जम्ला हात गरें है सा’ब सा’बनीहरु ! हुन त अस्ति भरखर आफ्नी प्रियतमालाई कसरी खुसी राख्ने भनेर हल्का टिप्स दिएकै हो। तर महिलाहरु के चाहन्छन् भन्ने नबुझेरै होला, सृष्टिकर्ता ब्रम्हाले समेत आफ्नो लागि एक जना माते खोज्न नसकेका। भनिन्छ नि स्त्री चरित्रम् दैवो नजानोती मनुस्य कुतम्।: धेरै माया गरो, किन यति विघ्न चाकडी गर्या छ यसले भनेर संका गर्न थाल्छन्, वास्ता नगर्यो तँलाई त मेरो मतलबै छै, उही रातको एकछिनको रमझमको लागि चाहिने त हो नि भनेर ताना मार्न थाल्छन्। जति नै कर्म गरे पनि फल नफल्ने ठाम परो यो आइमाइलाई खुसी राख्ने भन्ने कुरो। अब यस्ता अप्ठ्यारो ठाममा आएका पिलो जस्ता गलफ्रेन/जीवनसंगिनी रिसाइहाले भने के गर्नि वा के नगर्नी भनेर हाम्रो पारिवारिक बीटका सदस्यहरुको घनिभुत छलफलबाट हामीले केहि रणनीतिहरु सार्वजनिक गर्दैछौं।
हुनत हामीले औंल्याएका सबै कारण र समाधानका सबै उपायहरु नै सर्बेसर्वा त होइनन, तर ह्वारह्वारी बलेको रिसको आगोलाई मत्थर पार्न केही पानी भने छम्किने छ भन्ने आशा हामीले लिएका छौं। हजुरहरुका पनि केही त्यस्ता टिप्स छन् भने तल कमेन्टमा शेयर गर्नुहोला। आखिर काम लाग्ने सबैलाई हो केरे। हामी बच्चाले यसो गरो उसो गरो भनेर बच्चाको डाक्टरकोमा जान्छम्, डाक्टरले हरेक केटाकेटी फरक हुन्छन् तर यसो गरेर हेर्नुस् न भनेर भन्छन्। हो, यो पार्टनरको जात पनि ठ्याक्कै त्यही हो। एउटा अचुक उपाय या ओखती हुँदैन त्यसैले विज्ञानले दिएको दबाइ र शास्त्रले दिएको दुवा झारफुक यान त्यान सबै गर्न पर्छ, निको त हुन्न, तर गरेको हो के रे भनेर मनले सन्तोक चाँहि मान्छ। यति पढिसकेपछि यो १२ थरीको टिप्पणीकार त श्रीमती पीडितै र’च, मेरी श्रीमती त त्यस्ती छैनन् भनेर नाक फुलाए पनि हुन्छ। आखिरमा घरमा तपाइँको हालत के हो भन्ने त हाम्लाई नि थाहै छ क्यारे।
झगडाको ओखती चार चम्चा पानी
खै कतिले पढ्नु भो कुन्नी, सानो छँदा पाठ्यक्रममा समावेश यो कथा ! हुन त उ बेला किन राख्या होला यस्तो पाठ, चार चम्चा पानी पनि कतै औषधी हुन सक्छ भनेर सोच्ने गरिन्थ्यो । तर ती लेखकले आफ्नो अनुभव र व्यापक अनुसन्धानपछि नै यो उपयोगी पाठ राखेका रैछन् भनेर बुझिँदैछ । अब प्यारीहरुसँग बोलेर जितिन्न भनेर त सबैले मनन गर्नु भएकै होला । साह्रै भयो भनेर छुस्स केही वचन फर्कायो, अनि त बोल्यो कि पोल्यो । यस्तो बिषम परिस्थितिमा जित्ने भनेकै चुप्पss ला’र हो । बस् सुन्नुहोला.. मोबाइल चलाउने, हाँस्ने जस्ता झन चिढ्याउने हर्कत गर्दै नगर्नुहोला। उनको मनको तुष फाल्न दिनुस्.. आनन्दित हुनेछिन् उनी। सुनेको जस्तो देखाउन हल्का टाउको भने हल्लाउन अनुमति छ है। तर नढाँटी भन्नु पर्दा बोले बोलेको कुराले डस्छन्, नबोले मेरो मतलब भए पो भनेर फेरी डस्छन्, सुख त केही गरे नि हुदैन, विद्यानष्ट, आम्माको पोई ढाँट्या हैन रामाराम।
सबसे ठूलो औषधी – समय
भन्छन् नि… जोइपोइको झगडा, परालको आगो। झगडा नपर्ने कसको घर छ र ? अलिअलि ठाकठुक पनि परेन भने त के नै रमाइलो भो र ? सबैको रिस मत्थर हुन बफरिङ ट्याम चाहिन्छ भन्ने त न्युटनको सिद्धान्त जत्तिकै प्रमाणित कुरो भैहाल्यो। त्यसैले केहि समय ( त्यो घन्टा पनि हुन सक्छ, दिन पनि हुन सक्छ है) यो कुरालाई यत्तिकै रहन दिंदा राम्रो। तर धेरै ढिलो चैं नहोस् नि। थोडि सि बेवफाइ भन्ने फिलिमको ‘हजार राहें मुड के देखी’ भन्ने गीत सुन्नु भएकै होला नि। तात्तातो खीर खान सकिन्न भनेर सेलाउन दिने हो, चिसो खीर पनि त उति मिठो कहाँ हुन्छ र ? तेसैले अलिक समयमा रिस शान्त भयो होला भन्ने लागे पनि युद्धबिराम घोषणा गरेर वार्तामा लाग्नुस्। यहाँ निर म के थप्न चाहन्छु भने, यसो शान्त भएसी बोल्न जानु हुन्छ, कतिखेर सेलाउली र फकाउली भन्दै कुरेर बस्या थिइस् हैन भनेर उल्टो झम्टेनन् भने भन्नोला, यी आइमाइको जात सित सकिन्न।
सरी
धन्न भाषाशास्त्रीले यो शब्दको आविष्कार गरेकै हुन् बा। संसारका अनगिन्ती सम्बन्ध बचाउने यो शब्दलाई संजीवनी बुटी नै घोषणा गरे पनि हुन्छ। आफ्नो गल्तीको आत्मालोचना गर्नुस्, आफुलाई सेल्फिस्, स्टुपिड, इडियट, पागल जे जे उपमा दिने हो दिनुस्, तर याचनाको सुरुमा पनि र अन्त्यमा पनि यो फुर्को जोड्न नछाड्नुस्। दुवै आगो हुने हो भने डढेलो कहिल्यै निभ्दैन। एक जना पानी हुनुस्। श्रीमतीजी पानी हुने त सपना भैगयो त्यसैले उनलाई आगो नै रहन दिनुस् त तपाइँ पानी बन्नुस्। अझ आफ्नो गल्तिको कारणले म कति “पानी पानी भाको छु” भन्ने कुरो आफ्नो पार्टरनलाई महशुस गराउनुस्। “अनि मेरो आत्मसम्मान नि…. ??” यसो भनेर आँडे पल्टिन चैं कत्ति नखोज्नुहोला। यो अहंले तँपाइको मनमा डेरा जमायो भने चैं तँपाइ र तँपाइको सम्बन्धलाई इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैनन् । यो पनि ट्राइ गरेर हेरे हुन्छ, यदि हजुरको गल्ती नभई माफी माग्नु भयो भने ए मलाइ बिचरी सम्झेको, हैन के ठानेको भनेर उफ्रिन नि सक्छन्, ति नि मान्छे हुन नि, तिन्लाइ राम्रोसित था’ह हुन्छ आफु गलत छु भन्ने। त्यही पनि आफुले स्वीकार्दैनन्, हामीलाई स्वीकार्न नि दिन्नन।
पान्डोराको बाकस – मोबाइल
स्याला…. यो मोबाइल भएर जति सजिलो सम्बन्ध स्थापित गर्न भाको छ, त्यति नै घाँडो भाको छ, यसले पार्ने झगडाको कारणले। यसो साथीहरुसँग रमाइलो गर्न बसुम्….फोन र एसएमएसका ताँति । फोन उठाम् जाँड खाने ठाम, चाहे त्यो फाइब स्टारको बार होस् वा गल्लीको भट्टी… होहल्ला भैहाल्छ.. आज पनि कुकुरको मुत धोक्न गइस् है भनेर फोनमै सातो खान्छन्। नउठाम्, कुनै चैं सँग नारिएर बस्या होला मुर्दार मेरो फोन किन उठाउँत्यो भनेर पाप सोच्न भ्याइहाल्छन् । यसो दुई पेग लार आएपछि हल्का च्याटाच्याट गरो.. कुन दिन छड्केमा परिने हो था छैन। कमिना साथीहरुले नानाभाँति जोक, हल्का एडल्ट किसिमका फोटा र राम्रा मोडेलका फोटा पठाम्चन्, मन थाम्न सकिन्न हेर्यो.. कताकताबाट गएर ग्यालरीमा सेभ भएर बस्दारचन्। तेसैले सकेसम्म आफ्नो मोबाइल कसैलाई नदिनुस्। दिनै परे पनि आफ्नो गोपनियताको राम्रो ख्याल गर्नुस् मलाई पनि यी सारा तनावले बरु नोकियाको ११०० चलाउन मन नलागेको कहाँ होर… तर कैलेकैले फेसबुक/ट्विटर चलाउन मन लाग्छ र पो। अँ फोन लक गरेर राखे के लुकायो भनेर सन्किन्छन्, लक नगरी राख्यो भने मेट्यो होला नि उस्का छडुलीहरु भनेर बम्किन्छन्, तर बम्किन त यिनलाई केही गरे नि रोक्न सकिन्नँ।
बुडाबुढीको केस… भ्वाइस भन्दा टेक्स्ट नै बेस
माथि नै भनिसकियो, यस्ता ठाकठुकमा जति बोल्यो उति गल्ती हुन्छन्। तेसैले जति कम बोल्यो उति बेस। अब मतलबै नगरेर बसौं, गल्फ्रेन डम्प गरेर हिन्देली, बुढी माइत हिन्देली ! त्यसो त गर्न भएन। यस्तो बेलामा एसएमएस सहि काम लाग्ने एक अनुसन्धानले देखाएको छ। सकेसम्म पोलाइट भएर मेसेज लेख्नुहोला। हा हा .. मलाइ हाँसो लाग्छ के, एकदमै डिप्लोम्याटिक तबरले डिल गरियो भने आफ्नो ठान्या भए पो मन मुटु खोल्छ भन्छन्, मनमुटु खोल्नुस् त्यसपछि अर्को डाइलक आम्छ।
बाहिर कतै जानुस्, मनपेट माझ्नुस्
सम्बन्धमा असमझदारी आउने, ग्याप पैदा हुने मुख्य कारण भनेकै संवादहीनता हो। अरे यार.. बुढीलाई पनि कैलेकाहिं कलेज ताका केटीलाई डेटमा इन्भाइट गर्या तालले इन्भाइट गर्नुस्। अलि अलि रोमान्टिक हुन पर्छ है। बेला बेलामा त मेलोड्रामाटिक नै भए नि केही बिग्रन्नँ। यस्तो निमन्त्रणा दिन पनि नयाँ नयाँ प्रयोग गर्नुस्। साँझ पख कतै राम्रो रेष्टुरेन्टमा खाना खान जानुस्। मापसे को टेन्सन छैन र उनलाई पनि चल्छ भने आआफ्नो इच्छा अनुसार एक दुई पेग/गिलास वाइन टुँइक्याइदिनुस्। अनि बल्ल खुल्छ भेद – तैँले यसो गऱ्या भएर म रिसाकि हुम् भन्ने। मौका पाउनु भो भने हजुरले पनि टुच्च आफ्नो असन्तुष्टि भन्नुस्। जति छिटो रिसाउँछन् नि महिलाहरु… कुरो मिल्यो भने त्योभन्दा निकै कम समयमै फुरुङङ पर्छन्। अनि त साँझ घर फर्के पछि त के चाहियो र …..
र, अन्त्यमा हाम्रा एक टिप्पणिकारको टिप्पणि- उनकी श्रीमतीले उनलाई कति कँज्याएर राखेकि छिन् त थाहा छैन तर १२ थरीको समाचार कक्षमा उनले आफूलाई असनको साँढे हुँ भन्छन्। श्रीमतीलाई कसरी तह लगाउने भन्नेबारे उनको टिप्पणि उनकै शब्दमा:
म के भन्न चाहन्छु भने यो आइमाइको जात पोइको अघि मात्र हो ढस्सा देखाउने, बाहिर त चन्द्रावती बनेर फिस्स बत्तिसा देखाएर हाँस्या हुन्छन्। यिनको उत्पत्ति नै हँसिलो पोइलाई धरधरी रुवाउन भएको हो। तिनले बेलाबेला फलानीको पोइ यस्तो भनेर उदारण दिन्छन् तर, हाम्ले फलानोकी स्वास्नी यस्ती भनुम् त , जा न त त्यसैसित भनेर बम्किन्छन्। आइमाइलाई औला दिए डुँडुलो निल्छन्। त्यसैले हाम्रा सल्लाहकार साथी भन्नु हुन्छ, आइमाइसित झुकेर हैन- नबोलेर हैन- माफी मागेर हैन- जबसम्म ती आफै ठाममा आउँदैनन् तबसम्म घुरेर हेर्न पर्छ। घुरी घुरी तिन्लाई गलाउन पर्छ। तर्क गर्ने मनपेट माझ्ने बोल्ने घुम्ने हैन, जबसम्म ठाममा आउँदैनन्, घुरेको घुरै गर्ने हो। किन घुरिस् भनेर सन्के भने झन डेन्जर घुरेर हेर्न पर्च, आखाँका आँखीभौ उचालेर। माइत जान्छु भनि भने टिकेस काटेर बस चढाइदिन पर्छ। मर्छु भनि भने बिष किनेर टेबलमा ल्याएर राख्नपर्छ। जे गर्छु भन्छे त्यो गर्ने बातावरण बनाइदिन पर्छ, पतिको धर्म निभाउन पर्छ, तर हेर्न चाँहि घुरेर हेर्न पर्छ, अनि आफै तह लाग्छन्। ठिड्कामा बाँधेर राख्ने जातलाई माया र स्वतन्तत्रा पच्दैन त्यसैले दबाएरै तह लगाउन पर्छ।