के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?

नेपाली प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल वेबसाईटहरुमा मध्ये ट्वीटर जबदेखि चर्चामा आयो, यिनका नेपाली प्रयोगकर्ताहरुलाई शुरुवातदेखि नै असहिष्णु, छुच्चा, असभ्य, हुँडार, ट्रोल भनियो । जबदेखि केही ‘ठूला राजनीतिज्ञ’हरु सामाजिक सञ्जालमा जोडिए र उनीहरुका ट्विट वा फेसबुक स्टाटस मुलधारे पत्रिकाका समाचार बन्न थाले त्यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ह्वात्तै बढे। ट्विटरको सेरोफेरोमा नेपाली ब्रोडसिट दैनिकहरुले यसको बारेमा लेख्न थालेपछि यसका प्रयोगकर्ताहरु क्रमश: बढ्न थालेको देखिन्छ। अझ बाबुराम भट्टराई ट्वीटरमा रहेको समाचार छापिएपछि ह्वात्तै ठुलो मात्रामा नेपाली प्रयोगकर्ताहरुले ट्वीटर खाता खोलेको देखिन्छ । त्यसमाथि टेलिकम सेवा प्रदायक एनसेलले ‘ट्विटर जिरो’ शुरु गरेपछि त अर्को फड्को नै मार्‍यो।

विश्वभरी नै नयाँ मिडियाको बिस्तारसँगै पत्रिकामा आफ्ना विचार र भनाइ लाद्नेहरुमाथि त यसले धावा नै बोल्यो। सूचनाको व्यापकता, शक्तिमा बसेकाहरुलाई प्रश्न गर्नेदेखि पदमा बसेकाहरुको जवाफदेहिता यही प्लेटफर्ममार्फत जवाफ खोज्न थालियो। यसले जो जो आफूलाई विचार निर्माणका अगुवा ठान्थे, तिनीहरुमाथिको एकाधिकार सामाजिक सञ्जालले खोस्यो। हरेक मान्छे बोल्न थाले, आफ्ना विचार व्यक्त गर्न थाले। जवाफदेहिता खोज्न थाले। त्यसले पहिलेदेखि नै उपल्लो तहमा रहेकाहरुलाई छटपटिमा पार्‍यो।

Continue Reading “के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?”

१२ सत्ताइस खालका ट्विटे बोकाहरु

नेपाली ट्विटर आकाश भनेको ढुङ्गढुङ्ग्ती गन्हाउने बोकाहरुको सन्जाल हो । यहाँ ताल तालका बोकाहरुको जमघट हुन्छ। कोही पर्दा अगाडि बोका हुन्छन त कोही पर्दा पछाडि बोका हुन्छन्, हुन त सबै बोका नै हुन्छन् । तिनलाई महिलाको जस्तो लाग्ने ह्याण्डिल अघि परे हुन्छ, नाक उचाल्दै सुँघ्न थालिहाल्छन्। कोही कुनै पेसाको आवरणमा छोपिएर आफूलाई उच्च दर्जाको व्यक्ति हुँ भन्दै हल्का छेल्लीएर नाक उचालिरहेका हुन्छन्, त कोही भने बाटोमा छोडेको छाडा बहर झैँ गाई भैसी गोरु राङ्गो केही नभनि चढ्न उद्दत टाइपका बोकाहरु हुन्छन्। Continue Reading “१२ सत्ताइस खालका ट्विटे बोकाहरु”