चित्रगुप्तको आँगनमा सुशीलको १२ सत्ताइस चिन्तन
जय नेपाल साथीहरु !
चिन्नुभएन? म त्यही माघ २५ गते उ भएको (मरेको) पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति, आजीवन कुमार, ३ वटा मोबाइलका धनी श्री सुशील कोइराला । मरेपछि था पाएँ, यो चित्रगुप्त भन्ने मान्छे सारै उ (लोसे) र’छ। मर्नै पर्ने मान्छे पनि किन उ भइरा’छन् भन्ने बल्ल थाहा भयो। धेरैपछि सान्दाजु, गिर्जाउ, किसुनजीसंग भेट हुने भो भनेर उ भा’को (खुसी), यता यी बाजेले उ गरेकै (हिसाब) छैनन्।
उता कंग्रेस पार्टीको मा’दिवेशन छोडेर, फेरि सभापति हुने मौका छोडेर आएँ, यता यो चित्रेगुप्त बुढोले बैशाखको भूकम्पमा परेर मरेकाको हिसाब किताबै सक्या रैन्छ, मेरो पालो आउँदा म उ (बुढो) भइसक्छु जस्तो छ। हिजो साँझ गिर्जाउसँग उ भयो (टेलिफोनमा कुराकानी)। दाजुले कि पृथ्वी गएर उ गर (सभापतिमा चुनाव लड्), कि यता आइज भनेर थर्काउनु भो। यता आफू उ भइयो (दोबाटे)। हिसाब किताबै नगरी यो बुढोले मलाई किन उ गरेको होला (लिन पठाएको)। कम्तिमा २ महिना उ गरेको भए (पर्खेको) पाटी सभापतिमा उ गर्थेँ (जित्थेँ)।
काँग्रेस पाटी रुख जस्तो बुढो भइसक्यो ! गिर्जा’उ उ भएदेखिदेखि नै पाटीमा उ भएको (नेतृत्वको अभाव) हो। कम्तिमा गिर्जा’उले ‘म के भन्छु भने…. म यो भन्छु’ भन्दै मान्नेलाइ मनाएर, नमान्नेलाइ घोक्राएर भए नि पार्टी त चलाउनु भएको थियो। मैले पनि पाटीलाई उ गरेकै थिएँ (एक ढिक्का)। तर, अहिले आ’र ऐेरे-गैरे सबका सब सभापति भन्दै उफ्रेका छन्। यो झुसे कत्तिखेर उ होला र उ गरौंला (मर्ला र अपुताली खाम्ला) भनेर ढुकेर बसेका र’छन् सबै।यता सभापति उ भा’को छ (मरेको), उता उनरलाई कन्भेन्सनको हतारो। १ वर्ष पार्टी सभापति पद उ गरेको भए (खाली राखेको) के बिग्रन्थो?
दिन लागेपछि उ हुन्छ (टुप्पाबाट मर्दै आउँछ) भन्थे, त्यही भो। यसपाली सभापतिमा फेरि उ गरौंला र पर्धानमन्त्री हुँला। पाटीलाई कोइरालाकै उ गरौंला (जिम्मा लाउँला) भन्ने उ गरेर बसेको मान्छेलाई थाहै नदिई उ गरे यमदूतहरुले (बोकेर हिँडे)। म बिरामी छु भनेर बाहिर फुक्दा सिधै शेरेले उ गर्नसक्छ (जित्नसक्छ) भनेर यो खबर उ गर्न (गोप्य राख्न) अतुलहरुलाई भनेको झन्। युवा हुँदा के गरिएन। एरोप्लेन नि हाइज्याक हानियो, क्यान्सरलाई नि जितियो। यति बेला पनि हल्का दम मात्र हो जस्तो लाग्दैथ्यो। तर यमराजले सुटुक्क दूत उ गरेछन्। ति करबिर भन्ने डाक्टर पनि बिहानै बेलुकै उ गरिराख्थे (चेक)। तिनले पनि यमराजका दूत आएको उ गरेनछन्। बेलैमा अस्पताल पुग्न पाको भए, यमदुतहरुलाई उ गर्न सकिन्थ्यो कि (झुक्याउन)!
भित्रबाट थिंक गर्दा त उ (ठीक) नै भा’छ। उक्साहटमा लागेर अस्ति प्राइमिनिस्टरको इलेक्सनमा उ भएँ (हारेँ)। यो जेनेरल कन्भेन्सनमा पनि हार्या भए त कोइरालाकै उ (बेइज्जत) हुनेथ्यो। अनि मैले सान्दाजु र गिर्जाउका अघि कसरी उ देखाउन (मुख) सक्थेँ? आफ्नो स्वार्थ पुरा गर्नेको घेराबन्दीमा परें म।
यता मलाई यमदूतहरुले उ गरेपछि उता नरहरीजीकोमा दूतहरुले उ गरेछन्। कस्सो मैले बेलैमा उ गरेर उ गर्न सकियो (थाहा पाएर कन्भिन्स गर्न)। मलाई लिएर यमदूतहरु उ गरिरा’को बेला (हिँडिरहेको बेला) नरहरीजीले उ गर्नुभएछ (छिर्के लाउनुभएछ), यमदूतको उसको (रीसको) शिकार हुनुभो। अहिले त निक्कै उ भइसक्नुभ’छ (तंग्रिसक्नुभ’छ)।
म यता आएपछि त शेरेलाई त उ भइगो (बाख्राको पुच्छर काटेजस्तो)। जिब्रो डामेको इन्ट्रेस्ट खाँदैमा उ भइँदैन (नेता) भनेर कस्ले सम्झाइदिने त्यसलाई। नाम मात्रै शेर भो, बानी भने ठ्याक्कै बिरालाको छ। कैले अमेरिकन एम्बेसी त कहिले दरबार। लुसुक्क जता पनि उ गर्छ (लस्किन्छ)। डेमोक्रेसीका लागि उ गरेको भन्दै उबेला जिन्स प्यान्टमा फलास टास्याँ बेल्ट ला’को फोटो हाल्दै उ गरिरा’छ (भोट मागिरा’)। हैन कस्तो उ (लण्ठु) र’छ, राजनिती यति तरल भा’को बेला इतिहाँसको ब्याज खान खोजेर नि हुन्छ त? भोलि उ गर्छु भनेर यसो खाका पो देखाम्न पर्छ त। घरी घरी त त्यो शेरेको जिब्रो डाम्या हो कि दिमाकै डामे त्यो बेला पुलिसले भनेर मलाई उ लाग्छ (शंका) । पार्टी बाल दिएर प्रधानमन्त्री भा’को बेला प्रजातान्त्रिक काँग्रेस भन्ने खोलेर हिंड्नेले उ गर्छु भन्छ (पार्टी युनाइट) । मसँग भा’को तिन्टा मोबाइल मध्ये त्यो बलियो वाला नोकियाले उ गरम् झैं भा’को छ अहिले। तर याँ’ट हानेर त्याँ उ नहुने र’छ।
शेरेलाई मात्र के भन्नु। त्यो रामचन्द्रे पनि कस्तो उ र’छ भने (हौंस नपरेको)। म यता उ गरेको तेस्लाई जति उ त अरु कस्लाइ पुग्या होला र (मरेको फाइदा)? कार्यवहाक सभापतिको शिउर लाउन, मलाइ जलाउन नि त्यसलाइ कति हतार भ’को? त्यो मलामी जाँदा खुसीमाथि दु:खको उ गरेको (मास्क लगाएको) छर्लंग्गै देखिन्थ्यो! एक दर्जनभन्दाबढीपटक उ गर्दा पनि प्राइमिनिस्टर नजित्दा पनि मेरो उसमा जीत छैन भनेर किन नबुझ्या हो, छुचुन्द्रेले ! एउटो प्राइमिनिस्टर जित्न नसक्नेले सिङ्गो पार्टी उ गर्छु भन्छ (हाँक्छु) । मसँग बिपी पुत्र छन, मै सँस्थापक हुँ भन्दै हिँड्या छ झ्याक्ने। त्यो टाउकाको ढाका टोपी झिकेर मुखाँ उ गर्दिम् झै झोँक चल्या छ मलाइ।
ए बाबाठाकुरे हो, अरु त अरु, त्यो भङ्गेरे छाती फुलाएर हिँड्ने किस्नेले समेत उ गरो (सभापतिमा उमेदवारी)। हत्या आंतकलाई उ गरेर हिँडेको पार्टीलाई पिस प्रोसेसमा ल्याउने बेलामा गिर्जाउले उ गरेको (विश्वास) सम्झेर उसले त काँग्रेस नै आफ्नो पुस्तैनी उ जस्तो गर्न थाल्या छ। सिलौटोले थिच्या ज्यान छ, काँग्रेसको हेभिवेट हुँ भन्दै ध्वाँस दिँदै हिंड्या छ । साढु भन्दै ज्यानामारा प्रचण्डसँग उ गर्दै (कुम मिलाउदै) हिँड्यो उबेला, झापाली खुराफाती दिमाग लाउँदै जता पनि ठिक्क, जोसँग नि रिटिकक्क ! हारि सक्या माउवादी २ बर्षमा सकिन्थे सेनाले भुटेर, पिस प्रोसेसमा ल्याएर झन उ गरे। मैले उबेलै गिर्जाउलाई पनि उ गरेको थेँ, गिर्जाउ, टेररिस्टसँग नो कम्प्रोमाइज। तर गिर्जाउका उसका अगाडि (जिद्दीपन) मेरो केही जोर चलेन। पहिलो संविधानसभाको इलेक्सनमा पाटीलाई उ गर्ने (कमजोर बनाउने) को हो? त्यही सिटौला। अहिले पुरै काँग्रेस बनेर हिँड्या छ। धन्न धन्न माउवादीमा गइसक्या कुरा कार्यकर्ताले उ गरेका छन् (महसुस)।
अझ सुन्दा नि उ लाग्ने कुरो (उदेक) त त्यो सुजातेले धम्क्याउन उम्मेदवारी दिंदा पो थियो त। धन्न लास्टाँ फिर्ता लिई। जवानीमा सप्रिएको मुला खान परेर जर्मनीको केटोसँग उ गरी (बिहे)। गिर्जाउलाई धृतराष्ट्र झैं बनाएर लाउडा कान्ड गराएर आरएनएसी ध्वस्त पारी। आफु त झोस्ट बनेर जात फाली फाली, छोरीलाई पनि भिओपाइपी माफियासँग उ गरेर पठाइ र झन्डै टेलिकम डुबाकी ! धन्न पारसले गोली ताकेर तेसलाई नौंडाँडा काट्न बाध्य बनाए। अब उसले नेपाली जनता र कंग्रेस पार्टीलाई उ गर्छे रे। कोइरालाको नाक एकचोटी हैन पटक पटक काटेकी हो । गिर्जाउका छोरी भएर मात्र हो, नत्र त्यो उबेलै सकिन्थि, जर्मनीमा उ गर्दै बस्या हुन्थी (भाँडा माझ्दै)। यस्ती सभापति भकि भए त म आफूलाइ भुपु सभापति हुँ भन्न नि उ लागेर आउँथ्यो। अब म उ (मर्दिन्छु) गर्छु भनेर घुर्की नि लाउन नि पइाउदिनँ, मरिसक्या मान्छेको आत्मालाई नि उ गर्न (डस्न) छोडिन यसले।
ल, चित्रगुप्तकोमा मेरो पालो आएजस्तो छ। नाम उगर्दै छन्। मैले यहाँबाट त्यहाँ उ गर्न मिल्दैन। तर बेलाबेला रेडियो, टिभीमा उ गरेर त्यहाँको जानकारी लिँदै गर्छु। आफूले उ गरेको पार्टी (हुर्काएको), माया लाग्छ नि। तर मरेपछि के को पार्टी, के को उ।
अन्तिममा म एकपटक नेपाली कंग्रेस भन्चु, तपाइँहरु सबैले उ भन्नुस्।
(गत माघ २५ गते दिवंगत हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति स्वर्गीय सुशील कोइरालासँग नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भमा १२ थरीको स्वर्ग ब्यूरोले गरेको कुराकानीमा आधारित)
खास्साको रच्छ !
LikeLike