पिसिआर नेगेटिभ: पत्रकार विशेषाधिकार


साँच्चैभन्दा यो ब्लग लेख्न मन थिएन। केही ट्विटर प्रयोगकर्ताहरुले , केही पत्रकारहरुले अनि केही पूर्व पत्रकारहरुले यसबारे फाट्टफुट्ट ट्विट लेखेको त देखिएकै छ। ‘ब्लग लेख्न मन थिएन’ भनेर लेख शुरु गरेपछि त्यसको कारण पनि दिऊँ होला। यसको एउटै कारण हो, पत्रकारसँग पङ्गा लिन मन नलाग्ने कारण। नेपालका पत्रकार पत्रकारहरुकै भाषामा र व्यवहारमा ‘विज्ञ’ त हुन् नै त्यसमाथि ती विशेषअधिकारप्राप्त ‘मानव’ पनि हुन्। ती तपाइँ हामीजस्ता सामान्य ‘जनता’ हैनन् र सामान्य मानव हैनन्। ती दुईवटा कोटभित्र पर्ने ‘मानव’ हुन्।

अब लेखको बिषय- यतिबेला नेपालका पत्रकारहरुले आफूले कोरोना संक्रमण भएको वा नभएको जानकारी पाउन पिसिआर परीक्षण गर्न स्वाब संकलन गराउँदै गरेका फोटा मात्र हैन पिसिआएर नेगेटिभ देखिएका रिपोर्ट पनि सगौरव सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन्। यस्तो लाग्छ, उनीहरुले कोेरोनाविरुद्धको भ्याक्सिन लगाए। पिसिआर परीक्षणको रिपोर्ट र भ्याक्सिनमा फरक छ भन्ने यी ‘विज्ञ’लाई थाहा छैन जस्तो छ। नत्र नेगेटिभ रिपोर्टको प्रमाणपत्र गौरवपूर्वक फेसबुक ट्विटरमा सार्वजनिक नगर्नुपर्ने हो।

Continue reading

हामी यस्तै त हो नि ब्रो: कोरोनाका नाममा १२ सत्ताइस् आतङ्क


नेपालीहरु संसारकै बहादुर, मायालु, दयालु, नरम स्वभाव, सहयोगी ह्यान त्यान भन्दै बर्षौंदेखि सुन्दै रट्दै आइयो। तर नेपालीका बारे कुरा गर्दा व्यवसायका नाममा, स्वयम्‌सेवी संस्था खोलेर वा अनेक नाममा ठग्ने, रक्सी पिएर होहल्ला गर्ने, जथाभावी फोहोर गर्दै हिँड्ने भन्ने परिचय चाहिँ लुकेको लुक्यै। समयलाई पर्खिन सक्नुपर्छ, सबको असलियत बाहिर आउँछ एकदिन भन्थे। हो रै’छ। यसपाली कोरोना भाइरसले नेपालीको असली परिचय देखाइदिएको छ। यो लेखमा कोरोनाको संक्रमण बढेसँगै विभिन्न ठाउँका स्थानीय सरकारले जारी गरेका सूचना र निर्देशनलाई यहाँ राख्ने जमर्को गरिएको छ। यसबारे लामो लेख्नु जरुरी पनि हुँदैन। सूचनाले नै सबै कुरा बोल्छन्। यस्ता धेरै सूचना, निर्देशन, विज्ञप्तिहरु होलान् जसले मानवियताको खिल्ली उँडाएका छन्। तर हामीले सामाजिक सञ्जालमा धेरै समय दिन नपाएर त्यस्ता धेरै सूचना संकलन गर्न नसकेका पनि हौंला। यहाँ जति भेटिएका र हालिएका छन्, तिनले हामीलाई मानव भएकोमा नै लज्जाबोध गराउने प्रकारका छन्।

Continue reading

लेखक र सम्पादकका १२ सत्ताइस् टिप्पणि


१२ थरीको १२ सत्ताइस् टिप्पणिमा तपाइँहरुलाई हार्दिक स्वागत छ। संसारभरी कोरोनाले कहर मच्चाइरहँदा पनि १२ थरीका स्तम्भकारहरुलाई फुर्सद भएको छैन। पाठकहरुलाई लामो समय केही खुराक दिन नपाएकोमा टीम १२ थरी क्षमायाचना गर्दैन। किनकि, १२ थरी एउटा रहर हो। यसमा संलग्न सदस्यहरुको रहर। भलै यसमा कोही वाध्यताले पनि बसेका छन्। तिनीहरु न त यसमा छापिएका लेख नै पढ्छन् न त एक अक्षर लेख्छन्, तैपनि छोडेर जान सकेका छैनन्। बरु बेलाबेला सबै सदस्यलाई बन्द गर्दिम् यो मु* साइट भनेर उकास्ने काम भने गर्छन्। खैर, यहाँ १२ थरीका सदस्यका बारे लेखिन लागेको होइन। त्यसैले यो बिषय अरु कुनै दिनका लागि साँचेर अहिलेलाई लेखको विषयमा लागौं।

फोटो: भेक्टरस्टक

तपाइँ सामाजिक सञ्जालको एउटा प्लेटफर्म ट्विटरमा हुनुहुन्छ भने एउटा विषयले टाइमलाइन तताएको देखिन्छ। हुनत ट्विटरको टाइमलाइनमा प्राय: सत्ता र विपक्षीका वानरसेनाहरु लडिरहेका देखिन्छन्। यिनलाई न त बिषयको अभाव न त समयको। केही नपाए चिहान उधिनेर चिहानमा भेटिएको हड्डी समातेर त्यही हड्डी चुस्दै लडेका देखिन्छन्। यो बिषयलाई पनि चटक्कै छोडेर आजको बिषयमा लागौं। आजको बिषय छ, नेपालका ‘छोटेमोटे’ सबै लेखकहरुको साझा चौतारी सेतोपाटी अनलाइनका सम्पादक टीम र त्यसमा टिप्पणि लेखेका एक लेखक बीचको विवादका बारे।

Continue reading

चाहियो


स्थापनाको छोटो समयमै हामीले हजारौं पाठकहरुको माया पाएका छौं। हामीले आफुलाई व्यक्तिमा हैन एउटा विचारमा बाँधेका छौं। यो आँधीको विचार हो- एक मात्र लक्ष्य- समाजमा रहेका द्वैध प्रवृत्तिविरुद्धको प्रहार। हामीले थोरै समयमै धेरैका बंगारा झार्न सफल भएको ठानेका छौं तर यो त सुरुवात मात्रै हो।

यी विभिन्न प्रवृत्तिको बंगारा झार्ने क्रममा हामीलाई केही बंगारा झार्न सक्ने हिम्मतिला मान्छेको आवश्यकता परेको छ।

Continue reading

के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?


नेपाली प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल वेबसाईटहरुमा मध्ये ट्वीटर जबदेखि चर्चामा आयो, यिनका नेपाली प्रयोगकर्ताहरुलाई शुरुवातदेखि नै असहिष्णु, छुच्चा, असभ्य, हुँडार, ट्रोल भनियो । जबदेखि केही ‘ठूला राजनीतिज्ञ’हरु सामाजिक सञ्जालमा जोडिए र उनीहरुका ट्विट वा फेसबुक स्टाटस मुलधारे पत्रिकाका समाचार बन्न थाले त्यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ह्वात्तै बढे। ट्विटरको सेरोफेरोमा नेपाली ब्रोडसिट दैनिकहरुले यसको बारेमा लेख्न थालेपछि यसका प्रयोगकर्ताहरु क्रमश: बढ्न थालेको देखिन्छ। अझ बाबुराम भट्टराई ट्वीटरमा रहेको समाचार छापिएपछि ह्वात्तै ठुलो मात्रामा नेपाली प्रयोगकर्ताहरुले ट्वीटर खाता खोलेको देखिन्छ । त्यसमाथि टेलिकम सेवा प्रदायक एनसेलले ‘ट्विटर जिरो’ शुरु गरेपछि त अर्को फड्को नै मार्‍यो।

विश्वभरी नै नयाँ मिडियाको बिस्तारसँगै पत्रिकामा आफ्ना विचार र भनाइ लाद्नेहरुमाथि त यसले धावा नै बोल्यो। सूचनाको व्यापकता, शक्तिमा बसेकाहरुलाई प्रश्न गर्नेदेखि पदमा बसेकाहरुको जवाफदेहिता यही प्लेटफर्ममार्फत जवाफ खोज्न थालियो। यसले जो जो आफूलाई विचार निर्माणका अगुवा ठान्थे, तिनीहरुमाथिको एकाधिकार सामाजिक सञ्जालले खोस्यो। हरेक मान्छे बोल्न थाले, आफ्ना विचार व्यक्त गर्न थाले। जवाफदेहिता खोज्न थाले। त्यसले पहिलेदेखि नै उपल्लो तहमा रहेकाहरुलाई छटपटिमा पार्‍यो।

Continue reading