फूटबलको स्वर्ण पदकको मात्र चर्चा भयो भन्नेका १२ सत्ताईस कुरा


नेपालले धेरै पछि फूटबलमा विजय हासिल गर्‍यो। भारतमा भएको सागमा फूटबलको स्वर्ण पदक नै जित्यो। महिला फुटबलमा चेलीहरुले पनि दोस्रो स्थान हासिल गरे। भारतीय भूमिमा भारतलाई नै फाइनलमा हराउँदा फूटबल समर्थकहरुको उत्साह स्वभाविक रुपमा बढ्ने नै भयो। फूटबल खेलाडीहरु स्वदेश फर्किँदा काठमाडौंमा मात्र हैन काकडभिट्टामा पनि भव्य स्वागत भयो। तर केही दु:खी आत्माहरुले त्यो पनि देखिसहेनन्। अनि तर्क निकाले, उसुमा पनि एक महिलाले स्वर्ण जितिन्, अर्को केमा पनि स्वर्ण जितियो तर चर्चा र सम्मान किन फूटबलको मात्र?

१२ थरीसँग यसको जवाफ पनि छ। आखिर १२ सत्ताईस विशेषज्ञको टोली न पर्‍यो। यो बिषयमा पनि आफ्नो धारणा बजारमा ल्याउँ भन्ने लागेर १२ सत्ताईस ब्युरोले फूटबलको स्वर्ण पदक विजेता खेलाडीको भव्य स्वागत र सम्मानको आलोचना गर्नेहरुलाई जवाफ दिने निर्णय गर्‍यो। आउनुस् अब जवाफमा जाऊँ।

प्रथमत: फूटबलको स्वर्ण विजेता पुरुषको स्वागत र सम्मान धेरै भयो तर उसुको स्वर्णको चर्चा भएन भन्नेहरुको तर्क कस्तो हो भने, बाटोमा ३ जना तरुनीहरु हिँडिरहेका थिए। दुईटी साह्रै अनुहार नपरेका, दाँत बाहिर निस्केका, शरीर पनि धम्मरधुस परेका। तर एउटी विछट्टै राम्री। केटाहरुले राम्रीलाई जिस्काए, दुईटीलाई वास्ता गरेनन्। अनि दुईटी चाहिँ रुन थाले- हामी पनि केटी नै हौं, हामीसँग पनि दुईटा स्तन छन्, हामीसँग पनि योनी छ, यौन सम्पर्कबाट बच्चा पनि होला, तर किन त्यो एउटीलाई मात्र जिस्काइयो? किन हामीलाई हेला गरियो? केटाहरुले हामीलाई किन जिस्काएनन्? अब यसको जवाफ केही हुन सक्छ त? मुर्खसँग दैव डराउँछ भन्ने चुप लाग्ने हो।

आखिर स्वर्ण त स्वर्णै पदक हो नि, उसुमा जितेकाको कुनै भाउ छैन। दुवै खेल नै हुन्, दुवैले राष्ट्रका लागि खेलेका हुन्। फूटबलको मात्र चर्चा किन भन्नेलाई योभन्दा राम्रो जवाफ दिन सकिन्नँ।

अझ यसलाई महिलासँग तुलना नगरी फूलसँग तुलना गरेर हेरौं। गुलाफको फूल पनि फूल नै हो, गन्ने झारको फूल पनि फूलै हो। अब आलोचना गर्ने नाममा गुलाबको फूल चाहिँ बजारमा महँगोमा बिक्ने, प्रेमीलाई पनि यही उपहार दिने तर गन्नेको फूलको कुनै मतलब नै छैन भन्दै हिँड्ने सँग के भनेर मुख लाग्ने हजुर। सबैको आफ्नो आफ्नो महत्व र स्थान छ भनेर त बुझ्नपरो नि आफूलाई जान्ने भन्नेहरुले, हैन? अब एउटा सन्कीले यसो पनि भन्ला- राष्ट्रिय फूल लालीगुँरासलाई मानिसकेपछि तिहारमा चाहिँ सयपत्री, मखमली वा गोदावरी फूलको मात्र किन माला लगाउने? किन लालीगुराँसको माला नलगाउने भन्न थाल्ला।

खासमा केही मान्छेहरुको बानी के हुन्छ भने जे मा पनि अरुभन्दा फरक र जान्ने पल्टिहाल्नु पर्ने। तिनीहरु जे कुरामा पनि प्याच्च जान्ने भएर बोलिहाल्छन्। यीनको कुनै विचार हुँदैन, आफू फरक देखिन यिनीहरुले घाम पूर्वबाट लाग्नु पनि यो पूर्वियहरुले एकाधिकार प्रयोग गरेर पृथ्वीलाई त्यसरी नै घुम्ने बनाए भन्दिन्छन्।

र अन्तमा , गिता पढ्ने हिन्दुलाई बाईबलका पबित्र शब्दहरु सँग उति चासो हुदैन नि त्यस्तै खेलको नाममा टोले फुटबल देखी म्यानचेष्टर युनाईटेडको खेल हेर्ने बानी परेकाहरुलाई फुटबल छोडेर अरु खेलमा के चासो होस त ? जसलाई जुन कुरामा मतलब थियो त्यही कुरा गरे । धेरै हल्ला सुनियो । यसमा धेरै जान्ने पल्टीनु पर्ने कुरा के छ ? म आची गर्न जान्छु है भन्दा हग्ने भए हग मुतीस भने काट्छु भन्ने शैलीमा गर्ने बिरोध निको मान्दैनौ। वाईयात !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.