१२ सत्ताइस व्यहोरा भएका पात्रहरुको बङ्गारा झार्ने क्रममा १२ थरीले बोका, बाख्री, अलपत्रकार र पलायनवादीहरुलाई मात्र पेल्यो, समाजमा ठालु कहलिने वर्गलाई केही गरेन भन्ने पाठकहरुलाई लागेको हुनसक्छ। तर हामी कसैलाई छोड्नेवाला छैनौं। हो, हामी केही ढिला भएका छौं, किनकी हामी हरेक विषयका ज्ञाता होइनौं, हाम्रो टीमले विषयमा अध्ययन गर्नुपर्ने हुन्छ, त्यसैले हाम्रा पोस्टहरु केही ढिला हुन्छन्। हाम्रो प्रयास हाम्रा मायालु पाठकको मनमा बस्ने नै रहनेछ।
१२ थरीको टोलीले यसपाली नेपाली समाजमा भगवानै मानिने वा पब्लिकले नमाने पनि आफैं अर्कै वर्गको प्राणी हुँ भनेर ठान्ने डाक्टरहरुको १२ थरी व्यक्तित्वको चर्चा गरिदैँछ । यो लेखको लागि १२ थरी सम्पादक मण्डल हाम्रो मेडिकल ब्युरोको आभारी छ।
मिडिया डाक्टर
हाम्रा पाठकहरुले पत्रकारको व्याख्या त पढिहाल्नुभयो (नपढनुभएको भए यहाँ पढ्न सक्नुहुनेछ) – डाक्टरहरूको पनि एउटा वर्ग हुन्छ जो मिडियाको नजिक हुन्छन्। हुन त सीप र ज्ञानले पनि यी अरुभन्दा राम्रा हुन्छन्, तर त्योभन्दा बढी मेडिकल रिप्रन्टेटिभ (एमआर)ले दिएको रक्सीको बोतल गिफ्ट गरेकै भरमा यिनीहरूको समाचार आइरहन्छ पत्रिकामा। ताल परे पटकपटक टिभीमा पनि देखिन्छन्। कुनै बेला पत्रकारलाई अप्ठ्यारो परेको थाहा पाएमा पैसाको ससानो मुठो गोजीमा कोचिदिँदै ‘राख्नुस्, यो चाहिन सक्छ’ भन्दिएपछि यिनीहरुको जतिसुकै नराम्रो कृत्य पनि मिडियामा आउँदैन। यिनीहरु केही गरि कतैको व्यवस्थापनमा पुगे र कसैले हटाउन खोज्यो भने आफ्नो लिंक प्रयोग गरि सबै मिडियामा कोकोहोलो मच्चाएर त्यो पदमा बसिरहन सफलै हुन्छन्।
सोसल मिडिया डाक्टर
यीनको व्योहोरा इन्स्टाग्राममा सुँगुरको जस्तो थुतुनो बनाउँदै दिनदिनै नयाँ फोटो पोस्टिने केटीको भन्दा फरक हुन्नँ। (अब यहाँ केटी किन जोड्नुपर्यो भनेर महिलाधिकारकर्मी कुर्लिनसक्नुन्छ, तर कुरो के हो भने त्यो मुख चुचो बनाउने डाक्टरको इन्ट्रेस्ट केटीलाई आकर्षण गर्ने नै हुन्छ फोटो देखाएर)। आफुले दैनिक रुपमा गर्ने कामको फोटो हालेर ‘कसैले नगरेको’ जस्तो देखाउन यिनीहरु कुनै कसर बाँकी छाड्दैनन्। फेसबुक, ट्विटरमा अरु सबै खराब, आफुले मात्र नेपालको स्वास्थ्य क्षेत्र धानेको झैं गरी गफ लाइरहन्छन्। बिरामीले के भन्यो, पत्रिकाले के लेख्यो, नेपालको स्वास्थ्य क्षेत्र कस्तो भन्ने चर्चा गर्दा गर्दै र त्यसको बारेमा खन्डन लेख्दैमा लेख्दै यिनीहरुको समय बितिरहेको हुन्छ ! आफूकहाँ आएको बिरामीले भनेका हरेक कुरा यिनीहरु सोसल मिडियामा भन्छन् र ताक परे पोल पनि ठड्याइहाल्छन्।
पत्रकार डाक्टर
एकथरी डाक्टर यस्ता पनि छन् जो अस्पतालमा वा क्लिनिकमा कहीँ देखिन्नन् तर पत्रिका, अनलाइनमा छ्याप्छ्याप्ती भेटिन्छन्। अरे बाबा, पत्रकारिता नै गर्नु छ भने पत्रकारै बने भइगयो नि, किन बेकारमा तेत्रो खर्च गरेर डाक्टर बन्या होला ? एक दुइ अनलाइनमा त्यसका नियमित स्तम्भकार भन्दा यिनीहरुकै लेख बढि आइरहेको हुन्छ। यसै त ‘धाकै सही, पत्रकार भनेको ज्ञाता हुन्’ भन्ने भनाइ नेपाली सोसल मिडियामा व्याप्त छ, झन त्यसमाथि डाक्टर जस्तो बौद्धिक मानिस पत्रकार बनेपछि त के चाहियो र ! यिनले नजानेको कुनै बिषय छैन, कलम नचलाउने कुनै विधा छैन, राम्रो ठान्ने कुनै पात्र छैन, र चित्त बुझ्दो कुनै व्यवस्था छैन। यिनको गनगन हेर्दा नेपाली छापामा खगेन्द्र बाजेको बिंडो यिनैले धान्लान् जस्तो लाग्छ। सुन तस्करीदेखि नुनको कालोबजारीसम्म, ट्राफिक नियमदेखि आर्मीको ऐेनसम्म, सबै विषयमा यी पोख्त हुन्छन्। देशमा रामराज्य भए नि यिनको कनकन सकिने छाँट छैन।
फार्मा डाक्टर
‘तेरो कम्पनीको औषधी लेखेर मलाई के फाइदा हुन्छ?’ भन्दै हाकाहाकी एमआरसँगको मोलतोलको आधारमा ओखती लेख्ने यी डाक्टर उपिँया चरित्रका हुन्छन्। एउटा कम्पनीलाई धुत्यो, चुस्यो अनि त्योसँग र्याङठ्याङ मिल्न छोडेपछि तुरुन्तै अर्कोमा सल्कने भएकोले यी डाक्टरलाई उपिँया भनिएको हो। यिनीहरुले आफ्नो साँठगाँठ भएको कम्पनीको औषधी चाहिए पनि नचाहिए पनि बिरामीलाई भिडाएरै छाड्छन्। यिनीहरु औषधी कम्पनीको प्रायोजनमा देश/विदेश घुम्ने, औषधी कम्पनीको पेनले लेख्ने, उनीहरूले दिएको गाडी चढ्ने मात्र गर्दैनन्, कतै मौका परे यिनीहरुले लगाउने गन्जी वा कट्टु फर्काएर हेरे हुन्छ, त्यहाँ पनि फलानो फार्मासिटिकल लेखेको भेटिन सक्छ।
उत्पीडित डाक्टर
यो वर्गमा मुख्यतया: दुई थरीका डाक्टर पर्छन्। एक कर्मले ठगेका, अर्को देशले ठगेका। कर्मले ठगेका ती हुन् जो जेनतेन डाक्टर त बन्छन् – तर जागीर पाउन् कहाँ? कोही सोर्स फोर्स लाएर अस्पतालमा भोलेन्टियर गर्छन्, कोही नर्सिङ होममा १०-१२ हजारमा जागिर खान्छन्। कोही नाइट ड्युटी मात्र गर्ने गरी ज्यालादारीमा पेट पाल्छन्। परिवार र ससुरालीले डाक्टर भनेर गाडी नै चढोस् – सुट लगाओस् त भन्छन् तर पर्स हेर्यो खाली। पर्स खाली भएर के भो त बैंकमा पैसा होला, एटिएम होला भन्नुहोला तर होइन। बैंकमा अकाउन्ट त हुन्छन् तर यीनले एटिएम बुथ देखेकै हुँदैनन्। देशले हेप्यो भन्ने वाला डाक्टर केही महिना अघिको मधेस आन्दोलन पछि पैदा भएका हुन्। अलिअलि बोल्न जानेका, सरकारी छात्रबृत्तिमा देशभित्रकै कलेजबाट पढेकाहरु पनि राज्यले मधेसलाई विभेद गरेको छ भन्दै आन्दोलनमा घ्यु थप्छन्।
दलाल डाक्टर
यी डाक्टरहरु सुत्दा, उठ्दा, हिँड्दा, बस्दा जत्तिखेरै पैसा कमाउने मेसो खोजिरहेका हुन्छन्। यिनीहरु काठमाडौंका जग्गा दलाल जस्तै हुन्छन्। भारतका ठूला अस्पतालमा पनि यिनीहरूको लिङ्क हुन्छ। यताबाट उता बिरामी पठायो – बिरामीले खर्च गरेको ५-१० प्रतिशत पैसा फिर्ता उनीहरूलाई नै आउँछ। यिनीहरु बिरामीलाई कसरी आफ्नो पञ्जामा पार्ने भनेर दाउ थापेर बस्छन्। बिरामी रिफरबाट मात्र होइन, बिरामीलाई अनावश्यक जाँच गर्न लाएर ल्याबसँग कमिसन खाने यी डाक्टर र कलंकीका ‘दले’ मा खासै कुनै तात्विक भिन्नता छैन।
सिन्डिकेट डाक्टर
यो एउटा डाक्टर नभइ डाक्टरहरूको समुह हो। यिनीहरु पहिला आफूले बिरामी लुटिसक्छन् अनि अर्को डाक्टरलाई ‘वहाँ साह्रै जान्ने डाक्टर हो’ भनेर पठाउँछन्। यता बिरामी आफ्नोबाट हिँड्यो उता तुरुन्तै फोन गर्छन्, ‘मैले एउटा मुर्गा पठाएको छु, तँ पनि लुटिहाल्।’ लाग्छ, बिरामी त उपहार दिने वस्तु हो। एक अर्कालाई उपहारै दिएको जसरी बिरामी दिन्छन्। यो सिन्डिकेटमा राम्रा र ट्यालेन्टेडको खासै महत्व हुन्नँ। बिरामीको गोजीलाई बगरेले ब्राख्राको घाँटी रेटे जस्तै रेट्ने हिम्मत भएकाहरु मात्र यो सिन्डिकेटमा फस्टाउन सक्छन्।
मैँ हुँ डाक्टर
यिनीहरूलाई आफू भगवान जस्तो लाग्छ – र बिरामी यिनीहरूको चरण छुन उनीहरूसम्म आइपुगेको जस्तो व्यवहार गर्छन्। ‘कसौँडीबाट उछुट्टिएको मकै’ जस्तो कागे (कागताली) परेर कसैले नपढेको विषय कताकताबाट सकेर आएकै भरमा डिमान्डमा हुन्छन् यी। बिरामीलाई कमैयालाई गरेकोभन्दा नराम्रो व्यवहार गर्ने, अस्पताल त परै जाओस्, क्लिनिकमा समेत समयमा नआउने, अनि केही सोध्यो भने टिमुर्केको उत्तर दिनु यिनीहरूको खुबी हो। यिनीहरु बेलाबेलामा राष्ट्रिय परिवेशमा कसैले केही राम्रो गर्न लाग्यो भने ‘म मेरो क्लिनिकमा फ्रीमा यस्तो गर्दिन्छु र उस्तो गर्दिन्छु’ भनेर घोषणा गर्दै देशप्रेम झल्काउन खोज्छन्। यिनीहरुलाई लाग्छ- म जत्तिको विशेषज्ञ डाक्टर त कोही पनि छैन। यिनीहरु नेताहरुले यसो गर्नुपर्छ, कर्मचारीले उसो गर्नुपर्छ भनेर खुपै अर्ति फलाक्छन् तर बिरामीसँग डाक्टरले कसरी व्यवहार गर्ने भन्ने यिनलाई थाहा छैन।
क्लिनिक डाक्टर
सरकारी अस्पतालमा ढल्किँदै ११ बजे पुगेर १ नबज्दै त्यहाँबाट टाप कस्ने डाक्टरहरू क्लिनिकमा भेटिन्छन्। नियमनकारी संस्थाले थम्बप्रिन्ट जोडोस् कि फेस-स्कानर – यिनीहरूको हाजिरी न त कसैले देख्छ न त कसैले केही गर्न सक्छन्। पान पसल जस्ता देखिने औषधी पसलहरूमा यिनीहरूका बोर्ड देखिन्छन्। के आधारमा ‘वरिष्ठ’ भए कसैलाई थाहा हुँदैन तर बोर्डमा वरिष्ठ ठूलै अक्षरमा देखिन्छन्। यिनीहरू हरेक चौकमा यिनीहरुको क्लिनिक हुन्छ त नभनौं, हरेक चौकका पान पसलहरुमा यिनीहरुले बिरामी हेर्छन्। याद गर्नुहोला, बिरामी चेक गर्ने हैन, हेर्छन्। बिरामी हेर्दै पैसा पकेटमा हाल्दै पुरै रिङरोड एक चक्कर हान्छन्।
सेटलाइट डाक्टर
यी डाक्टरको काठमाडौं लगायत ठूला शहरमा बसोबास हुन्छ तर शनिबार र बिदाको दिन नजिकदेखि टाढासम्मका ठाउँहरुमा क्लिनिक चलाउन दगुर्छन्। मोफसलका एफएम स्टेसनहरु यिनैको क्लिनिकको प्रचारको भरमा टिकेका छन्। ‘फलानो अस्पतालमा कार्यरत’ भन्दै लेघ्रो तान्दै फुलबुट्टा हालेर बनाइएका प्रचार सामाग्री रेडियोमा सुन्दा यिनीहरु आफैं पनि ट्वाँ पर्छन् होला। शुक्रबारको साँझ काठमाडौंको एअरपोर्टमा हेरे देखिन्छ, यसरी बाहिर जान लागेका डाक्टरको राम्रै जमघट/जम्काभेट हुन्छ। राजमार्गमा ठाउँठाउँमा यिनीहरुले क्लिनिक राखेका छन् र त्यो दिन यिनीहरु ‘सोह्रश्राद्धको बाहुन’ भन्दा पनि व्यस्त हुन्छन्।
गजक्क डाक्टर
संसारमा यिनले नजानेको, नदेखेको र नभोगेको केही हुदैन। एमबिबिएसको लाईसेन्स लिएर नामको अगाडि डाक्टर लेख्न थाले पछि यिनमा मपाईँत्वको भुत सवार भएको हुन्छ। उस्तै परे आफुलाई पढाउने शिक्षकलाई पनि मान्छे गन्दैनन्, जाबो बिरामीको त के कुरा? यस वर्गमा पर्ने डाक्टरहरुको डिग्री नभएको मान्छेलाई चरो मुसो पनि नगन्ने समस्या हुन्छ। गजक्क डाक्टरहरुको गजक्कीपन साधरणतया: पिजि (PG) मा नाम ननिकाल्नुञ्जेल हावी भएर रहेको हुन्छ। पिजि गर्न थालेपछि यि गजक्क डाक्टरभन्दा अलि ठुला गजक्क डाक्टरहरुले कन्नामा लात दिएर काममा जोतेपछि अलि मत्थर हुन्छन्। रातदिन नभनी ड्याटरी गर्दा पनि बिहानै आएर सिनियरले छेउ छाउको चौवन्नी अट्ठनी हैसियत नि नभएको मान्छे समेत नहेरी दनक दिन थालेपछि यिनको गजक्कीपन कम हुन थाल्छ। कतिचाँहि अलि बढी नै थेत्तरा हुन्छन्। सित्तिमित्ति यिनिहरुको गजक्कीपन जाँदैन। यस्ता गजक्की डाक्टरका हातमा एमबिबिएसको डिग्री भएर के गर्नु सेवाग्राहीसँग सामान्य शिस्टाचार देखाएर कुरा गर्नु पर्छ भन्ने हेक्का समेत रहँदैन।
Why you got doctor only to disscuss about… ?patrakar jiu, 500 rupees ma bikera, doctor ko laparbahi afai ghosana grne swayamsiddha mahagyani patrakaar jiu haru ko charitra chanhee kasle bayan grne ho… ?bichara tapai… aru lai analysis grne, khot dekhaune facebook patrakar chanhee kun thari ma prnu vayo hajur…?? Saanchee doctor le liscence liyera manpari gareko kura ta lekhnu vayo, tara 3 month patrakarita training liyera, bidesh gayera vandhaa majhna pani nasaki, aafnai samajko bikash ma lagnu vayeka tapai haru jsta liscence bihin mahagyaani, jo aruko analysis ma double PHD thandaxan uni haruko jaat ra gotra chanhee kasle pahilyai dine ho kunni… ? aru ksto xan, vannu vanda pahila aafu ksto xu vanera sochidiye dekhi ali valo hune thiyo ki…? arko kura, tapaiko tarfa bata reply aaye dekhi, reply padhera tapaiko page block grdine thiyen…. i know there are some disadvantages of media…..
LikeLike
प्रिय गोपाल ज्यू,हजुरको आक्रोश जायज छ। हजुरले हाम्रो साइटमा भएका अरु लेख नपढेको हामीलाइ भान पर्यो, हामीले सबैलाइ समेट्न त पक्कै पनि सक्दैनौ, तर हामीले पत्रकार र पोर्टलहरुको बारेमा नि लेखेका छौ, त्यसको लागी तल दिइएको लिङ्कमा गएर पढ्नु होला।http://12thari.xyz/12-27-kura/13http://12thari.xyz/12-27-kura/104हजुरलाइ उच्च रक्तचापको समस्या छ कि जस्तो भान परेको छ हामीलाइ, अली धेरै पानी पिउने गर्नुस, त्यसले फाइदा गर्छ।
LikeLike
pagalpan le sawar bhayeka patrakar hun ki 2 rupye ko buddhi bhayeka patrakar….gyan kum bakbak badi bhaka patrakar hun ki? Jun category ma rakhna man cha tesma rakhnus afau lai patrakar mahasaya..
LikeLike
Sir lai pheri kina yetro tanab ni
aafno kam garnus khushi hunu ni
This is only for fun sir
j xa thekai xa ,
tapailai manpardaina bhane na padhnus tapai lai kalle kar garxa ra
LikeLike
hey bhagwan eti derai category ma euta pani ramro kura dekhiyena doctors ko barema….is it truth? patrakar mahodaya le research garere lekheko ho? malai ta chinta po lagyo ta…..
LikeLike
Ani kaam chai kasle garchha? Tapaile?
LikeLike
काम भन्या त्यस्तै हो हेर्नुस जस्ले गरे नी भो
LikeLike
Hamro samaaj doctor haru prati aakramak huna thaleko chha. Swastha sewa ma pani bikriti ta chha tara yo samagra desh ko bikriti ko pratibimba ho. Adhikamsha doctor haru ramro academic background bhayeka, mehenati, sojha sajha manchhe nai chhan, jo khuru khuru aafno kaam garera baseka chhan wa basna chahanchhan. Yo lekh le positive kura kehi pani diyena tesaile chitta nabhuje ko ho. I understand that you have to write funny stuff,
but this was a very poor joke.
LikeLike
पत्रकार महोदय, अब हाम्रा नेताजि हरुको बारेमा पनि बिश्लेसण गरिदिनु पर्यो । रिसाउने रिसाउदै गर्छन रिसाउनेको मुख कालो । टिप्पणि राम्रो लाग्यो अझ राम्रो लेख्दै जानुहोला ।
LikeLike
यो झटारो हो, जसलाई पनि लाग्न सक्छ । यसचोटीको झटारोले हस्पातलमा पाकेको आँप मज्जाले झर्यो जस्तो छ । 😀 😛
LikeLike
Yini haru hun pataki daktar, bhanau patrakar daktar.
1. Bhagwan koirala- yo article lekhdaena , tara rus ma padhe ni afu jasto bidwan kohi chaina bhanchha . aru jaye bhadme
Dharmagat Bhattarai- lovi number one, ani adarsha ko kura garchha muji, yo jaha pani lekhchha, chutiya sala. ani tv ma ni chauchha birami hernu ni
2.Samir lama- yesle chahi euta online ma paisa uthayera sahayog gare bhni lekhya thyo, tyo josle ni garchha, nabhaye thikae chha, mero salo ni hoina sathi ni hoina
3. Euta madhise chha- naam bhule
4. om murti anil – yo chahi badhi nae chha. manmohan chodera grande go, patta saf nae bho
aba budha dakatr ta kati chhan chhan
LikeLike
bookmarked!!, I really like your blog!
LikeLike