नेपाली ट्विटर आकाश भनेको ढुङ्गढुङ्ग्ती गन्हाउने बोकाहरुको सन्जाल हो । यहाँ ताल तालका बोकाहरुको जमघट हुन्छ। कोही पर्दा अगाडि बोका हुन्छन त कोही पर्दा पछाडि बोका हुन्छन्, हुन त सबै बोका नै हुन्छन् । तिनलाई महिलाको जस्तो लाग्ने ह्याण्डिल अघि परे हुन्छ, नाक उचाल्दै सुँघ्न थालिहाल्छन्। कोही कुनै पेसाको आवरणमा छोपिएर आफूलाई उच्च दर्जाको व्यक्ति हुँ भन्दै हल्का छेल्लीएर नाक उचालिरहेका हुन्छन्, त कोही भने बाटोमा छोडेको छाडा बहर झैँ गाई भैसी गोरु राङ्गो केही नभनि चढ्न उद्दत टाइपका बोकाहरु हुन्छन्।
बेरोजगार बोका
यो चाँहि सबैभन्दा हाबी वर्ग हो, यो बोका वर्गको काम महिला ह्याण्डिल देख्यो कि फलि हाल्ने, अनि तिनका हरेक ट्विट रिट्विट गर्ने, रोइ कराइ फलोब्याक लिने, डिएम गर्न जाने, केटीले भाउ दिए ठिकै छ, नदिए फेरी अर्को सिकार खोजी हाल्ने, सोही किसिमका व्यवहार फरक फरक महिला ह्याण्डिलमा प्रयोग गर्दै जाने।
रोजगार बोका
यो चाँहि ठिकठिकै हाबी वर्ग हो, टाइमलाइन चाँहि आफू काम गर्ने गरेको, दत्त चित्त भएको, म एकदमै राम्रो किसिमको बोका हुँ भन्ने भाव देखाउने अनि केटीलाई फल्ने बनाउने गरी ठुला गफ हान्ने, अनि केटीले फल्नासाथ डिएम गरेर छिल्ली हाल्ने । यिनले तलब आएसी यसो गर्दिम्ला उसो गर्दिम्ला नि भन्न बेर लाउदैन, तर तिनको तलब कहिले आँउछ, कस्लाइ के गरे त्यो कहिल्यै भन्दैनन।
कवि बोका
यो चाँहि कनी कुथी कविता ट्विटिदै बस्ने, अनि कोही महिलाले उक्त ट्विटको प्रशंसा गरेमा, त्यो महिलासँग गलफत्ती गरी रहने, त्यो बेलासम्म अर्को कविता नकोर्ने जबसम्म त्यो महिलाले बाल दिन थाल्दिन, उसले बाल दिइन्जेल गफ गर्ने, बाल दिन छोडेसी अर्की महिला ताक्न अर्को अझै घनघोर कविता कोर्ने।
कथा बोका
यस्लाइ कथा बोका नभनेर कथाकार बोका भने नि हुन्थ्यो हुन त, कुनै पनि मिडियममा कथा लेख्ने, अनि त्यो कथा लेख्दा केही थान ट्विटेको मनलाई टार्गेट गरेर लेख्ने, यसरी लेख्या कथाले ती महिलाको मन छुने निश्चित हुन्छ, अनि ती आएर कथाको बखान गर्न थाल्छन, उस्लाइ वाहवाही दिन थाल्छन, अनि त्यो कथा बोका, मनमनै अर्को कथा बुन्न थाल्छ, कथामै त्यसलाई ब्या गर्ने, हातपात गर्ने के के गर्ने हो गरी हाल्छ, अनि भोलि पल्ट झस्याङ्ग ब्युझिन्छ, अनि फेरी उक्त कथाले पट्टाउने सकिने महिला ट्विटे खोज्न थाल्छ, एउटै कथाले दर्जन भन्दा बढी महिलासित मनमै कथा बुनेर मनमनै रोमान्स गरी सकेसी, ऊँ अर्को कथा लेख्न थाल्छ। खासमा यस्ता बोकालाइ म हल्का ईन्टिलिजेन्ट बोका नि भन्न सकिन्छ।
साहित्यिक बोका
कवि बोका, कथा बोका भनेसी साहित्यिक बोका किन भन्यो होला भन्ठान्नु भा’को होला, त्यो किन भन्दा खेरि, यहाँ स्वघोषित साहित्यकारहरु छन्, तिनलाई विधा चाहिदैन, कुन्ठा र किबोर्डको इन्टरको भरमा रचना कोर्छन, यिनले ताक्ने भन्या कुरकुरे साहित्यमा रुचि भएका महिलाहरू हुन। अब प्रश्न आउला कस्तो हो कुरकुरे साहित्य भन्या, त्यो भन्या के भन्देखुन, भर्खर भर्खर साहित्यको रस पस्दै गर्या, ताल न सुरका साहित्यका पारखीहरु भनेर बुझ्न पर्छ। साहित्यिक बोकाको तीरबाट फस्ने भनेको त्यही बामे सर्दै गरेका महिलाहरू हुन। यी बोकाहरुले ती महिलाहरूलाई, उत्कृष्ट पाठकको पगरी गुताएर आफ्नो अभीलाषा पुरा गर्न खोज्छन।
लाङ्ग्रे बोका
यी चाँहि माँसपिण्डले ठगेका, न स्वर न रूप न रङ्ग न ढङ्ग केही पनि नभएका बोका भनेर बुझिन्छ। यस्ता बोका अलि चिप्कु पाराका हुन्छन्, थोरै घुसघुसे पाराका पनि हुन्छन्, यिनले होसमा कहिल्यै बोकापन्थी देखाउदैनन, तर एक बिर्को रौसी सुँघेपछि यीनको नाक यसरी उचालिन्छ कि कुरै नगर्नुस, चार कोष परकी पाठीको उ नि सुघ्न सक्छु झैँ गरेर उफ्रिन थाल्छन्, अनि पाठीले बाल दिइन भने, इख पालेर बस्छन् र मौका पाएको बेला टुच्च टुच्च प्याच्च भनेर भएनी दबीएको कुण्ठालाइ केही हदसम्म शितलता दिन्छन।
सञ्जिवनी बोका
यी बोकाहरु आफूलाई दुबो हैन सञ्जिवनी बुटी खाने बोका हुँ भन्छन्। भन्ने बेला कन्चन तलाउको वरी परी फुलेको बुटि खाने भनेर भन्छन् तर भदौमा आँखा फुट्या गोरु टाइपको भिजन हुन्छ यिनको, यिनले भन्ने गरेका अधिकांश सञ्जिवनी बुटीहरु कि त बनमारा झार हुन्छ कि भने त्यो गन्हाउने झार जस्तो हुन्छ। यस्ता बोकाहरु सामान्यतया नाक उचालेको पाइदैन तर यिनले सुटुक्क नाक उचाल्न त खोज्या हुन्छन्, एउटा न एउटाले मेसो पाएर यिन्लाइ नाङ्गेझार नि पार्दि रा’खेका हुन्छन् बेला बेला, अनि अर्को सञ्जिवनी बुटी भनेर अर्को गन्हाउने झार खोज्न थाल्छन।
सेलेब्रेटी बोका
यी बोकाहरु आफूलाई सेलेब्रेटी हुँ, मेरो ठुलो इज्जत छ, मेरो ठुलो पँहुच छ भनेर नै नाक उचाल्नेहरु पर्छन। हल्का सुन्दरी पाठी बाख्री जे देखे नि तिम्लाइ यो गिताँ मोडल बनाइदिन्छु, त्यो फिलिमाँ हिरोनी बनाइदिन्छु भनेर जाल बिछाउछन, यिनले धेरै पाठी र बाख्री भोग गरेका हुन्छन्, यिनलाई कसैले केही भनेर केही फरक पर्दैन, आफ्नो उद्धेश्यमा निरन्तर लागी रहन्छन, र फरक फरक पाठी बाख्रीहरु खोजी रहन्छन।
आईटी बोका
यी बोकाहरु कस्ता भनेर त नामले नै चिनिहालियो नि हैन त, आफूलाई आईटी गिक हुँ भनेर गजक्क परेर, ठुस्स पारेर नाक उचाल्ने बोकाहरु हुन। यिनको काम भनेको महिला ट्विटेलाइ आइपर्ने टक्निकल समस्याहरूको समाधान आफूले जाने आफैले, नजाने साथीलाई सोधेर, त्यता’ट नि पार नलागेसी गुगल गरेर होस या किताबका ठेली पल्टाएर भए नि गर्दिने बोकाहरु। यिनले के बुझ्दैनन वा बुझ्न खोज्दैनन भने, यस्ता बोकाले राम्रोसँग सुघ्न नि पाउदैनन हेर्नुस, तर नि यिनले यति मज्जाले अर्गाज्मिक फिलिङ्गस लिन्छन कि कुरै नगर्नुस। महिलाको मोबाइल बिग्रेको छ भने त्यही मोबाइल सुघीँ सुघीँ आनन्द लिई लिई बनाउछन, र यावत प्रकारले अरू डिभाइसहरु पनि त्यस्तै प्रकारको हरकत गर्छन्। यिनले महिलाको डिभाइस पाउना’साथ *.jpg, *.jpeg, *.mp4 गर्दै होममेड कन्टन्ट केही पाइन्छ कि भनेर खोज्ने काम पहिला गर्छन्।
ठेट्ने बोका
यी आँलाकाँचा ठेट्ने बोका हुन, यस्ता बोकाहरुले गर्ने काम नि आँलाकाचा पाराको नै हुन्छ, हेर्दै कलिला देखिन्छन, यस्ता बोकाहरुलाइ चढ्नै पर्दैन कतिपय अवस्थामा सुँघेर नै पिलित्त पार्ने हुन्छन्। यिनले २ ४ रुप्पे उठा’र समाजसेवा गर्छु भन्छन्, ताल हेर्दा उठ्या पैसाले गाँजा चुरोस तान्ने जस्ता देखिन्छन। रगत दिन्छु भनेर कार्यक्रम गर्छन्, रगत झिक्न निडल गाड्दा सिधै हड्डिमा ठोकिने गतिका हुन्छन्।
पाखे बोका
यिनलाई पाखे किन भनियो भन्दा यिनले बोकागिरी देखाउन भिरपाखा खोज्छन, सहरमा कोलाहलमा सुट टाईमा सजिएर बस्या हुन्छन् भने शनिवार आउनासाथ केही थान पाठी बाख्री र अन्य अलि छिप्पिएका बोका बोकेर डाँडा चढ्न जान्छन, अनि कहिले भर्याङ्गमा त कहिले छाहरीमा बस्या बेला तिघ्रा चिमोट्ने, हल्का हातले स्पर्श गर्ने अनि जिरिङ्ग हुने खालका हुन्छन्। अनि त्यही दिम्सोको स्पर्श सम्झिदै बेल्का घराँ भएकी थारी बाख्रिको पोल्या कान जस्तो जिनिसाँ काम चलाउछन। अझ बेला बेला बाल्ड इज न्यु सेक्सी भनेर आफ्नो तक्लुपनको बचाउ नि गर्छन्।
समातसेवी बोका
यी एकदमै विशेष प्रकारका बोका हुन। यिनले समाजसेवा गर्छन्। समाजसेवा गर्नलाइ सरकारी नियम कानुनमा रहेर दर्ता सर्ता गर्ने हैन, मनदेखि समाजसेवा गर्ने हो भन्ने भावना राख्छन। यी अलि इलाइट टाइपका नि देखिन्छन। आफूमा किताबी ज्ञान भएको ध्वाँश नि हल्का देखिन्छ। तर जे जस्ता जनजिब्रोमा अडिने नारा लिए पनि, ती बोकाहरुको उद्धेश्य के थियो भनेर त्यहाँ
कहिल्यै नफेरीने बोकाहरु र कहिल्यै नअडिने पाठी बाख्रीहरु देखेर नै पुष्टि हुन्छ।
दाजुभाइ बोका
यी चाँही हाडनाता करणी गर्ने टाइपका बोका हुन। यी अरूको अगाडी दिदीबहिनी दाजुभाइवाला नाता लगाएर थाक्दैनन भने, जब हल्का एक्ला एक्लै हुन्छन् तिनले कम्मर माथीका कुरै गर्दैनन, ध्यान जति मुतुनोकै वरिपरि घुमाउने वर्गका हुन्छन्। अनि बाहिर ट्याम्लाइनमा कसैले उनलाई केही भने बहेनोका भैया बनेर रखवाली गर्न आइपुग्छन भने डिएम तिर किसन कन्हैया बनेर लिला मच्चाइ रहन्छन।
हसायौ यार । म चै कुन खाले बोका रैछु त ? पत्तो लगाएर मेन्सन गर्दिनु है ?
twitter : @alapatrakar
LikeLike
हा हा रमाइलो छ , तर म कुनै माथिको बोका मा पर्न सकिन , बोका त पक्कै हो म पनि तर धेरै तरिकाका बोका छुटेका छन्..
LikeLike