डा. साप – सटिफिकेट देखाउनुस् न !!


बूढापाकाले यसै त भनेका होइनन् “भताभुङ्ग घरको लथालिङ्ग चाला” !

हेर्नुस् यो देशमा मास्टर नक्कली, पाइलट नक्कली, परीक्षार्थी नक्कली…. र हुँदा हुँदा डाक्टर पनि नक्कली अरे । हुन त, ह्याँ दिक्क लाग्यो मर्छु बरु भनेर विष खान खोज्दा नि विषै नक्कली, डोरीले पासो लाउन खोजे डोरी नै नक्कली पाइन्छ होला देशमा। यस्तै नक्कली सर्टिफिकेटको भरमा मुन्नाभाइ स्टाइलमा डाक्टर बनेकाहरूलाई कुन्नि कुन चाहिँ सरकारी निकायले अनुसन्धान गरेर पक्राउ के गरेको थियो, नेपाल प्रहरीको यो कदमले तलाउमा ढुंगा हाने जस्तै तरङ्ग ल्याइदिएको छ ; ठुलै उथलपुथल नै ल्याइदियो नि ठामका ठाम्। डाउटर भनेका भगवान हैनन् मानिस नै हुन् , तिनीबाट पनि गल्ती हुन्छ, तर पनि एउटा प्रतिष्ठित पेशामा बसेकाहरुबाट हुने यस्तो किसिमको बेइमानीले सारा मानव समाज नै लज्जित हुन पर्ने हुन्छ। यहाँ ति डाउटर मात्र दोषी छैनन् , हाम्रो सम्पूर्ण प्रणाली नै दोषी हो। कतिपय शहरमा डाउटरलाई यसरी समातेर पुरै पेशाको बेइज्जत गर्न पाइँदैन भनेर केही डाउटरहरुले नारा जुलुस नै निकालेको समाचार पनि हामीले पढिसक्यौं। अलि अघि डाउटरले चिट चोरेको कुरा पनि सार्वजनिक भएकै हो।

imageअब हजुरहरुलाई एउटा कुरा के स्मरण गराउँ भने –  जहाँ अरु सबै पेशाकाले “काम गर्न” जान्छन् त्यहाँ डाउटरहरुले भने प्राक्टिस गर्न जान्छन् । उनीहरुले अझै पनि आफ्नो कामलाई काम भन्न सकेका छैनन्, कारण के हो उनीहरु नै जानुन् । हामी बल्ल बल्ल अक्षर कोर्न जान्नेले ति भगवानरुपी डाउटरले किन काम भनेनन् भनेर उम्लो ठडाउन सक्दैनौं किन भने त्यो औंला दुख्यो भने जाने फेरि त्यही डाउटर कैँ हो ।

अनि ति समातिएका डाउटर प्रति सहानुभूति राख्नेहरूले अहिले सामाजिक सञ्जालमा गर्ने गरेका आलुपाँडे तर्कहरु पढौँ आउनुस्। Continue reading

नयाँ शक्ति- बाबुरामको महत्वकांक्षा


नयाँ शक्ति१२ थरी ब्युरो राजनीतिक टिप्पणि गर्न त्यति धेरै रुची राख्दैन। यसो भन्दाभन्दै पनि हाम्रो मुख्य उद्देश्य नै समाजमा रहेका विभिन्न प्रवृत्ति र विकृत्तिका बारे औंला उठाउने र त्यो प्रवृत्ति र विकृत्तिको केन्द्रविन्दुमा रहेका पात्रहरुको बंगारा झार्ने हो। त्यसैले पनि राजनीतिक टिप्पणि गर्दिनँ भन्नु भनेको हामी यी प्रवृत्तिका बारे मौन रहनु ठहरिने भएकोले पनि राजनीतिक टिप्पणि आवश्यक देखियो। राजनीतिक टिप्पणिका लागि अहिलेको उपयुक्त बिषयका रुपमा ‘नयाँ शक्ति’ अगाडि देखापरेको छ। ‘नयाँ शक्ति’ लाई केही व्यक्तिहरुले देशको कायापलट गर्ने एकमात्र अचुक औषधि ठानेका छन्, र, तिनीहरुले के बिर्सेका छन् भने नयाँ शक्ति भनेको बाबुराम भट्टराईको महत्वकांक्षा मात्र हो, जुन महत्वकांक्षाले उनलाई २०५२ सालदेखि छोडेकै छैन।आउनुस्, आज बाबुरामको नयाँ शक्तिका बारे चर्चा गरौं। Continue reading

एसएलसी रिजल्टको सम्झना #SLC #Result


SLC Result 2072-2073आज हामी दोस्रोपटक हाम्रो बारेमा लेख्दै छौं।  पहिले लेखेको छुटाउनु भएको भए यँहा हेर्न सक्नुहुनेछ।  हामी मध्ये एकादुई सामन्ती परिवारबाट आए पनि बाँकी धेरै जस्तो मध्यम वर्गीय परिवारको प्रतिनिधित्व गर्दछौं।  हाम्रा टिप्पणीकार इको बाहेक हामी सबैले सरकारी स्कुल पढेका हौँ।  हामीले हाम्रो बेलाको एसएलसीको सम्झना नि लेखिसकेका छौं।  छुटाउनुभएको  भए यँहा हेर्न सक्नुहुनेछ।  परीक्षा दिएपछि रिजल्ट आउँछ।  त्यसको सम्झना नि त लेख्नुपर्यो नि हैन त ? ल आउनुस् पाठकबृन्द, हाम्रा टिप्पणीकारहरुको रिजल्ट अनुभव सुन्न फुलपाती लिएर तयार हुनुस्। पुनश्च: यी सम्झना सबैले आफैले लेखेको भएकाले लेखमा एकरुपता नदेखिन सक्छ।सबैको सम्झनापछाडि सम्पादकको टिप्पणि राखिएको छ। Continue reading

दिपेन्द्र झा vs १२थरी पाठक


सेतोपाटीमा प्रकाशित दिपेन्द्र झाको लेखमा असहमती जनाउदै लेखीएको १२थरिका एक पाठकको लेख जस्ताको तस्तै प्रकाशित गरेका छौ ।  यस लेखमा ब्यक्त दुबै लेखको भावना प्रति १२थरी परिवारलाई  चासो छैन।  हामीलाइलाइ इमेलमा प्राप्त प्रश्नोत्तर शैलीको यो टिप्पणीलाइ साजसज्जा गर्ने काम हाम्रा प्रावीधिकले गरेका हुन। यो लेखलाइ हामीले कुनै पनि हिसाबले सम्पादन गरेका छैनौ। अक्षरस जस्ताको तस्तै प्रकाशित गरेका छौ।

हाकिम साहेबहरु, आफ्ना म्याडमलाई सूचित गरिदिनु होला – मधेशका चौधरी र यादव भाइहरुले अबदेखि बासमती चामल र माछा नपठाउने भए। त्यसैले, काठमाडौँमै पाइने भाटभटेनीको चामल र बानेश्वरको जिउँदो माछा खाने बानी बसाल्नु होला। बानी बेलैमा सुधारेको राम्रो, नत्र पछि गाह्रो हुन्छ। अब सरुवा-बढुवाका लागि मधेसी कर्मचारीले काठमाडौलाई कुत नर्तिने भए रे!

प्रिय झाजी , हजुरले काठमाण्डौ छोडन् नसके पनि मधेसीको नाममा “दम्भ ” त ठुलै छ  है ? अब हजुरले पहाडियाहरुले  “चाईना बाट ल्यार खाँउला” भन्लान भन्ने सोच्नु भए कम्तीमा म त्यो चाँही  त्यसो भन्दीन। बरु यो पाली काठमान्डौ को दानापानी बन्द गर्ने बेलामा नाका पुरै बन्द गर्दिनुहोला । राजमार्ग मुनीका घर घर मा पेट्रोल पम्प नहोस । त्यही ब्यपारले नयाँ नयाँ नेताहरू जन्मेर मधेसले पनि दुख पायो । यो पाली काठमाण्डौका शोषक सामन्ती पाहाडे बाहुनहरुको घुच्चुकमै हान्नुहोला । ताकी दुनियाले दूध र पानी छुट्याउन सकोस । धमिलो पानीमा बल्छी हान्ने काम धेरै भो ।

 

timthumb

Continue reading

थरी थरीका मुन्छेहरु


पाठकबृन्द, हाम्रो उत्पत्ति र विकास हुनुमा प्रकृतिको  देन भए जस्तै यो एक्काइसौ शताब्दीमा मानव सभ्यता परिस्कृत हुनुमा सामाजिक सन्जालको ठुलो देन छ। छद्म रही आफ्ना रचनाहरु तपाइँहरु माझ पुराउनको लागि हामीले सामाजिक सन्जालको नै भरपुर प्रयोग गरेका छौं। त्यसैले भन्नु पर्दा हामी सामाजिक प्राणी त हौं कि हैनौं भन्न सकिन्न, तर सामाजिक सन्जालवाला प्राणी चाहिँ अवश्य पनि हौं। यो रचना फेब्रुवरी महिनाको १८ तारिखका दिन थोरै ड्राफ्ट गरेर अपुरो छोडिएको रचना हो। यसलाई अहिले पुर्णता दिने जमर्को गरिएको छ, आशा छ हाम्रा पुराना रचना जस्तै यसलाई पनि माया गरेर पढ्ने अनि सेयर गरेर दुनियाँलाई पढ्न लगाउने काम गर्नु हुनेछ।

crowd

यो रचनाको प्रारुप तयार पारिदाँ त्यो ट्विटर नाम गरेको सामाजिक सन्जालका प्रयोगकर्तालाई बढी लक्षित गरिएको थियो। अब तपाइँहरु त हाम्रा गोजीका मान्छे पर्नुभो, तपाइँहरुलाई के लुकाउनु ? साँच्चो कुरो भन्दा, आजकाल नेपालमा हरेक ट्विटर प्रयोगकर्तासित एउटा @ncell को सिम हुन्छ रे, किन भने त्यो सिमबाट फिरिमा ट्विटर चलाउन पाइन्छ। तर के गर्नु त्यो सिमले फिरिमा @12Thari चाहिँ हेर्न मिल्दैन। त्यसैले कतिपय लेखहरु कपि पेस्ट गरेर डिएममा नि बाँडिएको हाम्रो जानकारीमा आएको छ। अब आउनुस् त्यसैगरी लेख रचना डिएममा माग्ने लगायतका तालतालका सामाजिक सन्जाल प्रयोगकर्ताहरुको बारेमा केही गन्थन गरौँ। कसैको इज्जत र प्रतिष्ठामा आँच आओस् भनेर यो लेखिएको होइन, त्यसैले कृपया यो पढेर हाँस्नुहोला। पुरै भावनामा बगेर नरिसाउनु होला। रिसाउनु नै भयो भने पनि तपाइँकै मुख कालो हुन्छ, तपाइँले नै फेयर एन्ड हेन्सम वा फेयर एन्ड लभ्ली दल्नुपर्ने हुन्छ, हाम्रो त के छ र ! Continue reading

डिजिटल डिक्सनेरी, परियो तिरिमिरी


आधुनिकता सँगसँगै धेरै कुरा साना र छोटा हुँदै गइरहेका छन् । चाहे त्यो युवतीहरूले लगाउने पहिरन होस् , चाहे आजकालको युवापुस्ताले प्रयोग गर्ने संवाद। आमालाई ममी हुँदै मम्, बुवालाई ड्याडी हुँदै ड्याड र दाजु/भाइलाई ब्रोदर हुँदै ब्रो !

१२ थरी टिमका एक जना टिप्पणीकार एकदिन मर्निङ वाकमा जाँदा एक जना साथीले वहाँलाई कुनै युवतीले मोबाइलमा लेखेको संवाद देखाएछन् । TTYL लेखेको कुरो नबुझेर उनी बिलखबन्दमा परेका रहेछन् । अधबैंसे उनी फेसबुकमा छिरेर क्याम्पस् पढ्ने षोडशीहरुलाई घाँस हाल्न माहिर रहेछन् । तर कुरा गर्दा गर्दै अचानक केटीले Talk To You Later को सर्ट फर्म TTYL लेख्दा Tero Tauko You Liar लेखेकी हो कि,  पातकी बुढो पो भन्या हो कि, वा ‘पख मेडमलाई भन्दिन्छु’ पो भनि कि भनेर अधैर्य पो भएका रहेछन्। टिप्पणीकार जर्जले त्यति कुरो बुझाउँदा उनलाई बुद्धत्व प्राप्त भए झैं भएछ, टाउकोबाट पहाडै हटाए झैं आनन्द आएछ। त्यही मर्निङ वाक गुरुपमा यो कुरा चर्चा हुँदा त प्राय: सबैलाई यही समस्या रेहको बुझियो। र, १२ थरीको सोसियल रेपस्पोन्सिबिलिटी अभियान अन्तर्गत हाल सामाजिक सञ्जालमा प्रयोग हुने स्ल्याङ, एक्रोनिम (सटकट् क्या ! ) र नानाभाँति इमोजीको बारेमा यहाँ चर्चा गरिँदैछ ।

people-using-cellphones

Continue reading

ओलीको कुरा सुन्दा मेक्सिमबडी


नेपालका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएपछि एकपछि अर्को घोषणा गरिरहेका छन्। प्रधानमन्त्री नहुँदै पनि आफ्ना भाषणमा उखान टुक्का जोडेर कमेडी गर्ने ओलीले प्रधानमन्त्री भएपछि त एकपछि अर्को धमाका दिइरहेका छन्। उता भिडियो साइट युट्युबका पश्चिम अमेरिकाका तर युकेमा बसोबास गरिरहेका एकजना १९ वर्षिय युवक छन्- मेक्सिम बडी नामबाट युट्युबमा च्यानल चलाउँछन्। उनलाई वयश्क कमेडियन भनिन्छ। इन्टरनेटमा भेटिने रमाइला, अनौठा, वाहियात यस्तै यस्तै अनेक भिडियोमा उनले कमेन्ट गर्छन्। उनको अंग्रेजी लवज र उनको अनुहारको हाउभाउका लागि उनी प्रख्यात मानिन्छन्। १२ थरीको अडियो भिडियो ब्युरोले प्रधानमन्त्री केपी ओलीका घोषणामा उनै चर्चित मेक्सिम बडीको प्रतिक्रिया मिलाएर एउटा भिडियो बनाएको छ। Continue reading