँदा त्यसलाई माथिदेखि तलसम्म घुरेर हेर्छु। बान्की पर्‍या ज्यान छ भनेसि घमन्ड ठुलै हुदोँ र’च हैन त भनेर फोटोकपी नै गर्न नपर्ने कागजपत्र फोटोकपी गर्न पठाउँछु। अनि नभएको जुँघामा हल्का ताउ लगाएर म मुजी फेरि आफु मर्द भएकोमा खुसी हुन्छु।

अफिसमा आउन नपाई काम त मुर्खहरुले पो गर्छन् त, म त पहिला यसो ईन्टरनेट चलाउन पर्यो भनेर फेसबुक ट्विटर छिर्छु। दुईटा ब्राउजरमा दुईदुईवटा फेसबुक र ट्विटरको एकाउन्ट चलाउन थाल्छु। एउटा आफ्नै भइहाल्यो, अर्को चरीहरुका चर्तिकला हेर्न भनेर केटी बनेर फेकवाला फेसबुक र ट्विटर नि सँगै चलाउँछु। फेसबुकमा WRR मा छिरेर आइमाइ छिल्लिएको हेर्छु, तिनै पोस्टहरुको फोटो खिचेर राख्छु। त्यो फोटो प्रयोग गरेर ति केटीहरुलाई मैले भन्या झैं गर्छेस् कि पब्लिक गर्दिम् भनेर ब्ल्याकमेल गर्छु। जस्ले माने तिनलाई भोग्ने सपना बुन्न थाल्छु, जो नमानेर ज्याद्री पल्टिन्छन् तिनीहरुलाई फलानी यस्ती ढिस्कानी यस्ती भनेर ट्विटरतिर आफ्नै ह्याण्डिलबाट हल्ला पनि गर्छु।

धेरै पछि कृष्णे भेटियो त अनलाइन। यसले पक्का पनि केही न केही मसला दिन्छ। एकछिन कृष्नेसँग कुरा गरेपछि पत्ता लाग्छ, मैले कुरा गरिरहने, साथीको रुपमा हेरेको केटी त अरुसँग खुलेर कुरा गर्दिरहिछे। म यहीँ छु, मसँग सधै कुरा गर्छे, तर रोमान्टिक कुरा अरुसित गर्ने? त्यसले मेरो मर्दाङ्गीलाइ हेपी जस्तो छ। अनि म त्यो केटीसँग कुरा गर्न थाल्छु। ‘के हो मैयाँ, तिम्रो बारेमा त के के सुनिएको छ त, आउ न त तिमी र मपनि माया गरुम्।’ केटी खुलेर कुरा गर्न खोज्दिन, मैले हालेका हरेक चारालाई मतलब गर्दिन। तर पनि म त मर्द न हो। त्यसै कहाँ पछि हट्छु र ! र अन्त्यमा केही सिप नलागेपछि, तेरो बारेमा यो यो कुरा था’ह छ, म सित नखरा नपार भनेर झपार्छु। केही नथापाउँदा पो साथी, थाहा पाएपछि त मैले पनि चाख्न पाउनु पर्यो नि भनेर भन्छु। उस्ले अझै मतलब नगरेपछि, यसै भएन उसै भएन भनेर फेरी त्यसको हल्ला अझै फिजाँउन तिर लाग्छु, म त मर्द पो हो त, सजिलै त भुत्राले नि हार मानिँदैन।

दिनभरीमा अफिसमा काम केही हुँदैन,। आफ्नो सेलिब्रेटीपन पनि जोगाउनु छ, हल्ला गरेर गनपते गफ पनि गर्नु छ, के गर्नु त ! अनि ४-५ वटा हुँडार एकाउन्ट खोलेको के को लागी त? सबैमा पालैपालो लगइन गर्छ। सबैबाट थरीथरीका मान्छेसँग थरीथरीका गफ गर्छु। सेलिब्रेटीवाला ह्यान्डिलबाट गर्न लाज हुने सस्ता मनोरन्जन यी ह्यान्डिलबाट गर्छु। आफ्नो सेलिब्रेटीवाला ह्यान्डिलबाट दर्शन छाँट्छु, अनि हुँडार खाताबाट एउटी ट्विटि च्यापेर मर्दाङ्गी पनि देखाइ हाल्छु। सके मायाका कुराले फकाउन खोज्छु, नसके हल्का धम्की पनि दिई हाल्छु। कुनै महिला कुरा गरेर मस्किन थाले पनि अन्डरवेयर ब्यापारी झैं कत्रो लाउछौ, कस्तो लाउछौ, कुन रङ्गको, कुन ब्रान्डको, कुन ढङ्गको, भनेर कल्पनामा रमाउन पनि थालिहाल्छु। माँ कसम… त्यही कल्पनाले आफ्नो मर्दाङ्गी कति बेला सर्तक भइसक्या हुन्छ पत्तै हुँदैन कहिलेकाहीँ त।

त्यही बेला फोन ट्वाङ्ग गर्छ। यसो हेर्छु- आफ्नै स्वास्नीको म्यासेज रहेछ, हैट लौ यस्लाई नि “I love you” भन्दिहाल्न पर्‍यो। बाहिर जति थुक निकाले पनि नसिबमा पर्ने त्यही हो। स्वास्नीले फर्किंदा तरकारी लिएर आइज भन्या र’चे, म फर्किंदा ढिलो हुन्छ, आफै गएर ल्याउनु भनेर भन्छु। काम त केही छैन, र पनि स्वास्नीको अघि काम न काजको मान्छे जस्तो बेलैमा घर पुगेर किन सानु हुनु के ! म त मर्द पो, कामै नभए पनि ठुलो काम भएको, एकदमै बिजी भएको, चाहँदा चाहँदै पनि टाइम दिन नसकेको देखाउन पर्यो नि।

हेर्दा हेर्दै दिउसोको खाजा खाने बेला भएछ। सधैं खाजा खाने साथीहरु अघि नै निस्किसकेछन्। नजिकैको होटलमा होलान् भनेर त्यतै लाग्छु म। यसो हिँड्दै जाँदा बाटोमा पोइले छोडेर एक्लै बस्या आइमाइ भेटिन्छे। म बोल्दिनँ, तर मनमनै भनिहाल्छु आफैलाई; ‘ओछ्याउन तताउने खुबी छैन यस्तीसित को बस्छ त ? खाट तताएको भए यस्को पोइले यस्लाई छोड्ने थिएन। म त मर्द पो हो नि, यसले पोइ छोडेकी भन्न त मैले मिल्दैमिल्दैन। मैले मर्दाङ्गीको साथ भन्नु पर्छ, पोइले नै छोड्या हो यसलाई।’ हिँड्दा हिँड्दै होटलमा पुग्छु, त्यहाँ अर्को साथी भेटिन्छ। उस्को वैवाहिक जीवन उति गतिलो छैन, उसलाई सिकाइ हाल्छु बेडमा यस्तरी गर्न पर्छ, अनि पो वैवाहिक जीवन गतिलो हुन्छ। म त मर्द पो हो त, खाटमा ढलाउन सक्न पर्छ भनिहाल्छु।

आधा घण्टाको खाजा छुट्टी २ घन्टा लगाएर लखरलखर अफिसतिर फर्किन्छु। यसो काम गरे झैं गर्छु, तर आँखा भने ईन्टरनेट तिर नै डुलिरहेको हुन्छ। त्यतिकैमा अफिसपछि चिया खाजा खाने निम्तो आउछ। एउटी सुपर बोल्ड केटी, जसलाई कुन्नि के जति रोग लाग्या छ भन्छन्, त्यो नि आउने भन्ने सुनेसी म नि जाने निधोमा पुग्छु नाम चलेको चिया पसलमा। त्यो आइमाइलाई पहिला रोगको सहारा लिएर दया देखाएर लडाउन खोजेँ। तर सकिनँ। यो पालि भने भेटेरै भए पनि एकचोटी ट्राइ मारिन्छ भन्ने निधोमा पुग्छु। चिया पसलमा पुग्छु, आफ्ना मर्दाङ्गी नजर उनका वक्षस्थलमा छर्छु। उस्ले यसो छोपे जस्तो गर्छे, म झन आँखा गाडे जस्तो गर्छु। सोच्छु, ‘चिया खाजापछि छुट्टिने बेला आफु ट्याक्सिमा जान लागेको ‘सँगै जाँऊ न गाडीमा’ भनेर अफर राख्छु। मानी भने त गाडीमै हल्का शुरु गर्नुपर्ला।’  तर उस्ले जान्नँ भन्छे। म हिस्स परेर खिस्स हाँस्दै आफ्नो मर्दाङ्गीलाई लत्कारिएको बेइजतलाई छोप्न खोज्छु, अनि लखर लखर माइक्रो स्टपतिर लाग्छु।

माइक्रो चढ्ने त बिहान जसरी मर्दाङ्गी देखाइयो त्यही पारामा नै हो, बदलिने त कुरै छैन, आखिर म मर्द न परेँ। माइक्रोमा केही थान मर्दाङ्गी हरकत गरेर आफ्नो स्टपमा झरिन्छ। घडीले साँझ पारिसकेको हुन्छ। लखर लखर हिँड्दै डेरामा पुग्छु। ढोकामा जुत्ता खोल्छु। गएर खाटमा बस्छु। अनि मोजा खोलेर त्यही भुईँमा छोड्छु। स्वास्नी भान्सातिर हुन्छे, बेडमै बसेर चिया बनाइ भनेर आदेश दिन्छु। खाना पाकिसक्या छ खाना खाँऊ भन्ने उस्को आग्रहलाई ‘तेरो पोइलाई चिया पिउन मन छ, तँ धेरै कुरा गर्छेस्?’ भन्ने पाराले घुरेर हेर्छु। एकछिनमा चिया लिएर आउँछे। दिउँसो झुक्काएर छलेर समातिने अङ्ग अब खुल्ला निर्धक्क भएर समातिहाल्छु। उस्ले चिया टेबुलमा राख्या पनि हुन्न, मेरा हातहरु भोको सिंह झैं उस्लाइ चिथोरी सकेको हुन्छ। उ फुस्केर कति हतार हो, पहिला चिया त पिउनुस् भनेर तर्किन्छे।

चिया पिउन्जेल सामाजिक सन्जाल छिर्न परो भनेर ट्विटरतिर चिहाउँछु। ग्रुपमा म्यासेज आएको रहेछ। एउटी चिनेकीको फोटो भनेर टपलेस फोटो हाल्या र’च साथीले। त्यो फोटो त्यही केटीको हो हैन मतलब नगरी सिधै त्यो केटीलाई डिएम गर्छु- ‘फलानालाई सेक्सी फोटो पठाउने, मलाइ बाल दिने’ भनेर थर्काइ हाल्छु। मलाइ नि पठा’ भनेर डिमान्ड नि गरिहाल्छु। केटी रिसले मुर्मुरिन्छे। टाइमलाइनमा मान्छे हो कि पशु भनेर बतासे फ्याँक्छे, तर म मतलब नगरी त्यसलाई ‘फोटो पठाउछेस् कि बेईजेत गरिदिउँ’ भनेर धम्काइरहेको हुन्छु। मलाइ रीसको साथ साथै मर्दाङ्गी पनि उठिरहेको हुन्छ। भान्सामा स्वास्नीले खान बोलाउँछे। गएर क्वाप कुप खाएर फेरि आएर बेडमा पल्टिन्छु, अनि फेरी अरु कोही भेटिन्छन् कि भनेर लागिपर्छु।

टाइमलाइनमा सेलिब्रिटीवाला ह्याण्डिलले एउटा कनिकुथी दर्शन ट्विटिन्छु। अनि महिलाहरुले कसरी पलपल शोषित हुन परेको छ भनेर दु:ख ब्यक्त गर्छु। महिलाको सपोर्टमा गरेको ट्विटले एउटी आइपुग्छे डिएममा- हजुरको विचार कती राम्रो भन्दै। म एकछिन दर्शनका कुरा गर्छु, अनि फेरि कुरा बटारेर के लगाएर सुत्या छौ? घरमा को को छन्? भनेर नितान्त व्यक्तिगत कुरातिर मोडिन्छु। केही कुराको जवाफ दिन्छे, केहीको दिन्न, र पनि म एकछिन भिडिरहन्छु केही हात परिहाल्छ कि भनेर। सेल्फी पठाउ न हेर्न मन लाग्यो भन्छु। मिल्दैन बत्ती बन्द छ भन्दा बत्ती बालेर खिच न भन्छु, उस्लाई आइडिया दिन्छु, र पनि मागेको सेल्फी हात पर्दैन।

त्यति नै बेला स्वास्नी आइपुग्छे। दिनभरी कचकचिएको मर्दाङ्गीले बल्ल निर्धक्क रमाउन पाउने भयो भनी सिधै झम्टिन्छु। कपडा खोल भनेर आदेश दिन्छु। स्वास्नी जाडो छ भनेर खोल्न मान्दिनँ। म त्यसले लगाएको गाउन माथि उचाल्छु। दिनभरी यता र उता गरेर थाकेकी स्वास्नीलाई मन नलाग्दा नलाग्दै पनि। अनेक युवतीका कल्पना गर्दै पहिल्यैदेखि आवेशमा भइरहेको म त धेरैबेर टिक्न सक्ने कुरै भएन। एकैछिनमा थन्किन्छु। म त मर्द हो, स्वास्नीले खोजोस् नखोजोस्, मैले माग्दा दिन पर्छ भन्ने कुरामा जोड दिन्छु। उ सन्तुस्ट होस् नहोस्, उ तयार होस् नहोस्, तर आफ्नो मर्दाङ्गी घुसाएरै छोड्छु।

One thought on “म *जी मर्द

Comments are closed.

Boston