हेल्लो साथीहरू। हेल्लो भन्नलाई हात लगेर कानमा जोडनुस्, फोन उठाएको एक्टिङ् गरे झैं। हो! ल ठिक छ। अब मुल मुद्दातिर लागम् है त। मुद्दातिर लाग्नु पहिला हल्का पृष्ठभूमि बनाउँ है त।

१२ थरी आएदेखि हजारौं किसिमका त नभनौं, तर बाइस-चौबीस थरीका बाह्रसत्ताइस कुराहरू मैदानमा आइसके। धेरै जसो टुइटर जगतको सेरोफेरोमा। कुनै इन्जिनियरको उछित्तो काढेर, कुनै डाक्टरको पर्दाफाश गरेर, लोग्नेस्वास्नीका गनगन, टुइटेको गन्थन- शायदै केही छुटेको होला १२ थरीले पेश गर्न बाँकी। तर होइन, एउटा शिर्षक अझै गोधुलीतिरै छ। कसैले छुन नसकेको टपिक यो हो। हतपत्त कसैले आँट गर्न नसक्ने टपिक (तब त म जस्तो साहसी मान्छेले आँट्या, तर छद्मनाममा)। कसैले लेखिहाले पनि ‘विषयवस्तु’ ले थाहा पाउलान् कि भन्ने डरले पन्ना च्यातेर चपाउँछन्, कि त ल्यापटप नै पानीमा फ्याल्छन्। हो, सही ठम्याउनु भयो- आजको शीर्षक हो बाह्र सत्ताइस टुइटेनी! नठम्याउनु पनि कसोरी, शीर्षक नै त्यही भएपछि, हैन त?
ल मिलेर बस्नुस्, अलि पछाडि सर्नुस्, आँखा च्यातेर पढ्नुस्।
त हाम्रो टुइटरमा १२-२७ थरीका टुइटेनी छन्। अझ भन्नु पर्दा त्योभन्दा पनि बढी नै होलान तर म मुद्दाभन्दा बाहिर जाने प्रवृतिको मान्छे परिनँ, तसर्थ १२-२७ मै सिमित रहन्छु। वहाँहरूको वर्णन म विस्तृत रूपमा गर्दै छु।
अजासु
यिनीहरू आफूलाई थाहा नभएको जस्तो लाग्ने केही कुरै छैन यो धरातलमा जस्तो गर्छन्। जगतको उत्पत्तिदेखि महिला हक अधिकारको बारेमा बोल्नै पर्छ। लोग्नेमान्छेले हुन्छ हाम्ले हुन्न? भनेर ८ बित्ता उफ्रिनमा स्वर्ण पदकै पाउँथे होलान् ओलम्पिकमा त्यस्तो विधा भएको भए। यीनीहरूको प्रिय शब्द मध्ये एक misogyny हो। बडबड गर्छन् गर्छन्, कसैले केही भनोस् त “तेरो बाउ misogynist तेरी महतारी तेरो सन्तान mysoginist” भनेर डाँको छाड्छन्। बोल्दा बोल्दा धोती, स्कर्ट, मिनीस्कर्ट, बख्खु केही फुस्केको पत्तो पाउँदैनन्, तर- बोल्न चाहिँ अवश्य बोल्छन्। यीनीहरू ग्रूपमा टुइटर-बिहार गर्छन्। एउटा अजासुलाई आपत परे अजासुहरूको लाईन नै लाग्छ। अँ, धेरै जसो अविवाहित वा बुढीकन्ने छन् र बोका दस्ता अच्छै पालेका हुन्छन्। हुनत पाल्न पर्दैन बोका जमात सँधै यसै तयार। दिमाग भन्या त्यस्तै हो, रूप चाहिँ अलिअलि हुन्छ कुनै कसैको। तर आफु जस्तो सही कोही छैन भन्नै भ्रमका पालक। बेलाबेला आउने हाप कट्टु र ढाडको फोटोले राम्रै प्रशंसकहरू बटुल्या हुन्छन्। केटाहरुलाई के छ र, मख्ख पार्न व्युटी विथ ब्रेन भन्दिहाल्छन्। भ्रमका शिकार, जसले जे भने पनि यिनैलाई भन्या भन्ठानेर इख पाली बस्छन्।
प्रेमचरी
आहार, विचार र विहार यिनीहरुका शौख हुन्। प्रेमिल कुरो गर्छन्, खाना-भोकका गाना गाउँछन्, किताब र कफीका शौखिन हुन्छन्। यो किसिमका टुइटेनीहरू खेलप्रेमी पनि हुन्छन्। (खेलप्रेमीभन्दा अन्यथा नबुझ्नुहोला, खेल नै बुझ्नुहोला) कसैसँग खासै बाझ्दैनन्, मस्तरामहरू आफ्नै मस्तीमा रमाउने किसिमका हुन्। तर बेलाबखत टुच्च जान्ने सुन्ने प्रवृत्ति देखापर्छ। अधिकांशले जानेकै हुन्छन्। यिनीहरुको बारेमा अर्को चर्चा नि हुन्छ, बाहिर म अरु जस्तो केटी हैन भन्ने तर भित्र डिएमा दर्जन बढी बोकाहरुलाई एउटै बेडरुम सेल्फी पठाएर मिसिङ्ग यु पनि हानेका घटना अगाडि आएका छन्। तर लेख्न मिल्दैन र पो।
अति विरल अत्यन्तै दुर्लभ सही टुइटेनी
सबका प्यारा, आँखामा राख्दा नी नबिझाउने। होलान् त यस्ता कोही? भए कमेन्टनुस् है हामी नी चिनम्। यिनीहरु एकदमै मिठो बोल्छन् २५ दिन, ५ दिन भो कुरा नगरुम् कोही बोल्दै बोल्दैनन्, कोही भने कहिले कुन नदुख्ने दबाइ त कहिले के कुरा गर्छन्। त्यो बेला भने आँखामा परेर बिझाउँछ कि भनी डरले पहिल्यै आँखा चिम्लिन पर्ने बनाउछन्। अँ, अनि यिनीहरुको बकलण्ठुको कुरालाई म हैन मेरो हर्मोन हो दोषी भनेर आफु चोख्खिन्छन्।
समातसेवी
हाहा। मलाई खुब टेस लाग्ने टुइटरे शब्द हो यो समातसेवी। त समातसेवी पुरूष टुइटे जस्तै हुन् यी नानी अाच्या नारी समातसेवीनीहरू। समातसेवा गर्ने एक मात्र उद्देश्य नै टुइटरमा चम्किन नै हो जस्तो लगाउँछन्। अलि अपाच्य भाषामा भन्नुपर्दा चालु ट्विटिनी भने पनि हुने हो, तर नारी भनेकी आमा हुन्, जननी हुन् भनेर त्यसरी फ्याट्ट चालु भनेर यो टिप्पणीकारले लेख्न आँट गरिन है 😉 पाठकहरुलाई भन्नै मन भए भन्नुस् के रे 😉
क्रान्तिकारी
क्रान्तिकारी टुइटेनीहरू र अजासुमा धेरै कुरो समान छ। तर यी क्रान्तिकारी टुइटेनीहरूको अंग्रेज़ी झनै तिख्खर हुन्छ भने रूप चाहिँ आफै बुझ्नुस्। गुरूप मैं हिंड्छन्, एउटाले कुरो शुरू गरे माहुरी झैं गोला पारेर शत्तुर घेराऊ गर्छन्। अनि त के चाहियो? व्हाट् डु यु मिनका मिन गरेर खान बस्न दिँदैनन्, अझै अनेक डाटा र फ्याक्ट गोजीबाट निकाल्दै उदाहरणका ठेली पल्टाउछन्। यिनीहरुसित कुरा गर्दा अर्को ट्याबमा गुगल खोलेर define: लेखेर बस्न पर्छ, एउटै ट्विटमा कम्तिमा आधा दर्जन define: गर्न पर्ने शब्द हुन्छन्। तपाइँ नेपालीमा मेन्सन गरिरहनुस् यिनीहरु अंग्रेजीमा जवाफ लेखिरहन्छन्। अनि अंग्रेजीमै हाम्रो मातृभाषा जोगाऊँ भनेर जार्गनसहित ट्विटिन्छन् बेलाबेला।
व्यापारी
हावा कता बग्या छ नापेर ठुला ठुला कुरा गर्छन् यीनीहरू। एकैछिन एउटाको बद्ख्वाँई गरिरहेकाहरू दुईछिन मै उसको पूजा गर्न धरी तत्पर देखिन्छन्। जसले जे भनोस् यीनलाई बाल। बस आफ्नो जोगियो। माल। माल यानी जोकर। आफु तल पर्न भएन, जसरी हुन्छ माथि पर्न पर्यो। अँ यिनीहरु आफुले जे बोले नि गिताका श्लोक हुन्छन्, अरुले केहि भन्यो भने डन्ट हिट मि अन्डर दी बेल्ट भन्न पनि पछि पर्दैनन्।
हिर्नी टुइटेनी
बुझिहाल्नुभो, सिनेमा, पत्रिका, टिभी कार्जेक्रम अादि बिकाउन आका। टिप्पणीकार भए पछि टिप्पणीकारको धर्म निभाउनु पर्छ यसरी हरेक बुदाँमा बुझिहाल्नु भयो नि भनेर पन्छिन पाइदैन। एक बट्टा फाउन्डेसन सकेर फोटोसेसन गरेका फोटो हाल्चन्, अन्बार टल्केर चिनिनसक्नुका हुन्छन्, तल लगाएको ड्रेस हेर्दा कुनै लोडसेडिङ्गले आइरन गर्न नपाएर खुम्चेका हुन्छन् भने, कुनै ड्रेसमा कतै कुनामा झिकेर नफलागेको प्राइस ट्यागले चिहाएर हेरको झर्लङ्ग देखिन्छ। फोटो खिचेसी कपडा मिलेन भनेर फिर्ता जो गर्नु छ।
कुण्ठित टुइटेनी
उहाँहरूको उत्पतिको कथा यसप्रकार छ: हुन त यिनीहरू टुइटे हुन्, टुइटेनी हैनन्। तर सानो हुँदा आमाहरूले छोरीको अति रहर गर्या भरमा ‘मेरी छोरी’ भनेर अति लाड गरेको हुनाले त्यही छाप दिमागमा बस्यो। ज्यान छोरो मान्छेको छ, मगज केटीको। तर समाजको डर छ। गर्ने के? धन्न केही दशक मैं फेसबुक टुइटरको अविष्कार भयो र यी पात्रहरूले आफ्नो भित्री इच्छा जाहेर गर्ने ठाउँ पाए। अनि शुरू भयो लुकेर केटीको तस्वीर हालेर केटा फसाउने काम। अोहो यिनीहरु केटासित यस्तरी बोल्छन् कि स्वयम् केटी पनि त्यसरी बोल्न १० चोटि सोच्छन्।
पवनकली टुइटेनी
यीनीहरू नीमा रूम्बाको गीत झैं हुरी बतास झैं आउँछन् अनि सबलाई उँडाई लान्छन् तर प्रेमको सागरमा हैन शब्दवाणको सागरमा। हावा गफ गर्छन्, जसलाई नि उडाउँछन्, जसको पनि खेदो खन्छन्। खेदो खन्दाखन्दा कहिलेकाहीं यिनीहरू अरूको खेदोको शिकार पनि हुन्छन्। अनि मलाइ यस्ले यस्तो भनो, त्यो मान्छे बेठिक रछ भन्दै रोएको नाटक पनि गर्छन्। यिनीहरुको एउटा स्लोगन हुने गर्छ: मैले गिज्याउन पाँउछु, तैले नि मलाइ गिज्याउन पाँउछस्, तर तैंले गिज्याउँदा “काली नेप्टी” भन्न पाउछस्, तर “चेप्टी झुसे” भन्न पाउदैनस् भन्छन्। रमाइलै हुन्छन्, मलाई रिस नउठाएसम्म।
डन टुइटेनी
आबुई। डर लाग्दा हुन्छन् यिनीहरू। बाहुबली नि हुन्छन् युपी बिहारका जस्तै। बोल्नै डर लाग्ने। तर्कका भण्डार, शब्द सँधै गुलज़ार। केटा वा केटी, सबैले कि आदर सम्मान गर्छन्, कि डराउँछन्। गाली गर्न ब्वाइजलाई नी पिछे छाड्ने लियाकत भएका। तर त्यही हो बेला बेला पितृसत्तात्मक सोच हावी भएको टुइटरमा अतिवादी खेमाको शिकार हुन्छन्। फेरि टिप्पणिकार बढी बोल्यो भन्नुन्छ होला तर नारीत्व त जागिहाल्छ के बेलाबेला, जस्तै डन भए नि 😉
र, अन्त्यमा,
गेस गर्नुस्
वहाँको बारेमा म के भनौं? स्वयं १००० जिब्रो भएका शेषनागले त वहाँको वर्णन गर्ने सामर्थ्य राख्दैनन् भने म तुच्छ प्राणीले के सकौंला? उहाँलाई जे मनलाग्छ गर्नु हुन्छ, जे मन लाग्छ भन्नुहुन्छ। हिजो सदर गर्या कुरो आज बदर गर्नु हुन्छ, आज सही लाग्या कुरोलाई भोलि झुट करार गर्नु हुन्छ। उहाँसँग साक्षात नेपालीहरूका आराध्यादेव पशुपतिनाथ महादेव शीवले त सक्दैनन् होलान हामी निमुखाले के सक्नु। ल नसक्ने नै भएर वहाँको वर्णन् इति।
बाह्र सत्ताईस टुइटेनी को बारे आज यति नै। केही नपुग भएको भए कमेन्टमा लेख्नुस् है, म त्यतै पढम्ला।