हाम्रो याचना

प्रिय पाठकहरु,

१२ थरीलाई छोटो समयमै यहाँहरुले देखाउनुभएको माया र सदभावका लागि १२ थरी परिवार हार्दिक आभार व्यक्त गर्दछ। हामीले यो साइट शुरु गर्दा नै प्रतिबद्धता जाहेर गरेका थियौं कि हामी समाजमा देखिने विभिन्न प्रवृत्तिका विरुद्ध खरो उत्रिनेछौं। हाम्रो उद्देश्य समाजमा रहेका द्वेध चरित्रहरुको बंगारा झार्नु नै हो।

12thari-screenshot

कुरा गर्दा विरहको गीत गाए जस्तो लाग्छ तर फ्याट्ट फेसबुकले हाम्रो साइटको लिंक ब्लक गर्दिएछ हेर्नुस्। बंगारा झारेकैले लिंक ब्लक भए जस्तो त लाग्दैन तर पनि भयो। काम गर्दै जाँदा कहाँ के गल्ती हुन्छ त्यसलाई सच्याउँदै र सिक्दै जाने प्रयास जारी छ। हाम्रो प्राविधिक टोली २ दिनदेखि यो समस्या समाधानको लागि फेसबुकको सपोर्ट सिस्टमसँग नियमित कम्युनिकेसन गरिरहेको छ। अब त्यो मुला फेसबुक पुरै अटो सिस्टमबाट चल्ने, हामी औंला सिस्टमबाट। याँनेर कुरो गडबड भैरा’छ। Continue Reading “हाम्रो याचना”

फेसबुकका १२/२७ कुरा

fb

मनमा पुर्वाग्रह राखेर यो वेबसाइट हेर्दै हुनुहुन्छ भने म आफ्नै बारेमा चैं एउटा कुरा भनिहालुँ – मलाई फेसबुकमा जाँगर मरेको छ, अनि यो पोष्ट लेखिसकेर म फेसबुक डिएक्टिभेट गर्छु।  मेरो कुरा यत्ति नेै हो। तपाइँलाई झनक्क रिस उठ्न सक्छ, ‘कौन सा पहाड फुट्ने भो र? गर्नुहोस्। तपाइँले फेसबुक चलाउन छोडे थोडा मार्क जुकरबर्ग कङ्गाल हुने हो र?’  ए  ए ए, मैले थोडा जुकरबर्गको सम्पत्तिको कुरा गर्या छु र !  खुल्केको कुरा गर्न पर्छ? बरु पढ्नुस्, मलाई किन फेसबुकमा मन मरेको छ?

देखावटी संसार

फेसबुकमा मेरा कैयौं यस्ता साथीहरुसँग जम्काभेट भएको छ जोसँग वास्तविक जीवनमा एकपटक पनि दोहोरो कुरा भएको छैन।  एउटै भोजमा सँगै भेटियो र मलाई गला लागेर हिक हिक हुदाँ पनि उसले मलाई पानी दिँदैन तर पनि उसले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएको हुन्छ।  अब भन्नोस्, म किन उसलाई मेरो साथीभाइ इस्टमित्र भएको फेसबुकमा भित्र्याउने ? मलाई कसले के भन्छ (कस्तो सम्बोधन गर्छ ), म कहाँ जान्छु (कहाँ गएको फोटो अपलोड गर्छु ), कोसित हिँड्छु (मेरो फोटोमा कसलाई ट्याग गर्छु ) यो सब खोजीनीति उसलाई किन दिने? तपाइँलाई दिन मन लाग्छ त दिनोस्। परिवार भित्र पनि के कुरो अमिल्दो लाग्छ भने- बाले फ्रेन्ड रिक्वेस्ट पठाम्चन्  । बा, ससुरा वा मामा साथी कसरी बनुँ म ? Continue Reading “फेसबुकका १२/२७ कुरा”