हामी को हौँ ? त्यो चर्चा र चासोको बिषय हुनु हुँदैन भन्ने ठान्छौं हामी। हामी के गर्छौँ? त्यो चाहिँ शुरुमै भन्छौं।
हुनत हाम्रो बानी- कसैले के कुरा गर्यो भन्दा पनि कसले त्यो कुरा गर्यो भन्नेमा बढी बहश गर्छौं। त्यसैले हामी को हौं? भन्ने चर्चा चल्दैजाला, अझ बढी त हामीले पस्कने सामग्रीहरु पढेपछि त्यसको बहश बढ्ने नै छ। तर हाम्रो सरोकारको बिषय यो होइन। अब हामी के गर्छौं? अनि यो साइट किन? भन्ने प्रश्नको जवाफतिर लागौं।
हुनत यो साइटको नामले नै धेरै कुरा बोल्छ जस्तो लाग्छ। हामी के कुरामा प्रतिबद्धता जाहेर गर्दछौं भने यो साइटमा तपाइँले अश्लील सामग्री पढ्न पाउनुहुन्नँ। अर्थात् हामी सेक्स वा सेक्सी फोटो राखेर पाठक तान्नतिर लाग्ने छैनौं, किनकी हामीलाई पाठक तान्नु नै छैन।
यो साइटको नाम १२थरी नै किन राखियो भन्नेबारे थोरै भनौं। नेपालमा अहिले च्याउसरी उम्रिएका अनलाइन समाचार पोर्टलहरुले समाचार पस्कने तरिका हामीले गाउँघरमा सुन्ने १२ सत्ताइस् कुरा भन्दा फरक छैनन् भन्ने हामीलाई लाग्छ। समाचारलाई कसरी सनसनी बनाउने? समाचारको सूचना पर्याप्त नभएपनि हेडलाइनलाई सनसनी बनाएर समाचार बेच्ने अझ भनौं पाठक तान्ने प्रवृत्ति अनलाइन मिडियामा छ्याप्छ्याप्ती छ। हामी त्यस्ता सामग्रीमा आफ्नो ध्यान केन्द्रित गर्नेछौं र ती समाचार किन हावादारी हुन् भन्नेबारे यसमा चर्चा गर्नेछौं। हाम्रो नाम १२ थरी भएकै कारण हरेक कुराको १२ थरी कारण खोज्नु हाम्रो उदेश्य होइन। १२ थरीलाई हाम्रो समाजमा सुनिने १२ सत्ताइस् कुराका रुपमा बुझिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछौं।
हामी एउटै समाचार विभिन्न साइटमा कसरी कसरी प्रस्तुत भए, कसले समाचार बंग्यायो र तिनको कारण के हुन सक्छ भनेर यहाँ चर्चा गर्नेछौं। अझ यसलाई चर्चा पनि नभनौं, त्यस्ता समाचार लेख्ने र प्रकाशित गर्नेका बंगारा ताक्नु हाम्रो काम हुनेछ। यो त समाचारको कुरा भयो। योबाहेक पनि हामी १२ थरी पत्रकार, १२ थरी अनलाइन, १२ थरी विश्लेषक, १२ थरी भरौटे लगायतका बारेमा पनि यहाँ चर्चा गर्नेछौं।
यति भनिसक्दा हामीलाई पाठकहरुले अरुको खोइरो खन्ने साइट रहेछ भनेर आरोप लगाउन सक्नुहुनेछ। हो, तपाइँहरु सत्य हुनुहुन्छ, हामी खोइरो खन्नकै लागि आएका हौं, विशेषगरी तिनीहरुको जो आडम्बरी छन्, जो बाहिर आदर्शका कुरा गर्छन् र भित्र भित्रै त्यही आफ्नै आदर्शको बलात्कार गर्छन्। ती लेखक हुनसक्छन्, कलाकार हुन सक्छन्, राजनीतिज्ञ हुन सक्छन्, डाक्टर, पत्रकार, इन्जिनियर वा समाजसेवी जोसुकै हुनसक्छन्। कसैले यसलाई खराब गर्नेलाई खबरदारी भन्लान् तर हामी यसलाई खबरदारी भन्दैनौं, किनकी हामी यो साइट चलाएर देश वा समाज परिवर्तन गर्छौं भनेर आएका होइनौं।
अब सोच्नुहोला, यो कुन चाहिँ पाउँदुरेले काम पाएन। हो, काम नभएका पाउँदुरे नै हौं हामी। तर गज्जबको कुरा त के छ भने, यसमा पनि सम्पादक छन्, प्राविधिक पनि छन्, सल्लाहकार पनि छन्, कमेन्टेटर पनि छन्।
सम्पर्क
सल्लाह र सुझाबका लागि हामीलाई निर्धक्क भएर सम्पर्क गर्न सक्नुहुन्छ ।
इमेल: 12tharinews@gmail.com
फेसबुक : http://facebook.com/12thari/
ट्विटर: @12thari
keep it up bro keep it up
LikeLike
शहि छ है शहि
LikeLike
सही कुरो बोरो ! सही कुरो !! Best wishes. 🙂
LikeLike
जो कसैको पनि आलोचना लेख्न र पढ्न निके मजा आउँछ हामीलाई ।
यो विश्लेषण पनि त्यस्तै हो । एकाध पत्रकारको स्वाभावलार्ई सबैसँग जोडन खोज्नु गलत नै हो ।
नचाहिन्जेल पत्रकारको कटुआलोचना गर्ने अनि जब आवश्यकता पर्छ तब प्रलोभन देखाएर काम लगाउन खोज्ने यिनै रचनाकार जस्ता नै हुन् । त्यही अनुभवलाई यहाँ पोख्न खोजिएको हुन सक्छ । इमानदार पत्रकार कस्ता हुन्छन्, त्यसबारेमा यो पंक्तिकारलाइ्र्र केही थाहा छैन । किनी यि लेखक पनि तिनै लोभी पापी पत्रकार जस्तै हुन् ।
लेखले त्यही भन्छ
LikeLike