१२/२७ मगन्त नारायणहरु!


(१२ थरीको शुरुवाती समयमा विभिन्न पेशा, व्यवसाय र क्षेत्रका १२ सत्ताइस प्रकारहरु वर्णन गर्ने क्रममा हामीलाई हाम्रा एकजना पाठकले यो लेख पठाउनु भएको थियो। ड्राफ्टमा बेबारिसे अवस्थामा मर्नु न बाँच्नुको दोधारमा लडिरहेको यो लेखलाई हामीले ब्युँताउने प्रयास गरेका छौं। यो लेखलाई १२ थरीको शुरुवाती ब्लग ठान्नुभए नि हुन्छ। यो लेख यसका उप-शीर्षकबाहेक सम्पूर्ण रुपमा पुनर्लेखन गरेको भएतापनि हामीले यसलाई अतिथि लेखककै नाममा प्रकाशित गरेका छौं। त्यसैपनि यहाँ जसको नाम हाले पनि खोया फरक पर्ने हो र ! शीर्षकलाई सभ्य बनाउने नाममा माग्नेलाई मगन्त नारायण प्रयोग गर्नुपरेकोमा क्षमायाचनासहित – सम्पादक)

Continue reading

सलह, कलह र विज्ञता


न त म यो विषयको विज्ञ न त यस क्षेत्रको जानकार नै। शीर्षकमा लेखिएका तीनवटा कुरामध्ये म कुनैमा पनि फिट छैन। त्यसो त नेपालमा विज्ञ हुन खासै केही गर्नै पर्दैन, पत्रिका वा अनलाइनमा एकदोटा लेख फालदिए पुग्छ। १२ थरीमा छापिन लागेको यो मेरो लेख पनि त्यही विज्ञ बन्ने एउटा प्रक्रिया हो भनेर बुझ्नुस्। हुनत बिहान सद्धे उठेको मान्छे साँझ परेर भट्टी छिर्दा विज्ञ भइसक्छ। यस्ता ‘बेल्के विज्ञ’ त कति कति। अझ पहुँच हुनेहरु अनि ‘औसत’ विज्ञहरु पत्रिका, अनलाइनमा लेख छाप्छन्, मजस्ता ‘औसत’ नभएकालाई १२ थरी छँदैछ। हिजोतिर ट्विटरको टाइमलाइनमा एउटा ट्विट आएको थियो। आफूलाई आदर्श पत्रकारिताको ‘विज्ञ’ ठान्ने ट्विटरका निल्टिकेले गरेको ट्विट यस्तो थियो-

अरुका दु:ख पीडाका खबर त पत्रकारले लेख्छन्, आफ्ना पत्रिकामा छाप्छन्, टिभीमा देखाउँछन् तर पत्रकारका दु:ख पीडाका खबर कसले कहाँ लेख्ने? नाम राखेर लेख्न सक्नेले @mysansar मा लेख्ने, नाम राख्न नसक्नेले @12thari मा लेख्ने 😏— Ananta Koirala (@anantabrt) July 19, 2020

यी स्वविज्ञ निल्टिकेको कुरा हो जस्तो नि लाग्छ बेलाबेला। तर १२ थरीले पनि यसअघि मैले पठाएका लेख डम्पिङ् साइटमा फाल्देको अनुभव छ। तैपनि हार मान्ने कुरै भएन। साइकल चोरले त आफ्नो काममा निरन्तरता दिँदै मेहनत कायम राख्दा भक्तपुरमा घर बनाए रे। १२ थरीमा लेख छपाउन म पनि लागिपरेकै छु।

Continue reading

आइमाई


‘के पाराको लुगा लाको हो ? बरू नाङ्गै हिँड् न, नकचरी !’ कलेज जानलाइ निस्कँदै गरेकी भदैको लवाई देखेर फुपुले झाँको झारिन्। उत्पातै लुगा लगाएकी त हैन आफु। खुकुलो सर्ट र हाप प्यान्ट त हो। एकाबिहानै बेफ्वाँकमा फुपुको कर्कशले कान घोचे जस्तो भो उसलाई । बाउकी दिदीलाई मुख फर्काओस् भने फेरि ‘फुपूसँग मुख मुखै लाग्छे, सोमत नभएकी उरन्ठेउली’ भनेर अर्को वचन सुन्न पर्छ। रिसले मन अमारिएपनि उ भुनभुनिँदै स्कुटीमा टाप कसी।

यसै त काठमाण्डौको पत्रु साँघुरो बाटो त्यसमाथी अफिस ट्याम । जामको त के कुरा गराइ भो र ? जाममा सँगै परेको मोटरसाइकलवालाले ट्याँट ट्याँट हर्न बजायो । ‘नो हर्न’ त भन्ने कुरा न परो । जामले दिक्क लाको मुडलाई त्यो उच्चेटलाग्दो हर्नले झन गिजोल्यो । उ तेता फर्किन नपाउँदै हेर्दै ट्यापे जस्तो केटाले मास्क खोल्यो । ‘आम्मा नी तिघ्रा, प्याट्प्याट पिट्दै चिमोटु जस्ता छन त सोल्टिनी” भनी जिब्रो फड्कार्दै जात जनायो ।साला लोदर लाको दिन !! रिस थाम्न नसकेर उस्ले । अनायासै मुखबाट निस्क्यो – “मा-साला फुटेको कण्डमको नतिजा, धर्तीको बोझ मुजी” । सँगैको माइक्रोमा बसेको, ढाका टोपी लगाएको, चिटिक्क पारेर जुगाँ मुठारेको भलाद्मीको स्वर फुट्यो “राम राम के बोलेकी, कस्तो छाडा हुन थाले गाँठे अचेलका केटाकेटी?” Continue reading

साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो


यतिखेर किताब बिकेन भनेर रोइलो मच्चिएको छ प्रकाशकहरुबीच। वर्षौँ बेस्ट सेलर बेच्ने पुरानो रत्न पुस्तक भण्डारलाई जिल खुवाउँदै आफूलाई नम्बर वान प्रकाशक संस्थाको सुचीमा उकालेको (बिक्रीको हिसाब किताब त हामीलाई थाहा छैन, तर उनीहरुको दाबी त्यस्तो छ) दाबी गर्ने फाइन प्रिन्टका अजित बरालले ट्विटरमा सार्वजनिक रुपमा दुखेसो नै पोखे- लौ न हाम्रा किताबहरु बिकेनन्, मदन पुरस्कारको सूची निस्कँदा पनि कसैले किनिदिएन। 

https://platform.twitter.com/widgets.js

मदन पुरस्कारमा ‘सर्ट लिस्टेट’ हुने बित्तिकै किनोस् पनि कसले? यसले पुरस्कार दिएका किताबको सूची हेर्‍यो भने पाठकले मन नै नपराएकाको संख्या धैरै हुन थालिसक्यो। आजकाल साहित्य तथा पाठक बजारमा नयाँ हल्ला जन्मेको छ, ‘मदन पुरस्कारको पनि ‘द’ हराइसक्यो। अब मनमा जसलाई लाग्यो उसलाई दिने ‘मन पुरस्कार’ हुन लागिसक्यो।’ पाठकहरुलाई थाहै होला, केही वर्ष पहिले एउटा जाँड खाएर वाकेको बयान गरेको किताबले मदन पुरस्कार पायो। जाँडकै सुरमा त होला नि, पुरस्कार जित्ने किताबमा लेखकले नारायण गोपाल आफ्नो बिहेको भोजमा आएको लेखेका थिए। तर वास्तविकतामा भने उनको बिहेको बेला नारायण गोपाल परमधाम पुगिसकेका थिए। अनि यस्ता किताबले पुरस्कार पाउने भएसि मदनको द हराउने नै भयो।

Continue reading

तर्क, वितर्क र कूतर्क


आजकाल धेरैजसो बहसहरू हेर्दा, सुन्दा, पढ्दा के महशुस हुन्छ भने केही बहसकर्ताहरू स्पष्ट रुपमा कूतर्कहरूलाई आधार बनाएर बहस गर्छन। चाहे ति ट्विटरका हुन् वा टेलिभिजनका हुन वा छापाका नै किन नहुन्। यो कस्तो कुरा हो? के आधारमा यो मानिसले यस्तो कुरा गरिरहेको छ? के यो सत्यकुरा हो? के यो मानिसले बिषयबस्तुको महत्वपूर्ण पाटाहरूलाई समेटेको छ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा केही मानिसहरू सरासर कूतर्क गर्दैछन् भन्ने भान पर्न थालेको छ। मलाइ परेको यो भानका बारे यो लेखमा उल्लेख गर्ने जमर्को गरेको छु। यो लेखले समसामयिक कुरामाथि चर्चा गर्दै तर्क र कूतर्कको बारेमा बताउनेछ। आउनुहोस् केही सामान्य कूतर्कहरूका बारेमा केहि चर्चा गरौं:

व्यक्तिगत कटाक्ष

यसले प्रमाण वा तर्कको वैधताको सट्टा तर्कलाई अगाडि बढाउने व्यक्ति प्रति गरिने कुनै पनि आक्रमणलाई बुझाउँछ। उदाहरणहरू: “मलाई गगन फिटिक्कै मन पर्दैन, त्यसको कुराहरू आलु हुन्” भन्छ भने बहसकर्ता कूतर्क गरिरहेको छ। “त्यो अर्को पार्टीको हनुमान्  वा कट्प्पा  हो, जहिले मुर्ख कुरा गर्छ!,” भन्नु पनि त्यस्तै कूतर्क हो। चित्रमा अर्को उदाहरण:

यसमा लेखकले तिमी जस्तो मानिसले यस्तो प्रश्न उठाउने भन्दै प्रश्न सोध्ने महिला व्यक्तिगत लान्छना लगाएका छन्।

आत्मकेन्द्रित दम्भ

सामाजिक संजाल तथा टिभीका अन्तर्वार्ताहरूमा हुने अधिकांश बुध्दिबिलासी बहसहरू हुन् वा पत्रपत्रिकामा पढ्न पाइने लामा-लामा लेखहरू, आजकाल यस्तो लाग्छ कि, कतिपय बहसकर्ता वा बिचारकहरू “मैले जे वाक्दे पनि हुन्छ, पत्याईदिने जमात छदैछ! म नै यो संसारको मियो हुँ, यदि म नै हुन्थिन भने कसरी यो संसार चल्थ्यो होला र?” भन्ने किसिमको दम्भ बोकेका हुन्छन् ।यस्तै स्वनामधन्य बौद्धिकहरु हाम्रा समाज तथा सामाजिक संजालमा ‘अपिनियन मेकर’ बन्न खोज्छन्, जसलाई तार्किक हिसाबमा राम्रो मान्न सकिदैन। “मेरा धारणाहरू नै तथ्य हुन्, मेरा विश्लेषणहरू यस्ता त्रिकालदर्शी हुन्छन् कि बिदुरले धृतराष्ट्रलाई गरेको महाभारतको बयान त के हो र!” जस्तो मानसिकता बोकेर आफ्नै वा चिनजानको मित्रको मिडिया कारखानामा छापिएर आएका लेखहरू हुन् वा “हामीलाई पनि प्रश्न सोध्ने हो? कहीँ नभका छुच्चाहरू!!” जस्ता लेखहरूले यस्तो “म” केन्द्रित दम्भलाई उजागर गर्छ। तलको भिडियोमा एउटा उदाहरण हेर्नुहोस् ।

Continue reading