तर्क, वितर्क र कूतर्क


आजकाल धेरैजसो बहसहरू हेर्दा, सुन्दा, पढ्दा के महशुस हुन्छ भने केही बहसकर्ताहरू स्पष्ट रुपमा कूतर्कहरूलाई आधार बनाएर बहस गर्छन। चाहे ति ट्विटरका हुन् वा टेलिभिजनका हुन वा छापाका नै किन नहुन्। यो कस्तो कुरा हो? के आधारमा यो मानिसले यस्तो कुरा गरिरहेको छ? के यो सत्यकुरा हो? के यो मानिसले बिषयबस्तुको महत्वपूर्ण पाटाहरूलाई समेटेको छ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा केही मानिसहरू सरासर कूतर्क गर्दैछन् भन्ने भान पर्न थालेको छ। मलाइ परेको यो भानका ’bout यो लेखमा उल्लेख गर्ने जमर्को गरेको छु। यो लेखले समसामयिक कुरामाथि चर्चा गर्दै तर्क र कूतर्कको ’boutमा बताउनेछ। आउनुहोस् केही सामान्य कूतर्कहरूका ’boutमा केहि चर्चा गरौं:

व्यक्तिगत कटाक्ष

यसले प्रमाण वा तर्कको वैधताको सट्टा तर्कलाई अगाडि बढाउने व्यक्ति प्रति गरिने कुनै पनि आक्रमणलाई बुझाउँछ। उदाहरणहरू: “मलाई गगन फिटिक्कै मन पर्दैन, त्यसको कुराहरू आलु हुन्” भन्छ भने बहसकर्ता कूतर्क गरिरहेको छ। “त्यो अर्को पार्टीको हनुमान्  वा कट्प्पा  हो, जहिले मुर्ख कुरा गर्छ!,” भन्नु पनि त्यस्तै कूतर्क हो। चित्रमा अर्को उदाहरण:

यसमा लेखकले तिमी जस्तो मानिसले यस्तो प्रश्न उठाउने भन्दै प्रश्न सोध्ने महिला व्यक्तिगत लान्छना लगाएका छन्।

आत्मकेन्द्रित दम्भ

सामाजिक संजाल तथा टिभीका अन्तर्वार्ताहरूमा हुने अधिकांश बुध्दिबिलासी बहसहरू हुन् वा पत्रपत्रिकामा पढ्न पाइने लामा-लामा लेखहरू, आजकाल यस्तो लाग्छ कि, कतिपय बहसकर्ता वा बिचारकहरू “मैले जे वाक्दे पनि हुन्छ, पत्याईदिने जमात छदैछ! म नै यो संसारको मियो हुँ, यदि म नै हुन्थिन भने कसरी यो संसार चल्थ्यो होला र?” भन्ने किसिमको दम्भ बोकेका हुन्छन् ।यस्तै स्वनामधन्य बौद्धिकहरु हाम्रा समाज तथा सामाजिक संजालमा ‘अपिनियन मेकर’ बन्न खोज्छन्, जसलाई तार्किक हिसाबमा राम्रो मान्न सकिदैन। “मेरा धारणाहरू नै तथ्य हुन्, मेरा विश्लेषणहरू यस्ता त्रिकालदर्शी हुन्छन् कि बिदुरले धृतराष्ट्रलाई गरेको महाभारतको बयान त के हो र!” जस्तो मानसिकता बोकेर आफ्नै वा चिनजानको मित्रको मिडिया कारखानामा छापिएर आएका लेखहरू हुन् वा “हामीलाई पनि प्रश्न सोध्ने हो? कहीँ नभका छुच्चाहरू!!” जस्ता लेखहरूले यस्तो “म” केन्द्रित दम्भलाई उजागर गर्छ। तलको भिडियोमा एउटा उदाहरण हेर्नुहोस् ।

पढ्नेक्रम जारी राख्नुहोस्

के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?


नेपाली प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल वेबसाईटहरुमा मध्ये ट्वीटर जबदेखि चर्चामा आयो, यिनका नेपाली प्रयोगकर्ताहरुलाई शुरुवातदेखि नै असहिष्णु, छुच्चा, असभ्य, हुँडार, ट्रोल भनियो । जबदेखि केही ‘ठूला राजनीतिज्ञ’हरु सामाजिक सञ्जालमा जोडिए र उनीहरुका ट्विट वा फेसबुक स्टाटस मुलधारे पत्रिकाका समाचार बन्न थाले त्यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ह्वात्तै बढे। ट्विटरको सेरोफेरोमा नेपाली ब्रोडसिट दैनिकहरुले यसको ’boutमा लेख्न थालेपछि यसका प्रयोगकर्ताहरु क्रमश: बढ्न थालेको देखिन्छ। अझ बाबुराम भट्टराई ट्वीटरमा रहेको समाचार छापिएपछि ह्वात्तै ठुलो मात्रामा नेपाली प्रयोगकर्ताहरुले ट्वीटर खाता खोलेको देखिन्छ । त्यसमाथि टेलिकम सेवा प्रदायक एनसेलले ‘ट्विटर जिरो’ शुरु गरेपछि त अर्को फड्को नै मार्‍यो।

विश्वभरी नै नयाँ मिडियाको बिस्तारसँगै पत्रिकामा आफ्ना विचार र भनाइ लाद्नेहरुमाथि त यसले धावा नै बोल्यो। सूचनाको व्यापकता, शक्तिमा बसेकाहरुलाई प्रश्न गर्नेदेखि पदमा बसेकाहरुको जवाफदेहिता यही प्लेटफर्ममार्फत जवाफ खोज्न थालियो। यसले जो जो आफूलाई विचार निर्माणका अगुवा ठान्थे, ’emमाथिको एकाधिकार सामाजिक सञ्जालले खोस्यो। हरेक मान्छे बोल्न थाले, आफ्ना विचार व्यक्त गर्न थाले। जवाफदेहिता खोज्न थाले। त्यसले पहिलेदेखि नै उपल्लो तहमा रहेकाहरुलाई छटपटिमा पार्‍यो।

पढ्नेक्रम जारी राख्नुहोस्

१२ थरि मेकअप, २७ थरि विद्वान र ४२ थरि तुच्छता


तपाईँहरूलाई शीर्षक हेर्ने बित्तिकै लाग्यो होला यसले त्यही मिस नेपालको प्रतिस्पर्धा गर्न अडिसन सत्रमा जाने एक जना प्रतिस्पर्धीलाई निर्याणक मन्डलकी एक सदस्यले गरेको तुच्छ गाली (harassment) मा केन्द्रित भएर भँडास ओकल्न लाग्यो होला। तर कुरो त्यति हल्का पनि हैन। आज हामीले हाम्रो तुच्छ सोच र लिँडे विद्वताको ’bout विश्लेषण गर्न खोजेका छौँ।

कुरो सुरु गरौँ त्यही केही दिन पहिले सार्वजनिक भएको मिस नेपालको अडिसन सत्रको भिडियोबाट। उक्त भिडियोमा एक जना प्रतिस्पर्धी कुनै झकिझकाउ मेकअप नगरी अडिसन दिन गइन्। तर निर्णायक मन्डलकी एक सदस्यलाई मेकअप नगरी उक्त प्रतिस्पर्धामा भाग लिन जानु भनेको समग्र प्रतियोगिताको अपमान मात्र गरेको हैन, २१ औँ शताब्दीकी नारीले विश्वलाई मुट्ठीमा लिन नसकेको लाग्यो। त्यस्तो लागेको मात्रै भए पनि समस्या हुन्न त्यो होला, तर उनले आफ्नो त्यो सोचलाई प्रतिस्पर्धीमाथि यसरी प्रस्तुत गरिन् कि, त्यसले फेसबुक ट्विटरमा झुन्डिने तपाइँहामीलाई बहसदेखि कतिपय अवस्थामा त आफ्नो भडास पोख्ने स्तरमा ल्यायो। हो, अब हामी त्यही भँडास यता पोख्दै छौँ। मन लाग्यो भने पढ्नु होला, नलागे पनि पढ्नु होला र भडाँस पोख्नु होला।

अहिले लगभग विश्वमा नै एउटा समूह सबै खाले दुर्व्यवहार (harassment) को विरुद्ध लडी रहेको छ। विशेष गरी हामीजस्तो इन्टरनेट पुस्ता यो लडाइमा छ, चाहे त्यो कार्यालयमा हुने अनेक खाले यौन दुर्व्यवहार होस्, घरमा श्रीमान श्रीमतीका बिचमा हुने दुर्व्यवहारहरू हुन् वा दाइजोको नाममा हुने गरेका दुर्व्यवहारहरू नै हुन्। सार्वजनिक यातायातमा हुने दुर्व्यवहारहरू हुन् वा राजनीतिको माथिल्लो तहमा समेत हुने गरेका अनेक खाले दुर्व्यवहार हुन्। लगभग सबैजसो देशका एउटा समूह, विशेष गरी युवा पुस्ता यस्ता खाले दुर्व्यवहार विरुद्ध आवाज उठाइ रहेको छ। तपाईँ अन्य विकसित पश्चिमी मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेत खोज्नुस्, समूह सानो होला, तर यस्तो लडाइ कम्तीमा इन्टरनेटमा अहिले हरेक देशमा छ (यसमा पुरुषबाट हुने हिंसा र दुर्व्यवहार मात्रै हैन, महिलाबाट पुरुषमाथि हुने वा महिलाबाट महिला माथि हुने दुर्व्यवहारहरू समेत पर्दछन्)।

अब सुरु गरौँ ती प्रतिस्पर्धी युवतीमाथि निर्णायक मन्डलकी सदस्यले सोधेका प्रश्न र गरेको व्यवहार जायज नै हो वा दुर्व्यवहार हो भन्ने तिर।

पढ्नेक्रम जारी राख्नुहोस्

ए भाइ…. चिया चुरोट ल्याइज त…..


नमस्कार है साsssब्, साsssबनीहरु…. 🙏🏼🙏🏼
खासै लेख्न आउने मान्छे त  होईन आफु, तर १२थरिले ट्वीट गरेर हैरान पारो। ‘कृपया केहि त लेखिदिनुस, हाम्रा स्तम्भकार जति जम्मै आ-आफ्ना स्तम्भ सुम्सुम्याउँदै ठिक्क भए, लेख्ने कुराको खडेरी पर्यो। प्लिज लेखिदिनुस न, बिद्यानास, तपाइँको परिचय गोप्य राखिनेछ’, आदि इत्यादि भनेर धर्नै बसे जस्तो गरे। लौ त नि, भनेर यसो आँटेको हो। ह्रस्व- दीर्घ माग्ने बुढाको दाँतजस्ता छन्, मनलाग्दी उछिट्टिएका। आशय बुझे भैगो नि, थोडी एसइइको परिक्षामा जस्तो अब्बल ग्रेड ल्याउन छ र ! अलिअलि त यी सम्पादक लठुवाले मिलाउलान् नि  भनेर छाड्देको छु ।

अब आफ्नो पुराण मात्र फलाक्न छाडेर अरुको कुरो काटुम है त ।  कुरो के भने नि……….. !!! हुन त कुरो स्वस्थानीमा जस्तो उपनयतु मंगलम बाटै सुरु गर्नहुन्थ्यो, तर यसको जरो त्यति छिमलिसाध्धे छैन। तपाईहरु सबैलाई था भएकै कुरो हो नि, ट्वीटरमा हुने बाझाबाझ र दोहोरीको न जगै अनुमान लाउन सकिन्छ, न गजुरै देखिन्छ। खैर… सिधै ‘कुमार जी आज्ञा गर्नुहुन्छ’ बाट सुरु गर्ने हो भने प्रसंग चाहि हेविवेट सम्पादक-कम-ट्वीटेहरुका हानाहानको हो है।

पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमानको थर लिनेलाई 'दासी' देख्ने 'हिप्पोक्रेट' हरु !


‘बिहेपछि श्रीमानको थर राख्ने महिला ‘दासी’ हुन्।’ आइतबार सामाजिक सन्जाल ट्विटर र फेसबुकमा एउटा यस्तो महानवाणी प्रसारित भयो। यो भनाइमा अनेकन प्रतिक्रिया आए र सबैजसोले ‘लेखक’लाई सकेजति गाली बके। यो बहशका पक्ष विपक्षमा खासै दमदार तर्क आएनन् तर बहश जारी नै रह्यो। हुनत १२ थरीले यो बिषयमा कलम नचलाएको भए पनि हुन्थ्यो तर १२ थरीको उदेश्य नै १२ सत्ताइस कुरा गर्नेहरुका बंगारामा ताक्नु भएकोले चुप लाग्ने कुरै भएन। बहश अलि सेलाएपछि कलम चलेकोमा क्षमा।

देखे/भोगेकै कुरा हो: केही मान्छेहरु सोसल प्लेटफर्ममा मेरा वरिपरी रहेर बहश होस्, बहशको केन्द्रमा म रहुँ भन्ने रोगबाट ग्रसित छन्। सायद अंग्रेजीमा यसलाई ‘नार्सिसिस्ट’ भन्छन् क्यार। यो रोग यति डरलाग्दो हुन्छ कि यसले त्यो नार्सिस्ट व्यक्ति कति पाखण्डी (हिप्पोक्रेट) छ भन्ने पनि छर्लङ्गै देखाइदिन्छ। ‘दासी’ उपमालाई हामी पाखण्डपनको ज्वलन्त उदाहरणका रुपमा लिन सक्छौं। किन? यस’boutमा नै १२ थरीको यो लेख केन्द्रित रहने छ।

पढ्नेक्रम जारी राख्नुहोस्

पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !


१२ सत्ताइस चेतावनी: यो लेख धेरै किताब नपढ्न र किताब पढ्नु रोग हो भन्ने प्रमाणित गर्न लेखिएको हो। तपाइँलाई पढ्नु र किताब मात्र संसार हो भन्ने लाग्छ भने ‘गेट आउट फ्रम हेयर।’ यति भनिसकेपछि पनि कथम् कदाचित यो लेख पुरै पढेर तपाइँले पढ्न छोड्नु भने त्यसको जिम्मेवार हामी हुने छैनौं। पढ्नेक्रम जारी राख्नुहोस्

म *जी मर्द


अब शिर्षकमा नै तारो राखेर लेखेर शुरु गरेपछि अब लेख कस्तो होला भनेर त सोच्नै पर्दैन होला नि है। लेख नि के भन्नु, आलेख नि के भन्नु, टिप्पणी नि के भन्नु, खासमा यसलाई मेरो आफ्नै मर्दाङ्गीको महिमा गान भनेर भन्दा हुन्छ। हजुरहरुले यस्तो मुजी नि मर्द हुन्छन भन्नुभयो भने मेरालागि हजुर जति नजाति अरु कोही हुन्न। उस्तै परे मैले हजुरलाई उ गर्दिन बेर लाउदिनँ। सबैभन्दा पहिला म कसरी मर्द हुँ भनेर भन्न चाहन्छु।

म बिहान माइक्रो चढेर अफिस जान्छु। माइक्रो चढ्ने बेला त्यो माइक्रोमा युवती, महिला छन् कि छैनन् हेर्छु; छन् भने चढ्छु, छैनन् भने चढ्दिनँ। माइक्रोमा चढेपछि सबैभन्दा पहिला त्यहाँ भएकी पोटिली खोज्छु र उस्को नजिकमा पुग्छु। अनि बाँकी काम माईक्रोले गर्दिहाल्छ। मेरो मर्दाङ्गी उस्को शरीरमा टाँसिने गरी उभिन्छु, हल्लाउने घर्षण गराउने काम त माइक्रोले गर्दिहाल्छ। यसमा मलाई कुनै युवती वा महिलाले आँखा तरे ‘ए भाइ, बाटो हेरेर चलाउन’ भनेर उस्तै परे माइक्रो चालकलाई गाली गर्न पनि भ्याउँछु तर मनमनै भनिरहेको हुन्छु, ‘खाल्डो खाल्डो खोजेर माइक्रो कुदा मुला।’ बेलाबेला यसो झक्काल झुक्कलमा हात कहिले नितम्ब तिर त कहिले छाती तिर लम्काउँछु। बाटोलाई दोष दिदै मेरो मर्दाङ्गीको दुनो सोझ्याउँछु। यस्तो खुबिवान मान्छे भएसी म मर्द भइनँ त?

पढ्नेक्रम जारी राख्नुहोस्