नेपालका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएपछि एकपछि अर्को घोषणा गरिरहेका छन्। प्रधानमन्त्री नहुँदै पनि आफ्ना भाषणमा उखान टुक्का जोडेर कमेडी गर्ने ओलीले प्रधानमन्त्री भएपछि त एकपछि अर्को धमाका दिइरहेका छन्। उता भिडियो साइट युट्युबका पश्चिम अमेरिकाका तर युकेमा बसोबास गरिरहेका एकजना १९ वर्षिय युवक छन्- मेक्सिम बडी नामबाट युट्युबमा च्यानल चलाउँछन्। उनलाई वयश्क कमेडियन भनिन्छ। इन्टरनेटमा भेटिने रमाइला, अनौठा, वाहियात यस्तै यस्तै अनेक भिडियोमा उनले कमेन्ट गर्छन्। उनको अंग्रेजी लवज र उनको अनुहारको हाउभाउका लागि उनी प्रख्यात मानिन्छन्। १२ थरीको अडियो भिडियो ब्युरोले प्रधानमन्त्री केपी ओलीका घोषणामा उनै चर्चित मेक्सिम बडीको प्रतिक्रिया मिलाएर एउटा भिडियो बनाएको छ।
यो भिडियोमा प्रधानमन्त्री हुनुअघि ओलीले गैंडाका बारे दिएको प्रवचनदेखि प्रधानमन्त्री भइसकेपछि गरेका भाषणको अंश समेटिएको छ। १२ थरी टीमले बनाएको यो भिडियो विशुद्ध मनोरन्जनका लागि हो। कसैले यसलाई प्रम ओलीमाथि अपमान गरेको ठान्छ भने १२ थरी टीम त्यसलाई बाल दिन चाहन्छ। ओलीके यी भाषण कुनै पनि कमेडी शोमा कमेडियनका पन्च लाइनभन्दा फरक छैनन्। प्रम ओलीले पछिल्लो समय बुधबार मात्र नेपालले चाइनालाई बिजुली बेच्ने घोषणा गरेका छन्।१२ थरी टीमले त्यो भाषणको भिडियो फेला नपारेकोले त्यो छुटेको छ।
उनले अहिलेसम्म गरेका घोषणाहरु:
- घरघरमा पाइपलाइनबाट ग्याँस वितरण
- १ वर्षमा लोडसेडिङको राम नाम सत्ते
- काठमाडौंमा बिजुलीबाट चढ्ने गाडी
- रेल्वे सेवा, प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डावाला पानी जहाज।
हेर्नुस् भिडियो-