प्रिय पाठकहरु,
१२ थरीलाई छोटो समयमै यहाँहरुले देखाउनुभएको माया र सदभावका लागि १२ थरी परिवार हार्दिक आभार व्यक्त गर्दछ। हामीले यो साइट शुरु गर्दा नै प्रतिबद्धता जाहेर गरेका थियौं कि हामी समाजमा देखिने विभिन्न प्रवृत्तिका विरुद्ध खरो उत्रिनेछौं। हाम्रो उद्देश्य समाजमा रहेका द्वेध चरित्रहरुको बंगारा झार्नु नै हो।
कुरा गर्दा विरहको गीत गाए जस्तो लाग्छ तर फ्याट्ट फेसबुकले हाम्रो साइटको लिंक ब्लक गर्दिएछ हेर्नुस्। बंगारा झारेकैले लिंक ब्लक भए जस्तो त लाग्दैन तर पनि भयो। काम गर्दै जाँदा कहाँ के गल्ती हुन्छ त्यसलाई सच्याउँदै र सिक्दै जाने प्रयास जारी छ। हाम्रो प्राविधिक टोली २ दिनदेखि यो समस्या समाधानको लागि फेसबुकको सपोर्ट सिस्टमसँग नियमित कम्युनिकेसन गरिरहेको छ। अब त्यो मुला फेसबुक पुरै अटो सिस्टमबाट चल्ने, हामी औंला सिस्टमबाट। याँनेर कुरो गडबड भैरा’छ।
यतिबेला १२ थरी टीममा राम्रै मनोरञ्जन पनि भैरहेको छ। सम्पादक तथा टिप्पणिकारहरु प्राविधिक टोली विरुद्ध मोर्चा कसेर बसेका छन्। प्रकाशक, सम्पादक र टिप्पणिकारहरु ‘पैसा कति चाहियो? मेनपावर कति चाहियो? भन तर यो समस्या चाँडो समाधान गर’ भनेर जुलुस गरिरहेका छन्।
हुनत हाम्ले फेसबुककै विरुद्ध युद्ध छेडेका थियौं, यो मुला फेसबुक काम लाग्ने कुरो हैन भनेर। फेसबुकले नि देखाइदियो पावर, लु लेख अब फेसबुक विरुद्ध भनेर। तर हामी गोर्खाली हौं र हामीले चाह्यौं भने फेसबुकलाई माफी मगाएर तुरुन्तै ब्लक खोलाउन सक्छौं भन्ने फेसबुकले बुझेको छैन होला। अहिले त्यसो गर्नु नपरोस् भनेर पनि कामना गरौं।
अब कुरो रह्यो, अब के हुन्छ भन्ने !
केही हुन्न। विरेन्द्रको वंश विनाश भयो, राज्य चल्यो। ज्ञानेन्द्रलाई हटाइयो, राज्य चल्यो। गिरिजा बिते र पनि काँग्रेस जिम्दै छ । हो, त्यसैगरी १२ थरी पनि चल्छ। फेसबुकसँग हात हालाहालको स्थिति नआओस् त्यत्ति हो। केही भएन भने हामीसँग अनेक विकल्प छन्, यो १२ थरी रोकिने कुरै छैन। नयाँ डोमेन लिनेदेखि फेसबुकको हेडक्वार्टर घेर्नेसम्मका काम हुनेछन्। हामी पाठकहरुलाई निराश पार्ने छैनौँ।
12 thari rocks!!! Kati hasnu!!
LikeLike