कोरोना भाइरस र यसको संक्रमणबारे सोधिने प्रश्न र त्यसका उत्तरहरू [FAQ-COVID19]


[अहिले विश्वव्यापी रुपमा फैलिएको नोभल सार्स कोभ २ (नाम राख्ने पण्डितहरुले पहिला नोबल कोरोना भाइरस भने, पछि फेरि नाम फेरेर Severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2) भनेर नाम राखे। लेख्दालेख्दै याद गरिएनछ) भाइरसबारे हाम्रो समाजमा केही भ्रम रहेको तथा पर्याप्त जानकारीको अभाव भएको महशुस हामीले गरेका छौं। यसको महामारी र यसको संक्रमणबारे सरल भाषामा जानकारी दिने उद्देश्यले हामीले यो जानकारीमूलक लेख तयार पारेका छौं। यसमा प्रयोग भएको भाषा १२ थरीको आफ्नो स्वादमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। कोभिड १९ का बारे यहाँ प्रश्न र उत्तरहरू छन्। हामी भविष्यमा आउने फरक अवस्थाहरू हेरेर यसलाई परिमार्जन पनि गर्नेछौं- सम्पादक, १२ थरी डेस्क]

कोरोना भाइरस भनेको के हो ? कोभिड-१९ के हो नि ?

कोरोना भाइरस धतुरो जस्तो देखिने साह्रै  सानो तर रोग लगाउन सक्ने जिवाणु हो। फोटोमा देखिएको भाइरस धतुरो जत्रै चैं हुन्नँ, जुम गरेर त्यत्रो देखाइएको हो। अहिले विश्वमा फैलिएको भाइरसको नाम नोभल सार्स कोभ २ भाइरस हो। यो भाइरस सबैभन्दा पहिला २०१९ को अन्त्यमा चीनमा भेटियो र अहिले विश्वभरी फैलिएको छ। यो भाइरसको संक्रमणलाई कोभिड-१९ भनिन्छ।

Continue reading

यो रेडियो नेपाल हो, यो रेडियो नेपाल हैन


शीर्षक हेरेर अनौठो लाग्यो? यो रेडियो नेपाल होइन तर यो लेख रेडियो नेपालको समाचार हो। १२ थरीको यो रेडियो नेपाल समाचारमा तपाइँहरु सबैलाई हार्दिक स्वागत छ। ल त पाठकहरु, नजिकै आउनुस् र समाचार सुन्नुस्। कुरा हो बैशाख १५ गते सोमबार रेडियो नेपालको एउटा प्रत्यक्ष प्रसारित कार्यक्रममा प्रस्तुत बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकरण। रेडियो नेपालका प्रस्तोता नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश शासक, भष्मासुरजस्ता विशेषण दिए भनेर सञ्चार मन्त्रालयले स्पष्टिकरण सोध्यो। मलाइ त्यो रेडियो नेपालको कार्यकारी निर्देशकसँग स्पष्टिकरण माग गरेको कत्ति चित्त बुझेन। यसको बारेमा बोल्न पनि डराउनुपर्ने अवस्था छ। तर यस्ता कुरामा बोल्नु पर्छ। सरकार जो सुकैको होस्, आफ्नो आस्था जे सुकै होस्। आउनुस् यसबारे मेरा बुँदागत असन्तुष्टि :-

गीता पाठ गरेर पाठाको बली

पहिलो कुरा, जुनसुकै सरकारी चिठी ‘उपरोक्त बिषय’ र ‘प्रस्तुत सम्बन्धमा’ भनेर सुरु गर्नु बाजेको पालाको चिन्तन हो। बिषयमा ‘स्पष्टिकरण पेश गर्ने’ लेखेको पत्रमा प्रेमको प्रसंग पक्कै उठ्दैन। अझ त्यससँगै लगत्तै ‘नेपालको संविधान’ उल्लेख गरिनुले पत्र पढ्नेलाई स्पष्टिकरण लिनसमेत संविधानले नै भन्दोर’च कि भन्ने भान हुन सक्छ। यसमै जोडिएर आउँछ वाक्य संरचना। त्यो स्पष्टिकरणमा हेर्‍यो भने देखिन्छ, पहिलो वाक्य नै सय शब्दभन्दा लामो छ। पढ्दै भाउन्न हुने। पुरै माडसा’ब स्टाइल। माध्यमिक तहमा पढ्दै गरेको विद्यार्थीलाई नैतिक शिक्षा पढाको हो? कि चिठीको मस्यौदा लेख्नेले नै माथिको आदेश तामेल गर्न मन नलाई नलाई लेखेको हो? हो, पत्रमा पृष्ठभूमि चाहिन्छ तर संविधान र दशथरी आदर्श छाँटेर लास्टमा एउटा कर्मचारीलाई स्पष्टिकरण सोध्नु गीता पाठ गरेर पाठालाई मार हान्न जानु हो। 

Continue reading

के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?


नेपाली प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल वेबसाईटहरुमा मध्ये ट्वीटर जबदेखि चर्चामा आयो, यिनका नेपाली प्रयोगकर्ताहरुलाई शुरुवातदेखि नै असहिष्णु, छुच्चा, असभ्य, हुँडार, ट्रोल भनियो । जबदेखि केही ‘ठूला राजनीतिज्ञ’हरु सामाजिक सञ्जालमा जोडिए र उनीहरुका ट्विट वा फेसबुक स्टाटस मुलधारे पत्रिकाका समाचार बन्न थाले त्यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ह्वात्तै बढे। ट्विटरको सेरोफेरोमा नेपाली ब्रोडसिट दैनिकहरुले यसको बारेमा लेख्न थालेपछि यसका प्रयोगकर्ताहरु क्रमश: बढ्न थालेको देखिन्छ। अझ बाबुराम भट्टराई ट्वीटरमा रहेको समाचार छापिएपछि ह्वात्तै ठुलो मात्रामा नेपाली प्रयोगकर्ताहरुले ट्वीटर खाता खोलेको देखिन्छ । त्यसमाथि टेलिकम सेवा प्रदायक एनसेलले ‘ट्विटर जिरो’ शुरु गरेपछि त अर्को फड्को नै मार्‍यो।

विश्वभरी नै नयाँ मिडियाको बिस्तारसँगै पत्रिकामा आफ्ना विचार र भनाइ लाद्नेहरुमाथि त यसले धावा नै बोल्यो। सूचनाको व्यापकता, शक्तिमा बसेकाहरुलाई प्रश्न गर्नेदेखि पदमा बसेकाहरुको जवाफदेहिता यही प्लेटफर्ममार्फत जवाफ खोज्न थालियो। यसले जो जो आफूलाई विचार निर्माणका अगुवा ठान्थे, तिनीहरुमाथिको एकाधिकार सामाजिक सञ्जालले खोस्यो। हरेक मान्छे बोल्न थाले, आफ्ना विचार व्यक्त गर्न थाले। जवाफदेहिता खोज्न थाले। त्यसले पहिलेदेखि नै उपल्लो तहमा रहेकाहरुलाई छटपटिमा पार्‍यो।

Continue reading

रेलका १२ थरी 'रेलाकार'


मुन्छे भैसकेपछि आफ्नो समाज अनि देशमा हुने घटना र समसामयिक बहसले नछुने, असर नगर्ने भन्ने कुरो नहुने रच हेर्नुस। उसो त यो स्तम्भकार आफ्नो बिषयगत क्षेत्रभन्दा बाहिरका बहसमा खासै जान्ने पल्टेर टाङ्ग घुसाउन जाँदैनथ्यो, तर बहसहरु अलि सघन हुन थालेपछि यसो टपर्टुँइया विज्ञता नझारी मनले मान्दो रैनच। जस्तो, अघिल्लोपटक मेकअपको बहसले छोयो अनि तुच्छ बौद्धिकहरु प्रति लक्षित एक किसिमको भडाँस पोखियो। आज चैं चाइनाबाट आउँछ भनेर सपना बाँडिएको चुच्चे रेलको बारेको बहसमा कति थरी ठूटे विज्ञ सक्रिय छन् भनेर विभिन्न संचार माध्यम र समाजिक सञ्जालको अवलोकनको निष्कर्ष लिएर आएको छु। उपयुक्त ठाउँमा त्यस सम्बन्धमा आफ्नो धारणा पनि छुस्स सुनाउने नै छु।

हामी नेपालीको न गोजीमा कुस्त दाम छ न टाउकोमा अलि गतिलो गिदी नै । आधा गाग्रो धेरै छचल्के झैं समाजमा कुनै विषयको उठान के हुन्छ सबले आआफ्नो ‘हाइपो’ दे दनादनको शैलीमा दिन थालिहाल्छन्। नेपालको सुपर जिल्ला लगायत धरान, इटहरी अनि सिक्किम-दार्जिलिङ तिर एउटा थेगो हिट छ ।’ यार रेला नगर’ न भन्ने । जसलाई यता चल्ने ‘ल्याङ्’ कै कोटीमा राख्न सकिन्छ । अचेल चलिरहेको रेलको बहस पनि रेला नै गरे झैं भैरहेको छ भन्ने पंक्तिकारको ठम्याइ हो । यो रेलामा कस्ताकस्ता वर्ग छन् र तिनका ‘लाइन’ के हो भन्ने बारेमा मेरा दुइ पैसा विचार तल पस्किदै छु । कला देखाउनेलाई कलाकार, गीत लेख्नेलाई गीतकार, स्तम्भ लेख्नेलाई स्तम्भकार भने झैं रेलका बारेमा मेरा गोरुको बाह्रै टक्का शैलीमा रेला गर्नेलाई ‘रेलाकार’ भनिएको हो । लौ त धेरै गन्थन के गर्नु । अब फुलपाती लिनुस् ।

Continue reading

बिद्यानास्… यसरी सुन्दर हुनेछ रानीपोखरी


यतिबेला रानीपोखरीको पुनर्निर्माणलाई लिएर ठुलो बहश छेडिएको छ काठमाडौं खाल्डोमा। सिमेन्टको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्नु  मौलिक संस्कृतिमाथि धावाको हो भनि दाबी गरिरहेका छन् केही मान्छेहरु। उता काठमाडौंका मेयर बिद्यासुन्दर शाक्य भने रानीपोखरीलाई आधुनिक पोखरी बनाएर कफी बेच्ने योजना सुनाइरहनुभको छ। यस्तोमा १२ थरीजस्तो जिम्मेवार हावा छेकुवा ब्लग चुपचाप बस्न सुहाउने कुरै भएन। त्यसैले रानीपोखरी पुनर्निर्माण सम्बन्धमा हाम्रो धारणा र योजना के छ भन्नेबारे हामी आज स्पष्ट पार्न चाहान्छौं। अत: आदरणीय पाठकवृन्दलाई कार्यक्रम शुरु गर्नुअघि आआफ्नो स्थानमा सीट बेल्ट वा कम्बर बेल्ट बाँधेर आसनग्रहण गर्नुहुन अनुरोध गर्दछौं। Continue reading