पाठी/बाख्री पुराण


१२ थरीले बोकाहरूका बारे मात्र चर्चा गरेर पाठी बाख्रीहरूलाई छोएन, यो पक्कै पनि पाठीलम्पट वा बाख्रीलम्पट होला भन्ने पाठकहरुलाई लागेको हुनसक्छ। पहिलो कुरा, १२ थरीले बोका र बाख्राको वर्गिकरणमा समय बिताएर आफ्नो हैसियत देखायो भन्ने आरोप लाग्न सक्छ। हामीले गरेको प्रतिबद्धतामा स्पस्ट लेखिएको छ- हाम्रो काम अरुको बंगारा ताक्नु हो। ट्विटरमा देखिने प्रवृत्तिका आधारमा हामी ती द्वैध चरित्रवालाहरुको बंगारा ताकिरहेका छौं जो आदर्शको खोल ओढेर प्रवचन दिइरहेका छन्।

दोस्रो, यहाँ महिलालाई बाख्री भनेर उनीहरुको सम्मानमा ठेस पुराइएको जस्तो लाग्न सक्छ, किनकी हामीलाई थाहा छ, तपाइँमा पनि बोकापन्थी हाबी छ। कुन प्रकारको भन्ने जान्न बोका महात्म्य पढ्नुस्। र, माथि नै भनिसकियो, यो एउटा प्रवृत्तिको कुरा हो। यो वर्गिकरणमा कुनै महिला नपर्न नि सक्छन्।

स्त्री चरित्रम् दैवो नजानोती मनुष्य कुतम् भनेर कुन वेदले लेखेको छ भन्ने थाहा छैन तर लेख्न चाहिँ लेखिएको छ। यहाँ जति पनि प्रकारका पाठी र बाख्रीको चित्रण गरिएको छ, त्यो सामान्यतः एउटै महिलामा नै पाइन्छ, तर एउटा पुरुषले बढीमा दुई प्रवृत्ति मात्र पाउँछ, अरु प्रवृति अरु पुरुषले पाँउछन्।

फरक बाख्री:

यीनीहरु प्रत्येक कुरामा ‘मलाई अरु जस्तो नसोच’ भनेर कुरा गर्न थाल्छन्। यस्ता बाख्रीलाई मेल खाने एउटा उखान छ- खान्न खान्न लोकाचार, खान थाले माना चार। यीनलाई यौनको प्रस्ताव राख्यो भने मलाई अरु केटी जस्तो सोचेको? भनेर बाँउठिन्छन्, तर जब चुम्बन गर्न थाल्छन् तब रुद्रघण्टी नै तानिने गरेर जिब्रो छिराउँछन्। ‘मलाई अरु जस्तो नठान्नु’ भनेर भयानक चेतावनी दिने तर हात समाउने बित्तिकै तातोमा परेको सिस्नो जस्तो लल्याकलुलुक हुन्छन्।

क्याबिन बाख्री:

यी कस्ता हुन्छन् भने यो गर्दे त्यो गर्दे भन्दैनन् , क्याबिनमा काम गर्ने केटीहरूले ‘मलाई जुस खान मन लाग्या’थ्यो भने झैं मलाई यहाँ जान मन लाग्या’थ्यो, यो फिलिम हेर्न मन लाग्या’थ्यो भनेर सुनाउँछन्। केटाले भाव बुझ्न सके फाइदा हुन्छ (फिलिम देखाएर फिलिम खेल्न सम्म सके चैं फाइदा नै होला) । यिनीहरू त्यो बेलासम्म पछि लागिरहन्छन् जबसम्म उनीहरुको डिमान्ड पुरा भइरहन्छ। यीनको कुरा सुनेर नि नसुने झैं गरेर वास्ता नगर्ने बोकालाई यिनीहरु भिखारी, पाखे लगायतका पगरी गुताउँछन्, अगाडि नै भन्दैनन् , तर तराइँको कानसम्म पुग्ने गरी नै भन्छन् ।

चकलेट बाख्री:

केटाले चकलेट किन्दियोस् भनेर केटालाई क्लु फ्याँकी रहनेहरूलाई चकलेट बाख्री भनिन्छ। सानोमा काका दाइहरूले सुन्तला मिठाइ दिएर यिनीहरुको बानी बिगार्देका हुन्छन् र यिनीहरुको चकलेट रोजाइले स्टाटस थाहा हुन्छ। तर मन पर्ने चकलेट के हो भनेर सोध्यो भने एकचोटी नी नखाएको, कतै अरुले भन्दा सुनेको चकलेटको नाम भन्छन्।

मै राम्री बाख्री:

यी बाख्रीहरूलाई मै राम्री बाख्री किन भनिएको हो भने अरुले राम्री भन्दियोस् या नभन्दियोस्, आफै थुतुनो चुच्चो पारेर फोटो खिच्ने अनि, Awww कति राम्री भन्दै आफैले पोस्टिने अनि सबैभन्दा पहिला आफैले आफ्नै फोटोलाई लाईक/ फेव हान्ने गर्छन् । फोटो पोष्ट गरेपछि नजिकका साथीहरूलाई मेसेज गरेर लाईक र कमेन्ट गर्न भन्छन् । टाइमलाईनमा देख्खिरहोस् भनेर टुच्च टुच्च रिप्लाई नि गर्छन् अनि कसैले राम्रो कमेन्ट गरे कोट् गरेर फेरी ट्विट गर्छन् ।

रिचार्ज बाख्री:

मिठा मिठा कुरा गरेर केटाहरूलाई तरङ्गित पारेर यी बाख्रीहरूले ‘हेर न, ब्यालेन्स नै सकियो, एटिएम् नि बन्द भएछ’ भनेर २-३ पटक सुनाउँछन् – बोकाहरूले रिचार्ज गरिदिन्छन् । यीनीहरु सिधै रिचार्ज गर्दे न भन्दैनन्। कहिलाकाहीं टाइमलाइनमै खुल्ला आह्वान नि गर्छन्, ‘ब्यालेन्स सकियो, कसैले रिचार्ज गर्दिनुस् न, भोलि तिर्छु’ भनेर। ब्यालेन्स पठाउनुस्, कहिल्यै नबोलेको भए नि ‘awww.. tq dear’ भनेर मेसेज गर्छन् र प्रशंसाको पुल बनाउन सुरु। यी बाख्रीहरूले बिचरो बोकालाई ब्यालेन्स हुन्जेल बाल दिन्छन् र फेरी ब्यालेन्स सकिन लागेसी मिसकल दिन थाल्छन् ।

जुका बाख्री:

यी कस्ता प्रकारका बाख्री हुन् भने नअघाउन्जेल टाँस्सिरहने, अघाएपछि छोड्दिने। यसलाई अझ स्पस्ट पारौं। यिनीहरु भलाद्मी पाराले नरम शैलीमा टाँसिन आउँछन्। टाँसिनु पहिलानै एक स्तरको रिसर्च गरेर पक्का गरेर आएका हुन्छन्। रगत आउने पक्का गरेर आएका यिनीहरु रगत रित्तिउन्जेल पनि टाँसिदैनन्, आफू अघाएपछि थाहै नपाइ छोडेर हिँड्दिन्छन्। उता बिचरो बोको आफू युज्ड भएको थाहै पाउँदैन।

कर्पोरेट बाख्री:

करियरको पछि लागेर अथवा फेमिनिस्ट ईगोको कारणले अथवा बोसलाई खुसी पार्दा पार्दै उमेरले ३० कट्दा पनि बिहे हुन नसकेका र भौतिक शरिरलाई चाहिने सबै आवश्यकता पूरा पाउन नसकेका तर पोजिसनमा माथि पुगेका बाख्रीहरू यो वर्गमा पर्छन्। यिनीहरू स्वभावत: अरुलाई समस्या दिने खालका हुन्छन्। कुनै बोकाले नसुघेको फ्रस्टेसन अफिसमा आएर आफुभन्दा तलकालाई ठाडो भाषा प्रयोग गरेर र आफु भन्दा माथिकालाई काम बिगारेर पोख्ने गर्दछन्। यस्ता बाख्रीको सकेसम्म अगाडि नपर्ने, पर्नै परे बिचरी पीडामा छ भनेर सहनुभूती दिएर उम्किनु पर्छ।

डाँकुनी बाख्री:

एकदमै साँढे प्रवृत्तिकी बाख्री, कसैलाई देख्यो कि डकी हाल्ने, थर्काइहाल्ने, अनि अट्टहास हाँसो हाँसी हाल्ने। सामान्यतया आफ्नो भागको घाँस नखाने तर अर्काको बारीमा चर्दै हिँड्न खोज्ने प्रवृत्ति यिनीहरुमा हाबी हुन्छ। अझ कसैले चर्न खोजेका भेट्टायो भने, यस्ले हरियो घाँस देखाएर मलाई फसाउन खोज्यो, म घाँस खान भनेर त्यो बारीमा गएकै हैन भन्ने। यिनीहरूमा पनि फेमिनिस्ट ईगो हाबी हुन्छ।

म्याँ म्याँ बाख्री:

मुख मात्र चलाउने, बाँकी ढल्या सिन्को नउठाउने।

मनोरोगी बाख्री:

यो बर्गका बाख्री स्थिर मनस्थिति नभएका हुन्छन्। यिनलाई जो केटो देखे नि आफुलाई लभ गर्च झैँ भान हुन्छ। जसले जता कफी खान बोलाए नि जाने यिनीहरुको बिशेषता हो। यिनीहरु एकैपटकमा तीन चारजनासँग घुमिरहेका भेटिए भने नि अनौठो नमाने हुन्छ। कहिलेकाहीँ यीसँगै घुम्ने बोकाहरु एकैठाउँ सँगै भेट भएमा यस्ता प्रवृत्तिका बाख्रीले बेस्ट फ्रेन्ड, दाजु, लगायतका नाता लगाउने स्वभाव यिनीहरुमा हुन्छ।

भर्चुअल बाख्री:

फेसबुक ट्विटरतिर छिल्लिँदै बस्ने, आकास, पाताल, चौध भुवन सबै जानेका तर केही थाहा नभएको जस्तो गरी कुरा गर्ने। कसैले केही भन्यो कि त्यसको भलाद्मी पाराले द्विअर्थी शब्द प्रयोग गरेर कुरा गर्ने। बोकाहरूलाई अनलाईनमै लत्रक्क बनाइदिने तर कोहीसँग पनि नभेट्ने। अनलाइनमा गरेको गफलाई आधार बनाएर बोकाहरुले भेट्न बोलाउँदा नाँई पनि नभन्ने तर अनेक बहानामा बनाएर नभेट्ने।  यीनले सितिमिती जो कोहिलाई भेट्दैनन् र मन पेट पनि दिन्नन्। कथम् कदाचित मन पेट लिन सफल भयो भने कुरो सक्यो। यिनीहरू गोपनियतामा धेरै नै सजग हुन्छन्।

One thought on “पाठी/बाख्री पुराण

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.