शिवरात्रीको महिमा (फोटो फिचरसहित)


babaNo1 शिवरात्री किन मनाउने हो ? शिवजीको बड्डे, मरण डे के हो खास ? अथवा उनको विवाहको एन्निभर्सरी हो?

यसको जवाफ हामीसँग छैन, किनकी १२ थरीमा पौराणिक ब्यूरो छैन। कसैलाई १२ सत्ताइस धार्मिक/पौराणिक ब्यूरो चलाउन मन भए आफ्नो योग्यता र क्षमताको प्रशंसा गर्दै १२ थरीको इमेलमा तपाइँको गन्थन पठाउनुस्, टीमले सदर गरेमा तपाइँ ब्यूरो प्रमुख।

अब कुरा गरौं शिवरात्रीको। शिवरात्री भनेपछि सबैभन्दा पहिला कुरा आउँछ गाँजाको, त्यसपछि धुनीको अनि त्यसपछि बाबाजीहरुको। गाँजाको कुरा गर्ने हाम्रो मूड छैन, किनकी १२ थरीको कुनैपनि ब्यूरोका साथीहरु अहिलेसम्म पशुपति परिसर पुगिसकेका छैनन्, मतलब कसैले गाँजा पिउन पाएका छैनन्। गाँजाको कुरा गरेर हामी ‘सिक’ बन्न चाहन्नौँ।

दोस्रो नम्बरमा आयो धुनी, त्यो दाउरा पाइए भरे जगाउँला नत्र गाँजा खाएर ढलौंला। बाँकी रहे बाबाजी। आउनुस् बाबजीका १२ सत्ताइस कुरा गरौं।

खासमा शिवरात्रीमा काठमाडौंको पाशुपत क्षेत्रमा आउने बाबाहरुको पनि कुरा त गर्न नहुने हो, त्यस्ता नागाहरुको के कुरा गर्नु? भनौं भने यो ब्लगै नहुने भो। अनि केही त लेख्न परो नि भनेर ठसठस कन्दै, गाँजा सम्झिँदै १२ थरी टीम जुटेको हो यो लेखका लागि।

खडे बाबा

खडे बाबा भन्ने त नेपालमा फेमसै बाबा छन् क्यार। तर यहाँ चर्चा गरिएका बाबा ती होइनन्। यी खडे बाबा भनेका चाहिँ लिंग खडा गर्ने बाबा परे। यी बाबाहरु वरिपरी भिड जम्मा गरेर आफ्नो लिंग ठाडो बनाएर खडा हुन्छन्, अनि ठाडो लिंगले कहिले के कहिले उचालेर जात्रा गर्छन्। यता गाँजाका सुरमा लठ्ठ भक्तजनहरु हाहा हु हु गर्दै त्यो खुइलिएको, चाउरी परेको लिंग हेर्दै दंग। कति भक्तिनीहरु बाबाजीको चाउरी भएनि तिनिक्क तन्केको लिंग देखेर ठाउँको ठाउँ सेन्टिफ्ल्याट।

बडे बाबाBabas

खडे बाबाभन्दा पनि दादा टाइपका बडे बाबा। यिनीहरु खडेबाबाकै छेउमा बस्छन्, तर अलि भलादमी हुँ भन्ने अहम् पाल्छन्। बेलाबेला खडेबाबाको खडा हेरेर कराइरहेका भक्तहरुतिर त्रिशुल तेर्स्याएर आफ्नो हैकम देखाउन खोज्छन्। खासमा यिनीहरुको आफ्नो लिंग देखाउनै नहुने किसिमको हुन्छ, अनि खडे बाबाको डाह गर्छन्।

रत्नपार्के बाबा

यी बाबाहरुलाई किन रत्नपार्के बाबा भनिएको हो भने यिनीहरु पशुपतिमा गाँजा बेच्नका लागि मात्र आएका हुन्छन्। यिनीहरु बाबाजीको भेषका गाँजा व्यापारीहरु हुन्। तराइतिरको कवाडि माल बोकेर यिनीहरु पशुपतिनाथ आउँछन्। उतातिर बिक्दै नबिक्ने माल यता ल्याएर यिनीहरु ५० को एक प्याकेट, ५० को एकप्याकेट भन्दै बेच्छन्। प्याकेट नकिन्नेलाई चुरोटमै भरेर पनि एक चुरोट, २ चुरोट गाँजा बेच्छन्।

प्रोफेस्नल बाबा

यिनलाई पनि व्यापारी बाबा त भन्दा हुने हो तर यिनको चरित्र अलि फरक किसिमको हुन्छ। यिनले पनि बेच्न त बेच्ने नै हुन् तर यिनले आफ्नो फोटो बेच्छन्। यिनीहरु अलि फरक किसिमको मेक अप गरेर एउटा पोज दिएर बसेका हुन्छन्। कोही क्यामेरावाला देख्ने बित्तिकै हतार हतार पोज दिन्छन्, तर यिनले सिँत्तैमा आफ्नो फोटो खिच्न दिँदैनन्। फोटो खिचेबापत पैसा माग्छन्। सांसारिक माया मोह त्यागेका यी महान त्यागी बाबा हुन् रे भन्छन् यिनै।

तरुनी बाबा

यी बाबाजीहरु तरुनीका बडा भोका हुन्छन्। यिनीहरु पनि प्रोफेस्नल बाबाहरु जस्तै आफू अलि फरक हाउभाउ र गेटअपमा प्रस्तुत हुन्छन्। तरुनीलाई आफुतिर आकर्षित गर्ने विशेष खुबी हुन्छ यिनीहरुमा। पुरुषसँग फोटो खिच्न यिनीहरु कुनै रुची नै देखाउँदैनन्। तर जब कुनै तरुनी यिनीहरुसँग फोटो खिच्न जान्छन्, यिनीहरुका जननेन्द्रीय सारै चनाखो हुन्छन्। अनि बाघले बाख्रो झम्टेजस्तो तरुनीलाई झम्टिन्छन् र च्याप्प अँगालोमा कस्छन्। गालामा चुप्प किस खाइहाल्न पनि भ्याउँछन् यिनीहरु।

मौसमी बाबा

यी बाबाहरु चाहिँ तपाइँ हामीले ट्विटर फेसबुकतिरै भेटिने बाबाहरु हुन्। यी हरेक शिवरात्रीमा पशुपतिनाथ पुग्छन् मात्र हैन शिवरात्रीको अघिल्लै दिनदेखि उतै डेरा डाल्छन्। त्यतै बाँडिने सिँत्तैको दालभात पुरी खान्छन्, व्यापारी बाबाको शरणमा जान्छन्, गाँजा किन्छन् खान्छन् र जतिबेला पनि अलख निरन्जन गर्दै वनकाली क्षेत्रमा डुलिरहन्छन्। यिनीहरु भिडभाड मन पराउँछन्। तरुनीहरु अलि बढी भएको भीडतिर चक्कर लगाइरहन्छन्, कुहिनोले स्वाद पाएपछि हात बढाउँछन्।

खैरे बाबा

यी बाबाहरु स्पेशल बाबाहरु हुन्। यिनीहरुलाई नेपाली वा भारतीयसँग कुनै चाख हुन्न। खैरो छाला देखे भने छोड्दै छोड्दैनन्। यिनीहरु माइक नै चाहिँ लाउँदैनन् तर मुखले रत्नपार्कमा ३ सयमा दुई जोर, ३ सयमा २ जोर भनेजस्तै खैरे देख्यो कि ‘वान फोटो, टेन डलर वान्ली’ भन्दै भट्याउन थाल्छन्।

त्रिकालदर्शी बाबा

यी चाँहि अनुहार हेरेर भविष्य बताइदिन्छन्। यिनले भन्ने भनेकै ‘तेरा भविष्य अन्धकार है बालक, य कमण्डलु पे दक्षिणा रख तुझे मैँ रा
babaNo2ह देखा दुँगा’ भन्छन्। यिनलाई आफ्नै भविष्य थाहा हुन्न, आफ्नै बाटो नचिनेर भड्किएर खरानी खसे
र हिँड्ने मुला बहुतै कन्फिडेन्सका साथ अर्काको भविष्यको ठेक्का लिन्छन्। यिनले फसाउने भनेको इन्स्येक्युर फिल गरेका दु:खी आत्माहरुलाई हो, जो यसो गरे हुन्छ कि उसो गरे हुन्छ भनेर लागी परेका हुन्छन्। यिनले खासमा भन्नु पर्दा यसो गर्दा हुन्छ कि उसो गर्दा हुन्छ भनेरै सर्वस्वहरण गरिसकेका हुन्छन्।

यी भए बाबाजीहरु, तर यिनको अस्तित्व कस्ले जोगाएको छ त? खासमा बाबाजीहरुको महत्व कस्ले बढाएको छ त? एउटा त्रिशुल तेसारेर ‘हम तुम्हे श्राप देङ्गे’ भन्दैमा तुरुक्क कस्ले मुत्या छ त? शिवजीको नाङ्गो रुप हो बर्जित नभएको, तर यी बाबाजीहरु (स्वघोषित शिवजी)को ताण्डवलाई किन चाहेर वा नचाहेर मान्यता दिइराखिएको छ त? धर्म सँस्कृतिको नाममा किन यो अराजकता मौलाउन दिइएको छ त? यी प्रश्नहरुको जवाफ सरोकारवालाहरुले खोज्ने हो, हाम्ले त बाबाको वरीपरी घुमेर तिनलाई ठुलो बनाइदिने जत्थाको बारेमा नि थोरै चर्चा गरौँ न भनेर लागेका छौँ।

भक्तहरु

भक्तजनहरु कस्ता हुन्छन् भने पशुपतिनाथको यात्रा गाँजा चाख्ने मेसो खालका धेरै हुन्छन्। पशुपति धाउने अधिकांस भक्तजनहरु मौसमी गँजडी, शिवरात्रीको दिनमा एकचोटी गाँजा खानै पर्छ भन्ने सोच भएका हुन्छन्। यिनलाई गाँजा बाह्र मासा नै पाइन्छ, शिवरात्री कुर्न पर्दैन भन्ने ज्ञान त हुन्छ, तर यिनलाइ गाँजा कोसित कहाँ किन्ने सुक्को ज्ञान हुँदैन। अनि यिनका व्यापारी भनेका तिनै बाबाहरु हुन्, खुद्रा पनि तिनै, होलसेलर पनि तिनै। यिनले बाबाजीहरुको कल्याण गर्देका हुन्छन्। यिनीहरु गाँजा नपाउन्जेल बाबाजीका वरीपरी माखा झैं भन्किदै बस्छन्, जब गाँजा पाउँछन् तब फुसफुसे तरिकाले तान्छन्। साँच्चै भन्नुपर्दा यिनलाई गाँजा तान्न पनि आउँदैन। मुखमा धुँवा राख्नासाथ फाल्छन् अनि म त झ्याप भनेर हल्ला गर्न थाल्छन्।

भक्तिनीहरु

ओहो भक्तिनीहरु ! यिनीहरु निराहार व्रत बसेर पशुपति जान्छन्। अब भगवानको दर्शन गर्न जाने भए त नक्कल पारेर जान नपर्ने हो, तर यी नयाँ सारी देखाउनै कै लागि पशुपती जान्छन्। साह्रै सती सावीत्रीहरु पनि हुन्छन्, जो भित्रभित्रै नाठो खेलाउँछन् तर पतिको उमेर बढाउन भनेर पशुपतिमा दूध चढाउन जान्छन्। अब कुन दूध चढाउँछन् भनेर १२ थरी ब्युरोले भन्दैन, पाठक आफै बुझ्झकी हुनुन्छ। अनि कतिपय विवाहित महिलाचाँहि बाबाजीको लिङ्ग हेर्न जाँदा र’छन्। अनि खडेबाबाहरुको लिङ्ग हेरेर कोही खुसीसाथ फर्किन्छन् भने कोही थोरै दु:खी साथ। खुसीसाथ फर्किने भक्तिनीहरुका पतिको आकार ति बाबाजीका भन्दा ठुलो हुन्छ, जो दु:खी हुन्छ मेरो बुढो त भङ्गेरे भो भन्दै फर्किन्छन्।

अन्त्यमा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !

(स्पस्टिकरण: यो पोस्टमा राखिएका तस्वीरहरु १२ थरी प्राविधिक ब्युरोका साथीहरुले दिन रात अथक मेहनत गरि एकदमै उत्कृष्ट एल्गोरिदम र ट्यागहरु प्रयोग प्रश्चात् गुगल सर्चबाट छानिएको हो। उक्त तस्वीरहरुमा हाम्रो अधिकार छैन। र, तस्वीरका धनीहरुसँग सम्पर्क हुन नसकेकोले उहाँहरुको अनुमती बिना नै प्रकाशित गरिएको छ। कसैले आपत्ति जनाएमा निकालिने छ )

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.