साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो


यतिखेर किताब बिकेन भनेर रोइलो मच्चिएको छ प्रकाशकहरुबीच। वर्षौँ बेस्ट सेलर बेच्ने पुरानो रत्न पुस्तक भण्डारलाई जिल खुवाउँदै आफूलाई नम्बर वान प्रकाशक संस्थाको सुचीमा उकालेको (बिक्रीको हिसाब किताब त हामीलाई थाहा छैन, तर उनीहरुको दाबी त्यस्तो छ) दाबी गर्ने फाइन प्रिन्टका अजित बरालले ट्विटरमा सार्वजनिक रुपमा दुखेसो नै पोखे- लौ न हाम्रा किताबहरु बिकेनन्, मदन पुरस्कारको सूची निस्कँदा पनि कसैले किनिदिएन। 

https://platform.twitter.com/widgets.js

मदन पुरस्कारमा ‘सर्ट लिस्टेट’ हुने बित्तिकै किनोस् पनि कसले? यसले पुरस्कार दिएका किताबको सूची हेर्‍यो भने पाठकले मन नै नपराएकाको संख्या धैरै हुन थालिसक्यो। आजकाल साहित्य तथा पाठक बजारमा नयाँ हल्ला जन्मेको छ, ‘मदन पुरस्कारको पनि ‘द’ हराइसक्यो। अब मनमा जसलाई लाग्यो उसलाई दिने ‘मन पुरस्कार’ हुन लागिसक्यो।’ पाठकहरुलाई थाहै होला, केही वर्ष पहिले एउटा जाँड खाएर वाकेको बयान गरेको किताबले मदन पुरस्कार पायो। जाँडकै सुरमा त होला नि, पुरस्कार जित्ने किताबमा लेखकले नारायण गोपाल आफ्नो बिहेको भोजमा आएको लेखेका थिए। तर वास्तविकतामा भने उनको बिहेको बेला नारायण गोपाल परमधाम पुगिसकेका थिए। अनि यस्ता किताबले पुरस्कार पाउने भएसि मदनको द हराउने नै भयो।

पढ्नेक्रम जारी राख्नुहोस्

ओच्छयान मुतुवाको आत्मकथा


जदौ टक्र्याएँ है पाठकहरु। यो १२ थरीले आफ्नो पहिलाको फ्लेबर नै बिर्सियो भन्ने गुनासो धेरै देखेपछि १२ थरी सम्पादक टीममा गहन छलफल भएको छ। यो छलफलबाट निस्केको निष्कर्ष अनुसार यो नयाँ लेख लेखिएको हो। यसमा तपाइँहरुले आफुलाई कतै भेट्नुभयो भने म म भन्दै आफैलाई ट्याग गर्नुहोला, नत्र टोल छिमेकमा आफुले चिनेका कोही मुतुवा भए उनीहरूलाई तँ तँ भन्दै ट्याग गर्नुहोला। हुनत अहिले डाइपर पुस्ता पनि आइसकेको छ, त्यसैले कतिलाई यो कथा गफजस्तो पनि लाग्ला। अझ शहरियाहरुका लागि त यो लेख लेख्ने असभ्य नै लाग्ला। तर गाउँमा हुर्केका धेरैका लागि यो आफ्नै कथा हो। ल आउनुस् अब सुनौं ओच्छयान मुतुवाको आत्मकथा।

पढ्नेक्रम जारी राख्नुहोस्

१२ थरि मेकअप, २७ थरि विद्वान र ४२ थरि तुच्छता


तपाईँहरूलाई शीर्षक हेर्ने बित्तिकै लाग्यो होला यसले त्यही मिस नेपालको प्रतिस्पर्धा गर्न अडिसन सत्रमा जाने एक जना प्रतिस्पर्धीलाई निर्याणक मन्डलकी एक सदस्यले गरेको तुच्छ गाली (harassment) मा केन्द्रित भएर भँडास ओकल्न लाग्यो होला। तर कुरो त्यति हल्का पनि हैन। आज हामीले हाम्रो तुच्छ सोच र लिँडे विद्वताको ’bout विश्लेषण गर्न खोजेका छौँ।

कुरो सुरु गरौँ त्यही केही दिन पहिले सार्वजनिक भएको मिस नेपालको अडिसन सत्रको भिडियोबाट। उक्त भिडियोमा एक जना प्रतिस्पर्धी कुनै झकिझकाउ मेकअप नगरी अडिसन दिन गइन्। तर निर्णायक मन्डलकी एक सदस्यलाई मेकअप नगरी उक्त प्रतिस्पर्धामा भाग लिन जानु भनेको समग्र प्रतियोगिताको अपमान मात्र गरेको हैन, २१ औँ शताब्दीकी नारीले विश्वलाई मुट्ठीमा लिन नसकेको लाग्यो। त्यस्तो लागेको मात्रै भए पनि समस्या हुन्न त्यो होला, तर उनले आफ्नो त्यो सोचलाई प्रतिस्पर्धीमाथि यसरी प्रस्तुत गरिन् कि, त्यसले फेसबुक ट्विटरमा झुन्डिने तपाइँहामीलाई बहसदेखि कतिपय अवस्थामा त आफ्नो भडास पोख्ने स्तरमा ल्यायो। हो, अब हामी त्यही भँडास यता पोख्दै छौँ। मन लाग्यो भने पढ्नु होला, नलागे पनि पढ्नु होला र भडाँस पोख्नु होला।

अहिले लगभग विश्वमा नै एउटा समूह सबै खाले दुर्व्यवहार (harassment) को विरुद्ध लडी रहेको छ। विशेष गरी हामीजस्तो इन्टरनेट पुस्ता यो लडाइमा छ, चाहे त्यो कार्यालयमा हुने अनेक खाले यौन दुर्व्यवहार होस्, घरमा श्रीमान श्रीमतीका बिचमा हुने दुर्व्यवहारहरू हुन् वा दाइजोको नाममा हुने गरेका दुर्व्यवहारहरू नै हुन्। सार्वजनिक यातायातमा हुने दुर्व्यवहारहरू हुन् वा राजनीतिको माथिल्लो तहमा समेत हुने गरेका अनेक खाले दुर्व्यवहार हुन्। लगभग सबैजसो देशका एउटा समूह, विशेष गरी युवा पुस्ता यस्ता खाले दुर्व्यवहार विरुद्ध आवाज उठाइ रहेको छ। तपाईँ अन्य विकसित पश्चिमी मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेत खोज्नुस्, समूह सानो होला, तर यस्तो लडाइ कम्तीमा इन्टरनेटमा अहिले हरेक देशमा छ (यसमा पुरुषबाट हुने हिंसा र दुर्व्यवहार मात्रै हैन, महिलाबाट पुरुषमाथि हुने वा महिलाबाट महिला माथि हुने दुर्व्यवहारहरू समेत पर्दछन्)।

अब सुरु गरौँ ती प्रतिस्पर्धी युवतीमाथि निर्णायक मन्डलकी सदस्यले सोधेका प्रश्न र गरेको व्यवहार जायज नै हो वा दुर्व्यवहार हो भन्ने तिर।

पढ्नेक्रम जारी राख्नुहोस्

बिद्यानास्… यसरी सुन्दर हुनेछ रानीपोखरी


यतिबेला रानीपोखरीको पुनर्निर्माणलाई लिएर ठुलो बहश छेडिएको छ काठमाडौं खाल्डोमा। सिमेन्टको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्नु  मौलिक संस्कृतिमाथि धावाको हो भनि दाबी गरिरहेका छन् केही मान्छेहरु। उता काठमाडौंका मेयर बिद्यासुन्दर शाक्य भने रानीपोखरीलाई आधुनिक पोखरी बनाएर कफी बेच्ने योजना सुनाइरहनुभको छ। यस्तोमा १२ थरीजस्तो जिम्मेवार हावा छेकुवा ब्लग चुपचाप बस्न सुहाउने कुरै भएन। त्यसैले रानीपोखरी पुनर्निर्माण सम्बन्धमा हाम्रो धारणा र योजना के छ भन्ने’bout हामी आज स्पष्ट पार्न चाहान्छौं। अत: आदरणीय पाठकवृन्दलाई कार्यक्रम शुरु गर्नुअघि आआफ्नो स्थानमा सीट बेल्ट वा कम्बर बेल्ट बाँधेर आसनग्रहण गर्नुहुन अनुरोध गर्दछौं। पढ्नेक्रम जारी राख्नुहोस्

घर न घाट, पलायनवादी झाँट


जेठको पहिलो हप्तादेखि नै रातो सारी लाएर बुरुक बुरुक उफ्रेका नेपाली चेलीहरुलाई ठुलो स्मार्ट टिभी स्क्रिनमा हेर्दै, यसपाली तीजमा कुन सारी लगाउने, कस्तो डिजाइनको ब्लाउज लगाउने भनेर पुरै गम्भीर मुद्रामा छलफलमा ब्यस्त महिलाजनहरुलाई सबैभन्दा पहिला यसो बर्गर र पिज्जाले पलाएको बोसोमा ब्लाउज नछिर्‍या भए यसरी एक दुई घर उदारेर मिल्छ कि मिलाउनु हुन यो टिप्पणीकार सादर अनुरोध गर्दछ।

यो फोटो हामीले खिचेको हैन। हामी यो फोटोका मान्छे नि चिन्दैनम्। यो फोटो नेपाल मदर डट कमबाट तानिएको हो।

अनि घरका चेलीबेटीलाई लागेको तीजमा आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्नु हुने भद्र भलादमी पुरुषहरुलाई पनि हार्दिक समवेदना छ। भकारी जत्रो ज्यान हुदाँ पनि “हैन हैन त्यति मोटाकी छैनौ, त्यो ब्लाउज सिलाउनेले सानो सिलाइदेको हो” भनेर जहानको मुहारमा थोरै भए पनि खुसी छर्नलाई मरिमेट्नु सानोतिनो त्याग पक्कै पनि हैन। यति लेखिसक्दा यहाँहरुले अनुमान गर्नुभयो होला आजको बिषय के हो भनेर। हो, आजको हाम्रो विषय छ- घरका न घाटका पलायनवादी झाँटहरुको प्रवृत्तिको चर्चा गर्ने। यीनलाई किन घरको न घाटको भनियो भन्ने चाहिँ यो लेख पढिसक्दा थाहा हुन्छ, थाहा पाउनुभएन भने भुत्रैसित्ति। लौ त फूलपाती लिनुस्- पढ्नेक्रम जारी राख्नुहोस्

बाह्र सत्ताईस नातो


उसो त म लेखनीमा त्यति  ढंग पुग्नी मान्छे हैन । हैन मात्रै नभनम्, हुँदै होइन । परिक्षामा तीन घण्टा लेख्न पर्दा आत्तिएर ६ पटक पिसाब फेर्न निस्कन पर्ने प्राणी मै हुँ। यति लेखिसकेपछि मलाई त चिन्नु भयो होला क्यारे। नचिने बालै फरर।

अब मुख्य मुद्धामा आम्। चुरो कुरो के त भन्दा भुईफुट्टा नेपालीले अमेरिकाको चुनाव गरेर पनि भ्याए, जीतको मुखैमा पुगेकी बिचरी हिलारीलाई पनौति लगाइदिएर भए पनि ट्रम्प दा’ आँच्या डोनाल्ड ट्रम्पलाई जिताई छोडे।

-ओई के बकवास सुनाईरा’ ? यहि हो मुख्य कुरा ?

-पख्नुस् न पख्नुस् । कति हतारो हो ? त्यति हतारो नै भएका भए तपाँईले १२ थरी खोल्नु नै हुन्थेन होला, कि कसो ?

– ह्या यस्ता मुलाको कुरा कसले सुनोस् ?

– ल ल म चुरो कुरो मा आएँ के बन्द नगर्नुस् न ।

सुन्नोस्….. कुरो के त भन्दा टट्टु नेपालीको एउटा नराम्रो बानी – नाता नलाई नहुनी ! र, अर्को त्यस्तै पाकेको फर्सी कुहिए जस्तो बानी – “नाता नलाई बोल्न आउन्न कि के  हो? ” भन्नी । आम्नोस् नेपालीले लगाउनी १२-२७ नातोको चर्चा गरौँ । पढ्नेक्रम जारी राख्नुहोस्