कोरोना भाइरस र यसको संक्रमणबारे सोधिने प्रश्न र त्यसका उत्तरहरू [FAQ-COVID19]


[अहिले विश्वव्यापी रुपमा फैलिएको नोभल सार्स कोभ २ (नाम राख्ने पण्डितहरुले पहिला नोबल कोरोना भाइरस भने, पछि फेरि नाम फेरेर Severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2) भनेर नाम राखे। लेख्दालेख्दै याद गरिएनछ) भाइरसबारे हाम्रो समाजमा केही भ्रम रहेको तथा पर्याप्त जानकारीको अभाव भएको महशुस हामीले गरेका छौं। यसको महामारी र यसको संक्रमणबारे सरल भाषामा जानकारी दिने उद्देश्यले हामीले यो जानकारीमूलक लेख तयार पारेका छौं। यसमा प्रयोग भएको भाषा १२ थरीको आफ्नो स्वादमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। कोभिड १९ का बारे यहाँ प्रश्न र उत्तरहरू छन्। हामी भविष्यमा आउने फरक अवस्थाहरू हेरेर यसलाई परिमार्जन पनि गर्नेछौं- सम्पादक, १२ थरी डेस्क]

कोरोना भाइरस भनेको के हो ? कोभिड-१९ के हो नि ?

कोरोना भाइरस धतुरो जस्तो देखिने साह्रै  सानो तर रोग लगाउन सक्ने जिवाणु हो। फोटोमा देखिएको भाइरस धतुरो जत्रै चैं हुन्नँ, जुम गरेर त्यत्रो देखाइएको हो। अहिले विश्वमा फैलिएको भाइरसको नाम नोभल सार्स कोभ २ भाइरस हो। यो भाइरस सबैभन्दा पहिला २०१९ को अन्त्यमा चीनमा भेटियो र अहिले विश्वभरी फैलिएको छ। यो भाइरसको संक्रमणलाई कोभिड-१९ भनिन्छ।

Continue reading

घर न घाट, पलायनवादी झाँट


जेठको पहिलो हप्तादेखि नै रातो सारी लाएर बुरुक बुरुक उफ्रेका नेपाली चेलीहरुलाई ठुलो स्मार्ट टिभी स्क्रिनमा हेर्दै, यसपाली तीजमा कुन सारी लगाउने, कस्तो डिजाइनको ब्लाउज लगाउने भनेर पुरै गम्भीर मुद्रामा छलफलमा ब्यस्त महिलाजनहरुलाई सबैभन्दा पहिला यसो बर्गर र पिज्जाले पलाएको बोसोमा ब्लाउज नछिर्‍या भए यसरी एक दुई घर उदारेर मिल्छ कि मिलाउनु हुन यो टिप्पणीकार सादर अनुरोध गर्दछ।

यो फोटो हामीले खिचेको हैन। हामी यो फोटोका मान्छे नि चिन्दैनम्। यो फोटो नेपाल मदर डट कमबाट तानिएको हो।

अनि घरका चेलीबेटीलाई लागेको तीजमा आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्नु हुने भद्र भलादमी पुरुषहरुलाई पनि हार्दिक समवेदना छ। भकारी जत्रो ज्यान हुदाँ पनि “हैन हैन त्यति मोटाकी छैनौ, त्यो ब्लाउज सिलाउनेले सानो सिलाइदेको हो” भनेर जहानको मुहारमा थोरै भए पनि खुसी छर्नलाई मरिमेट्नु सानोतिनो त्याग पक्कै पनि हैन। यति लेखिसक्दा यहाँहरुले अनुमान गर्नुभयो होला आजको बिषय के हो भनेर। हो, आजको हाम्रो विषय छ- घरका न घाटका पलायनवादी झाँटहरुको प्रवृत्तिको चर्चा गर्ने। यीनलाई किन घरको न घाटको भनियो भन्ने चाहिँ यो लेख पढिसक्दा थाहा हुन्छ, थाहा पाउनुभएन भने भुत्रैसित्ति। लौ त फूलपाती लिनुस्- Continue reading

गुरुदेवो: महेश्वर:


62_1437962230भनिन्छ नि, पढ्न जति गाह्रो हुन्छ त्यो भन्दा १० गुणा ज्यादा गाह्रो हुन्छ पढाउन। एउटा शिक्षकले कक्षा अगाडि उभिएर ज्ञान बाँड्नु, नबुझ्नेलाई फरक-फरक विधि अपनाएर बुझाउन प्रयास गर्नु सजिलो काम पक्कै होइन। यिनीहरूले विद्यालयका परीक्षादेखि जिन्दगीका विभिन्न परिक्षाहरु सजिलै उत्तीर्ण गर्न आफ्ना चेला चेलीहरुलाई तयार गर्छन्। हाम्रो उद्देश्य जुन गुरुले अक्षर चिन्न सिकाए, यत्तिको लेख्न बोल्न सिकाए, उहाँहरूको प्रतिष्ठामा धावा बोल्नु कदापि होइन। हामीले त शिक्षकहरूमा देखिने प्रवृत्तिको मात्र कुरा गर्न खोजेको हो। हामी समस्त गुरु/गुरुआमासँग यहीँबाट माफी माग्दछौं। यो शिक्षकको वर्गीकरण गाउँको सेरोफेरोमा गरिएको हो, शहरका बोर्डिङ शिक्षकमा पनि यो लागु हुन सक्छ। अनि कतै कतै उच्च शिक्षाका गुरुहरू मिसिएका हुन सक्छन्।  Continue reading

१२ सत्ताईस पत्रकार


पत्रकार भनेका देशको चौथो अङग हुन, हो हामीलाइ थाहा छ। यिनको बारेमा हामीले सबैभन्दा पहिला लेखेर नै यो १२थरीलाइ सार्वजनिक गर्नु पर्ने थियो, त्यो थाहा हुँदाहुँदै पनि उनीहरुको बारेमा गरिने १२ सत्ताइस कुरामा कमी नआओस्, कोही नछुटुन् कोही नदोहोरिउन् भन्ने संकल्पलाई अङगिकार गर्न खोजेको कारणले गर्दा यो सन्दर्भ अलि पछि पर्न गयो। यसलाई सम्पुर्ण पत्रकार जगतले अन्यथा नलिइदिनु होला, हजुरहरुलाई नजरअन्दाज गर्नु हाम्रो उद्धेश्य कदापि होइन र यसबाट प्रेस स्वतन्त्रताको हनन हुँदैन भन्ने हाम्रो विश्वास छ। Continue reading