१२-२७ टुइटेनी


हेल्लो साथीहरू। हेल्लो भन्नलाई हात लगेर कानमा जोडनुस्, फोन उठाएको एक्टिङ् गरे झैं। हो! ल ठिक छ। अब मुल मुद्दातिर लागम् है त। मुद्दातिर लाग्नु पहिला हल्का पृष्ठभूमि बनाउँ है त।

tweet

१२ थरी आएदेखि हजारौं किसिमका त नभनौं, तर बाइस-चौबीस थरीका बाह्रसत्ताइस कुराहरू मैदानमा आइसके। धेरै जसो टुइटर जगतको सेरोफेरोमा। कुनै इन्जिनियरको उछित्तो काढेर, कुनै डाक्टरको पर्दाफाश गरेर, लोग्नेस्वास्नीका गनगन, टुइटेको गन्थन- शायदै केही छुटेको होला १२ थरीले पेश गर्न बाँकी। तर होइन, एउटा शिर्षक अझै गोधुलीतिरै छ। कसैले छुन नसकेको टपिक यो हो। हतपत्त कसैले आँट गर्न नसक्ने टपिक (तब त म जस्तो साहसी मान्छेले आँट्या, तर छद्मनाममा)। कसैले लेखिहाले पनि ‘विषयवस्तु’ ले थाहा पाउलान् कि भन्ने डरले पन्ना च्यातेर चपाउँछन्, कि त ल्यापटप नै पानीमा फ्याल्छन्। हो, सही ठम्याउनु भयो- आजको शीर्षक हो बाह्र सत्ताइस टुइटेनी! नठम्याउनु पनि कसोरी, शीर्षक नै त्यही भएपछि, हैन त?

ल मिलेर बस्नुस्, अलि पछाडि सर्नुस्, आँखा च्यातेर पढ्नुस्।
पढ्नेक्रम जारी राख्नुहोस्

डिजिटल डिक्सनेरी, परियो तिरिमिरी


आधुनिकता सँगसँगै धेरै कुरा साना र छोटा हुँदै गइरहेका छन् । चाहे त्यो युवतीहरूले लगाउने पहिरन होस् , चाहे आजकालको युवापुस्ताले प्रयोग गर्ने संवाद। आमालाई ममी हुँदै मम्, बुवालाई ड्याडी हुँदै ड्याड र दाजु/भाइलाई ब्रोदर हुँदै ब्रो !

१२ थरी टिमका एक जना टिप्पणीकार एकदिन मर्निङ वाकमा जाँदा एक जना साथीले वहाँलाई कुनै युवतीले मोबाइलमा लेखेको संवाद देखाएछन् । TTYL लेखेको कुरो नबुझेर उनी बिलखबन्दमा परेका रहेछन् । अधबैंसे उनी फेसबुकमा छिरेर क्याम्पस् पढ्ने षोडशीहरुलाई घाँस हाल्न माहिर रहेछन् । तर कुरा गर्दा गर्दै अचानक केटीले Talk To You Later को सर्ट फर्म TTYL लेख्दा Tero Tauko You Liar लेखेकी हो कि,  पातकी बुढो पो भन्या हो कि, वा ‘पख मेडमलाई भन्दिन्छु’ पो भनि कि भनेर अधैर्य पो भएका रहेछन्। टिप्पणीकार जर्जले त्यति कुरो बुझाउँदा उनलाई बुद्धत्व प्राप्त भए झैं भएछ, टाउकोबाट पहाडै हटाए झैं आनन्द आएछ। त्यही मर्निङ वाक गुरुपमा यो कुरा चर्चा हुँदा त प्राय: सबैलाई यही समस्या रेहको बुझियो। र, १२ थरीको सोसियल रेपस्पोन्सिबिलिटी अभियान अन्तर्गत हाल सामाजिक सञ्जालमा प्रयोग हुने स्ल्याङ, एक्रोनिम (सटकट् क्या ! ) र नानाभाँति इमोजीको ’boutमा यहाँ चर्चा गरिँदैछ ।

people-using-cellphones

पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको कुरा सुन्दा मेक्सिमबडी


नेपालका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएपछि एकपछि अर्को घोषणा गरिरहेका छन्। प्रधानमन्त्री नहुँदै पनि आफ्ना भाषणमा उखान टुक्का जोडेर कमेडी गर्ने ओलीले प्रधानमन्त्री भएपछि त एकपछि अर्को धमाका दिइरहेका छन्। उता भिडियो साइट युट्युबका पश्चिम अमेरिकाका तर युकेमा बसोबास गरिरहेका एकजना १९ वर्षिय युवक छन्- मेक्सिम बडी नामबाट युट्युबमा च्यानल चलाउँछन्। उनलाई वयश्क कमेडियन भनिन्छ। इन्टरनेटमा भेटिने रमाइला, अनौठा, वाहियात यस्तै यस्तै अनेक भिडियोमा उनले कमेन्ट गर्छन्। उनको अंग्रेजी लवज र उनको अनुहारको हाउभाउका लागि उनी प्रख्यात मानिन्छन्। १२ थरीको अडियो भिडियो ब्युरोले प्रधानमन्त्री केपी ओलीका घोषणामा उनै चर्चित मेक्सिम बडीको प्रतिक्रिया मिलाएर एउटा भिडियो बनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

१२/२७ समीक्षक


नेपालमा साहित्यिक कृतीहरुको बजार प्रबर्दन यसरी हुन थाले पछी सक्की गो नि । सही र प्रखर समालोचक किन चाहियो बजारमा ;-)
नेपालमा साहित्यिक कृत्तिहरुको बजार प्रवर्धन यसरी हुन थालेपछि सक्किगो नि ! सही र प्रखर समालोचक किन चाहियो बजारमा 😉

१२ थरीले समाजमा रहेका विभिन्न पेशाकर्मीहरुको चिरफार गर्ने क्रममा कसैको ’bout पहिला र कसैको पछि चर्चा गर्नुपरेकोमा १२ थरी परिवार दु:खी छ। सबैको चिरफार एकैपटक गर्न मिल्ने कुरा पनि भएन। ढिला चाँडोको कुरा हो, पालो सबैको आउँछ। अहिले तपाइँ बाहेक अर्कोको पालो परेका बेला काखी बजाइहाल्नुस्। आजको पालोमा श्री समालोचक, ए हैन समीक्षकको पालो। समीक्षक बाहेक अरु थपडी बजाउन तयार हुनुस्।

अहिले लेखकका लागि अवस्था कतिसम्म मलिलो भएर आएको छ भने तपाइँले दुई चारवटा राम्रा ट्विट वा फेसबुक स्टाटस लेख्नुभयो भने पनि प्रकाशकहरु किताब लेख्नुस् न भनेर पेश्की रकम नै बोकेर घरै आइपुग्छन्। छाप्नुअघि लेखकको र छापिसकेपछि पाठककोमा आजकाल प्रकाशकहरु दौडिरहन्छन्। बिचराहरुलाई सास्ती नै छ। १० को माल, १० को माल भन्दै गाउँ गाउँ किताब बोकेर पुग्न नि गाह्रो छ नि। प्रकाशक, लेखक बढेपछि समीक्षकहरु पनि बढ्ने भए। आज १२ थरी ब्यूरोले हाम्रो समाजमा भएका समीक्षकको ’boutमा चर्चा गर्नेछ। त पाठकवृन्द, आउनुस् हाम्रा वरिपरीका समीक्षक चिनौं। पढ्नेक्रम जारी राख्नुहोस्

क्यानकी गणेश थापा : भावना घिमिरे


Bhawana Ghimire
भावना घिमिरे

१२ सत्ताइस बिशेष ब्युरो / नेपालका मिडियालाई त बाल छैन तर १२ थरीको खेलकूद ब्युरोले नेपाली क्रिकेटका ’bout गरेको तथ्य विश्लेषणले क्यानकी चकलेटी सुन्दरी सिइओ भावना घिमिरे एन्फाका पुर्व अध्यक्ष गणेश थापा बन्ने खतरा बढ्दै गरेको देखिएको छ । १२ थरीको राजधानी काठमाडौंस्थित खेलकूद ब्युरोले नेपालको खेलकूद पत्रकारितामा कलम चलाइरहेका केही पत्रकार, क्रिकेट प्रशंसक र क्यानका पदाधिकारीहरुसँग गरेको कुराकानीबाट भावना घिमिरे गणेश थापा बन्ने खतरा देखिएको पुष्टि भएको छ।

चर्चा गरौं नेपाली क्रिकेटको सबैभन्दा पछिल्लो घटनाक्रमबाट। क्रिकेट फ्यानका लागि पछिल्लो समयको सबैभन्दा दु:ख दिएको समाचार हो, क्रिकेटको सर्वोच्च संस्था आइसीसीले नेपाल क्रिकेटलाई निलम्बनसम्म गर्न सक्ने गरि दिएको चेतावनी। र, त्यसको कारण- क्यानकी सुन्दरी सिईओ भावना घिमिरे। ठ्याक्कै एकजमानाका एन्फाका एकाधिकार अध्यक्ष गणेश थापाको दादागिरी अहिले यी क्रिकेटकी सिइओतिर सरेको छ। गणेश थापा फुटबलको सर्वोच्च संस्था फिफासँगको निकटताले फुटबलका तानशाह बने र नेपाली फुटबल कहाँ पुग्यो सबैलाई थाहा छ। अहिले क्रिकेटमा सिइओ घिमिरेले ठ्याक्कै थापाकै शैलीमा आइसीसीसँग निकट रहेर क्यानलाई घुमाउन थालेकी छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

फिरफिरेका १२ सत्ताइस बिंगा


बुद्धिसागरको फिरफिरेमा हराउदाँ

गाँउ ठाँऊको फिरफिरे
गाँउ ठाँऊको फिरफिरे

फिरफिरे भन्ने शब्द देख्नै नहुने कि त रिट्विट कि त फेब। हुनत उहिले एउटा स्पस्टिकरण अनलाइनमा एउटा पलायणवादीसँग कुरा गर्दा बुद्धिसागरले रिट्विट त गरिरन्छु भनेका थिए क्यार। बोलीमा पक्का र’छन्, ठोकेका ठोकै छन्।नाकाबन्दीले गर्दा लामोसमयसम्म एउटा प्रति आफैले बोकेको फोटोबाहेक पाठकको हात पर्न महिनौँ कुर्न पर्‍यो, यस्मा त लेखकलाई दोष दिन मिल्दैन। परिस्थिती र राजनितीले नै उनीमाथि ठुलै मजाक गर्‍यो। त्यसमा त हामीलाई बहुतै दु:ख लागेको छ। एकदमै आक्रामक शैलीमा गरिएको प्रचारले गर्दा यसका नराम्रा पाटाहरुलाई ढाक्न बढी नै मिहिनेत पो गरेको हो कि भन्ने छनक हामीलाई शुरुमै परेको थियो, त्यसमाथि केही सिन्डिकेटे लेखक र मपाइँ समीक्षकहरु किताबको डिफेन्डमा उत्रिएको देख्दा दाल मैँ कुछ काला है भन्ने नि पर्न गएको थियो। लामै प्रतिक्षा पछि पढ्नै पर्‍यो भनेर पढियो। अब उपन्यास पढेपछि हल्का समिक्षा नगरे त सोसाइटीमा नै नपर्ने चलन चलिसकेको छ, त्यसैले हामीले नि पढ्यौँ। १२ थरी साहित्यिक ब्युरोको समीक्षक समाजले फिरिफिरेका केही पत्ता उधिन्ने जमर्को गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्