यो रेडियो नेपाल हो, यो रेडियो नेपाल हैन


शीर्षक हेरेर अनौठो लाग्यो? यो रेडियो नेपाल होइन तर यो लेख रेडियो नेपालको समाचार हो। १२ थरीको यो रेडियो नेपाल समाचारमा तपाइँहरु सबैलाई हार्दिक स्वागत छ। ल त पाठकहरु, नजिकै आउनुस् र समाचार सुन्नुस्। कुरा हो बैशाख १५ गते सोमबार रेडियो नेपालको एउटा प्रत्यक्ष प्रसारित कार्यक्रममा प्रस्तुत बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकरण। रेडियो नेपालका प्रस्तोता नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश शासक, भष्मासुरजस्ता विशेषण दिए भनेर सञ्चार मन्त्रालयले स्पष्टिकरण सोध्यो। मलाइ त्यो रेडियो नेपालको कार्यकारी निर्देशकसँग स्पष्टिकरण माग गरेको कत्ति चित्त बुझेन। यसको बारेमा बोल्न पनि डराउनुपर्ने अवस्था छ। तर यस्ता कुरामा बोल्नु पर्छ। सरकार जो सुकैको होस्, आफ्नो आस्था जे सुकै होस्। आउनुस् यसबारे मेरा बुँदागत असन्तुष्टि :-

गीता पाठ गरेर पाठाको बली

पहिलो कुरा, जुनसुकै सरकारी चिठी ‘उपरोक्त बिषय’ र ‘प्रस्तुत सम्बन्धमा’ भनेर सुरु गर्नु बाजेको पालाको चिन्तन हो। बिषयमा ‘स्पष्टिकरण पेश गर्ने’ लेखेको पत्रमा प्रेमको प्रसंग पक्कै उठ्दैन। अझ त्यससँगै लगत्तै ‘नेपालको संविधान’ उल्लेख गरिनुले पत्र पढ्नेलाई स्पष्टिकरण लिनसमेत संविधानले नै भन्दोर’च कि भन्ने भान हुन सक्छ। यसमै जोडिएर आउँछ वाक्य संरचना। त्यो स्पष्टिकरणमा हेर्‍यो भने देखिन्छ, पहिलो वाक्य नै सय शब्दभन्दा लामो छ। पढ्दै भाउन्न हुने। पुरै माडसा’ब स्टाइल। माध्यमिक तहमा पढ्दै गरेको विद्यार्थीलाई नैतिक शिक्षा पढाको हो? कि चिठीको मस्यौदा लेख्नेले नै माथिको आदेश तामेल गर्न मन नलाई नलाई लेखेको हो? हो, पत्रमा पृष्ठभूमि चाहिन्छ तर संविधान र दशथरी आदर्श छाँटेर लास्टमा एउटा कर्मचारीलाई स्पष्टिकरण सोध्नु गीता पाठ गरेर पाठालाई मार हान्न जानु हो। 

Continue reading

मन खोली… खेलौं होली !


हाम्रो संस्कृति साँच्चिकै अनुपम छ। सर्पदेखि काग, कुकुर, गाइ, साँढे, सबैले बेला बेलामा मान पाउँछन्, माला लाउन पाउँछन्। असार १५  हिलाम्मे खेतमा लट्पटिएर मनाइन्छ, तिहार सप्तरङगी टिका निधारमा सजाएर मनाइन्छ त होली पनि यस्तै प्रकारले रंगिन हुन्छ। सबैभन्दा पहिला यो लेखको शीर्षकमा ‘होली’ लेखेको देखेर होली हाम्रो संस्कृति होइन, हाम्रो त फागु पूर्णिमा हो भनेर यता खोँचे थाप्न थाल्नुभए पनि हुन्छ है एकथरी पाठकले। किनकी हामी आँफै खोचेँ थाप्ने ब्लग हौं, हाम्रा पाठक पनि त्यस्तै खोँचे थाप्ने खालके होउन् भन्ने हाम्रो चाहना पनि छ 😃 हाम्रो एउटा भनाइ नै छ – कस्ता दिए गए, यस्ता दिन आए,  म्वाइँ खाने ठाममा जुुँगा पलाए। यानेकि समय परिवर्तनशील छ। यदि यो नश्वर जगतमा कुनै चिज अवश्यम्भावी छ भने त्यो हो परिवर्तन।

बुढापाकाले हाम्रा पालामा यस्तो हुन्थ्यो, अचेल के विकृति आयो भनेर भन्छन्। त्यतिबेला हामीले पनि भन्न सक्न पर्छ – बुढा तिम्रा पालाँ त सुका माना घ्यू आउँथ्यो होला, अचेल सुका भन्ने पैसै पाइन्नँ। तिम्रा पालाँ वीरशमशेरले साशन गर्थे अहिले ओल्बा र देउवा दाइले शासन गर्छन्। त्यसैले उइलेका कुरा खुइले। हुन त हामी अहिल्यै पनि समाजमा कैयौं विकृति देख्छौं, तर आफ्ना छोरानातीको पालामा – हाम्रा पालामा यस्तो हुन्थेन। अचेल के अचाक्ली हुन थालेको हो भनेर चोखो पल्टने नै छौं। यो मानविय गुण हो, कसले मैले यस्तो गर्दिनँ भनेर दाबी गर्छ भने त्यो ढोंग शिवाय अरु केही होइन।

Continue reading

तीज : १२थरी मन्थन


तिजको लहर आयो बरी लै….

तिजको लहर आयो बरी लै….

हेर्नुस हरेक चाडवाड भन्ने बित्तिकै केहि परिचयात्मक गीत/संगीत र धुन हुन्छन् । जस्तो दशैंमा मालश्रीको धुन, तिहारमा देउसी भैलो, होलीको जोगिरा सरर अनि तिजमा माथि उल्लेखित गीत। हुन त अचेल बर्षभरीमा नेपाली सांगितिक क्षेत्रमा निस्किने गीत भन्दा तीजमा निस्किने गीतको संख्या बेसी हुन्छ, तैपनि करीब ३० बर्ष पैले यादव खरेलले कन्यादान फिलिममा समावेश गरेको यहि गीत नै तीजको “अथेन्टिक” गीत हुन पुगेको छ। भनिन्छ होली मनाएर मैजारो गरिने हिन्दु चाडवाडहरु साउने संक्रान्तिसँग फेरी सुरु हुन्छन्। साउन सुरु भएपछि त के छ र ? तीज पनि सुरु भै त गो !!! Continue reading

पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !


१२ सत्ताइस चेतावनी: यो लेख धेरै किताब नपढ्न र किताब पढ्नु रोग हो भन्ने प्रमाणित गर्न लेखिएको हो। तपाइँलाई पढ्नु र किताब मात्र संसार हो भन्ने लाग्छ भने ‘गेट आउट फ्रम हेयर।’ यति भनिसकेपछि पनि कथम् कदाचित यो लेख पुरै पढेर तपाइँले पढ्न छोड्नु भने त्यसको जिम्मेवार हामी हुने छैनौं। Continue reading

अनुहार हँसिला मनमा कृष्णलीला


नमस्कार है मुखिया मुखिनीज्यूहरु ! चुनाव सकियो, रोपाइँ सकियो, नेपाली पोल्टिसमा खासै कुरा काट्न लायक कुरा पनि केही भैराको छैन; त्यसैले हामी पनि आफ्नो करिअर गोडमेल गर्दा गर्दै सुस्ताएछौं। तैपनि यो साउनमा कति नौलापौला जोडीका जोइहरु साउन बार्न माइत गाका होलान्, कति नत्थी लाका साँढेहरु बुढी तिजमा माइत जाने मौका कुरेर बसेका होलान्। तेसैले खडेरीले धाँजा फाटाका पाठकका मनमा हल्का रमाइलोले सिंचाइ गर्न यो बर्खे भेल छोप्ने जमर्को हामीले गरेका छौं ।

शिर्षक पढेरै कति जनाले जिब्रो काटिसक्नु भयो होला, यो १२ थरी पनि सस्तोमस्तो मसलादार पोस्ट हालेर पेजको भ्यू बढाउने चक्करमा लाग्यो भनेर। तेसो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । हामीलाई यो पेजबाट केही कमाउनु पनि छैन, गुमाउनु पनि छैन। तेसैले सस्तो यौन बेच्ने छक्कापन्जामा हामीलाई लाग्नु पनि छैन। तर मनमा लाका कुरा लेख्नलाई नै यो ब्लग बनाइएको हो भने कसैसँग संकोच मान्न पर्ने बाध्यता हामीलाई छैन। धेरै भुमिका नबाँधि कन यो लेखको शिर्षकको औचित्य पुष्टि गर्नतिर लागौं ।

Continue reading