आधुनिक जमानाका १२/२७ हनुमान


लामो पुच्छर भएको, रामभक्त हुँ भनेर छाती चिरेरै देखाउन सक्ने, श्रीरामको लागि आफ्नै पुच्छरमा आगो सल्काएर लङ्का जलाउन हिँड्ने बजरङ्गबली हनुमानको कथा त सबैले सुन्नुभएकै होला भानुभक्तिय रामायणमा। आफ्ना प्रात: पुज्यनीय भगवानकालागि ज्यान हत्केलामा राखेर हिँड्ने पुरातनवादी हनुमान। भगवानले भनेपछि भन्नुभयो, त्यो कुनैपनि हालतमा सत्य र पुरा हुनुपर्छ भन्ने ठान्ने त्यस्ता अटल, बहादुर हनुमान- पुराना। तर त्यस्ता बजरंगबली हनुमानलाई पनि पछि पार्दै दिलमा भगवानको निशानी बोकेका आधुनिक हनुमानहरुको जन्म भएको छ यतिबेला। त्यस्ता आधुनिक हनुमानहरुको चर्चा गर्ने जमर्को गर्दैछौं हामी।  हामीले चर्चा गरेका हनुमानहरुमा सबै नसमेटिएका हुनसक्छन्। तपाइँहरुका वरिपरी रहेका अन्य प्रकारका हनुमानहरु भए कमेन्टमा ठोक्दिनुहोला।
Continue reading

सुन साइलीऽऽ, निधारमा नाम्लो बरियो, ट्रम्पको सनकमा परियो ..


नमस्कार सरहरु, म्याडेमहरु, नसर नम्याडेमहरु, ह्यानहरु, त्यानहरु, फलानाहरु, ढिस्कानाहरु ..!
खासमा मलाइ नमस्कार दाजुभाइ तथा दिदीबहिनीहरु भनेर सम्बोधन गर्न मन लागेको थियो तर त्यसरी गरिने सम्बोधनले सबैलाई लपेट्न सकिँदैन भन्ने महसुस भएकोले यो लम्बेतान सम्बोधन गर्न मने बाध्य भएको छु। खासमा १२थरी शुरु हुदाँको बखत एउटाले मात्र नलेखेर सबैले योगदान गर्ने, एउटाको मात्र ट्रेडमार्क भाषामा नलेखेर सबैको मिसाएर कुन लेख कसले लेखेको हो गेस नै गर्न नमिल्ने बनाउने भन्ने सहमति भाको थ्यो । तर तेस्ता छुसी सहमति । कसले कति मेलो खन्या छ भन्ने कुरो त “अथर” हेरेर हजुरहरु जस्ता अजासु पाठकहरुले थाहा नपाउने कुरै भएन । यो चार्ली बहुलाउन त बहुलाएन, किन आफ्नो डम्फु बजाउँछ भनेर सोच्नु भो होला हैन ? के गर्नु नेपाली परियो…. पाएको ठाममा हल्का मपाइँ नगरी  खाको पच्दैन हेर्नुस्  ।

खैर !!! केही समय पहिले ट्रम्प हिलारी र भुँइफुट्टा नेपाली भनेर हामीले वा मैले जस्ले लेखे पनि यहाँ छापिसकेका छौँ। हिलारीको पक्षमा पाखुरा सुर्केर लागेका नेपालीको हालत त रुझेको बिरालो जस्तो भाको तथ्य घाम झैं छर्लङ्ग छँदैछ । कसैलाई नलाको राजनीति नेपालीलाई लाग्ने हेर्नुस न । उहि क्या त…. केहि थान नेपाली र अमेरिकी-नेपाली पत्रकारहरुले चुनाव अघि नै ‘आगामी राष्ट्रपति हिलारी बस्ने घर’ भनेर ह्राइटहाउस अघि फोटो खिचाएर तहल्का मच्चाएको बिर्सनु भो ? त्यो फोटो हालेको एक साता नबित्दै हो कि क्या हो हिलारीको के के भो भन्ने त जगजाहेरै छ। भनेसी बुझ्नु भो भो नि…. नेपालीको जातले कतिसम्म पनौती लगाउन सक्ने रहेछन भनेर। अब तिनै पत्रकारहरु ट्रम्पलाई हटाउन मरिहत्ते गरेर लागेको देख्दा अर्को कार्यकाल नि ट्रम्पले नै लैजान्छन् कि जास्तो लाग्ने के 😂 Continue reading

निर जैले रिसाउनीssssss


जम्ला हात गरें है सा’ब सा’बनीहरु ! हुन त अस्ति भरखर आफ्नी प्रियतमालाई कसरी खुसी राख्ने भनेर हल्का टिप्स दिएकै हो। तर महिलाहरु के चाहन्छन् भन्ने नबुझेरै होला, सृष्टिकर्ता ब्रम्हाले समेत आफ्नो लागि एक जना माते खोज्न नसकेका। भनिन्छ नि स्त्री चरित्रम् दैवो नजानोती मनुस्य कुतम्।: धेरै माया गरो, किन यति विघ्न चाकडी गर्‍या छ यसले भनेर संका गर्न थाल्छन्, वास्ता नगर्‍यो तँलाई त मेरो मतलबै छै, उही रातको एकछिनको रमझमको लागि चाहिने त हो नि भनेर ताना मार्न थाल्छन्। जति नै कर्म गरे पनि फल नफल्ने ठाम परो यो आइमाइलाई खुसी राख्ने भन्ने कुरो। अब यस्ता अप्ठ्यारो ठाममा आएका पिलो जस्ता गलफ्रेन/जीवनसंगिनी रिसाइहाले भने के गर्नि वा के नगर्नी भनेर हाम्रो पारिवारिक बीटका सदस्यहरुको घनिभुत छलफलबाट हामीले केहि रणनीतिहरु सार्वजनिक गर्दैछौं। Continue reading

भ्यालेन्टाइन विशेष: गर्लफ्रेण्ड/श्रीमतीलाई खुशी राख्ने १२/२७ उपाय


भ्यालेन्टाइन जस्तो यत्रो १५ दिने महान चाड चलिरहँदा पनि १२ थरी चाहिँ किन चुप? भन्ने प्रश्न धेरै पाठकको मनमा उब्जेको हुनुपर्छ। हेर्नुस् न, हामी परियो घरपरिवारवाला, छोराछोरी भएका मुन्छे, यो भ्यालेन्टाइन र स्यालेन्टाइन भन्दै अब तरुनातरुनी खोजेर पनि भएन। रेष्टुराँको टेबुलमै चुम्माचाटी गरेर बस्ने उमेर छैन, पार्कमा जाम् भने श्रीमतीका माइतीदेखि साथी, इष्टमित्रले भेट्लान् भन्ने डर। मुश्किल छ नि। होटलमा जाम् न त भन्यो, एक त गर्लफ्रेण्ड मान्दिनन्, अर्को त त्यो होटलवालाले कति घण्टाको लागि रुम चाहिने? भनेर सोध्ने प्रश्न साह्रै बिझाउँछ। मन त हामलाई नि हुन्छ नि, चट्ट गर्लफ्रेण्डलाई काखमा सुताएर एउटा हातले उनको कपाल चलाउँदै अर्को हातले… भयो योभन्दा बढी नलेखौं। Continue reading