दिपेन्द्र झा vs १२थरी पाठक


सेतोपाटीमा प्रकाशित दिपेन्द्र झाको लेखमा असहमती जनाउदै लेखीएको १२थरिका एक पाठकको लेख जस्ताको तस्तै प्रकाशित गरेका छौ ।  यस लेखमा ब्यक्त दुबै लेखको भावना प्रति १२थरी परिवारलाई  चासो छैन।  हामीलाइलाइ इमेलमा प्राप्त प्रश्नोत्तर शैलीको यो टिप्पणीलाइ साजसज्जा गर्ने काम हाम्रा प्रावीधिकले गरेका हुन। यो लेखलाइ हामीले कुनै पनि हिसाबले सम्पादन गरेका छैनौ। अक्षरस जस्ताको तस्तै प्रकाशित गरेका छौ।

हाकिम साहेबहरु, आफ्ना म्याडमलाई सूचित गरिदिनु होला – मधेशका चौधरी र यादव भाइहरुले अबदेखि बासमती चामल र माछा नपठाउने भए। त्यसैले, काठमाडौँमै पाइने भाटभटेनीको चामल र बानेश्वरको जिउँदो माछा खाने बानी बसाल्नु होला। बानी बेलैमा सुधारेको राम्रो, नत्र पछि गाह्रो हुन्छ। अब सरुवा-बढुवाका लागि मधेसी कर्मचारीले काठमाडौलाई कुत नर्तिने भए रे!

प्रिय झाजी , हजुरले काठमाण्डौ छोडन् नसके पनि मधेसीको नाममा “दम्भ ” त ठुलै छ  है ? अब हजुरले पहाडियाहरुले  “चाईना बाट ल्यार खाँउला” भन्लान भन्ने सोच्नु भए कम्तीमा म त्यो चाँही  त्यसो भन्दीन। बरु यो पाली काठमान्डौ को दानापानी बन्द गर्ने बेलामा नाका पुरै बन्द गर्दिनुहोला । राजमार्ग मुनीका घर घर मा पेट्रोल पम्प नहोस । त्यही ब्यपारले नयाँ नयाँ नेताहरू जन्मेर मधेसले पनि दुख पायो । यो पाली काठमाण्डौका शोषक सामन्ती पाहाडे बाहुनहरुको घुच्चुकमै हान्नुहोला । ताकी दुनियाले दूध र पानी छुट्याउन सकोस । धमिलो पानीमा बल्छी हान्ने काम धेरै भो ।

 

timthumb

निजामती सेवामा कार्यरत ८.४ प्रतिशत मधेसी कर्मचारीमध्ये ७.४८ प्रतिशत अर्थात् ९० प्रतिशतले आफ्नो मत मधेसी निजामती कर्मचारी संगठनलाई हालेछन्। कस्तो अभुतपूर्व एकता हो त! पूरै बथानले एकै ठाउँमा भोट हालेछ त!

हैन कर्मचारीहरुले गोप्य मतदान गरेका हुन हैनन  र ?

प्रायोजित सोचबाट ग्रसित केहीले पहाडिया विरुद्ध विष बमन गरेको भए पनि म कुनै पनि मधेसीले पहाडियालाई र कुनै पनि पहाडियालाई भोट गरेनन भन्ने मान्न सक्दिन । अझ भनौ तराई झरेर हेर्ने हो भने ठाडै त्यसो भन्न सकिन्न । समय क्रमले एकअर्का विरुद्ध तुष उमारी रहेको भए पनि मिलेरै बसेका छन् । मधेशीहरुको सिमापारी मात्र हैन महेन्द्र राजमार्ग मास्तिर पनि बिहेबारी चल्छ । त्यसैले तपाईँको तर्क तपाईसँगै राख्नुस तर मेरा प्रिय मधेसी कर्मचारी दाजुभाइलाई दिगभ्रमित नपारिदिनु होला ।

ल त्यसो हो अरे । के बिग्रियो त ? भनाई छ नि भेँडा भेँडासँग बाख्रा बाख्रासँग !

संसदीय निर्वाचनमा मधेसमा एउटा मात्र पार्टी भए अन्य दलको के हविगत हुने हो सजिलै कल्पना गर्न सकिन्छ। बल्ल थाहा हुन्छ जनादेश र मतादेशबीचको भिन्नता!

हा हा हा ! नहसाउनुहोस न झाजी ! यो असम्भव कुरा हो । धेरै नि पर्दैन राजेन्द्र महतो , उपेन्द्र यादवको पार्टीलाई मर्ज गर्दिनुस न ।

अब रहयो (मधेसमा एउटा मात्र )अभुतपुर्व एकताको कुरा ! त्यो त दोस्रो संविधानसभाको निर्वाचनमा देखीएकै हो । यसबारे थप भन्नु परेन । साच्ची , सदभावना पार्टी कति टुक्रा र किन भएको रे ? खैर , कम्युनिस्ट , काँग्रेसमा पनि यो समस्या छ ।

अब दलाल बिचौलियाको वैशाखी टेकेर मत र कुत पाउन सकिने दिन गए। मधेसी-थारुको भावना कहाँ पुगेको छ भनेर काठमाडौँले कल्पनासमेत गर्न सक्दैन। अरबबाट मधेसी युवाले सहिद परिवारलाई रियाल पठाउन थालेका छन्। डाक्टरहरु संगठित हुने कोशिस गर्दैछन्। इन्जिनियर, वकिल, शिक्षक लगायत सबै क्षेत्रमा सशक्त र अभुतपूर्व एकता मधेशी युवामा देखिएको छ। हरेक क्षेत्रमा नयाँ नेतृत्व आइसकेको छ। गहिरो गरी हेर्ने हो भने उक्त परिवर्तन स्पष्ट देख्न सकिन्छ।

हो नि । अब दलाल बिचौलियाहरुले महेन्द्र राजमार्ग मुन्तीरका सिधा सोझा मधेसी दाजुभाइको नाम बेचेर काठमाण्डौमा आलिसान बङ्ला , भारतीय बिश्वबिध्यालयमा छात्रबृती पाउने दिन गए । केहीलाई मधेसीको नाममा अझै केही गरुम्ला भन्ने होला । तर धेरैले केही पाउन सक्दैनन् ।

त्यसमा पनि अस्ति कलंकी ओर्लेर माइतीघर र बालुवाटारको टन्टलापुर घाममा घाँटी फुट्ने गरी चिच्याउँदा समेत काठमाडौँले चासो नदिएपछि मधेसको कम्ति चित्त दुखेको छैन। फेरि फर्केर मधेस झर्नुपर्यो भने अब उनीहरु फर्किनेवाला छैनन्, जेसुकै होस्।

महेन्द्र राजमार्ग मुन्तिरको भूभागलाई मात्र नेपाल ठान्ने त्यो तपाईँहरूको चित्तको म कुन शब्दले वर्णन गरुँ ? “….. उनीहरू फर्किनेवाला छैनन्, जेसुकै होस्। ” भन्नेर के भन्न खोज्नु भएको ?? शोषक सामन्तीहरुलाई यस्तो सोच आउन थालीसकेको छ । उनीहरूको सोचलाई बल नपुर्याउनुहोस्  ।

हुन त यसमा कतिले जानेर, कतिले नजानेर र कतिले रिस वा इखले मौनता साँधेका होलान्। सत्ताको उन्मादले सत्ताधारीले त बेवास्ता गरे होलान्, तर कुन दुलाभित्र छन् त काठमाडौँका बौद्धिक जमात? बोली नै फुट्दैन त गाँठे! अन्याय गर्नेभन्दा रमिते बनेर अन्याय हेर्ने बढी दोषी हुन्छ भन्थे, त्यही भएको होला। भन्नलाई त नाकाबन्दी भयो र मान्छे चिढिए भनिन्छ। त्यही भएर माग सम्बोधन भएन रे! लौ, यो कुरा पनि मान्यौं। तर अब त काठमाडौँ आएका छौं त! फेरि मधेस नै फर्काउने त? हुन त फर्किनलाई नाइट बसका टिकट पनि काटिसकेका छौं, चढ्न मात्र बाँकी छ।

हामीमा तपाईहरु प्रति कनै पूर्वाग्रह छैन । “जायज” माग लडेर लिनुहोस । सबैले समर्थन गर्छन् तर यसो गरिदा मधेसी र पहाडीको बिचमा फाटो बढाइ आफ्नो राजनीतिक भोट बैङ्क दह्रो  पार्न भएन ।

तपाईंलाई लाग्ला मधेस आन्दोलन गलाएरै समाप्त गर्न सकिन्छ। त्यसो हो भने किन त विश्वकै ‘उत्कृष्ट’ भनिएको संविधान कार्यान्वयन हुन नसकेको? संविधान घोषणापछि संसदले आफ्नै नियामावलीसमेत बनाउन सकेको छैन, कार्यान्वयनको कुरै छाडौं। लौ, त्यसमा पनि संविधानविद्ले यो संविधानअनुसार सरकार परिवर्तनै हुन सक्दैन भनेर ठोकुवा गरिदिए। लोकतन्त्रमा त्यस्तो पनि हुन्छ र? संसदीय व्यवस्थामा संसदले सरकार परिर्वतन गर्न नसक्ने कस्तो संविधान आएछ त!

अब हजुर सर्वोच्च अदालतमा अभ्यासरत अधिवक्ता । हजुर नै जान्नुस यी अदालति प्रक्रिया । मैले जानेको चाँही बिहे गरी पछे बच्चा जन्माउन त ९ महिना लाग्छ । यो ऐन , कानुन बन्ने कुराको पनि प्रकिया हुदो हो । हजुरहरु पो त  “खुल्ला साँढे ” हुनुभो । हजुरहरुको मुखारबिन्दबाट जे निस्कियो त्यसको माथि बहस बिचार बिमर्स गर्न पर्दैन । पहाडिया शोषक सामान्ती सासकहरुलाई कम्ता दबाब छ ? छिमेकीहरुले नाकै बन्द गर्दिन्छन ।

खैर, सरकार परिवर्तन गर्ने र मन्त्री पठाउने मधेसको एजेन्डा नै होइन ।  हाम्रा लागि जुन जोगी आए पनि कानै चिरेको। यसमा हामीलाई तनिक पनि भम्र छैन।

हो नि । त्यो त व्यवहारमै देखिएका छ । ४६ साल पछि बनेको सरकारमा कुनै पनि मधेसी मन्त्री नबनेको सरकारको नाम पो कता छ ? हजुरहरु जस्ता “थिङ्कट्याङ्क” हरूले जति नै ठुलो स्वरमा चिच्याए पनि सत्ता परिवर्तन हुने बेलामा हजुरका नेताहरूको पदलोलुपता बढी नै छर्लङ्गै हुन्छ । बरु मन्त्री नबन्ने गरी मधेसमा राजनीति गर्न हजुर नै अगाडी बढ्न पर्ला । कोही न कोही त उदाहरणिय देखिन परो नि । अब खोभारी  राय देखि रामजनम चौधरी सम्मका हरू मधेसमै राजनीति गरेर मन्त्री पड्काएका माननियहरु हुन भन्ने त सम्झाई रहन पर्दैन होला ।

अहिले कांग्रेसजनलाई हाम्रो माया लाग्न थालेको छ। संविधान बन्ने बेला कता हराएको थियो त्यो माया, हजुर? अब हाम्रो एजेन्डा भनेको त हामीलाई किन छाती र टाउकोमा लाग्ने गरी हत्या गरेको हो त्यसको हिसाबकिताब देऊ भन्ने हो। हत्या जुन पक्षले गरेको भए पनि तत्काल छानबिन गर र दोषीलाई कटघरामा ल्याऊ भन्ने हो। हाम्रो एजेन्डा त नेपाली राष्ट्रियताको परिभाषा फेर अनि धोती र टोपी दुवै अट्ने राष्ट्र बनाऊ भन्ने हो। नत्र अब सहेर बसिन्न। दोश्रो दर्जाको नागरिक कुनै हालतमा म मेरी छोरी आर्यलाई पुस्तान्तरण गर्न सक्दिन।

माथि हजुरले   “सरकार परिवर्तन गर्ने र मन्त्री पठाउने मधेसको एजेन्डा नै होइन  ” भन्नु भएको थियो । यहाँ हजुरले उठान गर्न खोज्नुभएको  ” (मधेश आन्दोलनमा ) हामीलाई किन छाती र टाउकोमा लाग्ने गरी हत्या गरेको हो  ” भन्ने कुरा चाही त्यही  सरकारका प्रधानमन्त्रीलाई भोट हाल्न जाने हजुरका नेताहरुलाई सोध्नु होला ।  हामी पनि जान्न चाहन्छौ । मौका नपाउदा सत्तोसराप गर्ने  मौका पाउने छाँट देखीने बित्तिकै  काँधमा बोक्ने ? के हो यो तरिका ??

आफैंले बनाएको संविधान कार्यान्वयनमा किन बेइमानी? हामीले रगत बगाएर संशोधनबाट पाएको समानुपातिक समावेशीको उपहास किन? राजदूत नियुक्तिमा दलित ५ प्रतिशत, जनजाति १०, खसआर्य ७६, मधेसी ५ र मुस्लिम ५ प्रतिशत किन? यही हो त संविधान कार्यान्वयनको तरिका? तपाईंहरु आफैंले गरेको संविधान संशोधन आफैंले उल्लंघन गर्ने? अब हामी जाने कहाँ, संविधानको व्याख्या र उल्लंघन निकाय रोक्ने सर्वोच्च अदालतका प्रधानन्यायधीशलाई कन्फर्म हुनबाट रोकेर राख्ने !

प्रिय झा जी ,  अलि पाल्सी कुरा गर्न भएन क्या । तपाईहरुलाई संविधान मान्य हो कि हैन ? मान्य हो भने  संसोधन मान्य हो  कि हैन ?  सन्सोधन मान्य हो भने  पदको भागबन्डा कसरि गर्न पर्ने हो ? ठ्याक्क पहाडे  १ भाग  र मधेशि १ भाग भनेर दुई भाग लगाउन पर्ने हो कि ?  मधेशी ,जानजाती , आदीवासी  र अन्य भनेर छुट्याउन पर्ने हो  ? मधेशी भनेर मात्र छुट्याए हुने हो कि झा , यादव ,  उराँव , साह भनेर पनि छुट्याउनु पर्ने हो ?

न्याय परिषदबाट सिफारिस भएका ११ जना न्यायाधीश पनि पेण्डुलममा छन्। सर्वोच्चका वकिल बेन्चभन्दा क्यान्टिनतिर भेटिन्छन्। के गरुन् विचराहरु, मुद्धाको पालै नै आउँदैन! २५ हजार मुद्दा फर्छ्यौट हुन बाँकी छन्। न्यायाधीश नियुक्तिमा समानुपातिक त के समावेशीसमेत भएन। जाने कता, जताततै हरिबिजोग छ।

प्रधान न्यायधिन नै “निमित्त ” मात्र हो क्यारे अरु को त  के कुरा गराई भो र ?

मानवअधिकार आयोगजस्तो संवैधानिक निकायका एकमात्र महिला, मधेसी, मुस्लिम सदस्यलाई प्रधानमन्त्रीज्यूले आफ्नो कार्यालयमै बोलाएर थर्काउनुहुन्छ।

यहाँको सोच मै सहमत हुन सकिन्न ।  अब प्रधानमन्त्रीलाई मावनअधिकार आयोगका एक सदस्यको कुरा चित्त बुझेन छ । उहाँले बोलाएर सोध्नु भो ।  कि नजानुपर्थ्यो गइसकेपछी  यो  प्रक्रियाम प्रधानमन्त्रीले सोधेकोमा नै ठुलो आपत्ती हो भने असहमती जनाउन सक्नुपर्थ्यो नि ।  हजुरले उल्लेख गर्नु भएको  एकमात्र महिला, मधेसी, मुस्लिम सदस्यलाई  प्रधानमन्त्रीको यो कदम प्रति असन्तुष्टी जनाउने थुप्रै बाटा थिए होला । उहाँ ए अबला भनेर  सबैले हेपेको भए पद छोडदिदा भो नि ? हजुरले यसै कुरालाई शब्दको राजनिति गरेर हुन्छ ?

बिचरा बबुरो रोबट पेनरलाई २४ घन्टे जंगे आदेशबाट डाँटा कटाँउदा वाक स्वतन्त्रतावालाको वाक्य निस्केन। २० वर्षे ठिटो इशान अधिकारीले सिंहदरबारको भितामा रंग पोतेर प्रहरी चौकीमा आमरण अनसन बस्दा हामी आहतसमेत हुन सकेनौं। अब बाँकी लज्जा के नै रह्यो र, हजुर? तै पनि हामी मौन छौँ। ठीक छ दस-पन्द्र वर्षपछाडि यो रहस्मय मौनताको पनि हिसाब होला!

अब मैले  रोबर्ट पेनरको बारेमा केही बोले भने  १२थरीले  यो  नि नछाप्देला भन्ने छ ।  साच्ची हजुरले यो लेख पढ्नु भो ?

मधेसतिर भनाइ छ ‘भैया स न जिते त भउजी खोछा फारे’ अर्थात दाइसँग नसक्नेले भाउजू चुट्छ। मोदीजीसँग रिस उठेको छ भने त्यो रिस उतै गएर पोखे हुने नि! अर्काको रिस हामी माथि किन? कमसेकम आभाष लाभको गीत त सम्झे हुन्छ नि! ‘इन्डीयनसँग अनुहार मिल्दैमा धोती र मर्स्या भन्न कहाँ पाइयो।’

यो भाउजु चुट्ने पहाडिया संस्कार हैन । धेरै टिप्पणी उचित नहोला ।  पहाडियाहरु भाउजुलाई आमा समान मान्छन ।  आमालाइ चुट्ने  कुराको कल्पना पनि गर्न सक्दैनन ।

यो देश यस्तै द्वन्द्व र गरिबीमा रहोस् भन्ने तपाईंको चाहना हो भने मलाई भन्नु केही छैन। हैन, देश बनाउने हो भने तपाईं र म मिल्नुको विकल्प छैन। अनुहार मन परे पनि नपरे पनि एकअर्काको अस्तित्व स्वीकार्नुको विकल्प छैन। भूगोल र इतिहासले फरक राष्ट्रियता भएकाहरुलाई एकैठाउँ जोडेपछि सम्मिश्रित नयाँ राष्ट्रियता निर्माणको विकल्प छैन।

प्रिय झा जी , मेरो पनि कुरा यही हो  यो देश यस्तै द्वन्द्व र गरिबीमा रहोस् भन्ने तपाईंको चाहना हो भने मलाई भन्नु केही छैन। हैन, देश बनाउने हो भने तपाईं र म मिल्नुको विकल्प छैन। अनुहार मन परे पनि नपरे पनि एकअर्काको अस्तित्व स्वीकार्नुको विकल्प छैन। भूगोल र इतिहासले फरक राष्ट्रियता भएकाहरुलाई एकैठाउँ जोडेपछि सम्मिश्रित नयाँ राष्ट्रियता निर्माणको विकल्प छैन।

साच्ची हजुर त वकिल मान्छे , अध्ययन त खुब गर्नु हुदो हो ।  “मेसो मिले” हजुरले   द्वन्दग्रस्त अफ्रिकन मुलुकका ईतिहास पढिदिए हुने ।  यदी  गर्ने नै बिचार गर्नु भो भने  ईरोटियाको ईतिहास नछुटाउनुहोला ।

हजुरलाई सेतोपाटीले र मलाई १२थरीले मौका दिएसम्म भेट्दै गरुम्ला । जय नेपाल !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.