जहाँ पुग्दैनन कवि, त्यहाँ पुग्छन् रवी


नमस्कार पाठकवृन्दहरु ..!

आजभोलि जताततै रबीको चर्चा छाएको छ। रबीको नामको बर्षा भएको छ । घनघोर बर्षा भएपछि हामी नाथेलाइ पनि त्यसका बाछिटोले नछुने त कुरै भएन। हो, हामी कुरा गर्दैछौं नयाँ नेपालका जिता जागता भगवान श्री श्री १००८ रवी लामिछानेज्यूको बारेमा।

सिधै विषय प्रवेश गर्न खोज्दा हामी कता ओझेल परेका थियौं  भनेर त भन्नै बिर्सेको। त्यही त हो नि सरहरु म्याडेमहरु, १२ थरीमा न विज्ञापन छ न त क्लिकबेट नै। पापी पेट पाल्नै परो, त्यसको लागि घण्टा हान्नै परो । झन बर्सौंते पारामा परिवारमा सदस्य थप्दैमा फुर्सद छैन। केटकेटी भएसी तिनको गु-मुत पनि स्याहार्नै परो, धरालो पनि लाग्नै परो। बेलाबेलामा चारो पनि खुवाउनै पर्‍यो।  बहुतै गाह्रो छ सरहरु म्याडेमहरु बहुतै गाह्रो छ। कुन बेला हग्छन र सफा गर्ने भनेर कुरेर बस्दैमा दिन बितेको पत्तै हुदैन। यता छिर्ने मौका नै नमिल्ने। यति लेखिसकेपछि यो लेखक पनि घण्टै नै र’छ भन्ने त अनुमान लाइसक्नु भो होला केरे ।

Continue reading

हामी महापुरुष !!


नमस्कार।

यो लेख केही पहिले लेखिएको म मर्दको सेरोफेरोमा नै रहेर लेखिएको हो। यसमा नयाँ कुरा केहीपनि छैन। त्यही हाम्रो सेरोफेरोमा रहेका मर्दहरु कसरी महापुरुष बन्दछन् भनेर व्याख्या गरिएको छ। म मर्दमा एउटा मर्दको दिनचर्या बर्णन गरिएको थियो भने यो लेखमा त्यही मर्द कसरी महापुरुष बनेको छ भनेर लेखिएको छ। अनि यो क्रम नरोकिएमा त्यो महापुरुष भोलि गएर युगपुरुष बन्ने ल्याकत राख्दछ भनेर पनि भन्न खोजिएको छ।

धेरै भयो केही लेखौँलेखौँ जस्तो लागेको। तर कहिले समय नमिल्ने, कहिले आफैँले समातेको बिषय उति टेसिलो नलाग्ने। ती यावत कारणहरुले गर्दा मैले लेख्न शुरु गरेका कैयौँ लेखहरु गर्भमा नै तुहिएर गए। मैले लेख्न छोडेदेखि कैँयौँ बिषयहरु सतहमा आए, तर कुनै पनि बिषयको गहिराइमा पुग्न आँट आएन। आज एकाबिहानै एउटा भिडियो हेर्न पुगेँ, जहाँ एउटी महिलाले कसरी पाइला पाइलामा प्रताडित हुनु परेको छ भन्ने बिषयमा बोलिएको रहेछ। त्यो भिडियो हेरिसक्दा आँखाहरु नरसाइ रहन सकेनन्। म आफूलाई नै केही हदसम्मको ढोँगी हुँ भन्न चाहन्छु। तर मैले लेख्न छोड्नुमा मभन्दा ४ कदम अगाडिका ढोँगी हात छ भनेर भन्न कत्तिपनि हिच्किचाउन्न्। हेर्नुस्, म लिङ्गले पुरुष भएपनि मलाइ यो पुरुष जात फिटिक्कै मन पर्दैन। हामी पुरुषको एउटा शैलीले त मलाइ घुटन नै हुन्छ। हामी पुरुष कस्ता छौँ भने नि, मुक्त कण्ठले खुल्लामन्चमा महिलालाई इज्जत गर्छौँ, अनि बन्द कोठामा तिनै महिलाको इज्जतलाई कुल्चिन्छौँ, कोपर्छौँ, लुछर्छौं, चिथोर्छौँ।

आउनुस् आज त्यस्तै महापुरुषहरुको नालीबेली बिस्तारमा सुनौँ।

Continue reading

म *जी मर्द


अब शिर्षकमा नै तारो राखेर लेखेर शुरु गरेपछि अब लेख कस्तो होला भनेर त सोच्नै पर्दैन होला नि है। लेख नि के भन्नु, आलेख नि के भन्नु, टिप्पणी नि के भन्नु, खासमा यसलाई मेरो आफ्नै मर्दाङ्गीको महिमा गान भनेर भन्दा हुन्छ। हजुरहरुले यस्तो मुजी नि मर्द हुन्छन भन्नुभयो भने मेरालागि हजुर जति नजाति अरु कोही हुन्न। उस्तै परे मैले हजुरलाई उ गर्दिन बेर लाउदिनँ। सबैभन्दा पहिला म कसरी मर्द हुँ भनेर भन्न चाहन्छु।

म बिहान माइक्रो चढेर अफिस जान्छु। माइक्रो चढ्ने बेला त्यो माइक्रोमा युवती, महिला छन् कि छैनन् हेर्छु; छन् भने चढ्छु, छैनन् भने चढ्दिनँ। माइक्रोमा चढेपछि सबैभन्दा पहिला त्यहाँ भएकी पोटिली खोज्छु र उस्को नजिकमा पुग्छु। अनि बाँकी काम माईक्रोले गर्दिहाल्छ। मेरो मर्दाङ्गी उस्को शरीरमा टाँसिने गरी उभिन्छु, हल्लाउने घर्षण गराउने काम त माइक्रोले गर्दिहाल्छ। यसमा मलाई कुनै युवती वा महिलाले आँखा तरे ‘ए भाइ, बाटो हेरेर चलाउन’ भनेर उस्तै परे माइक्रो चालकलाई गाली गर्न पनि भ्याउँछु तर मनमनै भनिरहेको हुन्छु, ‘खाल्डो खाल्डो खोजेर माइक्रो कुदा मुला।’ बेलाबेला यसो झक्काल झुक्कलमा हात कहिले नितम्ब तिर त कहिले छाती तिर लम्काउँछु। बाटोलाई दोष दिदै मेरो मर्दाङ्गीको दुनो सोझ्याउँछु। यस्तो खुबिवान मान्छे भएसी म मर्द भइनँ त?

Continue reading

भोट चैं रुखमा, नत्र भेटलाऊ मुखमा 🌳


जय नेपाल साथीहरु !  फेरी घुम्दै फिर्दै हाम्रो टोल समाजमा चुनाव आइपुगेको छ। १२ थरीमा यसअघि एमालेलाई भोट किन दिने भन्नेबारे हाम्रा प्राविधिक प्रमुखले स्पष्ट कारण दिएका थिए। चुनावका मुखाँ यसरी एउटा मात्र पार्टीलाई भोट माग्नु ठीक नभएको निष्कर्ष सहित हामीले नेपाली कांग्रेसलाई पनि भोट माग्ने विचार गरेका छौं। हुनत यसअघि पनि भोट केमा दिने भनेर एउटा लामो लेख ठोकेकै हो। तैपनि २० वर्षपछि हुन लागेको चुनावमा चुपो लागेर बस्न नि त भएन नि हैन? नेपालको सबैभन्दा पुरानो, ऐतिहासिक (माने संग्रहालयमा राख्ने बेला भएको) पार्टीलाई भोट किन दिने भन्ने बारे व्याख्या गरौं- Continue reading

भोट के मा?


नमस्कार पाठकज्युहरु ! आजभोलि जे लेखे नि सबैभन्दा पहिला पाठकलाई दश औंला नजोडी लेख्ने आँटै आम्दैन। पाठक नै हाम्रा भगवान हुन्, पाठक नै हाम्रा सम्पति हुन्। अनि यिनै पाठक नै हाम्रा हनुमान हुन्, जे लेखे नि जय राम जी कि गर्दिन्छन्। सल्लाह सुझाव त भुत्राले नि दिन्नन्, लेख्यो कि वाह वाह ! गर्न थाल्छन्। रचनात्मक प्रतिक्रिया त सुरुवाती बखतदेखि नै पाइएको छैन। मन परे नि ताली, मन नपरे नि ताली, यस्ता हनुमान त तित्रा बिश्वराज ध्वजे जस्ता पार्टीका हनुमान नि छैनन् जस्तो लाउँच बेलाबेला त। चुनाउ आम्न लाग्या भएर भोट के मा हाल्ने भनेर लेख्न थाल्या, आफ्नै पाठकको खेदो खन्न थालिएछ। क्या बाटो बिराइएछ भन्देखुन्। सप्पैलाई था’ह छ बरु मुकुन्देले केटी पाएर ब्या गर्ला तर यो देशाँ चुनाउ हुन बहुतै गाह्रो छ। त्यही नि सबैले चर्चा गरेको चुनाउको बारेमा नलेखि बस्दा प्रजातन्त्र र लोकतन्त्र नमान्नेहरु रचन् यी १२थरीवाला भन्नोला भनेर कनी कनी कुन चिन्हमा भोट हाल्ने भनेर ब्याख्या गर्ने जमर्को गरेका छौं। १२ हात लामो मत पत्रमा डेढ दुइसय थरी चिन्ह छन्। सबैको बारेमा नि लेखेर सकिन्न हेर्नुस्। यसो माथिल्ला केही हरपाँ अटाएका चिन्हको बारेमा लेख्न पर्ला।
Continue reading