
भावना घिमिरे
१२ सत्ताइस बिशेष ब्युरो / नेपालका मिडियालाई त बाल छैन तर १२ थरीको खेलकूद ब्युरोले नेपाली क्रिकेटका बारे गरेको तथ्य विश्लेषणले क्यानकी चकलेटी सुन्दरी सिइओ भावना घिमिरे एन्फाका पुर्व अध्यक्ष गणेश थापा बन्ने खतरा बढ्दै गरेको देखिएको छ । १२ थरीको राजधानी काठमाडौंस्थित खेलकूद ब्युरोले नेपालको खेलकूद पत्रकारितामा कलम चलाइरहेका केही पत्रकार, क्रिकेट प्रशंसक र क्यानका पदाधिकारीहरुसँग गरेको कुराकानीबाट भावना घिमिरे गणेश थापा बन्ने खतरा देखिएको पुष्टि भएको छ।
चर्चा गरौं नेपाली क्रिकेटको सबैभन्दा पछिल्लो घटनाक्रमबाट। क्रिकेट फ्यानका लागि पछिल्लो समयको सबैभन्दा दु:ख दिएको समाचार हो, क्रिकेटको सर्वोच्च संस्था आइसीसीले नेपाल क्रिकेटलाई निलम्बनसम्म गर्न सक्ने गरि दिएको चेतावनी। र, त्यसको कारण- क्यानकी सुन्दरी सिईओ भावना घिमिरे। ठ्याक्कै एकजमानाका एन्फाका एकाधिकार अध्यक्ष गणेश थापाको दादागिरी अहिले यी क्रिकेटकी सिइओतिर सरेको छ। गणेश थापा फुटबलको सर्वोच्च संस्था फिफासँगको निकटताले फुटबलका तानशाह बने र नेपाली फुटबल कहाँ पुग्यो सबैलाई थाहा छ। अहिले क्रिकेटमा सिइओ घिमिरेले ठ्याक्कै थापाकै शैलीमा आइसीसीसँग निकट रहेर क्यानलाई घुमाउन थालेकी छिन्।
नेतृत्व बलियो भएन भने के हुन्छ भनेर बुझ्न क्यानलाई हेरे हुन्छ। क्यानको बोर्डले जागिरेका रुपमा नियुक्त गरिएकी एउटी सिइओले पुरै क्यानको बोर्डलाई चल्न नसक्ने बनाएकी छिन्। अनि ठ्याक्कै गणेश थापाकै शैलीमा यिनको पनि जयजयकार गाउने पत्रकारहरु पनि छन्। केही मिडियाहरु यसरी यिनको जयजयकार गाउछन कि मानौ भावना घिमिरे हैन यिनि “भगवान” घिमिरे हुन र यिनलाई धुप अगरबत्तिले पुज्नु पर्छ । यिनले पनि गणेश थापाकै शैलीमा खेलाडीलाई आफ्नो नजिक बनाएर राखेकी छिन्। नेपाली क्रिकेट टीमका पुर्व कप्तान विनोद दास क्यानको सिइओ बन्नुपर्छ भनेर केही फ्यानहरुले आवाज निकाल्न लागेका थिए, घिमिरेले विनोद दासलाई यसरी आफ्नो पकडमा पारिन् कि फ्यानले सम्म बुझेनन्।
विनोद दास राष्ट्रिय टीममा नपरेको धेरै भइसकेको थियो। उनी रिटायर हुन पनि चाहिरहेका थिए तर उनले आफ्नो बिदाइ ग्रान्ड होस् भन्ने चाहिरहेका थिए। भावना घिमिरेले विनोदमा मनोभावना बुझेर अष्ट्रेलियन क्रिकेटर फिलिप्स ह्युजको स्मृति म्याचमा एउटा टीमको कप्तान विनोदलाई बनाइन्। हजारौं दर्शक, आइसीसीका विकास प्रतिनिधि, अष्ट्रेलियन क्रिकेट बोर्ड, आफ्नी छोरी र श्रीमती, बाबुका अगाडि उनले आफ्नो अन्तिम खेल खेले। विनोदको बिदाई ग्रान्ड भयो। सबैले भावना घिमिरेको वाहवाही गरे। घिमिरेले सोचेर आफ्ना चाल चालेकी छिन्।
क्यानको सिइओ पदमा नियुक्ति पाएपछि यिनी क्यानको अफिस नै गइनन्। कतिसम्म भने परिक्षणकालको ६ महिना त यिनी क्यानको अफिस जाँदा समाचार हुने अवस्था आयो। तर उनका अन्तर्वार्ता छापिइरहे, क्यानको अफिसमा एउटा कम्प्युटर पनि छैन। जिम्मेवारी कसको हो? क्यानको व्यवस्थापन प्रमुख त यिनी नै थिइन् त। क्यानको बोर्डले ६ महिनापछि यिनको कार्यकाल नथप्ने प्रयास पनि गर्यो। तर सकेन। किनकी, यिनले राखेपका तत्कालिन सदस्य सचिव युवराज लामादेखि खेलकूद सचिवसम्म, कप्तान पारस खड्कादेखि फ्यानसम्म र एसिसीदेखि आइसीसीसम्मलाई आफ्नो पकडमा पारेकी थिइन्। बोर्डको केही सीप चलेन।
नत्र कसैले बताइदेओस्, क्यानको सिईओका रुपमा उनले घरेलु टुर्नामेन्टका लागि के के प्रयास गरिन्? जबकि यो जिम्मेवारी त उनको हो। बंगलादेशमा अन्तर्राष्ट्रिय म्याच हुँदा खेलाडीले जर्सी पाएनन् तरपनि यिनको आलोचना भएन। यिनले भनिन्, ‘पहिलाको व्यवस्थापन नै यति झूर थियो कि हामीले अनेक प्रयास गर्दा पनि सकेनौं। सिस्टम फेर्न समय त लागिहाल्छ नि।’ सबैले यिनले भनेको पत्याइरहे। केही पत्रकारहरु त यिनका बेतलबी सल्लाहकार नै थिए भन्नेसम्मको सूचना १२थरीले फेला पारेको छ। ती सल्लाहकारहरु खेलकुदका समाचार लेख्थे र लेख्छन् । केहि अनलाईनहरु यिनको क्लोजअप फोटो राखेर आफ्नो वेबसाईटको रुप निखार्न लागी परेका छन ।
यीनले आफूलाई नियुक्त गर्ने बोर्ड र त्यसका पदाधिकारीलाई जहिल्यै गाली गरिरहिन्, तिनीहरु भ्रष्ट रहेको बताइरहिन्। यिनी क्यानको बोर्ड बैठकमा कहिल्यै गइनन् भन्दा नि हुन्छ। कहिलेकाहीं जान्थिन्, आफ्ना कुरा राख्थिन् र हिँड्थिन्। अझ केही पदाधिकारी तथा पत्रकारका कुरा मान्ने हो भने त यिनी बैठकमा एकछिन बस्थिन्, चुपचाप। यिनीसँग न त एजेन्डा हुन्थे न त बोल्ने केही कुरा। अनि केही बेरमा चुपचाप निस्किन्थिन्। भोलिपल्ट समाचार आउँथे, ‘क्यान सिइओको योजना बोर्डले सुन्नै चाहेन।’ अरे हो बुडबक , योजना भए न सुन्ने हो।
यीनी बैठकमा जान आफ्ना एजेन्डा सुनाउन वा योजना प्रस्तुत गर्न हैन, बोर्डका कुरा बुझ्न जान्थिन्। बैठकबाट निस्केर सिधै आइसीसीलाई चुक्ली लगाउँथिन्। भनिन्छ, विनयराज पाण्डेपछि कुनै पनि क्यान अध्यक्षले एसीसी र आइसीसीसँग कुरै गर्न सकेनन्। उनीहरुसँग त्यो क्षमता नै थिएन। हो, त्यही कमजोर बोर्डको फाइदा लिइरहेकी छिन् यी क्रिकेट बुझ्दै नबुझ्ने सिइओ। उनलाई क्रिकेट नबुझ्ने किन भनिएको हो भने उनलाई क्रिकेटका बारेमा केही पनि थाहा नै थिएन। आजकाल अलिअलि बुझ्न थालिन् होला कि। छक्का , पन्जा त उनको प्रिय खेलनै भो क्यान कार्यलयमा । उनको एउटै मात्र काम भनेको नेपाली क्रिकेट बोर्डका कमजोरी एसीसी र आइसिसीसम्म पुर्याउनु र आफूबाहेक सबै असक्षम रहेको दाबी गरिरहनु। यीनलाई आइसीसीले अलि धेरै विश्वास गर्न थालेको फिलिप्स ह्युजको स्मृति खेल आयोजना पछि हो भन्छन् यिनका अबौतानीक सल्लाहकारहरु । अष्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्षलाई नेपाल ल्याउनु, आइसीसीका विकास प्रतनिधिसहित अष्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष र केही अष्ट्रेलियन खेलाडीलाई माउन्टेन फ्लाइट लानु पनि यिनलाई विश्वास गर्ने आधार भइदियो।
बिडम्बनाको कुरा के छ भने, फ्यानदेखि खेलाडीसम्म यिनको गुणगानमा मस्त छन्। बोर्डका पदाधिकारी र खेलकुद मन्त्रालयबीचको टक्करमा सिइओ बोर्डसँग हैन मन्त्रालयसँग उभिइन्। यिनले के भुलिन् भने यिनी आइसीसी वा एसिसीकी कर्मचारी हैनन्, नेपाली क्रिकेटकी कर्मचारी हुन्। नत्र खै त यिनले अहिलेसम्म नेपाली क्रिकेटको विकासका लागि के के काम गरिन्? घरेलु प्रतियोगिता खेलाइन्? त्यसको प्रायोजक फेला पारिन्? केही सिन्को नि भाँचेकी छैनन्। १२ थरी ब्युरोसँगको कुराकानीमा के पनि जानकारीमा आएको छ भने यिनले केही फ्यानहरुलाई क्यानका महत्वपूर्ण डकुमेन्ट पनि फोटोकपी गरेर उपलब्ध गराउँथिन्। फ्यानहरुलाई हातमा लिने यिनको यो अर्को चाल थियो। पछि ती फ्यानहरु कति काम लागेभने उनको कार्यकाल नथपिएमा मन्त्रालय घेराउदेखि सडकमा टायर बाल्नसम्म तम्सिने भए।
यो सबै चलिरहँदा घिमिरे दिनदिनै शक्तिशाली बन्दै गइरहेकी छिन्। १२ थरी ब्युरो नेपाली क्रिकेटमा गणेश थापाको जन्म नहोस् भन्ने चाहन्छ। भइ हालेछ भने पनि बालै छैन।
Nari diwas ko din ek abala nari lai ysari khedna hunxa?
LikeLike
हजुरहरुले यत्रो टिप्पणी लेख्दा, उनले पत्रकार कसरी परिचालन गर्छिन भन्ने कुराको ज्वलन्त उदाहरण दिन बिर्सनु भयो कि जस्तो लाग्यो। उदाहरणहरु दिएर लेख्नुभएको भए लेखलाइ मनगढन्ते भन्ने आधारहरु थोरै भए पनि कम हुन्थे।
LikeLike
fuck you man!! who wrote this shamful articel..
LikeLike
i know one rascal has designed this news
LikeLike
Tero nata pata CAN ma halnu paryo sale. hawa news lekhera hero huncas… jatho euto online site ko repoter mc…. fuck off
LikeLike
Bhrastachari pyakurel-chand samuha dwara prayojit lekh jasto lagyo! Afulepani ramrari kaam nagarne ani arulaipani kaam garna nadine yi bandar haruko naya propaganda! Antimma yi bhrastachari shyalharu afai marchan! Lol!
LikeLike
Yoz, 12thari does flip the other side of coin on mainstream news. It’s awesome, some blind followers ‘shout like shit’ though.
LikeLike
kun r*****o choro raicha yo website chalaune…..sala Ashok nath pyakurel, Diwakar Ghale ra Kiran Rana ko varautee hola …kati ko daru pani sponsor ma lekhis ????
LikeLike
Yesto betuk ko artical……Bhawanako kaam dekhi dadh le bhutukka bhako syal le yo bhanda badhi ke nai garna sakchha……..ye rajniti garne patrukar, timro sano swarthale kaam garne maanchhe lai garo hunchha bhanne sochne gara.
Bhawana lai galat prove garna euta kunai proof nabhai halla chaleko chha, kura suninchha jasto ghatiya logic dine???? Thuikka timro buddhi
LikeLike