मन खोली… खेलौं होली !


हाम्रो संस्कृति साँच्चिकै अनुपम छ। सर्पदेखि काग, कुकुर, गाइ, साँढे, सबैले बेला बेलामा मान पाउँछन्, माला लाउन पाउँछन्। असार १५  हिलाम्मे खेतमा लट्पटिएर मनाइन्छ, तिहार सप्तरङगी टिका निधारमा सजाएर मनाइन्छ त होली पनि यस्तै प्रकारले रंगिन हुन्छ। सबैभन्दा पहिला यो लेखको शीर्षकमा ‘होली’ लेखेको देखेर होली हाम्रो संस्कृति होइन, हाम्रो त फागु पूर्णिमा हो भनेर यता खोँचे थाप्न थाल्नुभए पनि हुन्छ है एकथरी पाठकले। किनकी हामी आँफै खोचेँ थाप्ने ब्लग हौं, हाम्रा पाठक पनि त्यस्तै खोँचे थाप्ने खालके होउन् भन्ने हाम्रो चाहना पनि छ 😃 हाम्रो एउटा भनाइ नै छ – कस्ता दिए गए, यस्ता दिन आए,  म्वाइँ खाने ठाममा जुुँगा पलाए। यानेकि समय परिवर्तनशील छ। यदि यो नश्वर जगतमा कुनै चिज अवश्यम्भावी छ भने त्यो हो परिवर्तन।

बुढापाकाले हाम्रा पालामा यस्तो हुन्थ्यो, अचेल के विकृति आयो भनेर भन्छन्। त्यतिबेला हामीले पनि भन्न सक्न पर्छ – बुढा तिम्रा पालाँ त सुका माना घ्यू आउँथ्यो होला, अचेल सुका भन्ने पैसै पाइन्नँ। तिम्रा पालाँ वीरशमशेरले साशन गर्थे अहिले ओल्बा र देउवा दाइले शासन गर्छन्। त्यसैले उइलेका कुरा खुइले। हुन त हामी अहिल्यै पनि समाजमा कैयौं विकृति देख्छौं, तर आफ्ना छोरानातीको पालामा – हाम्रा पालामा यस्तो हुन्थेन। अचेल के अचाक्ली हुन थालेको हो भनेर चोखो पल्टने नै छौं। यो मानविय गुण हो, कसले मैले यस्तो गर्दिनँ भनेर दाबी गर्छ भने त्यो ढोंग शिवाय अरु केही होइन।

पढ्नेक्रम जारी राख्नुहोस्

चाहियो


स्थापनाको छोटो समयमै हामीले हजारौं पाठकहरुको माया पाएका छौं। हामीले आफुलाई व्यक्तिमा हैन एउटा विचारमा बाँधेका छौं। यो आँधीको विचार हो- एक मात्र लक्ष्य- समाजमा रहेका द्वैध प्रवृत्तिविरुद्धको प्रहार। हामीले थोरै समयमै धेरैका बंगारा झार्न सफल भएको ठानेका छौं तर यो त सुरुवात मात्रै हो।

यी विभिन्न प्रवृत्तिको बंगारा झार्ने क्रममा हामीलाई केही बंगारा झार्न सक्ने हिम्मतिला मान्छेको आवश्यकता परेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

जहाँ पुग्दैनन कवि, त्यहाँ पुग्छन् रवी


नमस्कार पाठकवृन्दहरु ..!

आजभोलि जताततै रबीको चर्चा छाएको छ। रबीको नामको बर्षा भएको छ । घनघोर बर्षा भएपछि हामी नाथेलाइ पनि त्यसका बाछिटोले नछुने त कुरै भएन। हो, हामी कुरा गर्दैछौं नयाँ नेपालका जिता जागता भगवान श्री श्री १००८ रवी लामिछानेज्यूको ’boutमा।

सिधै विषय प्रवेश गर्न खोज्दा हामी कता ओझेल परेका थियौं  भनेर त भन्नै बिर्सेको। त्यही त हो नि सरहरु म्याडेमहरु, १२ थरीमा न विज्ञापन छ न त क्लिकबेट नै। पापी पेट पाल्नै परो, त्यसको लागि घण्टा हान्नै परो । झन बर्सौंते पारामा परिवारमा सदस्य थप्दैमा फुर्सद छैन। केटकेटी भएसी तिनको गु-मुत पनि स्याहार्नै परो, धरालो पनि लाग्नै परो। बेलाबेलामा चारो पनि खुवाउनै पर्‍यो।  बहुतै गाह्रो छ सरहरु म्याडेमहरु बहुतै गाह्रो छ। कुन बेला हग्छन र सफा गर्ने भनेर कुरेर बस्दैमा दिन बितेको पत्तै हुदैन। यता छिर्ने मौका नै नमिल्ने। यति लेखिसकेपछि यो लेखक पनि घण्टै नै र’छ भन्ने त अनुमान लाइसक्नु भो होला केरे ।

पढ्नेक्रम जारी राख्नुहोस्

साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो


यतिखेर किताब बिकेन भनेर रोइलो मच्चिएको छ प्रकाशकहरुबीच। वर्षौँ बेस्ट सेलर बेच्ने पुरानो रत्न पुस्तक भण्डारलाई जिल खुवाउँदै आफूलाई नम्बर वान प्रकाशक संस्थाको सुचीमा उकालेको (बिक्रीको हिसाब किताब त हामीलाई थाहा छैन, तर उनीहरुको दाबी त्यस्तो छ) दाबी गर्ने फाइन प्रिन्टका अजित बरालले ट्विटरमा सार्वजनिक रुपमा दुखेसो नै पोखे- लौ न हाम्रा किताबहरु बिकेनन्, मदन पुरस्कारको सूची निस्कँदा पनि कसैले किनिदिएन। 

https://platform.twitter.com/widgets.js

मदन पुरस्कारमा ‘सर्ट लिस्टेट’ हुने बित्तिकै किनोस् पनि कसले? यसले पुरस्कार दिएका किताबको सूची हेर्‍यो भने पाठकले मन नै नपराएकाको संख्या धैरै हुन थालिसक्यो। आजकाल साहित्य तथा पाठक बजारमा नयाँ हल्ला जन्मेको छ, ‘मदन पुरस्कारको पनि ‘द’ हराइसक्यो। अब मनमा जसलाई लाग्यो उसलाई दिने ‘मन पुरस्कार’ हुन लागिसक्यो।’ पाठकहरुलाई थाहै होला, केही वर्ष पहिले एउटा जाँड खाएर वाकेको बयान गरेको किताबले मदन पुरस्कार पायो। जाँडकै सुरमा त होला नि, पुरस्कार जित्ने किताबमा लेखकले नारायण गोपाल आफ्नो बिहेको भोजमा आएको लेखेका थिए। तर वास्तविकतामा भने उनको बिहेको बेला नारायण गोपाल परमधाम पुगिसकेका थिए। अनि यस्ता किताबले पुरस्कार पाउने भएसि मदनको द हराउने नै भयो।

पढ्नेक्रम जारी राख्नुहोस्

सामाजिक सञ्जालको गुलियो: अटेन्सनमा भुलियो


यतिबेला सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी ट्विटरमा चर्चाको शिखरमा पुगेको शब्द एउटा छ – ‘अटेन्सन’। यो अंग्रेजी शब्दको ठ्याक्क नेपाली शब्द के हो त थाहा छैन तर, अटेन्सन सिक (Attention Seek) गर्नु भनेको मैले जानेको अर्थमा कसैको ध्यान आफूतिर आकृष्ट गर्नु हो। भीडमा रमाउने, भीडले आफूलाई यथेष्ट ध्यान देओस्, आफ्ना कुरामा प्रतिक्रिया जनाइरहोस्, आफ्ना ट्विटहरु सकेसम्म बढी रिट्विट होउन्, कमेन्ट र मेन्सनले डोरो लामो होस् र उस्तै परे आफ्ना ट्विट कुनै पत्रिकामा छापियून भन्ने चाह नै अटेन्सन सिकिङ (Attention Seeking) प्रवृत्ति हो। तर जुग पर्‍यो कली! आफ्नो आङको ट्रक नदेख्नेहरु अर्काको आङको भने अल्टो कार देखाएर खिज्याइरहेका भेटिन्छन्। आफू दिन रात ‘अटेन्सन’ खोजिरहेकाहरुले नै अरुलाई तथानाम ‘अटेन्सन’ भन्दै बसिरहेको देख्दा चाहिँ हाँसो रोक्न मुस्किल नै पर्ने रहेछ। कसैले केही लेख्यो ‘अटेन्सन सिकर’, कसैले फोटो राख्यो ‘अटेन्सन सिकर’।

ए ! बाबा !! सोसल मिडिया चलाउने नै ‘अटेन्सन सिक’ गर्न न हो। हो, यसका आफ्नै हैसियत अनि स्तरचाहिँ होलान्, ती आफ्ना ठाउँमा छन्। त्यता अहिले नजाऊँ। सोसल मिडिया महात्म्य अपरम्पार छ, छिचोली नसक्नु छ, त्यसैले छिचोल्ने दुष्प्रयास नगरेकै बेस।  टुइटरमा  “अटेन्सन” शब्द खोज्दा थेगिनसक्नु टुइट आउँदा रचन्। नेपाली मात्र होइन हिन्दी भाषामा पनि चर्चित शब्द र’छ अटेन्सन। सोचेको त सबै टुइट पढेर लेख्छु भनेर तर सबै टुइट पढ्न सकिएन, पढ्न मन लागेन भन्दापनि हुन्छ। पढ्नु त हुदै भएन त्यसैले नपढी धारणा बनाइहालेँ र लेख्न थालिहालेँ, जस्तोसुकै होस्। तपाईंहरूलाई मन परे परोस् नपरे मलाई बाल।  उसैपनि १२ थरी आफ्नो लेखलाई कसले अटेन्सन दियो भनेर हेरेर बस्दैन।

पढ्नेक्रम जारी राख्नुहोस्

के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?


नेपाली प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल वेबसाईटहरुमा मध्ये ट्वीटर जबदेखि चर्चामा आयो, यिनका नेपाली प्रयोगकर्ताहरुलाई शुरुवातदेखि नै असहिष्णु, छुच्चा, असभ्य, हुँडार, ट्रोल भनियो । जबदेखि केही ‘ठूला राजनीतिज्ञ’हरु सामाजिक सञ्जालमा जोडिए र उनीहरुका ट्विट वा फेसबुक स्टाटस मुलधारे पत्रिकाका समाचार बन्न थाले त्यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ह्वात्तै बढे। ट्विटरको सेरोफेरोमा नेपाली ब्रोडसिट दैनिकहरुले यसको ’boutमा लेख्न थालेपछि यसका प्रयोगकर्ताहरु क्रमश: बढ्न थालेको देखिन्छ। अझ बाबुराम भट्टराई ट्वीटरमा रहेको समाचार छापिएपछि ह्वात्तै ठुलो मात्रामा नेपाली प्रयोगकर्ताहरुले ट्वीटर खाता खोलेको देखिन्छ । त्यसमाथि टेलिकम सेवा प्रदायक एनसेलले ‘ट्विटर जिरो’ शुरु गरेपछि त अर्को फड्को नै मार्‍यो।

विश्वभरी नै नयाँ मिडियाको बिस्तारसँगै पत्रिकामा आफ्ना विचार र भनाइ लाद्नेहरुमाथि त यसले धावा नै बोल्यो। सूचनाको व्यापकता, शक्तिमा बसेकाहरुलाई प्रश्न गर्नेदेखि पदमा बसेकाहरुको जवाफदेहिता यही प्लेटफर्ममार्फत जवाफ खोज्न थालियो। यसले जो जो आफूलाई विचार निर्माणका अगुवा ठान्थे, ’emमाथिको एकाधिकार सामाजिक सञ्जालले खोस्यो। हरेक मान्छे बोल्न थाले, आफ्ना विचार व्यक्त गर्न थाले। जवाफदेहिता खोज्न थाले। त्यसले पहिलेदेखि नै उपल्लो तहमा रहेकाहरुलाई छटपटिमा पार्‍यो।

पढ्नेक्रम जारी राख्नुहोस्

ओच्छयान मुतुवाको आत्मकथा


जदौ टक्र्याएँ है पाठकहरु। यो १२ थरीले आफ्नो पहिलाको फ्लेबर नै बिर्सियो भन्ने गुनासो धेरै देखेपछि १२ थरी सम्पादक टीममा गहन छलफल भएको छ। यो छलफलबाट निस्केको निष्कर्ष अनुसार यो नयाँ लेख लेखिएको हो। यसमा तपाइँहरुले आफुलाई कतै भेट्नुभयो भने म म भन्दै आफैलाई ट्याग गर्नुहोला, नत्र टोल छिमेकमा आफुले चिनेका कोही मुतुवा भए उनीहरूलाई तँ तँ भन्दै ट्याग गर्नुहोला। हुनत अहिले डाइपर पुस्ता पनि आइसकेको छ, त्यसैले कतिलाई यो कथा गफजस्तो पनि लाग्ला। अझ शहरियाहरुका लागि त यो लेख लेख्ने असभ्य नै लाग्ला। तर गाउँमा हुर्केका धेरैका लागि यो आफ्नै कथा हो। ल आउनुस् अब सुनौं ओच्छयान मुतुवाको आत्मकथा।

पढ्नेक्रम जारी राख्नुहोस्