यो साइटको नाम १२थरी नै किन राखियो भन्नेबारे थोरै भनौं। नेपालमा अहिले च्याउसरी उम्रिएका अनलाइन समाचार पोर्टलहरुले समाचार पस्कने तरिका हामीले गाउँघरमा सुन्ने १२ सत्ताइस् कुरा भन्दा फरक छैनन् भन्ने हामीलाई लाग्छ। समाचारलाई कसरी सनसनी बनाउने? समाचारको सूचना पर्याप्त नभएपनि हेडलाइनलाई सनसनी बनाएर समाचार बेच्ने अझ भनौं पाठक तान्ने प्रवृत्ति अनलाइन मिडियामा छ्याप्छ्याप्ती छ। हामी त्यस्ता सामग्रीमा आफ्नो ध्यान केन्द्रित गर्नेछौं र ती समाचार किन हावादारी हुन् भन्नेबारे यसमा चर्चा गर्नेछौं। हाम्रो नाम १२ थरी भएकै कारण हरेक कुराको १२ थरी कारण खोज्नु हाम्रो उदेश्य होइन। १२ थरीलाई हाम्रो समाजमा सुनिने १२ सत्ताइस् कुराका रुपमा बुझिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछौं।